fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माया पाएकी केटी

[Please view other pages to see the rest of the postings. Total posts: 145]
PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 227333 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-29-14 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

शनीवारको दिन हुँदो हो शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई सोध्नुभयो

"के भयो छोरी?"

मैले विस्तारै जवाफ फर्काएँ "वत्ति गयो !!"

************* ************ ************ ****************** ************* ********

आज सुधा हराएको तिन दिन भयो, अफिसवाट केहि नभनी निस्किएकी।मैले दोश्रो दिन उ वस्ने कोठा खोज्दै जानुपर्यो भन्ने सोचेर पालेदाईलाई सोधी हेरेँ

"अहिले उसको ठेगाना कहाँ छ थाहा छ?"

"खोइ, कोठा फेरेको फेर्यै , हामीलाई के थाहा र सर , अन्तिम पटक ड्राइभरले अनामनगर छोडेको भन्थ्यो !" उसले नाक खुम्च्याउँदै जवाफ फर्कायो। उसलाई सुधा मन पर्दैन। उसलाई काम गर्ने केटी मान्छे नै मन पर्दैन। उसको नाक त्यसको प्रमाण हो।ठूलो नाक भएकोले हामी उसलाई हाम्रो अफिसको नाक उ नै हो भनेर जिस्क्याउँछौ। उसले नाक खुम्च्याउनु भनेको त अफिसले नै नाक खुम्च्याउनु हो।

सानै देखिको साथी भएर पनि उसले मलाई कहिल्यै आफ्नो कोठा देखाइन। सँगै काम गर्न थालेको पनि अव त तिन वर्ष भयो।कहिले जिस्किन्थी, कहिले मौन।सुधालाई मैले वुझ्न सकिन, यति लामो संगतमा पनि।

म हाकिमकै कोठामा छिरेँ। उ सँधै जस्तै टेवलमा राखेको पेपरवेट सँग खेल्दै केहि सोचिरहेको थियो। छेवैको वोर्डमा अर्गोनाइजेशन चार्टमा मेरो नाम सुधाको छेवैमा टाँस्सिएको थियो। क्यालेन्डर वाहिरको वतासले हल्लाउँदै थियो।

"ओहो, शुक्रवार पनि पुरै दिन अफिस वस्नुभयो? गुड फ्राइडे लागेन आज तँपाइलाई ?" म चाँडै निक्लिएँ भन्ने उसको ठम्याइ हुनुपर्छ।तर यो उसको प्रश्न थियो वा घोचाइ मैले वुझ्न सकिन। वुझ्न जरुरी पनि ठानिन।

"सर सुधाले लिभ एप्लाइ गरेको हो?"

उसले टाउको हल्लायो।

"म यो केटीलाई वुझ्दिन,वर्क स्पिड राम्रो छ मानेँ, तर यति धेरै एरोगेन्स !!!" हाकिमको अनुहारमा सुधा प्रति इर्ष्या देखियो। उसले यो हफ्ताको काम दुइ दिन अघि नै सिध्याएकी थिइ त्यो मलाई पनि थाहा छ।तिन दिन अघि हामीले खाजा सँगै खाएका थियौँ। उ केहि वोलिन। तर जव म उठ्न चाहेँ, उसले मेरो हात समातेर वसाली अनि भनी ।

"वस एक छिन, तिम्रो काम वरु म सघाउँला!"

म पनि वसिदिएँ।मलाई उसको साथ मन पर्छ।

"अफिस अलि सुधा प्रति रेस्पोन्सिवल हुनुपर्ने हैन र सर ? तिन दिन भयो एउटा इम्प्लोयी हराएको !"

"रिल्याक्स, धेरै चोटी यस्तो भइसक्यो , उ कहिल्यै छुट्टी भनेर लिन्न !"

"तर मोवायल पनि त स्विच अफ छ !"

मेरो मन मानेन।खोइ किन किन सुधालाई खोज्न निक्लिरहन्छ मोरो मन पनि।

उसले मेरो अनुहारमा पुलुक्क फेरि हेर्यो।

"हामी आइतवार यो कुरा गरौँला !"

उ वाहिर निस्कियो।कृष्ण दाइ आएर झ्याल वन्द गरे। क्यालेन्डर विस्तारै स्थिर भयो। मैले एक चोटी फेरि हामी दुइको नाम हेरेँ। सँगै,टाँस्सिएको..

****** **************** ***************** ************** ************* **********

आइतवार,

जाममा परेपछि मैले यसो टाउको वंग्याए।गाडीको समुन्द्र थियो अघि चिर्नुपर्ने। सुधालाई आज विहान पनि मैलै कल ट्राइ गरेको थिएँ, आज पनि स्विच अफ नै थियो।

अफिस पुग्ने वित्तिकै सुधाको क्याविनमा आँखा दौडाएँ।मात्र शुन्यता थियो।टेवलमा मिलाएर राखेका कागजको चांग, उ कहिल्यै अस्तव्यस्त थिइन। मात्र थोरै सनकी,कहिलेकाहिँ। के गर्छे,कसैलाई थाहा नहुने! कहिलेकाहिँ म सँग हफ्तौँ वोल्दिनथी। कहिले भने मेरो टेवल छेउको भित्तामा अडेस लागेरै घण्टौ कटाइदिन्थी। उसका कुराहरु पनि, कहिले उज्याला,पुतली जस्तै वुट्टेदार , कहिले दार्शनिक छेउ न टुप्पाका वुझ्दै नवुझिने।

हो, म उसको लागि साधारण केटा थिएँ।एउटा नियमित जिवन जिउने ,कुवाको भ्यागुतो, उ त समुन्द्र भित्रकी जलपरि, त्यसैले होला उसलाई हाम्रो कुवा मन परेन।छोडिदिई!

हाकिमको कोठामा छिर्न मन लागेन।फेरि मलाई हिजो जस्तै उपदेश दिन्छ।धेरै चिन्ता नलिनु भन्छ।अनि म निक्लिने वित्तिकै मैले चिन्ता लिएको अफिसभरी भन्छ। त्यसै त हाम्रो सम्वन्ध अफिसको नजरमा अपाच्य थियो। म विहे भएको लोग्नेमान्छे, उ ठेगान नभएकी स्वास्नीमान्छे! सँगै वसेको, हाँसेको विझ्छ।यो समाजमा आफ्नो चिन्ता कसैलाई हुन्न मात्र अरुको चासो हुन्छ।मैले पनि उ हराएको चिन्तालाई समाचार वनाउन चाहिन। थचक्क वसेँ, कम्प्युटर खोलेँ।फेसवुकमा म्यासेजमा रातो नोटिफिकेसन देखियो।मैले पनि तिन दिन भएछ फेसवुक नचलाएको। कहिलेकाहिँ मान्छे आफुले नियमित गर्नुपर्ने काम समेत विर्सिन्छ। फेसवुकमा सुधाको म्यासेज थियो।

"आफ्नो ड्रयर एक चोटी हेर है"

हत्तपत्त फेसवुक वन्द गरेँ। ड्रयर खोलेँ। रातो डायरि,अनि सुधाका अक्षरहरु.... 


 
Posted on 08-30-14 7:09 AM     [Snapshot: 113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-14 12:34 PM     [Snapshot: 238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे साथि , सुधा र तिमि संगै फर्कियौ खुसि भयो मन.... पढियो पहिलो भाग... कस्तो ठाउँ मा लगेर छोडेको कथा हरे ...


 
Posted on 09-01-14 2:39 AM     [Snapshot: 649]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

milne bhaye I would sue you for stopping the story at such critical point!!!! plz we want next part ASAP!!!! natra ma hide jawalakhel chauki tira complain lekhauna.
 
Posted on 09-01-14 4:41 AM     [Snapshot: 669]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

kamnapakokta- thank you
thaney and ilam2008- thank you, dont worry...see i am not taking that long to write second part ;)

दोश्रो भाग-

डायरीमा टाँसेर राखेको एउटा सानो अर्को चिर्कट्टो पनि थियो। पहिलो हरफ पढ्नु अघि मैले त्यहि नै पढ्ने निर्णय गरेँ।

प्रतिक कृपया यो डायरी घर नलैजाउ। म तिमी र तिम्रो श्रीमतिको विचको शंका वन्न चाहन्न। जीवनको कुनै मोडमा तिमी मसँग नजिकिन चाहेका थियौ होला। मैले होला किन भनिरहेको छु भने त्यो मैले तिम्रो आँखामा देखेकी थिएँ। कहिलेकाहिँ देखेको कुरा सत्य हुँदैन। सत्य अँध्यारोमा जन्मिन्छ,अनि अँध्यारो त अनुभुति हो देखिन्न।मलाई थाहा छैन मैले यो निक्कै लामो समय देखी गुम्स्याएको डायरी तिम्रो नाममा छोडेँ।मेरो प्रिय साथी भएकोले होला, वा मेरो एक मात्र साथी भएकोले होला। तिमीले मलाई पढ्ने धेरै प्रयास गर्यौ तर वन्द किताव नखोलिकन पढ्न सकिन्न।आज यो डायरी मार्फत म तिम्रो लागि खुल्ने सकेसम्मको प्रयास गरेकी छु।

मैले त्यो चिर्कट्टो फेरि पट्याएँ ।अनि जस्ताको तस्तै टाँसेर डायरीको गातामा राखिदिएँ।सुधाका शव्दहरु पनि सुधा जत्तिकै भारी छन्। मेरो साधारण जीवन भन्दा भिन्न।

पेज १:

आमा त्यति साह्रो वोल्नुहुन्न थियो। तर जव जव वोल्नुहुन्थ्यो तितै वोल्नुहुन्थ्यो।खोइ के तिक्तता थियो वुवा र आमाको विचमा जस्तो मलाई लाग्थ्यो तर पछि विस्तारै विस्तारै वुझ्दै गएँ। जव सम्वन्धमा सम्झौता मिसिन्छ। स्वाद तितै हुन्छ। तिजको दिनको तिन दिन पछि आमा मलाई लिएर मामाघर आउनुभयो। मामाघरमा मामाकी छोरी मेरो उमेरकी थीई। मैले घरवाट त्यति धेरै लुगा ल्याएकी थिइन। उसले मलाई आफ्ना पुराना लुगाहरु मध्ये दुइ चारवटा मलाई पनि दिइ।उसका जामाहरु छोटा भए मलाई! दुई तिन वर्ष अघिका हुनुपर्छ।मैले लाउन मानिन।आमालाई गनगन गरेँ,
"आमा मलाई छोटो भयो, म लाउन्न !"
आमाले मलाई सुम्सुम्याउँदै भन्नुभयो, "यो दँशैमा किन्दिउँला लामो!"
"आमा फुलवुट्टा भएको, ल?"मैले आफ्नो माग वढाएँ।
आमाले टाउको हल्लाउनुभयो। अनि मलाई अँगालो मार्नुभयो।त्यो अँगालो अरु दिनको जस्तो थिएन।आँखा भिजेका थिए ।रुझेको अँगालोमा वेरिँदै गर्दा मलाई मेरो स्कुलको पनि सम्झना आयो। अहिले त टिफिन भइ सक्यो होला। छेवैको चउरमा साथीहरु खेलिरहेका होलान्। छोइडुममा मलाई कसैले भेट्टाउँदैन थियो। म एक कुनावाट अर्को कुनामा सवैभन्दा चाँडो दगुर्थेँ।
"आमा हामी घर कहिले जाने? मेरो स्कुल छुटेको धेरै भयो !" त्यो प्रश्नको उत्तर आएन। मात्र अंगालो कस्सियो।
************** **************** **************** *************** ****************
"सँधै गल्ती मेरो हुँदैन नि त दाई !" आमाको आवाज चर्को थियो।म कोठाबाट वसेर सुनिरहेँ।छेवैमा मामाकी छोरी घर वनाइरहेकी थिई। उ मलाई त्यो घर वनाउन दिन्न। उसको मात्रै घर रे। कार हुन्छ अरे। वँगैचा हुन्छ अरे। कारको एउटा चक्का फुस्किएको थियो। त्यो कार त कुदे पनि एक्सिडेन्ट हुन्छ। आ होस्, मरे पनि त्यहि मर्छे। त्यसपछि वा त्यो घर मेरो हुन्छ कि। म पर कुर्सीमा वसेर वन्दै गरेको घर हेरीरहेँ।
"कत्रो गरेर तेरो विहे गरेको , अव दशौँ वर्ष वित्ता पनि तेरो झगडा गर्ने वानी कहिल्यै गएन!"
"हो झगडा त आइमाईले मात्रै गर्छन। लोग्नेमान्छे त मात्र सहेर वस्छन् !" आमाको आवाज अझ चर्कियो।
"कतै त्यो रामेसँग तँ अझै त भेटीरहेकी छैनस् नी ?" मामाले प्रश्न राख्नु भयो।को हो यो रामे भनेको? मैले चिनेकी छैन। आमाले चिनेको मान्छे, आमाले भेट्न नहुने मान्छे।
आमा मौन वस्नुभयो।चुपचाप। मैले जत्ति कान डोर्याए पनि केहि सुनिएन।
"मलाई अरु थाहा छैन , म ज्वाईँसापलाई वोलाउँछु तिमीहरुको सँधैको झगडा मिलाउने न्यायधिश म वन्न सक्दिन।" मामाले फैसला सुनाइदिनुभयो। एकछिन पछि आमाको सुँक सुँक सुनियो। मैले भुईँमा हेरेँ , घर वनिसकेको थियो। रातो छानाको , छेवैमा घेरवार लागेको। शायद मलाई छिर्नबाट रोक्न उ वार बनाउँदैछे।
************** ************** ************** **************** *************** **
वुवा त्यो दिन चिटिक्क परेर आउनुभएको थियो।तल ट्याक्सी रोकेर राखिएको थियो।आमाले मेरो लुगा मिलाउँदा पुराना जामाहरु पनि हाल्न खोज्नुभएको थियो। मैले तिनलाई टाढा हुत्याइदिएँ।
"मलाई चाहिन्न पुराना लुगाहरु, बरु म नांगै वस्छु" मैले घुर्की पनि लाइदिएँ।आमा मलाई हेरिरहनुभयो। वुवाले मलाई चकलेट पनि ल्याइदिनुभएको रहेछ। मैले मामाकी छोरीलाई पनि दुइटा दिएँ। दिन त मन थिएन तर आमाले जवरजस्ती दिन लाउनुभयो। वाइट रेविट, त्यसभित्रको त कागज पनि खान मिल्छ। म कागज चुसीरहेँ। एक छिनमैँ त्यो कागज मेरो मुखमै विलायो।
"हिँड !"
आमाले मलाई तान्नुभयो।वुवा र मामा पर कोठाको कुनामा के गफ गर्दै हुनुहुन्थ्यो।वुवाले तिन चार चोटी टाउको हल्लाउनुभयो।मामालाई नमस्कार गर्नुभयो। अनि हामी वाहिर निस्कियौँ। मैले निस्किनु अघी त्यो रातो घर भत्काइदिएँ मेरो मामाकी छोरीले थाहा नपाउने गरी।
************** ************** ************** *************** ************** *****
वाटोमा दुवै चुपचाप हुनुहुन्थ्यो। आमा र वुवा एक आपसमा त्यति धेरै वोल्नुहुन्न। म पनि मेरा साथीहरुसित झगडा पर्दा वोल्दिन दुई चार दिन तर त्यसपछी खसखस लाग्छ,एक्लै भए जस्तो लाग्छ, लाटो भएजस्तो लाग्छ। अनि वोल्न थाल्छु।तर ठूलो भएपछि त्यस्तो खसखस लाग्दैन होला। मान्छे मनमैँ कुरा लुकाउने हुँदा रहेछन्।घर गएँ, पानी प्यास लाग्यो। अरु वेला सिता दिदीले पानी ल्याइदिनुहुन्थ्यो। तर आज सिता दिदीलाई देखिन।
"बाबा, सिता दिदी खोई ?"
वुवाले आमाको अनुहार पुलुक्क हेर्दै जवाफ फर्काउनुभयो।
"सिता दिदी गाउँ गई, अव फर्किन्न होला !"
*************** ****************** **************** *************** *************
मैले थोरै आंग तन्क्याएँ।उसको परिवार देखी मलाई रिस उठेर आयो।अहिले कहाँ छन् त सुधाका आमा वुवा ? शायद कसैलाई थाहा छैन।
"सरलाई प्रशान्त सर(हाकिम)ले वोलाउनुभको छ !" मलाई सुचना आयो।
मलाई आज काम गर्न मन छैन।तर उसले वोलायो। सँधै मनलागेको काम मात्र गर्न पाउने भए। त्यस्तो त स्वर्गमा मात्र हुन्छ होला! वा मान्छे त्यसैलाई स्वर्गसुधा आज पनि आइन !" उसले झ्यालवाट वाहिर हेर्दै मलाई भन्यो। त्यो त मलाई पनि थाहा छ।हामी तेश्रो तल्लामा थियौँ। तल गाडीहरु घुइँचो लागेका थिए, अगाडी जान तछाडमछाड गर्दै। उसले धुवाँ जानलाई झ्याल खोलेकोले होला ति गाडीको चर्को आवाज माथी सम्म आयो।म मौन नै वसिरहेँ।
"शायद पुलिसमा रिपोर्ट गर्नुपर्छ होला !"
उसले त्यसो भन्दा मलाई एक्कासि डर लागेर आयो। सुधाको डायरी त म सँग छ।पुलिसले छापा हानेर भेट्टायो भने? मैले लुकाउन भ्याएको पनि छैन।
"एक दुई दिन पर्खिनुपर्छ होला सर !"
"हिजो त आफै अतालिँदै थीयौ त !" उसले म तिर शंकालु नजर दौडायो। मलाई केको डर , मैले केहि गरेको छैन। सोधीहालेछन् भने त्यहि डायरी देखाइदिन्छु।
"कतै आउट अफ भ्याली प्लान वनाएर निस्केकी हो कि ?"
मैले आफुलाई जोगाउने प्रयास गरेँ।
"सुधा अनि प्लान ..." उ हाँस्यो ,"ल ठिकै छ,यो हफ्ता हेरौँ न त !"
उसले चुरोट निभाएर झ्याल वन्द गर्यो।एसीको प्रभाव विस्तारै वढ्दै गयो ।मैले आफ्नो निधारको पसिना रुमालले पुछेँ।अनि कोठावाट वाहिर निस्किएँ। भन्छन् होला।मैले त्यो डायरी फेरि गोप्य ठाउँमै थन्क्याएर हाकिमको कोठामा छिरेँ। उ आफ्नो कोठाको कुनाको स्मोकिंग जोनमा चुरोट दन्काउँदै रहेछ।उसले वट्टा मतिर तेर्स्यायो। मैले पनि एउटा लिएँ। उसले लाइटर पनि तेर्स्यायो।मैले चुरोट सल्काएँ।धुवाँ चक्का चक्का वनेर उड्यो।कति सजिलै साट्छन् मान्छे नराम्रा लतहरु।मैले चुरोट छोड्छु भनेर मेरी वुढीलाई हिजोमात्र तेश्रो चोटी कसम खाएको।कसम र चुरोट वरावरी खाइएला जस्तो छ।

"सुधा आज पनि आइन !" उसले झ्यालवाट वाहिर हेर्दै मलाई भन्यो। त्यो त मलाई पनि थाहा छ।हामी तेश्रो तल्लामा थियौँ। तल गाडीहरु घुइँचो लागेका थिए, अगाडी जान तछाडमछाड गर्दै। उसले धुवाँ जानलाई झ्याल खोलेकोले होला ति गाडीको चर्को आवाज माथी सम्म आयो।म मौन नै वसिरहेँ।

"शायद पुलिसमा रिपोर्ट गर्नुपर्छ होला !"

उसले त्यसो भन्दा मलाई एक्कासि डर लागेर आयो। सुधाको डायरी त म सँग छ।पुलिसले छापा हानेर भेट्टायो भने? मैले लुकाउन भ्याएको पनि छैन।

"एक दुई दिन पर्खिनुपर्छ होला सर !"

"हिजो त आफै अतालिँदै थीयौ त !" उसले म तिर शंकालु नजर दौडायो। मलाई केको डर , मैले केहि गरेको छैन। सोधीहालेछन् भने त्यहि डायरी देखाइदिन्छु।

"कतै आउट अफ भ्याली प्लान वनाएर निस्केकी हो कि ?"

