[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 204455 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 12-03-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa wa!!!!!!!!
 
Posted on 12-03-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो!
माफ पाउँ शिरीष गुरु, यता नजर नै गएनछ मेरो केहि कारणबश!

मलाई पनि नरम हुन करै लाग्यो,
पत्थर फुटाली फूल्दिदा कमलो गुलाफ !



धेरै तहमा अर्थ बोकेका छन् र धेरै तहमा व्याख्या गर्न सकिन्छ। म प्रेम र सम्बन्ध बयान गर्ने गजल बढि मन पराउने भएकोले त्यस्तै एउटा उदाहरण राख्दैछु-

नायिकाको बर्षौँको प्रेम र पूजाले कुनै घमण्डि नायक पग्लिएको अवश्था (नायकको मनस्थितिको बयानलाई यो शेर काफि छ) :)

अरु राजनैतिक, पारिवारिक, सामाजिक, र अरु धेरै पक्षमा पनि यो शेर ठ्याक्क मिल्ने अवश्था आउँदैन भन्न सकिन्न।

साह्रै गहकिलो प्रस्तुति! गजब छ! :)
 
Posted on 12-03-06 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई पनि नरम हुन करै लाग्यो,
पत्थर फुटाली फूल्दिदा कमलो गुलाफ !


घाघडान शेर ! उक्तिको वैचित्र्यले मात्रै होईन बिर्खेज्यूले औंल्याउनुभएको परिघटना (phenomenon) को सार्वत्रिकता (universality) र भावको शिष्ट नग्नता समेतको कारण । बडा आनन्द आयो । धन्यवाद स्रष्टालाई ।
 
Posted on 12-04-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Nepe, Birkhe and Rahul

Its your love and encouragement that has kept me going.

I will update as I have another sher. I am stuck though.

खस्ने डरले समतल खोजी हिडियो,
ठाडो भीर मुनि फुल्दियो मनको गुलाफ !

मलाई पनि नरम हुन करै लाग्यो,
पत्थर फुटाली फूल्दियो कमलो गुलाफ !

बिद्रोही शैलीले चीसोमा गर्मी ल्यायो
बेयाम बेयाममा फुल्दियो रातो गुलाफ !
 
Posted on 12-06-06 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

some modification....


खस्ने डरले तल तल थामेर हिडियो,
ठाडो भीर माथी फुल्दिए रातो गुलाफ !

मलाई पनि नरम हुन करै लाग्यो !
पत्थर फुटाली फूल्यो कमलो गुलाफ !

तिम्रो ईच्छा बिरुद्द तर्क केही नहुंदा
कालो-नीलो हुन बाध्य मेरो सेतो गुलाफ !

 
Posted on 12-15-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



फेरेको लुगाबाट कांचुली निस्कियो !
शत्रु जाबा त खेद्ने न्याउली निस्कियो !

निर्मम् सुनसान छ दरबार ‍आज
हारेको राज्य खोज्न मूली निस्कियो !

 
Posted on 12-15-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी को बल्ल दर्शन पाइयो । गजलको दर्पण हेरियो । बडोआनन्द आयो ।
बाकी भाग नि छिट्टै पढ्न पाए, आनन्द को स्वाद नै अर्कै हुन्थ्यो ।
 
Posted on 12-15-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malai yo thread sarai mann paryo. Ekdamai prativaban saathi haru ko jamka bhet hune thau rahecha.
Maile afno zindagi ma kavita lekheko chaina, tara aja pahilo patak jamarko kaseko chu, galti bhaye maaf paun ra tippani pani.

KINA ZINDAGI YESARI KUDIRAHE CHA
JIUNE ICHHA NAHUDA NAHUDAI
TI CHYAN HARU TA BITISAKECHAN
MAILE HOS SAMBHALDA SAMBHALDAI

MANCHE BHANCHAN GUN TA MA KEHI DEKHDINA
AGADI BADHCHAN ARULAI KULCHIDAI KULCHIDAI
KINA YESTO SAMAYA AYO MA KASARI BHANU
PHOOL WAILAUCHA FAKRINA PAUDA NAPAUDAI
 
Posted on 12-16-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

junky Bro _ thank you and welcome.
Rahul vai- here is with some modification.

फेरेको लुगा कच्चा कांचुली निस्कियो !
शत्रु त, मार्नै खोज्ने न्याउली निस्कियो !

दरबारमा ‍आज निर्मम् सुनसान,
नँया घर-बास खोज्न मूली निस्कियो !

हुनु भयो गाईजात्रा अलंकारको
ट्यूनीकबाट दुबै बाहुली निस्कियो !

