[VIEWED 204502
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-19-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going to continue this trend as it proved to be pretty productive for me. Thanks for every one who supported with positive suggestions and active participation. Here is the link for previous discussions: http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595 Lets make it more fun. To begin with, here is one UNDER CONSTRUCTION मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ ! (पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ) OR मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको, चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक, कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-17-07 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर छूचो मुखले भन्दिहालम्, अझ छोट्याइदिँदा के होला? पानीमानै ब्यापार भेटायौ ! डुङ्गा डुबाउने धन्दा खोलायौ ! पाता हराए छाताहरुका त्यहि टालोले कोट सिलायौ ! यस्तै केहि के! माफ पाऊँ dus/sahsko lagi!
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-18-07 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चोटिलो कला गजल गायन कौतुहलतापूर्ण कलात्मक प्रस्तुति गीतमा भन्दा गजलमा छोटो र चोटिलो हुनेगर्छ । थोरै शब्दले धेरै भाव बोक्छ । अझ यसको लेखनको निश्चित नियम छ । यी गहनतम पक्षले पनि गजल गायनमा लाग्नेहरु कम भएका हुन् । यतिबेला नेपाली साहित्यमा गजल खेलनको लहर चलेको छ । लेखन क्षेत्रमा प्रवेश गर्नेले एक न एक पटक गजल लेख्छ भन्न थालिएको छ । साँच्चै यसबेलाका स्रष्टाहरुले गजलबाटै आफूलाई यतातर्फप्रवेश गराएको देखिन्छ । गेयविद्या मानिने गजलको लेखनको लहर बढे पनि त्यसको तुलनामा गायनतर्फभने निकै पछि नै परिरहेको देखिन्छ । नेपालमा गायनको हिसाबले गजल गीतभन्दा पछि परे पनि सबभन्दा पहिले रेकर्ड भएर बजेको चाहिँ गजल नै हो भन्ने कुरा उठाउँछन् एकथरी स्रष्टा । उनीहरुले मोतीराम भट्टले लेखेको ‘यता हेर्यो’ बोलको गजलले नै सर्वप्रथम सेतुरामको गायन यात्रा अघि बढाएको कुरा ल्याएका छन् । अर्काथरीले चाहिँ अगुवा गायक मास्टर मित्रसेन र सेतुरामले गाएर रेकर्ड भएका सिर्जना गीत भएको कुरा अघि ल्याएका छन् । तर गीत या गजल रेकर्डका हिसाबले जुन अघि भए पनि यिनीहरुबीच धेरै समयको अन्तर भने अवश्य पनि छैन । गीतको स्थान अहिलेसम्ममा निकै माथि पुग्यो तर मोतीराम भट्टले १९४० सालदेखि नेपालमा भित्र्याई रेकर्डसमेत गराउन थालेको गजल हालसम्म पनि गायनको कुरामा किन पछि नै परिरहेको छ त - समालोचक एवम् गजलकार कृष्णहरि बराल यस प्रसंगमा भन्छन्- ‘गजल शास्त्रीय शैली सुन्ने बानी नहुनु मुख्य कारण हो ।’ उनले यहाँनेर महत्वपूर्ण कुरा के उठाए भने ‘कुनै पनि सिर्जनामा आफ्नो मौलिकपन हुनुपर्छ । मौलिक पन छ भने मात्र त्यस मुलुकका मानिसका लागि मन छुने र प्रिय बन्न सक्छ । यसर्थ नेपाली गजल लेखन मौलिक भए पनि गायनचाहिँ मौलिक हुन नसकेको बुझिन्छ । यिनै कुरालाई मनन गरेर दुइ वर्षअघि गजलकार बरालले म्युजिक नेपालमार्फत सुगम संगीतको रुपमा ‘विम्ब’ नामक गजल एल्बम निकाले । जसले उनले सोचेभन्दा पनि बढी नै प्रसिद्धि पाएको छ । उत्कृष्ट गीतको छनोट हुँदै आएको इमेज, हिट्स र चितवनका एफएममा विम्बका गजल उत्कृष्ट दशभित्र परेर एउटा नवीन इतिहास नै बनायो । भारतमा पनि पंकज उदासले गाएको सुगम शैलीका गजलले नै लोकप्रियता पाएको छ । कौतुहलतापूर्ण कलात्मक प्रस्तुति गीतमा भन्दा गजलमा छोटो र चोटिलो हुनेगर्छ । थोरै शब्दले धेरै भाव बोक्छ । अझ यसको लेखनको निश्चित नियम छ । यी गहनतम पक्षले पनि गजल गायनमा लाग्नेहरु कम भएका हुन् । पश्चिमेली संस्कृति र शैलीलाई गम्लङ्ग अंगालो मारेर आफ्नो मौलिकता भुल्नतर्फ नवयुवापुस्ताको रुचि बढी नै रहेका कारण नै गजल गायन त्यसको एल्बम उत्पादन र विक्रीवितरणमा प्रत्यक्ष असर पारेको विश्लेषकहरुको धारणा छ । ‘लेखनको लहर बढे पनि चट्ट मन छुने शब्द चाहिँ कम नै छ ।’ गजललाई निकै माया गर्दै आएका गायक एवम् संगीतकार शक्तिबल्लभलाई यस्तो लाग्छ । गजललाई ज्यादै माया गर्ने युवा गायक शिव परियारलाई पनि यस्तै लाग्छ । गजलको अध्ययन, विश्लेषणसमेत गर्न सक्ने क्षमता भएका शिव गजल लेखन ख्यालख्यालमै बढी केन्द्रित भएर अघि बढ्नुभन्दा भाव बोकेको र्सार्थक लेखाइ हुनुपर्नेमा जोड दिन्छन् । गजलले गायनको बाटोतर्फ आफ्नो गति बढाउन नसक्नु भनेको गजलकार, गायक र संगीतकारबीच गजलसम्बन्धी छलफल एवम् अन्तर्क्रिया नभएको अवस्था पनि एक हो भन्ने लाग्छ उनलाई । नेपालमा गजलै मात्र समेटी सिंगो एल्बम निकाल्ने तथा सबभन्दा बढी गजल गाउने र संगीत गर्नेमा पहिला छन् शक्तिबल्लभ । उनले ०५० सालमा आफ्नो एकल स्वर र संगीतमा ‘गजल सन्ध्या’ एल्बम निकाले । त्यसमा मोतीरामको ‘यी सानै उमेरमा’ भन्ने गजल पनि समेटिएको छ । त्यसपछि बीबी थापाको शब्दमा विविध गायक-गायिकाका लागि शक्तिबल्लभले ‘अनमोल मोती’मा संगीत भरे । ०६० मा त उनले आफ्नो एकल स्वरमा ‘सप्तक’ निकाले । अनि ०६३ मा भोजराज घिमिरेको शब्दको ‘आहत’मा शक्तिबल्लभले संगीत भरी तीन गजल गाएका छन् । संगीतकार भएर ०३५ सालमा रेडियो नेपाल छिरेका उनले गायकका रुपमा चाहिँ ०३९ मा गजलबाटै यात्रा शुरु गरे । ‘मलाई गजलको ओजिलो पनका कारण त्यति धेरै मोह छ, जति गीतमा छैन ।’ उनले हाँस्दै भने । म्युजिक कम्पनीहरुले गजलका एल्बम पनि गीतको जसरी वितरण गरिदिने हो भने गीतजति नै चल्छ भन्ने लाग्छ उनलाई । ‘गजल लेखनको लहर बढ्दैछ, त्यसबाट पक्कै राम्रा गजल आउँछन् नै । तर गजल तब मात्र साँच्चै व्यापक बन्छ जब संगीतसँग जोडिएर आउँछ ।’ -गजल लेखेर मात्र यसले पूर्णता नपाउने प्रसंगमा उनी भन्छन् ।र् उर्दू, फारसीमा १०औं शताब्दीतिर शुरु भएको गजल हुँदै १ सय २३ वर्षअघिबाट मात्र नेपालमा लेखनको प्रारम्भ भयो । तर नेपालमा ०५० को दशकदेखि मात्र लेखनको लहर बढ्न थालेको देखिन्छ । भर्खरैदेखि मात्र गजल लेखनमा युवापुस्ताको उत्साह बढेकाले यसको गायन माथि उठ्न नसक्नु स्वाभाविक ठान्छन् गजलकार ललिजन रावल । हालसम्म गजलका एल्बम दुइ हातका औंलामा गन्न पुग्नेसम्म भएका छैनन् । भर्खरै भुपेन्द्र खड्काले आफ्नो शब्दमा एउटा गीत र अरु सबै गजल राखी ‘बुलबुल’ एल्बम ल्याएका छन् । कालीप्रसाद रिजालको शब्दमा ‘मायाको याम’ गीत-गजल संगालो हो । शिव परियार भारतीय गायक जगजित सिंहलगायतले नेपाली गीत-गजलका मिश्रति संगालो ल्याएका छन् । हालसम्म एल्बममा रेकर्ड भएका गजलको संख्या जम्माजम्मी सय र गजल संग्रहचाहिँ २ सयजति पुगेको यसका सोधकर्ता कृष्णहरि बरालको जानकारीमा छ । रेकर्ड भएमध्ये केही गजल गीत भनेर सञ्चारमाध्यमले भन्ने गरेको त्रुटिपूर्ण अवस्था पनि छ । त्यस्तै गुलाम अलीका नेपाली गजल भनिएका चाहिँ गीतको स्वरुपमा छन् । अमर गुरुङ, भक्तराज आचार्यले पनि केही गजल गाएका छन् । गजल गायकका रुपमा लिनुपर्दा शक्तिबल्लभ, मुरलीधर, आनन्द कार्की, जगदीश समाल, सपनाश्री, सुक्मित गुरुङ, प्रकाश श्रेष्ठ, शिव परियार, थुक्तेन भुटिया, प्रतिमा राजभण्डारी, मनोज सेवा, अञ्जु सेवा, सुवास अगमलगायत पर्छन् । मोतीरामले भित्र्याएका गजल बिलाउन लागेको अवस्थामा ज्ञानुवाकर पौडेल र मनु ब्राजाकीले ०३५-०३६ बाट लेखनमा पुनर्जागृत गराए । अनि बुँद राना, रवि प्राञ्जल, डा. घनस्याम न्यौपाने ‘परिश्रमी’, ललिजन रावल, टीकाराम उदासी, देवी पन्थी, श्रेष्ठप्रिया ‘पत्थर’, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, विजय सुब्बा यसलाई हर्ुकाउँदै लाने काममा प्रमुख भूमिका निर्वाह गर्ने क्रममा थपिँदै गए । विशेषतः ०५० को दशकको मध्यबाट बढेको गजल लेखनको लहरले सबैतिर एकछत्र रजाइँ नै गरेको छ । गजलसम्बन्धी संस्थाहरु २ दर्जनजति भइसकेका छन् । नेपालमा रहेका भुटानी शरणार्थीलाई पनि यसले समात्यो । ०६१ सालमा त भुटान गजल मञ्च नै स्थापना भएर गजल वाचनका गोष्ठी सञ्चालित भइरहेका छन् । त्यहाँका गोविन्द फँुयाल र नन्दिकिशोर शिवाकोटीले मञ्चमा गजल गाएर रौनकता छर्ने गरेका छन् । मोतीरामको समयमा गजलको विकासका लागि ‘मोती मण्डली’ नामक समूह बनेको थियो । त्रिचन्द्र क्याम्पसमा ०३८-०३९ सालमा राजेन्द्र पौडेल, प्रकाश अधिकारीले गजल लेख्ने र शक्तिबल्लभले गाउने गरेको इतिहास पनि छ । पछिल्लो समयमा ०६२ साउनदेखि अनामनगरमा प्रत्येक शनिबार पदम गौतम, सुरेश सुवेदी, घनेन्द्र ओझा, मायामितु न्यौपाने, भूपेन्द्र तिम्सिना, जय गौडेल, जनक पौडेल, रेणुका भट्टहरु भेला भई गजल सुन्ने-सुनाउने क्रमले निरन्तरता पाई ‘अनाममण्डली’ गठन भएको छ । बहर -गजलको छन्द) तथा मुख्य रुपमा गजलको लय चेतनालाई बढाउन अनाममण्डलीले प्रभावकारी भूमिका खेलेको छ । अनाममण्डलीले नेपालकै पहिलो संयुक्त वहर संग्रह ‘बहरमाला’ यसै वर्षप्रकाशन गरेको छ । घनेन्द्र ओझाको ‘बल्झेर याद तिम्रो’ सरोज काफ्लेको ‘अधरामृत’ र ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’को ‘मुस्कान’ बहरको ऐतिहासिक गजल संग्रह हो । अनाममण्डलीले गजल प्रशिक्षणका साथै गायनका कार्यक्रमको आयोजना पनि गर्दै आएको छ । जुन माहौलबाट गजललाई मञ्चमा गाउन थालेका छन्- सुवास अगम, डेनी निरौला, रुपक डोटेल, हेमन्त चेम्जोङ, रमेश कायस्थ, लक्ष्मण घिमिरे, इन्दिरा जोशी, दीपक ठकुरीले । पुनर्जागरणकालमा सबभन्दा पहिलो ०४२ सालमा ललिजन रावलले ‘केही गजल’ संग्रह प्रकाशित गरेका थिए । लेखन र प्रकाशनको लहर बढ्ने क्रममा ०६१ मा झापाका शिव रेग्मी ‘प्रणत’ले ‘कुन्ती’ नामक गजल काव्य नै तयार गरे । रमेश शुमेच्छुले नारी गजल संग्रह तथा प्रभातिकिरण, बालकृष्ण रेग्मी, रुपक वनवामी, निर्जन मनोज र लक्ष्मण गगनले एक-एक शेर गजल लेखेर संयुक्त संग्रह ‘अबरुद्ध गलाहरु’ तयार गरे । प्रवासमा रहेका चन्द्र तामाङ, जैकी मोहाजु, दलवीर सिंह, बराइली ‘घायल’ भानु दलाल र शान्तराम थापा मगरले विलयन गजल संग्रह आरोहण प्रकाशित गरे । भोजराज घिमिरेले संग्रह र एल्बम ‘आहत’ एकै साथ ल्याएर नौलो उदाहरण प्रस्तुत गरे । गजलमै सोधकार्य गरी पीएचडी गरेका छन् डा. घनश्याम न्यौपाने परिश्रमिले। कृष्णहरि बराल, श्यामप्रसाद न्यौपानेले पीएचडीको तयारी गरिरहेका छन् । व्यंग्यप्रधान गजलहरु पाठ्य र वाच्च रुपमा भिन्नै स्वादले अघि बढेको पनि छ । गजलप्रधान पत्रिका पनि प्रकाशित भइरहेका छन् । एफएम रेडियोले पनि यसलाई राम्ररी अघि बढाएको छ । यस्ता गतिविधिले स्तरीय र गेय गजल सिर्जना भइरहेको छ । र अबको दिनमा पक्कै पनि गजलले गायनका रुपमा आफूलाई उकास्दै लाने सम्भावना भने पक्कै बढेको छ । - भूपेन्द्र तिम्सिना Ref: http://www.newsofnepal.com/kamana/Magh/chotilo.htm
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-18-07 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले हिजो कन्जुसि गरेर नटांसेको तर आज टासी दिएं । सल्लाह पाउं ! गौतमजी, त्यो chillin भन्नेले मलाई बडा अरुका करेक्सन गर्छस् भन्ने आरोप लाएको थियो ! तर हामीले एक अर्कालाई सम्भब भए सम्म करेक्ट गर्दै जाम् ! को ठूलो को सानो हुन्छ र हैन ? अहिलेलाई यो original र तपाईको छोट्याउने सल्लाह मन परेर त्यहि रुपमा ढाल्ने कोशिश गर्नेछु ! पानीमा ब्यापार गर्ने उपाए भेटायौ कि ? डुङ्गामा प्वाल पार्ने उद्योग खोलायौ कि ? नाराको स्तर सम्म आबाज नपुग्दा थोतो गुनासो ठानेर सोझै मिल्कायौ कि ? बिर्से पनि हुनेको लामो नामाबलिमा सम्झेरै पहिलो नाम मेरो लेखायौ कि ? तिम्रो पछि लाग्दा मेरो भाउ बढ्यो मुनाफाको भाग माग्न हूलै ल्यायौ कि ? कर्तुतका साझेदारीमा हामी साथै थियौं चोख्याउदा आफूलाई मात्र चोख्यायौ कि ? सबै छाताका पातो छैन कतै न कतै त्यहि टालोले आफ्नो कोट सिलायौ कि ?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-20-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सल्लाह-छलफल त अवश्य गरम्ला गुरु। तर म अझै सिकारुनै छु। गुरुका सुझावको जरुरत छ, एकदम। पूरा गर्नुभएको गजलमा यो शेर त साह्रैनै classic लाग्यो! बिर्से पनि हुनेको लामो नामाबलिमा सम्झेरै पहिलो नाम मेरो लेखायौ कि? मैले पनि भर्खरै अलिकति कोरेको थिएँ,पस्किँदैछु। सच्याउन, काँटछाँट गर्न बाँकीनै छ। हरेक पटक यस्तै हुन्छ, टाँस्न हतार लाग्छ र पछि मिलाउँला भनेर टाँसिहाल्छु। पछि फेरि अल्छी लागिहाल्छ। चौथो शेर धेरै दिनदेखि मनमा लिएर हिँडिरहेको थिएँ, त्यसैलाई पूर्णता दिने प्रयास हो यो। तिम्रो नाऊँ कुन भाउमा छ!? कौडी बरु राम्रो ठाऊँमा छ! पाठा लुला जन्मिनेनै भए महारोग जब माउमा छ! तिम्रा छुराको साइज हेर्छौ? यी लुगाले छोपेका घाउमा छ! पाना रित्तिएको थोत्रो पात्रो यो भित्तो नछोड्ने दाउमा छ! आकाशको आकार बद्लियो घाम अब मेरो नाउमा छ!
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-20-07 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पूरानै भए पनि सान्दर्भिक भएकोले यो टांस्दै छु । आँखाभरि सपनासँगै गजलको अवस्थाबारे अन्तरक्रिया http://www.tanneri.com/ReadArticle.asp?ArticleID=1341&Type=literature -जनक पौड्याल फूलको पनि रेट्ने धार हुन्छ कहिल्यै सोचिनछु चन्द्रमाको अस्थिर आकार हुन्छ कहिल्यै सोचिनछु दमक, झापाका गजलकार लोकेन्द्र बञ्जाराद्वारा लिखित गजलसङ्ग्रह 'आँखाभरि सपना'को अन्तरक्रिया तथा विशेष बहरबद्ध गजल गायन कार्यक्रम २०६२, चैत्र ५ गते दिनको ३ बजे, शिक्षा पत्रकार समूह आनामनगरमा गजलप्रति अत्यन्त रुची राख्ने स्रष्टा, गायक तथा अन्य साहित्यानुरागीहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न भयो । गजलमा लय चेतना हुनैपर्छ भन्ने मान्यतालाई अगाडि बढाउँदै आएका केही गजलकारहरुले बहरबद्ध गजल सिर्जना गर्ने र सुन्ने-सुनाउने गर्दै आएको अनाममण्डली नामक समूहको आयोजनमा संयोजक गजलकार पदम गौतमको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो । अनाममण्डलीका केही गजलकारहरुले बहरबद्ध गजल पस्किंदै अगाडि बढेको सो कार्यक्रम सुरेश सुवेदीको सञ्चालनमा ३ घण्टासम्म चलेको कार्यक्रम अवधिभरि नै गजल गायन र गजलका बारेमा चलेका कुराहरु मन्त्रमुग्ध हुँदै स्रोताहरुले सुनिरहे । गजलसङ्ग्रहको बारेमा आफ्ना गहन कुराहरु राख्ने क्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले लोकेन्द्र बञ्जारा एक सशक्त गजलकार भएर निस्किएको जनाउनु भएको थियो । गजलमा लयको विषयमा बोल्दै उहाँले भन्नुभयो, 'गजल लेख्नेबित्तिकै गाइनुपर्छ भन्ने हुँदैन फेरि गायकले खोजेजस्तै गजल लेख्नुपर्छ भनेर लेख्न पनि सकिंदैन । गायकले खोजेजस्तै गजल लेख्नु भनेको 'कुक'ले आफूले चाहेजस्तो परिकार पकाउन कुखुराले भनेजसरी अन्डा पार्नु बराबर हो । कस्ता-कस्ता कविताहरु गाइएका छन् भने गजल गाउन गायकले भनेजस्तै लेखिनुपर्छ भन्ने करा हुँदैन ।' सङ्ग्रहमा भाषा र व्याकरण केही मात्रामा चिप्लिए पनि विम्बको प्रायोग स्तरीय रुपमा भएको र लय चेतनाबाट विमुख नभएको जानकारी दिंदै गजलकार देवी नेपालले गजलकारलाई उचाल्ने र पछार्ने दुवै काम गर्नु भएको थियो । 'छन्द-पराग' नामक छन्दका लागि उपयोगी मानिएको पुस्तकबाट गजलमा पनि बहरको आवश्यकता खोज्नेहरुका लागि खुराक दिनसक्ने स्रष्टा देवी नेपालले बसित बहरमा लेखिएको आफ्नो गजल गाएर गजलमा लयको स्थान उच्च छ भन्ने सन्देश छर्नु भएको थियो । त्यस्तै गजलकार विजय सुब्बाले प्रेमपरक गजलहरु बढी भएकोमा गुनासो गर्दै, गजलले विषयवस्तुलाई राम्ररी समात्न सक्नुपर्छ लय प्रमुख तत्व होइन भन्ने कुरामा जोड दिनुभएको थियो । गजलसङ्ग्रहकै सेरोफेरोमा बोल्ने क्रममा सञ्चारकर्मी रमेश पौडेलले गजलसङ्ग्रह स्तरीय नै भए पनि सानो हेलचेक्र्याइँ र अपरिपक्वताको परिणामस्वरुप पाठकलाई खल्लो बनाउने केही शब्दहरुको प्रयोगलाई ठाडै अस्वीकार गर्दै गजलकारप्रति थोरै असन्तोष पनि व्यक्ति गर्नु भएको थियो । तर, उहाँले सङ्ग्रहमा भएको एउटा गजल पाठ गर्दै गजलको उच्चता पनि प्रष्ट पार्नुभएको थियो । गजलभित्र लयको प्राथमिकतामा प्रायः केन्द्रित रहेको सो कार्यक्रममा बहरबद्ध गजल सिर्जनामा अग्रज तथा लयात्मक रुपमा गजल गाउनमा कहलिएका स्रष्टा सनतकुमार वस्तीका भनाइ वास्तवमै मनमयोग्य रहे । गजलमा तीन तत्व आवश्यक छ भन्दै उहाँले 'ग' भनेको गम्भीरता, 'ज' भनेको जीवन्तता र 'ल' भनेको लयात्मकताको समिश्रण मात्र एउटा राम्रो गजल हो भनी गजलको परिभाषा पनि प्रष्ट्याउनु भएको थियो ।यी तीन तत्वभन्दा पृथक भएर जसले गजल सिर्जना गर्छ त्यो गजल नै होइन भन्ने उहाँको विचार सम्पूर्ण गजलकारले सोच्नै पर्ने कुरा हो । मुतकारिब बहरमा लेखिएको उहाँले आफ्नै गजल गाएर सम्पूर्ण स्रोतालाई मन्त्रमुग्ध नै बनाउनु भएको थियो । बरिष्ठ गजलकार ललिजन रावलले आफ्ना कुरा राख्ने क्रममा गजललाई गेयात्मकताभन्दा टाढा राख्नेले गजल नै नलेख्नु भन्ने चेतावनी नै दिनुभयो । उहाँले लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रहमा लयले स्थान पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो । २-४ गजलहरु लयभङ्गको अवस्थामा रहे पनि समग्र सङ्ग्रह गेयात्मक रुपमा सलल बगेको उहाँको धारणा थियो । सस्तो प्रेममा अल्भिmएका केही गजलले सङ्ग्रहलाई तल झारेको छ भन्दै उहाँले लेखकलाई आगामी दिनमा यस्तो कुराप्रति सचेत हुन सल्लाहसमेत दिनु भयो । भाषा र शब्दको प्रयोगले भन्न खोजिएको कुरा नै उल्टिने अवस्था आउने भएकोले भाषाको व्यवस्थापन र शब्दको चयनप्रति गजलकार अत्यन्त संवेदनशील हुनै पर्ने उहाँको विचार थियो । गजललाई बहरमा मात्र सीमित पार्नु हुँदैन, यो क्रमको विकासले गजल जहाँबाट आएको थियो त्यही स्थानमा पुग्न सक्ने खतरा भएकोले बहरमा जबर्जस्ती लेख्ने कोसिस गर्नु पनि उति ठीक होइन भन्ने उहाँको सुझाबलाई गजलकारहरुले मान्नै पर्ने देखिन्छ । 'हाम्रै जनजीवनमा प्रचलित, झ्याउरे, लोकलयमा पनि गजल सिर्जना गर्न सकिन्छ र गर्नु पनि पर्छ । गजलको मर्मभित्र रहेर बहरबद्ध गजल सिर्जना गर्नु राम्रो कुरा हो । तर, बहरको पछि लागेर ह्रस्व र दीर्घलाई मात्र खेलाउने हो भने गजलले अगाडि बढ्न फेरि बाटो बिराउँछ । गजल जुनसुकै लयमा पनि लेख्न किन्छ र बहरमात्र गजलको लय होइन', भन्दै उहाँले आफ्ना कुरा खुलस्त भएर राख्नु भएको थियो । गजल गायनले स्थान ओगट्न नसक्नुमा गजलप्रतिको आकर्षणले उत्कर्ष नपाएको र गायनमा यसलाई कसरी लान सकिन्छ भन्ने केन्द्रविन्दुमा कोही अडिन नसकेकोजस्ता कुराहरु नै प्रमुख कारण बनेको खुलासा चर्चित नव गायक शिव परियारले बताउनु भयो । 'हामी गायकहरुले स्रोताले कस्तो प्रकारको संगीत रुचाउछन् भनेर बुझ्न नै सकेका छैनौं र रचनाकारहरुले पनि आफूले लेखेपछि त्यही स्तरीय हो भनेर भन्ने तर स्रोताले कस्तो सिर्जना मन पराइरहेका छन् भन्ने अध्ययन नै नगर्ने बानीले गजल गायन पछाडि परेको हो', भन्दै उहाँले भन्नुभयो, 'मैले गजल गायनमै आफ्नो परिचय बनाउन जग्गाजमिनसम्म बेचेर गजलको एल्बम निकालें तर त्यसले मलाई ऋणको भारी मात्र बोकायो गायक भनेर पहिचानसमेत दिन सकेन । जब मैले लोकगितलाई समातेँ र 'फेवातालमा साँइली' भन्ने गीत गाएँ त्यो गीत अहिले शिव परियारको पर्याय जतिकै बनेको छ । त्यसैले सम्पूर्ण नेपाली संगीतका स्रोताले कुन प्रकारको सिर्जनालाई मन पराउँछन् भन्ने समयानुकूल कुरालाई बुझेर हामीले पनि चल्नुपर्छ ।' एउटा सृङ्गारिक गजलका दुइ शेर गाएर सबैको मनमा रम्न सफल भएका गायक शिव परियारले आफ्नो तीतो अनुभव र आगामी दिनमा यसरी जान सकिन्छ भन्ने कुरा खुलस्त भएर राख्नु भएको थियो । बहरबद्ध गजल गायनमा अगाडि उत्रनु भएका गजलकार प्रभाति किरण, घनेन्द्र ओझा रेणुका भट्ट, जय गौडेल, विभोर बरार, जनक पौड्याल, बलराम दाहाल, ज्ञानु व्रि्रोही, निश्चल अधिकारी, राधा कँडेल, राज पाखे, नारायण निरासी, इन्द्र ढुंगानाले गजललाई लयवद्ध गाएर उपस्थित सम्पूर्ण स्रष्टा तथा गजलानुरागीलाई आफ्नो ठाउँबाट उठ्नै मन नलाग्ने गरी ३ घण्टासम्म बस्ने वातावरण बनाउनु भएको थियो । अन्त्यमा सभापति पदम गौतमले लोकेन्द्र बञ्जाराको पुस्तकको चर्चा गर्दै भन्नुभयो, 'गजलमा अग्रजहरुले जति योगदान दिनुभयो त्यो गजलप्रेमी आगामी पुस्ताको लागि बिर्सन नसकिने गुण हो । तर, केही अग्रजहरुमा गजलभित्र लयप्रति जुन अचेतता पाइयो उहाँहरुले लोकेन्द्र बञ्जाराको 'आँखाभरि सपना'लाई एकपटक राम्ररी पढेर सिक्दा पनि हुन्छ ।' अलि कठोरजस्ता लाग्ने यी वाक्यहरु बोल्दै उहाँले लोकेन्द्र बञ्जारालाई सचेत गजलकारको रुपमा उभ्याउँनु भयो । आफ्ना बहरबद्ध २ गजल गाएर उहाँले सो कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-23-07 10:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कान्तिपुरमा अघि भर्खर पढेको यो समाचारमा राजेन्द्र मेहताका शब्दहरुले असाध्यै घत पारे। सिंगिङ कपलको गजल गाउ“ नछोड्ने सल्लाह दिए राजेन्द्र र नीना मेहताले मंगलबार वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलनमा भेला भएका श्रोताहरूलाई । भारतको ५८औं गणतन्त्र दिवसका अवसरमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् तथा बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानले 'सिंगिङ कपल' का रूपमा प्रसिद्धि पाएको यो जोडीलाई काठमाडौंका श्रोतासामु प्रस्तुत गरेको थियो । दैनिक अनेकौं विकृति र विसंगतिसं“ग जुझिरहेको मानव समुदायको एक सानो अंशलाई गजलको न्यानो पस्किएका थिए नीना र राजेन्द्रले । माझिएको स्वरमा गाइएका गजलहरूका बीचमा राजेन्द्रले केही चुटकला पनि सुनाए । गजल पे्रमिकासं“ग भलाकुसारी गर्ने कला हो,' राजेन्द्रले भने- 'लाख कोसिस गर्नुस् यसमा कहिल्यै पारंगत हुन सकिन्न ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-23-07 11:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोताएँज्यू, मलाई पनि साह्रै घत प-यो । त्यो गजल शब्द निकालिदिदा पनि झन् घतलाग्ने- प्रेमिकासंग भलाकुसारी गर्ने कला हो, लाख कोसिस गर्नुस् यसमा कहिल्यै पारंगत हुन सकिन्न । *** *** *** *** *** *** *** शिरीष, नेपाली गजलको अवस्था र थोरबहुत मानक (standard) बारे समेतको छलफल यहाँ राखिदिएर हामी सबै गजल अभ्यार्थीहरुको कल्याण गरिदिनुभयो । हिन्दी गजलको समेत मानक स्थापित नभएको र अनेक मतमतान्तर रहिरहेको आजको अवस्थामा नेपाली गजलको मानक नभएकोमा अन्योल मान्नु हुँदैन । तर छलफल भने जारी राख्नुपर्छ र कुनै दिन संभवत: कुनै प्रस्ताव राख्ने अवस्थामा नेपाली गजल जगत पुग्नेछ । हिन्दी गजलको कुनै मानक नभएको र त्यसै सम्बन्धी कवि महेश अनघको एउटा प्रारम्भिक प्रस्ताव हाम्रो लागि पनि ज्ञानवर्धक र उपयोगी हुनेछ भन्ने मलाई लाग्छ । हिन्दी में ग़ज़ल - एक समग्र प्रस्तावना महेश अनघ - http://www.srijangatha.com/january%2007/gajalank.aalekh.maheshaanagh.jan07.htm Nepe
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-24-07 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
That was informative Nepe guru. We need to create a venue where more ghazal lovers can congregate and discuss. Gautam jee, that was well said. Here is some thing that I just typed: मेरो पक्ष सधै हार्ने गर्छ, छ त्यसैले तिम्रो जित सुनिश्चित , प्रतिस्पर्धा बढाउन मलाई ससक्त बनाउन माग्छु तिमीसित ! OR प्रतिस्पर्धाको मजा र सुनिश्चित पार आफ्नो जीत मलाई ससक्त बिपक्षी बनाउन माग्छु तिमीसित !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-29-07 8:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घाउले छोपेको भाब रहित अनुहार, नलठ्याई सिलाउनुको पीडा थाहा पाएं ! तिम्रो बयान गर्न जमघट हुने सुनें, नबोलाई म आउनुको पीडा थाहा पाएं ! अघि रहदा एकपल्ट के लडेथें मात्र पछिकाले टेकाउनुको पीडा थाहा पाएं ! खोज्दै खोजिएन परालको रासमा सियो भीड भित्र हराउनुको पीडा थाहा पाएं ! पशुत्वमा कमी आए पछि चित्कार सुनें बल्ल मैले रिझाउनुको पीडा थाहा पाएं ! यो भन्दा बढ्ता ज्यान गए बढेन !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-30-07 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
may be this sounds better: घाउले छोपेको भाब रहित अनुहार, नलठ्याई सिलाउदाको पीडा थाहा पाएं ! तिम्रो बयान गर्न जमघट हुने सुनें, नबोलाई म आउदाको पीडा थाहा पाएं ! चूलीमा एउटा पाईला के चिप्लेथ्यो भीरबाट लडाउदाको पीडा थाहा पाएं ! खोज्दै खोजिएन परालको रासमा सियो भीड भित्र हराउदाको पीडा थाहा पाएं ! पशुत्वमा कमी आए पछि चित्कार सुनें बल्ल मैले रिझाउदाको पीडा थाहा पाएं !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-07 9:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निशब्द मेरा भाव हरुले सलाम गरे सुन्दर् सिर्जना लाई।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-07 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank you rahulvai for liking this incomplete work. I got stuck
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-31-07 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह! शिरीष गुरु!! गजव छ भाव! यो एउटा शेर त लाख रुपियाँको!! पशुत्वमा कमी आए पछि चित्कार सुनें बल्ल मैले रिझाउदाको पीडा थाहा पाएं !
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-31-07 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शेरमा जादूगरी प्रभाव उत्पन्न गर्ने एउटा रामवाण विधी के हो भने पहिलो पंक्ति (मिसरा-ए-ऊला) मा सामान्य/नियमित/परमपरागत कथन/कथा को उठान गर्ने र दोश्रो पंक्ति (मिसरा-ए-सानी) ले आश्चर्यजनक/विचित्र/नूतन/असामान्य/profound समापन गर्ने । शिरीष यस कलामा दिन दुई गुना रात चौगुना कुशल हुँदै गइरहेको छ । Nepe
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-07 5:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank You Birkhe Nepe, You have been commenting repeatedly that a ghazal should last. Thats what in my mind and I am trying. Thank you for your kind comments. When the thread got buried, I thought I wrote a bad one. I started this in a very different manner but ended up this way. Since I started using computer to type directly, I did not have the previous versions. It would have been nice to see how things changed since the conception of an idea. Next time.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-04-07 7:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नामै लिन बिर्साउंदाको पीडा थाहा पाएं ! सभाबाटै हटाउंदाको पीडा थाहा पाएं ! तिम्रो बयान गर्न भएको जमघटमा बिना निम्तो चियाउंदाको पीडा थाहा पाएं ! चूलीमा के एउटा पाईला चिप्लेथ्यो यस्सो ! भीरबाट लडाउंदाको पीडा थाहा पाएं ! घाउले छोपेको भाब रहित अनुहार, नलठ्याई सिलाउंदाको पीडा थाहा पाएं ! परालको रासमा सियोको खोजी भएन भीड भित्र हराउंदाको पीडा थाहा पाएं ! पशुत्वमा कमी आए पछि चित्कार सुनें बल्ल मलाई रिझाउंदाको पीडा थाहा पाएं ! छातिबाट धूवां निस्केर मात्र सन्चो भयो, ज्वालामुखी लुकाउंदाको पीडा थाहा पाएं !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-10-07 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
from gorkhapatra.org.np भूगोलभित्रै कोरिएका गजलहरू नेपाली साहित्यमा गजल विधाले अब मजैले खुट्टा हालेको छ । यस विधामा प्रशस्त मात्रामा नयाँ स्रष्टाहरू त लागेकै छन् तर गर्वको कुरो कविता र गीतका क्षेत्रमा नेतृत्व गरिरहेका साहित्यकारहरूले समेत गजल लेख्न थालेका छन् । यसरी गजल लेखिरहने भीडमा हेलिएका गजलकारहरूमध्ये एक दीपक श्रेष्ठ 'समीप' पनि हुन् । उनी भीडका सदस्य त हुन् तर भीडभित्र प्रस्ट रङमा देखिने गजलकार हुन् भन्ने कुरा उनको कृति "भूगोलभित्र नकोरिएको देश" हेरेपछि थाहा हुन्छ । दीपक श्रेष्ठले 'श्रेष्ठ' नलेखी दीपक समीप मात्र लेख्ने गर्छन् साहित्यमा । उमेरमा भर्खर ३० का यिनी गजलमा चाहिँ पाको देखिन्छन् । उनी कवि पनि हुन् तर कविको सीमा मिचाइ पनि छैन । उनका गजलहरू स्वतन्त्र छन् गजलकारले लेखेजस्तै । उनी पोखरामा भएको तर देशमै नाम चलेको साहित्यिक संस्थाहरूका खम्बा हुन् । उनको सक्रियता उनको उमेरअनुरूप नै जाँगरिलो देखिन्छ साहित्यमा जस्तै । उनले यस सङ्ग्रहको नाम 'भूगोलभित्र नकोरिएको देश' राखे पनि लेखाइ भूगोलभित्रै छ र जहाँ छन् उनी त्यही ठाउँमाथि उनका गजलहरू ठिङठिङ्ती उभिएका छन् । यस गजल सङ्ग्रहमा जम्मा १०१ वटा गजलहरू छन् । गजलहरू संरचना, बुनौट, लय, विषयवस्तुको चयन समसामयिकतामा उच्च स्तरका छन् । गजलहरूका बीचबीचमा चर्चित साहित्यकारहरूका दृष्टिकोण वा भनाइहरू राखेर प्रस्तुतिको नयाँ ढाँचा हालेका छन् उनले । पढ्दा स्वाद केही मत्थर भएको बेला ती दृष्टिकोणहरूले अलिकति अड्याउँछन्, विश्राम दिन्छन् र फेरि पाठकलाई ताजा बनाइदिन्छन् । मोफसलमा बसेर राजधानीमा प्रशस्त मञ्च पाएर चर्चित बन्न पुगेका गजलकारहरूका लागि उनी स्तरमा हाँकसरह भएका छन् । गजलका विषयवस्तु समेटाइ उल्लेखीय छ । उनले राजनीति, समाज र मान्छेलाई भूगोलमै छन् भन्ने सम्झेर प्रत्येक ठाउँमा लेखेका छन् । उनले १०१ वटा गजलको सुरूवात द्वन्द्वबाट गरेका छन् र अन्त्य पनि त्यही द्वन्द्वबाटै । द्वन्द्वबाट सिर्जित परिणामहरूलाई अत्यन्त हार्दिक र मार्मिक प्रस्तुतिका साथ निस्किएका यी गजलकारलाई द्वन्द्वले निकै पिरोलेको देखिन्छ । उनले द्वन्द्वका साथसाथै राष्ट्रप्रेम, नारीप्रेम, लैङ्गकि समानता, मान्छेको विविध रङ, सहर र गाउँको दूरी, मान्छेको परिभाषा, राजनेताहरू र राजनीति, सामाजिक विकृति र विसङ्गति, गरिबी र सम्पन्नता, उनकै पोखरा, नेपालको प्रजातन्त्र आदिजस्ता विविध विषयहरूलाई गजलमार्फ पाठकसामु पेश गरेका छन् । साहित्यलाई उनले बुझेरै लेखेका छन् । मुलुकप्रति अत्यन्त सचेत देखिने यी गजलकारले आफू बाँचेको धरातललाई समग्रमा समेटेको देखिन्छ । शृङ्गारिक गजलहरू पनि सङ्ग्रहमा निकै छन् तर उनको शृङ्गारिकता भद्र र शालीन छ । कतिपय गजलकारहरूमा देखिँदै आएका रदीफ, काफीयाका समस्याहरू यिनका गजलमा देखिँदैनन् । यस सङ्ग्रहबाट पाठकले एउटा मान्छेको सम्पर्ूण्ा भूमिकालाई पढ्न सक्छ । प्रतीक र विम्बहरूमार्फ प्रस्तुतिको ठाडोपनबाट सरक्कै जोगिएका गजलहरू छन् यस सङ्ग्रहमा । भावुकता, नरमपन, कडापन र व्यङ्ग्यात्मकता दीपक समीपका गजलका विशेषता हुन् । कृति- भूगोलभित्र नकोरिएको देश (गजलसञ्चयन) गजलकार- दीपक समीप प्रकाशक- पोखरेली युवा सांस्कृतिक परिवार संस्करण- प्रथम, २०६२ मङ्सिर पृष्ठ- १२३±१३ मूल्य- रू.१००।- -विजय सुब्बा
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-12-07 7:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेहालको निश्चीत् उद्गम अक्सर खोजिन्छ अनेक तबरले हालको खबर सोधिन्छ ! उद्-गम origin
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-12-07 9:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी दीपक बन्धुको कृतिको राम्रो तारीफ सुनियो, पढ्न पाउने कामना गरेको छु । खास गरेर यो पंक्तिमा मेरो आँखा गढ्यो: "प्रतीक र विम्बहरूमार्फ[त] प्रस्तुतिको ठाडोपनबाट सरक्कै जोगिएका गजलहरू छन् यस सङ्ग्रहमा" शिरीषको शेरहरु भने सधै प्रतीक र विम्बहरुको सहारा नलिएको मानिचु है मैले । ठाडै हुँदा पनि दार्शनिक गहिराइ भएका हुने हुँदा उनका शेरहरु गाम्भिर्यप्रधान हुने गर्दछन् । लौ त मैले पनि स्यानो समिक्षा पेलिदिएँ ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-13-07 7:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद नेपे ! बेहालको निश्चीत् उद्गम अक्सर खोजिन्छ अनेक तबरले हालको खबर सोधिन्छ ! जोखीम कहां मोलियो नजीकै हुंदा पनि ? आफ्नै टाउको माथी तारो जो राखिन्छ! केहि हैन भन्ने सम्बन्ध प्रगाढ हुनु पर्छ तोड्न नत्र बिचैमा सन्देश किन फेरिन्छ ?
|
|