मैले आफुलाई जोगाउने प्रयास गरेँ।

"सुधा अनि प्लान ..." उ हाँस्यो ,"ल ठिकै छ,यो हफ्ता हेरौँ न त !"

उसले चुरोट निभाएर झ्याल वन्द गर्यो।एसीको प्रभाव विस्तारै वढ्दै गयो ।मैले आफ्नो निधारको पसिना रुमालले पुछेँ।अनि कोठावाट वाहिर निस्किएँ।

 

 

 

 





Last edited: 01-Sep-14 04:45 AM
Last edited: 01-Sep-14 04:47 AM

 
Posted on 09-01-14 8:42 PM     [Snapshot: 820]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dai chito chito aaunu paryo aru part pani..natra Nepal Bandha bhayo bhane you are responsible hai!!!
 
Posted on 09-04-14 5:36 AM     [Snapshot: 1000]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

Thank you -Ilam2008 bhai, ल यसपालि पनि चाँडै टाँसिदेको छु है ।
अन्य पढिदिनुहुने, मन पराइदिनुहुने सवै साझावासीलाई धन्यवाद,


कक्षा नौ:

आज क्लासमा एउटा नयाँ केटा आयो। अग्लो,पातलो गहिरो आँखा भएको।उसले चिटिक्क परेर शर्ट र पेन्टमा आइरन लगाएको थियो। कपाल तेर्सो तेल दलेर कोरेको थियो।आँखामा चश्मा पनि थियो।हाम्रो स्कुलमा सामान्यतय चश्मा लाउनेहरु छैनन्। शायद तेहि भएर होला हाम्रो स्कुलको एसएलसिमा राम्रो रिजल्ट आउन्न। सृष्टीले उसलाई हेरीरहि।

"कति हेरेकी?" मैले उसलाई चिमोटे।मेरो नंग लामो नै भए पनि उसले ऐया भनिन।उसको ध्यान त्यहि केटाले तानेको थियो।

"हेर न तँलाई हेरेको हेर्यै छ !" उ अझै त्यहि केटालाई नियाल्दै थिई।

"म त्यसलाई व्ल्याकवोर्ड जस्तो लाग्यो होला नि त !" म खितित्त हाँसे।

"प्रतिक अरे त्यसको नाम , त्यो हाम्रो म्याथ टिचरको छोरा अरे!"

"कति चाँडो सवै कुरा पत्ता लगाकी !" मैले पनि सृष्टीको आँखा चोरेर उसलाई हेरेँ। प्रतिक, अग्लो,पातलो गहिरो आँखा भएको....

********************** *********************** ********************* ******************

मैले एकैछिन उसको डायरी वन्द गरेँ। उ करिव पन्ध्र वर्ष अघिको कुरा डायरीमा लेखिरहेकी थिइ। जहाँ पन्ध्र वर्ष अघिको म थिएँ।जतिखेर म उ भनेपछि हुरुक्क हुन्थेँ।जतिखेर उ मलाई वास्तै गर्दिनथी।तर एकैछिन, वास्तै नगर्ने भएको भए त डायरीमा म नै हुन्नथेँ नी। हो मान्छेहरु उज्यालोमा आफुलाई लुकाउँछन्।मेरो बाल-नजरले पन्ध्र वर्ष अघीको उसको आकर्षण त देख्यो तर उसको म प्रतिको लगाव देखेन। मेरा प्रश्नहरुमा उसले दिने गरेका संक्षिप्त उत्तर हरु त सुन्यो तर ति उत्तर पछिको लामो मौनता सुनेन।उ अन्तर्मुखी थीई।कहिलेकाहिँ स्कुलको वँगैचामा क्लास सकिएपछि पानी हालिरहेको भेट्टाउँथे।मेरो वुवाको आँखा छलेर म उसको नजिक जान्थेँ अनि उसलाई सोध्थेँ।

"तिमीलाई फूलहरु धेरै मन पर्छ हो?

उ पानी हाल्न छोडेर आफ्नो उज्यालो अनुहार म तिर फर्काउँथी। उसको कपालले घाम छेक्दा उसको कपाल नै सुनौलो देखिन्थ्यो।उ प्रश्नको उत्तर प्रश्नले नै दिन्थी।

"किन तिमीलाई मन पर्दैन र?"

म खिस्स हाँसीदिन्थे,केहि वोल्दिनथेँ। तर मेरो मन मनमनै चिच्याउँथ्यो।

"मलाई त पुतली मन पर्छ।"

***************** ***************** ******************* ******************* *****

मैले डायरी फेरि खोलेँ,

प्रतिक काठमाण्डौमा पढ्थ्यो रे! उसको वुवाले सरकारी स्कुलका टिचरले  सरकारी स्कुलमैँ छोराछोरी पढाउनुपर्ने भनेर चर्को विरोध भएपछि उसलाई पढ्नलाई त्यो स्कुलमा लिएर आउनुभएको। अरुभन्दा धेरै टाठो।काठमाण्डौ वसेर होला। हाम्रो कक्षाको प्रथम विध्यार्थि भनाउँदो पनि प्रतिक आएपछि डराएको थियो। प्रथम हुनेले विधालयको जन्म जयन्तिको दिन अक्सफोर्ड डिक्सनेरी,एक दर्जन कपि र तिन हजार रुपैया पाउँथे। उसलाई त्यो गुम्ला भन्ने साह्रै डर थियो। वाहिर हल्ला पनि गर्थ्यो,

"अव त्यो म्याथ टिचरको छोरो, त्यसैलाई वनाउँछन् फर्स्ट,यसपालीको इक्जाममा पक्का धाँधली हुन्छ।"

तर प्रतिक केहि वोल्दैन थियो। सुनी मात्र रहन्थ्यो।प्रतिकको धैर्यता अचम्मको थियो।एकदिन उसलाई तिन चार जना केटा मिलेर ढकेलीदिए।म माथीवाट उसलाई हेरीरहेको थिएँ।उ धुलै धुलो भयो।उठ्यो। आफ्नो कुहिनामा लागेको धुलो पुछ्यो। पेन्ट सफा गर्यो। कलमा गएर पानी पेल्यो।त्यो पानीले मुख सफा गर्यो अनि कक्षामा आयो। कस्ले,किन के कारणले उसलाई लडाए सोध्दा पनि सोधेन।

म त्यो दिन कक्षामा उ भन्दा एक वेन्च अघी थिएँ।उसको र मेरो विचमा सृष्टी थीई। उसलाई एउटा चिर्कट्टोमा लेखेर पठाएँ।

"वुवालाई भन्देउ न, राम धुलाई खान्छन् तिनीहरुले !" उसले चिर्कट्टो पढ्यो, अनि मुसुक्क हाँस्यो। त्यसैको पछाडी केहि लेखेर फर्कायो।

"तिमी मलाई जहाँ पनि पछ्याइरहेको हुन्छ्यौ ?"

मैले फेरि चिर्कट्टो मा लेखेर फर्काएँ

"पर्या छैन कसैलाई पछ्याउनलाई !"

उसले फेरि चिर्कट्टोमा लेखेर फर्कायो।

"ठिकै भन्यौ, मैले पो त तिमीलाई पछ्याउने !"

म खितित्त हाँसे।सरले पछाडी फर्केर हेर्दै भने।

"आजकलका केटाकेटी जन्मिन पाको छैन, भुईँ खुट्टामा छैन, कति उरण्ठेउला..."

सृष्टीले मलाई फेरी चिमोट्दै भनी,

"अव तिमीहरुको लवलेटरहरु म ओसारपसार गर्न सक्दिन, उही सँग गएर गफ गर न !"

************** *************** *************** **************** *****************

मैले फेरि डायरी वन्द गरेँ।त्यतिखेरको मुस्कान यतिखेर पनि मेरो अनुहारमा छाएको थियो।सम्झनाहरु भनेको सम्पत्ति नै हुन।नत्र अहिले एक्लै हुँदा मुस्कान किन्न त लाखौँ खर्च गरे पनि सकिन्न।ति कागजका चिर्कट्टाहरु जस्तै सम्झना पनि ओसारपसार गरिरहन पाए। समयमा ओहोरदोहोर गर्न पाए,अहिले म त्यहि कक्षाकोठामा जानेथिएँ। अनी सृष्टीलाई यो क्लासभरी तिमी मेरो ठाउँमा वस म तिम्रो ठाउँमा वस्छु भनेर भन्ने थिएँ होला।उ मान्थि कि मान्दिन थी होला?

त्यो दिनको कुरा सुधालाई थाहा छैन। ति केटाहरुले मलाई "सुधालाई हेर्ने वाहेक अरु काम छैन?" भनेर सोधेका थिए।मैले केहि पनि जवाफ फर्काइन।त्यसपछि तिनीहरुमध्येको वलियोले मलाई ढकेलिदियो। म हावाले उडाउने पातलो मान्छे, उसको हातले ठेलेपछि तिन वित्ता टाढा पुगेर वल्डंग पछारिएँ।तिनीहरु मध्येकै अर्कोले चिच्यायो,

"ओइ यो त त्यो म्याथ पढाउने भुँडेको छोरो ,अफिसमा लगेर कुट्छ वाउले, छोड्दे यसलाई!"

उनीहरु त्यसपछि आफ्नो वाटो लागे। म विस्तारै उठेँ।यताउति हेरेँ,अनि कलमा गएर मुख धोएँ।माथिवाट सुधाले हेरीरहेको पनि थाहा पाएको थिएँ, तर थाहा नपाएझैँ गरेँ।उसका आँखा मलाई पछ्याइरहे।उसको हेराइमा पनि मैले स्पर्शको आभाष पाएँ।

 

 

 

 

 


 
Posted on 09-04-14 5:45 AM     [Snapshot: 1002]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि चाडै लेख्न पर्यो. आज निन्द्रा नलाग्ने भयो
 
Posted on 09-04-14 8:03 AM     [Snapshot: 1055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हृदय स्पर्शी
 
Posted on 09-04-14 8:04 AM     [Snapshot: 1053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

purai tin bhaag yekai choti padhiyo. arko bhaag ko pratiskhyaa maa. 
 
Posted on 09-04-14 10:52 AM     [Snapshot: 1128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन फुच्चे भाइ के खान्छौ हो तिमी, सब्द संग खुब खेल्छौ त! सारै राम्रो लेख ..
 
Posted on 09-04-14 10:56 AM     [Snapshot: 1137]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलेको कथाहरु जस्तै यो पनि एकदम राम्रो छ साथि | कति राम्रोसंग पात्रहरु सिर्जना गर्न सक्छौ अनि उनीहरुलाई जिबन दिन पनि | फुचेसाथिको कथाहरुले मलाई सधै प्रेरणा दिन्छन , धन्यवाद साथि | चाडै पढ्न पाउं बाकि भाग पनि :-)
 
Posted on 09-04-14 11:02 AM     [Snapshot: 1150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गेड़े मित्र अरुलाई मात्र भन्ने कि प्रतिभा भा मान्छे आफु पनि लेख्ने?
 
Posted on 09-04-14 11:09 AM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

futyakarma मित्र फ़ुचेसाथि को जस्तो लेख सायद साझा मा अरु नपाइएला , उहाँको कथाहरु पढेर नै मैले थोरै कोसिस गरेको हुँ | हजुर हरुले मन पराइ दिनुभएको मा धेरै आभारी छु , भोलि सानो केहि राख्नेछु होला , प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा सहित धन्यबाद अहिलेलाई |
 
Posted on 09-04-14 11:13 AM     [Snapshot: 1170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि पो? :( हत्तेरी, कस्तो अल्छी लागिरा थियो काममा
 
Posted on 09-06-14 10:59 AM     [Snapshot: 1427]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Vname- I am writing as fast as I can, If you dont believe ask other sajha people this is more then my normal speed ...hahahahaa.. 
Serial- thank you very much, I have made 4th part now,hope u ll like it.
Aamala-धन्यवाद, मेरो नाक वढेर कत्रो भयो कत्रो भयो.. :)
Futyakarma- धन्यवाद, अव नेपालीले खाने उहि दाल भात तरकारी त हो नि ;)
अन्य पढिदिनुहुने ,like गरिदिनुहुने सवैलाई मुरी मुरी धन्यवाद, अर्को भाग पस्किँदैछु।


म यो कथा किन लेखीरहेकी छु ? तिम्रो मनमा प्रश्न उठ्न सक्छ।फेरि तिमी सोच्लाउ, मलाई कितावहरु मन पर्थे त्यहि भएर शायद लेख्ने प्रयास पनि गरेँ।तर यो कथा मैले मात्र तिम्रो लागि लेखेकी हुँ।मान्छेको जीवन एक्लो कट्दो रहेनछ। तर दुक्लो हुनलाई प्रेमी नै हुनु पर्ने पनि रहेनछ। मेरो जीवनको अर्को पाटो किन किन तिमी नै हौ जस्तो लाग्छ।नभएको प्रेमी, सवैभन्दा मिल्ने साथी!!!

चसक्क विझ्यो,हो म उसको नभएको प्रेमी थिए, सवैभन्दा मिल्ने साथी भन्ने चाहिँ आज थाहा हुँदैछ।

"प्रतिक सर,एकै छिन सरले वोलाउनुभको छ!"

फेरि वोलायो हाकिमले।

"सर आज टाउको दुखेको छ, म हाफ लिभ लिँदैछु।" मैले उसलाई केहि वोल्नै दिइन। मात्र लिभको एप्लिकेसन थमाइदिएँ।उसले पहिला त ट्वाल्ल परेर मलाई हेर्यो। अनि हुन्छ भनेर टाउको हल्लायो।मैले के काम थियो सोधिन, पहिलो चोटी उसले मलाउने काम अह्राउने आँट गरेन।

************ *************** ***************** ************* ******************

एउटा गन्तव्यहिन यात्रा तय गर्ने क्रममा फेरि पुरानो एउटा क्याफेमा आए पुगेको थिएँ। आकाशमा वादल पनि मडारिन थालेकोले वाइकमा हिँडीरहनुभन्दा एक ठाउँ वस्नु नै उचित थियो।सुधा र म कहिलेकाहिँ चिया खान यहिँ आउँथ्यौ। उसलाई एकान्त मन पर्थ्यो। अनि यो ठाउँमा कस्टुमर साह्रै कम हुने गर्थे। कहिलेकाहिँ त कसरी चलेको छ यो क्याफे भनेर पनि अचम्म लाग्थ्यो।मैले डायरी फेरि झिकेँ

************** ****************** *************** ****************** ************

आमा र वुवाको झगडा म ठूलो भएसँगै वढ्दै गयो। कहिले आमा दुई चार दिन हराइदिनुहुन्थ्यो।कहिले वुवा।दुवैको झगडाका कारण धेरै पुरुष र धेरै स्त्रीहरु थीए भन्ने विस्तारै विस्तारै मैले वुझ्न थालेकी थिएँ।तर मैले जति प्रयास गरेपनि वुझ्न नसकेको भने चाहिँ " को सहि थियो को गलत?" पछि छुट्याउनै छोड्दे।खासमा म गलत थिएँ, जसले को सहि को गलत भनेर छुट्याउन खोज्थ्यो।उनीहरु आ-आफ्नो पाटोमा दुवै गलत थिएनन्।उनीहरु मेरो विषयमा भने दुवै गलत थिए। दुवैजनाको महत्वको विषयमा म कहिल्यै परिन।आमालाई घरसँग मतलव थिएन अनि आमा नभएको मेरो वाउलाई रमाइलो।

मेरो आदर उनीहरु प्रति हराउँदै गयो। ति मान्छेलाई आमा वुवा भनुँ जस्तो पनि लाग्दैन थियो।आमा नभएको वेला वाउ दिउँसै गएर रक्सी लिएर आउथे।रात सँगसँगै रक्सी वढ्दै जान्थ्यो।नौ वजेतिर मेरो कोठाको एउटा सानो प्वालवाट प्यासेजमा स्त्री आकृतिहरुको ओहोरदोहोर देख्थेँ।पहिला खासखुस सुनिन्थ्यो,पछि अचम्म अचम्मका आवाज निक्लिन्थे एकछिन पछि आवाज वन्द हुन्थ्यो।मलाई विस्तारै विस्तारै त्यो आवाज प्रति मोह जाग्न थाल्यो।त्यसपछि ति आकृतीहरु त्यो कोठामा छिर्ने वित्तिकै म वाहिर निक्लिन थालेँ र आवाज सुन्न थालेँ। शरीरमा मलाई कम्पन पैदा हुन्थ्यो।जव भित्र भइरहेका कृयाकलापहरु कल्पना गर्थेँ।

एक दिन घरमा कोहि थिएन।विहानै आमाको झगडा परिसकेको थियो।मैले चुपचाप सुनेकी थिएँ।

आमाले चिच्याउनुभएको थियो,

"तिमीलाई मात्र आइमाइको शरिरसँग खेल्न आउँछ।"

"तँ चाहिँ के सँग खेल्छेस् नि रामेको ?" विहानै चुस्की लाउँदै जवाफ फर्काएका थिए मेरा वाउले।

"तिमीले गर्न मिल्छ भने मैले पनि मिल्छ।"

आमा त्यति भनेर वाहिर निस्किनुभयो। एकैछिनमा वाउ पनि।

खोइ किन किन मैले एउटा फलामे काँटी किनेर लिएर आएँ। भान्छामा भएको सिलौटो लिएर आएर झ्यालमा सानो प्वाल पारेँ।अनि सिलौटो फेरि पुरानै ठाउँमा राख्दिएँ। काँटीलाई झ्यालबाट फ्यालदिएँ।

उस्तै रात आयो। आमा हराउनुभयो। रक्सी आयो।रक्सी चढ्यो।स्त्री आकृति देखा परे।अनि त्यो ढोका बन्द भयो।तर आज नयाँ कुरा घट्यो। म सरक्क वाहिर निस्किएँ।भान्छावाट एउटा कुर्सी लिएर आएँ।कुर्सीमा चढेर प्वालवाट भित्र नियाँले।रातो मधुरो प्रकाशमा दुई शरीर वेरिएका तलमाथी गर्दै ,म भने जड भएर तिनलाई हेरीरहेँ। लुगाहरु भुईँभरी छरिएका थिएँ।एकछिन पछि उठेर लुगा लाउन थालेपछि म हत्तपत्त भागेर कोठामा गएँ।ढोका खुल्यो। आवाज आयो,

"सुधा ए सुधा !!!"

म केहि बोलिन।सिरकमा गुट्मुटिएँ।रोमान्चको ठाउँ डरले लिए जस्तो भयो।

"यो कुर्सी कसले राखेछ यहाँ ?"

म यसपाली पनि केहि वोलिन।फेरि ढोका ढ्याम्म गर्यो।मैले कोठाको वत्ति निभाइसकेकी थिए। मैले अँध्यारोमै आफ्ना कपडाहरु एक एक गरी खोलेँ।अनि आफुलाई आँफैले धेरै वेर खेलाएँ।पहिला छाति छामे, अचम्मको उचाइ छ त्यहाँ,पहिला सम्म थियो कुनै तराइको मैदान जस्तै आजकल विस्तारै चुचुरिँदै छन्। मलाई रमाइलो लागेर आयो। त्यसपछि म तल झर्दै गएँ, रोमान्च थपिँदै गयो।रातो मधुरो प्रकाशका आकृती मेरो मानसपटलमा पनि देखीँदै गयो।एउटा रमाइलो रात वित्यो।

त्यसपछिका प्रत्येक रात मेरो त्यो कोठा चियाउँदै वित्यो। तर एकदिन नहुने भयो।कुर्सी ढोकाको खापामा परेछ। म लडेँ। मेरो वाउ भनाउँदो वाहिर निस्कियो, अनि चिच्यायो।

"मलाई शंका त लागेको थियो, तँ ठूलि भकी,केटा चाहिने भकी,त्यहि आमाको खुन त हो, के राम्रो सिक्छेस् र तैँले....पर्खी तेरो चियाउने धोको म अहिल्यै पुरा गर्दिन्छु" उसले आफ्नो वेल्ट खोलेर लडीरहेकी मलाई वर्सायो।

त्यो आइमाइले मलाई सान्त्वना दिँदै उसलाई रोकी,

 " नगर.... मर्छे यो।"

"मरे मरोस यो,यस्ता त म दिनैपिछे जन्माउन सक्छु।"

उसले डोरी ल्याएर मलाई वाँध्यो।मलाई लडाइयो किचनमा। रातभरी, चिसो भुईँमा।

**************** *************** **************** ***************** *************

मलाई एक दिनको सम्झना आयो उसको डायरीका ति पानाहरु पल्टाउँदै गर्दा। उ त्यो दिन स्कुल केहि ढिलो आई। चुपचाप बसी,कुनामा गएर। सुन्निएका आँखा, अनि गालामा खत वसेको थियो।

"के भयो?" मैले प्रश्न राखेँ।

"सिँढिवाट लडेँ।"

"अनि हेरेर हिँड्नु पर्दैन त !"

"कहिलेकाहिँ हेरेरै लडिन्छ, आँखा चिम्लिन पनि जान्नुपर्छ प्रतिक !" उसले सपाट जवाफ फर्काई।

************** **************** **************** **************** ***************

 

 

 


 
Posted on 09-06-14 9:11 PM     [Snapshot: 1521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! क्या लेखाइ छ ! कथा लाइ यसरि विभाजित गरेर रेगुलर र इटालीक मा पस्कनु धेरै मेहनत पूर्ण काम हो, लेखाई मा आफ्नो खुबिलिटी देखाउनु अझ धेरै प्रशंशनिय chha . Loved your writing as always
 
Posted on 09-07-14 3:45 AM     [Snapshot: 1580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please translate the story :) !!
 
Posted on 09-07-14 12:47 PM     [Snapshot: 1645]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

Adhikarai bandhu- thanks a lot, since I get comment like yours, I feel the hard work is working :)
Forgot password- I dint get it, you want this story to be translated in english? if yes then I might not be the first choice, since i m pretty bad in translation ;)
अन्य पढिदिनुहुने, like गरीदिनुहुने साझावासीलाई धन्यवाद  दिँदै पाँचौ भाग पस्किँदैछु


वाहिर पानी सिमसिम पर्न थालेको थियो। भिजेको काठमाण्डौ। ओत लागेका मान्छेहरु।अनि खोलाजस्तै सडक।मैले वाहिरका दृश्यहरु एकैछिन नियाँले।कफि सुरुप्प पार्दै।एकैछिनमा गरिमाको फोन आयो,

"तँपाइ त अफिसवाट अघि नै निस्किनु भको अरे त ,टाउको दुख्यो भनेर... कहाँ हुनुहुन्छ!"

"कसले भन्यो?"

"मैले मोवायल नलागेर अफिसमा फोन गरेकी थिएँ।"

"नमस्ते क्याफेमा..." मैले सटिक उत्तर दिएँ।

"को सँग ?"

"एक्लै ,कथा पढ्दैछु ।"

"कस्को ?" उसले अचम्म मानी।

"आफ्नै, आउँछौ चिया खान ?"

"पानी पर्दैछ त !" उसले अवरोध तेर्स्याई।

"रोकिए पछि आउ न त !" मैले उसँग जिद्दि गरेँ। सामान्यतय उ अनुरोध टार्दिन।

"हेरुम्, कतिन्जेल वस्नुहुन्छ।"

"कथा नसिद्दिउन्जेल।"

"रोकिए पछि आउँछु।" उसले फोन राखिदिई। मलाई उसलाई ढाँट्न मन छैन। सुधाले कथा नसुनाउनु भनेकी थिई। तर मानिस सवै गोप्य कुरा आफु सँग मात्र राख्न सक्दैन। पोल्छ, भतभति।अनि एउटा कानमा पोख्छ। भारी विसाउँछ। सन्तोक मान्छ।

************** ***************** **************** ****************** ************

सुधाको डायरी- पेज १२

घरमा म हुनाले दुवैको स्वतन्त्रतामा म वाधा पुगेजस्तो हुन थाल्यो।अन्त्यमा एउटा उपाय निकालियो। स्कुल सिद्दिएपछि मैले टिउसन पढ्न जानुपर्ने भयो। टिचरको घर मेरो घरबाट करिव आधा घण्टाको दुरीमा थियो।म फर्किँदा आठ वजे मलाई लिन रिक्सा जानेभयो। टिचरको घरमा । शायद ति दुई घण्टा अमुल्य स्वतन्त्रताको घण्टाको रुपमा लिने विचारमा थिए मेरा वा आमा। अरु कुरामा राय नमिल्ने ति दुईको यस विषयमा भने राय मिल्यो। अचम्म दुवैजना मलाई टाढा राख्न चाहन्थे। कुनै घृणा गरेको वस्तु जस्तो। मलाई चिच्याउन मन लाग्यो " म पनि तिमीहरुकै अंश हुँ, अंश समान दर्जा देओ!"

आमाले मलाई सुम्सुम्याउँदै भन्नुभएको थियो,

"तँ आजकल पढ्न छोडेकी छेस् छोरी, म्याथ कमजोर छ,टिउसन गइस भने एस एल सीलाई पनि सजिलो हुन्छ।"

मैले भने त्यो खत देखाएर सोधेँ,

"यो के भएर भको तपाईँलाई थाहा छ?"

आमाको मौनताले धेरै कुरा वोल्यो। मैले थप प्रश्न राखिन।

************** **************** ******************** **************** ***********

मलाई याद छ , उ म्याथको टिउसन पढ्न गएकी थिई।म स्कुलको सम्झनामा फर्केँ।

************* ********************* ***************** ***************** *********

"म म्याथको टिउसन लिन जाँदैछु। तिमी पनि पढ्छौ म सँगै?" सुधाले एकदिन अनायसै मलाई सोधी।

मैले सोचेँ मेरो वुवा नै म्याथ पढाउने! सोधेँ भने पनि दिनुहुन्न होला।

"सुधा त्यो सरले इंग्लिस पढाउँदैन?"