 
Posted on 12-16-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दरबारमा ‍आज निर्मम् सुनसान,
नँया घर-बास खोज्न मूली निस्कियो !

निक्लिसक्यो र गुरु?
 
Posted on 12-16-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



फेरेको लुगा सच्चा कांचुली निस्कियो !
शत्रु त, मार्नै खोज्ने न्याउली निस्कियो !

दरबारमा ‍आज निर्मम् सुनसान,
नँया घर-बास खोज्न मूली निस्कियो !


हुनु भयो गाईजात्रा अलंकारको
ट्यूनीकबाट दुबै बाहुली निस्कियो !


कर्म काण्डको कारण कठै कहिन,
पगरिको टुप्पाबाट शुली निस्कियो !


हाँक धाक रवाफ सुन्दा सिंहै भनें
घाईते स्याल भन्दा मामुली निस्कियो !

 
Posted on 12-18-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ ऋतुमा फेरि फुल्यो पूरानो गुलाफ
बेयाम रहेँ म रेशममा रङ्गेको गुलाफ !

खस्ने डरले समतल खोजेर हिडियो,
ठाडो भीरमाथि फुल्दिए रातो गुलाफ !

मलाई पनि नरम हुन करै लाग्यो
पत्थर फुटाली फुल्यो कमलो गुलाफ !

पत्र-पत्र होइन सुखका तह-तह भन्थे
धुजा देख्यो दोषी दृष्टिले सिङ्गो गुलाफ !

तिम्रो इच्छा अघि तकर्हरु केही न केही
कालो नीलो हुन बाध्य सेतो मेरो गुलाफ !


www.nepaljapan.com
 
Posted on 12-18-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The first one is CONTEMPORARY and DESCRIPTIVE. The second one is TIMELESS and INTRIGUING. Enjoyed both though.
 
Posted on 12-18-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद नेपे जी

ईदका चांद हुनु भएर पनि यस्सो हौसला दिनु भएकोमा !

गौतम जी

उत्तर तिरबाट बगेको काठमाण्डुको चीसो हावा नफापेर दक्षिण हेटौंडा तिर लागेको सुन्छु !

मैले त बाताबरणमा आएको परिबर्तन मात्र देखाउन खोजेको हुं !
 
Posted on 12-23-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौटा बन्दूक ढल्यो तर हतियार अझै खात छ ।
जन सेवक आफैलाई महानताको मात छ ।

मिल्यो, टुङ्ग्यो, अनि अब सफल भयो भने पनि
डर लाग्छ अदृश्यमा अरु कुनै बात छ ।

भाई भाई मिलि अब एकै जुट भयौं भन्थे
यौटै हड्डी वण्डा गर्दा दर्शीयो उहि जात छ ।

बित्यो भन्यें काल रात्रि , अध्यारो युगको दिन
लाग्छ अझै कै‌यौं बर्ष मात्रै रातै रात छ ।

मुखको 'राम-राम' सुनेर त शंका झन एकिन भो
देख्दैछु आज सवै जनको बगलिमै हात छ ।
 
Posted on 12-23-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah! Wah!! Nice thread..could not finish reading all 296 posts but enjoyed very much..
Ghazal lovers, please keep up with discussions and creativity...
-ViV, DC
 
Posted on 01-04-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिलीपको गजलमा आहा क्या तहकीकात छ
मलजल गरौं मरुभूमीमा फूल्ने औकात छ !

तहकीकात= verification, without any doubt !( in urdu)

This is my underconstruction one:

सुनसानले निन्द्रा भगाउन थाल्यो !
आफ्नै ढुकढुकीले उठाउन थाल्यो !

बदनियतले त रोपेको हैन फूल ?
गमलाले शंका फुलाउन थाल्यो !
 
Posted on 01-04-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, राम्रो सुरुवात गर्नु भो, यस्लाई पूर्णता दिनु होला । तपाईंकै देखासिकी मा मैले नि दुई हरफ कोरें, यस्लाइ अझ थप्न मिल्छ मिल्दैन, तपाईंको सुझाव पर्खेको छु ।अस्तु!


फलामे छुरिले के छोएथ्यो र मन,उनको बोलिले चिरा परेछ हजुर
नम्बरि अजम्बरी भनी सम्हालि राखें,तिनै हिरामा कीरा परेछ हजुर

 
Posted on 01-04-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कस्तो भयो कुन्नी ?


बेदना आँसु कति पिएं कति, बिषै पिउंछु भन्दा नि मदिरा परेछ हजुर
बनाएथें प्रेमको मन्दिर् पनि, थाहै नदिई त्यसमा धमिरा पसेछ हजुर

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters