कथा को प्रशङ मा म छ क्लस मा पढ्थिए, पुजा अनुजा र म हामि तिन को एुटा ग्रुप जहिले पनि फर्स्ट रो मा बस्थियो, अनुजा र मेरो घर एुटै टोल मा पुजा को घर भ्ने अलि टाढा थीयो।
अनुजा र म एकै क्लास देखि एुटै स्कुल पढ्दै आएका थिउ, पुजा भने अलि पछि आइ थि।
ति दिन हरु नै सधै जिउन पा भए कस्तो रमाइलो हुने थियो होला नि! जस्तो लाग्छ ऐले सम्जिदा,
साचै नि केयर फ्री डेज हरु थिए ति, साथि,स्कुल्, र होमवोर्क नै सन्सार थियो। जाच को समय मा सङै ट्युसन जाने देखि, ग्रुप स्टडि ,एकर्का को घर मा आतेजाते खुब चहल पहल हुनथियो हाम्रो
हामि तिनै को आमा बाबा ले पनि आफ्नै जस्तो ठानुहुनथ्यो ।
दिनहरु त्यसरि नै बित्थे, थाहै नपाइ ।
====
एक दिन हाम्रो क्लास मा एुटि नया केटि भर्ना भएर आइ, गोरि, पुक्क गाला, थाइ कट कपाल काटेकि अफ्ठ्यारो अलिकति नर्भस हुदै उभिएकि त्यो केटि लाइ हामिले नया हो? भनेर सोध्यो, हामि संगै बसायौ, चाडै नै हामि संगै घुल्मिल भै त्यो नया केटि नाम बिनिता रहेछ "घर मा सबै ले बिनि भन्नुहुन्च, तिमिहरु ले पनि बिनि नै भने पनि हुन्छ। मलाइ पनि त्यहि मन पर्छ" एकदिन उस्ले भनि।
बिनि थोरै दिन मै असल साथि बनि। उस्को बाबा को जब ट्रान्स्फर भएर उनिहरु यता मुभ भएका रहेछन। करिब तिन महिना पछि उस्ले हामिलाइ एक दिन उस्को घर आमा ले बोलाउनु भएको छ, भनेर लिएर गै। एकछिन उस्को आमा हामि सनंग कुरा गर्नु भयो र खाजा बनाउन जानु भयो, हामि भनि त्यतिन्जेल भित्ता मा टासेका उस्को हजुरबुबा को फोटो देखि, फ्रेम गरेरे टेबल मा राखेका सबै फोटो हेर्दै,बिनि को कुरा सुन्दै बस्योउ। आमा केहि छिन पछि काम काम गर्ने फुच्चे लाइ चिया बोक्न लाएर खाजा लिएर आउनु भयो। हाम्रो बाबा, ममा को बारे मा सोध्नु भयो, त्यस्तै कुरा हरु भए, अन्त्य मा हामि निस्किन लागदा बिनि चप्पल लाएर अौछु भन्दै भित्र गै आमा ले पुजा र मेरो हात बिस्तारै समाउदै भन्नु भयो "बिनि सङ सधै यसरि नै मिल्नु है छोरि"
नया ठाउ को चिन्ता ले होला जस्तो लाग्यो त्यो भन्दा बढि सोच्ने दिन नै कहा थिए र ति।
हस अन्टि! आज्ञाकारि उत्तर दिएर हामि बाइ भन्दै निस्कियोउ।
====
अनुजा ले एक दिन कुरा उठाइ "हेइ सुन त, त्यो बिनि तैले याद गर्या छेस अज कल कस्तो लोभि हुन थाल्या छ, स्टुपिड! कति दिन भयो क्यान्टिनमा हामि ले तिरेको भन्त। अति पनि गर्नु हुन्न नि"
मैले भने "ह्या छोड न उस्लाइ घर मा पैसा दिदैनन कि"
पुजा बोलि "किन नदिने नि, यस्तो माया गर्ने प्यारेन्ट्स मैले आज सम्म कहिले देख्या थीन, हाम्रो के गर्छन र त्यस्तो ल"
अनि किन त्यस्तो गरेकि होला है? मैले सोधे।
"मैले अजकल पिगिबैंक मा पैसा जम्मा गर्न सुरु गरेको भन्दै सुनाउदि थि अस्ति मलाइ" पुजा ले मुख बटार्दै सुनाइ।
"ए खुबै बाठि रहेछि ल, भोलि देखि हामि त्यस्लाइ नलीइ खान जाने है त" भन्ने गोप्य सल्हा भयो हाम्रो। एक दिन, दुइ दिन हैन हप्तै हुन लागिसक्या थियो अनि सल्हा नगरेर पनि उपाइ थिएन नि। ठुलै समस्या थियो, आफ्नो बजेट घाटा मा जाने सम्भाबना प्रस्ट थियो।
पहिलो पल्ट हामिले उस्लाइ इग्नोर गरेर खान गयोउ, हामि फर्किएर आउदा हाम्रो कपि कोरेर जे पयो त्यहि निकनमे लेखिदीइछे। त्यस्पछि झगडा त नभनौ तर बोलन छोड्दियोउ हामि। त्यस्को दुइतिन दिन पछि " बिनि को आमा ले पुजा कहा फोन गरेरे हामि सब लाइ फेरि बोलाउनु भये को छ" भनेर पुजा ले सुनाइ स्कुल मा।
"पहिले पो सथि थीयि र गएको अब उ नै हाम्रो साथि नभए पछि त्यस्को घर नजाने! " भन्ने डिसाइड गर्योउ,गएनौ पनि। एक दिन स्कुल मा पुजा ले सुस्तरि कान मा भनि "हेर्न हामि सङ रिसाए देखि बिनि फुले र बसेकि" ।
मैले चियाएर हेर साचै नै हुप्प फुल्या जस्तो देखिन्थ्यो बिनि को अनुहार माया लागेर आयो, बोल्न जाउ जस्तो लाग्यो, तर फेरि कपि कोरेर निकनेम राखेको सम्झेर उर्लेर आएको माया साया हरायो।
दिन त्यसरि नै बित्दै गए। बिनि को दोस्ति को कुरा बाहेक अरु सधै झै रमाइलै थिए।
जाच आयो, पहिलो दिन को जाच दिएर गए देखि बिनि एब्सेन्ट भै जाच मा पनि। पुजा नजिक भएर उस्लाइ अलिक बढि थहा हुन्थ्यो- उस्ले भनि बिनि बिरामि भाछे रे, त्यहि भैर स्कुल न अै कि अरे। हामिले पनि जाच को सुर मा त्यति खोजि निति गरेनु। तर जाच सकिए को दिन हामि तिनै जना उस्का गयौ हेर्न भन्दै।
घर मा काम गर्ने फुच्चे मात्रै थियो, उस्ले भन्यो "बिनि दि लाइ त देल्ली लग्या छ अन्टि अनंकल दुबैजना गैस्या छ"
हामि खंरङ भयौ ट्रिट्मेन्ट को लागि "देल्ली" भन्या सुन्दै डर लाग्थ्यो। रिस सिस कता गयो कता, कहिले फर्किलि बिनि र भेट्न आउ जस्तो भयो। फुच्चे र दाइ मात्र घरमा रहेछन, कस्तो नरमाइलो लाग्यो, फुच्चे लाइ "कहिले फर्किनु हुन्छ होला तलाइ था छ ? " जान लाग्दा सोधेको, खै मलाइ थाहा छैन् दाइ लाइ थाहा छ कि" भन्यो।
स्कुल छुटि मा पुजा सङ प्राय फोन मा कुरा हुन्थ्यो, अनुजा त नजिकै थि कौसि मा गएर बोलाउदा फोन भन्दा चाडो सुनिने।
एक दिन बिहानै म सुतिरा थिए, अनुजा र पुजा हस्याङ फस्याङ गर्दै आए। आमा ले बिहानै कता बाट आयोउ छोरि हो भन्दा भन्दै "यसै" भनेर अधुरो उत्तर दिदै बतासिएर म कहा आइपुगे।
पुजा स्वा स्वा गर्दै बोलि" एइ सुन्न बिनि त उतै बिति अरे, खै के को क्यान्सर हो रे, त्यहि भएर त्यस्को शरिर स्वेलिङ भा रैछ नि !"
मेरो हात ले अनयसै मेरो मुख थुन्न पुग्यो। रोक्दा रोक्दै आसु फुस्कियो- फर- बिनि द स्टुपिड गर्ल।
वि रियल्लि मिस्ड हर। फेल्ट सो सssssssरि! इन फ्याक्ट वि वेर स्टुपिड!
एउटा नया अध्याय, जुन हामि ले कहिले हुन्छ होला भनेर सोच्थिएनौ" थपियो।
====
"लाइफ अल्वेज डज नट गिव यु एन अप्सन" खै यसै भन्दै के को हो एड आउछ टिवि मा, कैले काहि यो कुरा सम्झिदा मलाइ त्यो एड याद आउछ र भन्छु "राइट! इट डिन्ट गिव अस एन अपसन टु से
" बिनि फ्रेन्ड्स अगेन?"
The End
Last edited: 11-Dec-07 02:10 PM