"मन छैन भने मन छैन भन न !" उ झर्किई।

तर उ सँगै पढ्न पाउने भए पनि मैले वुवा सँग सोध्ने आँट गर्न सकिन।

************ ************** *************** **************** ***************** *

सुधाको डायरी,पेज-१४

राजेश सरको घर करिव आधा घण्टाको दुरीमा थियो। ठूलो चारैतिर पर्खाल भएको।गेट खोल्दा चुइँय आवाज आउँथ्यो।कुनै भुत वंगलामा छिरे जस्तो। मैले फिलिमहरुमा देखेको थिएँ, भुत त्यस्तै ठाउँमा आउँथे।अनि गेट वाट छिर्ने वित्तिकै पर पुरानो घर देखिन्थ्यो। विचमा चार वटा नरिवलका वोटहरु। छेउ छेउमा आँपका रुखहरु। खै किन पढाउँथे यति ठूलो घरका मालिक। धेरै जसो डलर हाफ पायन्ट लगाएर वरण्डामै हल्लिरहेका हुन्थे राजेश सर। मलाई पर देखेपछि पहिला चश्मा मिलाउँथे।अनि भित्र छिर्थे। चश्मा लगाएर आफ्नो उमेर भन्दा धेरै वढी उमेरका देखिन्थे। नत्र त त्यहि पैँतिसको छेउछाउको हुनुपर्छ।उनकी श्रीमति कहिलेकाहिँ चिया खुवाउँथिन।कहिलेकाहिँ भने अरु नै काममा व्यस्त भएर होला चिया खान पाइन्न थियो।

घरमा आउँदा उहि पुरानो झगडा। मलाई त कहिलेकाहिँ टिउसनमै वसिदिउँ जस्तो लाग्थ्यो। शान्त ठाउँ । झैँझगडा नहुने।तर रिक्सावाला आइ हाल्थ्यो उसको समय हुनेवित्तिकै । म रिक्सा चढ्थे। साँझ नियाल्दै फर्किन्थेँ। औँशिको रातको अँध्यारो आकाश। पुर्णिमाको रातको उज्यालो आकाश।

राजेश सर कपिमा लेख्दा , "वुझेनौ के !" "वुझेनौ के! " भनिरहनुहुन्थ्यो। मलाई त्यसको उत्तर "बुझेँ !" मात्र भन्ने हो कि "बुझेँ के !" भन्ने हो मा सँधै कौतुहल हुन्थ्यो। एक दिन मलाई दिक्क लागेर मैले उत्तर फर्काएँ।

"सर मैले बुझिन भने म आफै भन्छु !"

राजेश सरले मलाई अचम्म मानेर मलाई हेर्नुभयो।त्यसपछि चुपचाप हिसाव गरिरहनुभयो। मैले अलि वढि नै बोलेँ कि जस्तो लाग्यो।

************* ************** *************** ************* ************** *******

"आज बाहिर वसेर पढौँ न सर, वरण्डामा !" वाहिर सिरसिरे वतास चलिरहेको थियो। किन किन मेरो मनले पनि खुला आकाश खोजीरहेको थियो।

"हैन नजाउँ त्यहाँ !" सटिक रुपमा मेरो आग्रह नकारियो।

म चुपचाप बसेँ।मलाई रिस उठ्नु नौलो थिएन।मलाई धेरै विषयमा रिस उठ्थे। अथवा भनौँ स्वभाव नै चिडचिडे भइसकेको ! दुइवटा हिसाव गरेपछि राजेश सरले " ल जौँ !" भन्नुभयो। मलाई थाहा थिएन मेरो अँध्यारो अनुहारमा यति धेरै तागत छ भनेर। वाहिर साठी वाटको पहेँलो रंगको वल्व थियो। झ्याउँकिरीको आवाज वरिपरिबाट आइरहेको। मच्छड भुन भुन गरिरहेका।

"यहि भएर मैले वाहिर नआउँ भनेको " हातले अर्को हातमा वसिरहेको मच्छर मार्दै राजेश सरको असन्तुष्टी पोखियो।

"तिनीहरुलाई पनि त खाना चाहिन्छ।" म खिस्स हाँसिदिएँ।कहिलेकाहिँ मुस्कान सवैभन्दा ठूलो उत्तर वन्छ। फेरि प्रश्नहरु आएनन्। मेरो लेख्दै गर्दा हातमा बसेको मच्छड बरु राजेश सरले मारिदिनुभयो।रगतको रातो दाग वस्यो मेरो हातमा।अनि राजेश सरको हातमा।

********************* ****************** *************** ***************** ***

भोलिपल्ट एउटा टेवल वरण्डामा नै राखिएको थियो। अनि दुइवटा कुर्सीहरु।

"आज वुढी छैन, कोठा मिलाएको छैन । तिमीलाई मच्छड पनि मन पर्छ। वाहिरै वसौँ।" पहिलो चोटी जिस्केको सुने मैले।

म कपि खोलेर वसेँ। नजिकै भएकोले होला,मैले लेख्दा पनि राजेश सरको शरिर छोइरह्यो। राजेश सरले आज पनि डलर हाफ पायन्ट लाउनु भएको थियो। घुँडामा मच्छडले खाइरहेकै थियो।मैले प्याट्ट हिर्काइ दिएँ।

"ऐया, के गरेको !"

"मच्छड, हिजोको वरावरी भयो।" म खितित्त हाँसे।

****************** *************  ****************** ***************** **********

आज किन किन पढाइमा मन लागेन।

"सर आज चिया पाइन्न है?" मैले आंग तन्काउँदै सोधेँ।

"कसले बनाउँछ आज चिया!"

"म बनाउँ त ?"

"तिमीलाई आउँछ र?"

"मलाई म्याथ्स बाहेक धेरै चिज आउँछ।"

म चिया पकाउन भित्र छिरेँ। चियारंग को डव्वा भेट्टिएन।

"सर चियारंग भेट्टिएन।" म कराएँ।

हर्दिको कुनामा राखिएको चियारंग झिकीसकेपछि मैले दिउरेमा चियारंग हालिदिएँ। हामी दुवै चिया उम्लिने प्रतिक्षामा दिउरेलाई नियालिरहुँ।

"तँपाइको बिहे भएको कति भयो ?"

मैले अनायसै प्रश्न राखेँ।

"चार वर्ष ! किन?"

"त्यत्तिकै !" मैले डाडुले चिया चलाएँ।

"तिमीलाई त साँच्चै चिया पकाउन आउँदो रहेछ।"

"मैले भनेको हैन। मलाई धेरै कुरा आउँछ भनेर " चिया भक भक उम्लिरहेको थियो। दिउरेवाट कहिले पोखिउँ भएर। म डाडुले चलाएर चियालाई थुम्थुम्याउँदै थिएँ।

"अरु के के आउँछ त ?" अचानक सरको हात मेरो फ्रकको तलवाट घुस्रियो। मेरो तिघ्रामा मैले स्पष्ट औँलाहरु सलवलिरहेको अनुभव गरेँ। अचम्म मानेर म सर तिर फर्केँ। चुपचाप।पसिना,पसिना भएँ।मैले हात हटाउन आफ्नो हात तल लगेँ। तर मेरो हातमा किन किन वल थिएन। मेरो ओठ पनि विस्तारै वन्द गरिदिनुभयो सरले। आफ्नो ओठले।दिउरेको चिया पोखियो।किचनभरी...

 

 


 
Posted on 09-07-14 12:59 PM     [Snapshot: 1650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

futyakarma ब्रोले भन्याजस्तो हैन फुच्चे साथि के खान्छौ हो ? मलाई पनि तेही खाएर लेखनु मन लाग्यो केटि भएर हा हा हा , दिउरेको चिया पोखियो किचनभरी ......
 



PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters