serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १८३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 162604 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-29-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM

 
Posted on 03-29-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउनुस् बोर्ड फर्स्ट हुने मौका नगुमाउनुहोस्

आयो आयो नयाँ चौतारी आयो

ल है लैबरी ल है

 
Posted on 03-29-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फस

प्रणाम

आज बिजी, भरे भोली भेटुम्ला 
 
Posted on 03-29-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल के भन्छौ गाम्ले हरु - यो पुरे लाई किक हान्दिम म

चौतारी आफ्नै हात मा छ

एक फ्लाइङ किक हान्दिम यो पुरे लाई
 
Posted on 03-29-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे,



नयाँ चौतारीमा नयाँ तारेमाम।



बडा मेहनतका साथ नयाँ चौतारी खने छौ । लौ यसपाली चाँही झ्याइं होस् ।


 
Posted on 03-29-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त जे पनि गरिन्छ मिहिनेत साथ गरिन्छ, कुरै छैन

अरु कामचोर हरु खोइ त .....

कता मात्र गैराहोला मुर्दार हरु
 
Posted on 03-29-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम औतारी
जदौ ठुल्दाइ,लहरे,पुरे।
नयाँ चौतारी खनेको मा बधाई धन्या पात सगैँ
बरु त्यो खुरुरु हिन्ने नाम चै पेलो मा भर आँखा खायो केही पढ्न मिलेन,अनी अरु पनि अली काट छाँट गरेर अली चिट्टिक्क बनाउ त रिट्ठे।

 
Posted on 03-29-10 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले रिट्ठे लाई कहाँ देख्यो हँ

सपना मा देख्या हो कि

के हो सपना मा पनि रिट्ठे लाई देख्ने

यो त भेन
 
Posted on 03-29-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या  लहरे लेख्या रिट्ठे पो भएछ  सच्याएर पढ्नु केरे
 
Posted on 03-29-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सच्याउन नि दिदैन बा के भा हो एस्तो,बिपनामै हो लहरे हाड् भा आउलो नि कैले कही लर्बरिदो राइछ भन्या।

 
Posted on 03-29-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Naya chautari ma feri subhaprabhat. Maile aaja naya facebook bhete. Thought I should share it with you guys.


 
Posted on 03-29-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बाट चोरेर ल्याएको होला, चोर को चोर्ने बानी ले सबै हैरान छ


 
Posted on 03-29-10 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, पुरे



चोर् ले लास्टै हसायो । लोल लोल ।


 
Posted on 03-29-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैगुनी छौ भनूँ भने आँखा जुधाउँछौ
मायालु हौ भनूँ भने माया लुकाउँछौ
आँखा हेर्दा आँखै साटौं मुहार हेर्दा माया गाँसौं
लाग्छ किन हो


सोमबारे जदौ घमाइलो हस्तिनापुरबाट।
बाउचा, नयाँ चौतारी खनेछौ, अब नयाँ बर्षको आगमन सँगै संबैधानिक घर मूली पनि भएस्।
पूरे बिजी रे, केमा भन्दा थुतुने किताबमा होला।
ठुल्दाइ, तारेमाम। झरी परेको दिन रहेछ, टिरेन चढ्दा रुझेका परीहरुको दर्शन मिलोस् तपाईंलाई।
अनि बिष्टे, अस्ति त गतिलै जाममा फसेको जस्तो सुनियो नि।
कुखुरा चोरले चाँही अब भिडियो पनि चोर्न थालएछ।
  


 
Posted on 03-29-10 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यता अर्को चौतारी खनेको रहेछ र पो उता कोइ नआएको रहेछ ...... म त उता रेफ्रेश गर्दै बसेको ......

ल सबैलाई एकै चोटि झ्याम्म लाएर प्रणाम .....

यो चिप्ले गुरुलाई पनि के भएको छ कुन्नी ..... मूहार हेर्दा माया गासु जस्तो लाग्न थालेछ ......  को पारीन कुन्नी ?


 
Posted on 03-29-10 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले बन्धु ,रामपुरे, ठुल्दाइ
टन्न डकारीयो आफुले त ...
तेही भन्या चिप्ले आज्कल हरदिन फसिन्छ त्यसरी अस्ती त २:१५ लाग्या घर पुग्न,तेसै पनि १:१५ देखी १:४५ सम्म त लाग्छ सधैं,
ट्याउसी डाइवर जह्तै भईयाछ,के अर्नु पेट पाल्नै पर्‍यो।
हैन के भन्छ यो रामे, होस् गर है चिप्ले
"यो चिप्ले गुरुलाई पनि के भएको छ कुन्नी ..... मूहार हेर्दा माया गासु जस्तो लाग्न थालेछ ...... 
 
Posted on 03-29-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले गुरु, रामे।



अचेल सब ब्यस्त भा जस्तो गर्ने सरुवा रोगबाट ग्रसित भाको मानेछु मैले । अब्यस्त जो छ र यहाँ ?? ब्यस्तताको बाबजूद उपस्थिती जनाउनु त पक्का औतारिको परिचय हो। जो कोइ तेन्जिङ कहाँ हुन सक्छ र ? मखुला ??


 
Posted on 03-29-10 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल खार आइयो है

त्यो पुरे अहिले नि थुतुनो किताब मा छ है

खुबै बिजी भा छ केटा .....

भ्याइ नभ्याइ छ थुतुनो किताब मा

पुरे लाइक्स रे ल

 
Posted on 03-29-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, कस्तो सुनसान हो चौतारी पनि। ठुल्दाइ नेपाल गए पछि झन् के हुने हो।
ठुल्दाइ, मेरो सल्लाह मान्नुहुन्छ भने बरु त्यहाँ पनि रातभरी उठ्नुहोस् अनि दिनमा सुत्नुहोस्। त्यसो गरे जाँदा नेपालको समय, फर्किंदा फेरी यताको समयमा एड्जस्ट हुने टन्टा पनि भएन, चौतारी पनि (लोड सेडिङ नभएको बेला) छुट्दैन।
सबै खाएर आएको कुरा गर्छन्। बिष्टेलाई त भान्जीले भात ल्याउने होला, बाउचाले खोइ wrapper को मम खायो कि लुटेको भेटी खायो थाहा भएन। ठुल्दाइको त टडक भात भैगो। पूरे त शाकाहारी नै होला, कसलाई पाउने आशामा बर्त बस्या हो मासु नखाइ नखाइ थुतुने किताबआँ तपस्या गरेर। रामेले पनि फ्रोजन बरिटो तताएर खायो होला।   
 
Posted on 03-29-10 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर प्रणाम .....
किन हो एती ढिला ...

ठुल्दाइ त चिच्याउने बाकस तिर पल्केका छन .....

फ्रोजन बरीटो के खानु .... आफुले दु:ख गरेर पकाएको दाल भात तरकारी नै खायेँ  .....
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters