[VIEWED 36672
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 05-10-09 1:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"शिव to Mr. Sam" जन्म स्थान हेटौंडा नेपाल। हाल Lower Manhattan, New York. पेशा Taxi चालक। नाम शिव स्वामी अच्चम त अबस्य लाग्यो होला स्वामी के थर हो भनेर। वास्तबमा मेरो बुवा हेटौंडा को स्थानिय साहित्यकार हुन र अध्यापक पनि हुन। सबै ले स्वामी सरको छोरा भन्दा भन्दै मेरो नाम शिव स्वामी रहन गयो। स्कूल कलेज पढ्दा मेरो नाम चर्चित हिन्दी फिल्मी उपनाम स्वामी दादा थियो नहोश पनि किन एक क्लास देखी कलेज पढ्दा सम्म कि आफ्नो कि अरुको टाउको नफुटेको दिन नै हुन्थेन। केलाएरै हेर्ने हो भने मेरो टाउको मा विश्व मानचित्र नै भेटिन्छ। नाम कै कुरा गर्ने हो भनेत मान्छे को जीवन मा धेरै नामहरु हुन्छन; न्वारन को नाम, घरमा बोलाउने नाम, साथी हरुले रखेका नाम। स्कुल र कलेज का नाम, प्रियतमाले बोलाउने नाम। ति धेरै नामहरु मध्य एउटै नाम मेरो जीवन को तितो मिठो सत्य बनेर रहेको छ त्यो नाम हो "SAM"। मेरो कथाको पहिलो अध्याय सुरु हुन्छ हेटौंडा नेपाल बाट अनी मेरो शिव देखी "SAM" को यात्रा पनि। २०५७ साल तिर को कुराहो। म कलेज सकेर कामको खोजिमा थिए। बुवा आमा ले Computer सिक्न जा जा भनेर धेरैनै जोड गरे। बुवाको एकजना विद्यार्थी ले चोकमा computer institute खोलेको रहेछ। आफु पनि काम पाइएलाकी भनेर computer सिक्न गईयो। त्यही साथीहरु को लहै लहै मा लागेर अमेरिका जाने DV चिठ्ठा पनि भरे, तर पाउने आशा त एक रत्ती पनि थिएन। मन मनै रु ५० को चुना लाग्यो भन्ठाने जिन्दगी मा आज सम्म कुनै चिठ्ठा नपरेको यो पापी खप्पर मा के खाएर चिठ्ठा पर्थ्यो र त्यो पनि चानचुन होर अमेरिका जाने। अरु केटाहरु ले त चिठ्ठा परोस भनेर भुटनदेवी गै धुप्बत्ती धरी बाले। आफु लाई त रु १ को पनि चिठ्ठा कहिले परेको थिएन। चाउ चाउ मा धरी "मा" र "यो" पर्ने "ज" कहिले नपर्ने, "हामी" "सबैको" पर्ने "वाइ वाइ" कहिले नपर्ने, बल्ल बल्ल कोका कोला मा रु १० पारीको थियो त्यो पनि भकुन्डे साहुले भाई scheme त हिजै सक्यो भनेर दिदै दिएनन। हुनत भकुन्डे को छोरी च्वाँक नभएको भए त लिन मैले नि जान्या थिए तर छोरी को कारण केही गरिएन। दुई तीन महिना पछि computer क्लास पनि सकियो, कृष्ण दाई को किच किच पनि, अनि खोला पारी को मैया सँग को भेटघाट पनि सकियो। जिन्दगी मा बल्ल बल्ल एक जना मैया सँग माया प्रिती को कुरोकनी चल्याथियो त्यो पनि छुट्यो। खोला पारी जाउ भने मैयाका दाइहरु खुकुरी मा धार लाउदै बस्याथे होलन। ज्ञाने को हाथ भाच्या देखी हामीलाई पारी जान प्रबेश निशेध थियो। computer सकिए पछी सारा नेपाली युव झै आफुले पनि एउटा काम पाइयो जागिर खोजने। जागिर खाज्ने क्रम्मा कान्तिपुर र गोरख पत्र को सबै रोज्गारी को कुनै अबसर छोडिएन। दुई तीन महिनमा भित्र मकवानपुर हुलाक र दुर संचार ले सबै भन्दा बडी शुल्क तिर्नेमा नाम दार्त भयो झन्डै तक्मा मात्र पाउन बाँकी थियो। जेजती गरे पनि जागिर पाऊने कुनै छट्काट देख परेन। बुवा काठमाडौं जा जा भन्थे आमा नजाऊ भन्नु हुन्थियो। यस्तै यता ऊता चल्दै थियो। एक दिन घरमा बसेर Set Max बाट हिन्दी फिल्म हेर्दाइ थिए। computer institute बाट फोन आयो, पक्का नि किष्णे ले पैसा माग्न फोन गरेछ भन्ठाने। फोन उठाउन साथ "भाइ बियर खाने हैन" भन्छ त। मन मनै किष्णे बहुलायो कि जस्तो लाग्यो। "किन र दाई" मैले अली गम्भिर भएर जवाफ दिए। "तिमी लाई डि.भि चिठ्ठा परेको छ।" "जोक न गरौ न दाई" उत्तर नै नसुनी प्यच्च बोली हाले। अली अली संका अली अली बिस्वास् लाग्यो, तैनी के हो के "साच्चै हो institute आउन बसेर कुरो गरौ, हाम्रो थोरै हिसाब पनि बाँकी छ क्यार ।" हिसाब सुन्ना साथ भैहाल्छ नि भनेर हत्तपत्त फोन रखी हाले। अब त दोस्रो lot को आशा पनि जग्यो। मान्छे जात स्वार्थी नै त हो नि तेसै ले त दोस्रो lot को लागि मा पनि दैनिक जस्तो भुटनदेवी जान थाले। माता को आसिर्बाद ले हो या नियती को लेख हो दोस्रो चिठ्ठा पनि आयो। अब जने पनि पक्का पक्की भयो। भिशा पनि हाथ पर्यो। America जाने भईयो, मुख्य समस्या थियो पैसा को। एउटा शिक्षक को छोरा सँग तेत्रो पैसा कसरी आउछ। आफुले चिने जाने को सबै सँग पैसा मगियो। जीवन को मोड मा एस्तो छणहरु आउछन जस्ले मान्छे लाई आफन्त र पराइ को भेद गर्ने मौका दिन्छ, त्यो दिन मेरो जीवनमा पनि आयो। ज्यान नै दिन्छु भन्ने मित्र ले रु १ नदिएको पनि देख्नु पर्यो। अमेरिका को विसा लाग्ना साथ पैसा माग्ला भनेर उल्टो पैसा माग्ने आफन्त पनि चिनियो। आफ्नो जमिन गर गहना बेची पैसा दिने पराइ पनि भेटे। जाने बेला दुई दिन मात्र बाँकी थियो। घरमा सबै खुशी थिए बुवा भाई बहिनी आमा। आमा खुशी अबस्य हुनुहुन्थियो तर मन भित्र पिडा लुकाइ, आँखाका परेली भिजाइ मुस्कुराउन खुज्नु हुँदै थियो। त्यो दिन भन्दा अघी शायद मैले मेरी आमा लाई नजिक बाट चिनेको थीइन, उन्को माया लाई म बन्धन ठान्द थिए। आमा को बिशाल हृदय को कुनै कदर नै थिएन। त्यही कुराले मेरो मन पिरोली रहेको थियो , म आफ्नै सोचाइ प्रती घ्रिणा गर्ने थाले, बिछोड का ति पलहरुमा आँफै पनि आमासँग आँखा जुधाउन सकेकै थीइन। आमा को हरेक हेराइमा मलाई रोकने कोशीश थियो, निशब्ध वाक्यंश हरुमा पनि मेरै नाम थिए अनी मलाई रोक्ने अथक प्रयासहरु थियो। अमेरिका तिर जानु एक दिन अघी म भुवनेशोर महादेवथान गए, जस्लाई स्थनिय ब्यक्तिहरु सानो पशुपती भन्नेगर्थे। मन्दिर को एक कुना मा गएर चुरोठ सल्काये। चुरोठ को धुँवा हावाको बेघसङै उडिरहेक थिए, अनी मेरो आँखा बाट अबिरल आसुँ खसी रहे। हावा को निएती नै उड्नु हो र पनि को नियती नै खस्नु हो, त्यो छण मेरो भावना मेरो हृदय पनि झै खसी रहेको थियो र मेरो आशा उमङ हावा झै उडी रहेक थिए। बडो अजिब छ यो हावा र पनि को सँगम, आसुँ र हासो को मिलन। मेरो मन दोवान मा ठिङ उभिएको चट्टान भएको थियो,जस्लाई दुई नदी को सँगम ले निरन्तर छिया छिया पारीरहेको हुन्छ, मेरो मुटु लाई पनि आसुँ र हासो को सँगम ले छिया छिया परेको थियो। परिवर्तन संसार को नियम हो। परिवर्तन आँफै बाहेक यो संसार मा सबै कुरा परिवर्तनशिल हुन्छ। मेरो जीवनमा आउन लगेको परिवर्तन ले मलाई कहाँ कहाँ डोरयाऊनेछ छ, मा आँफै लाई नि थाहा थिएन। बिदेशिनु साचैनै एउटा अध्यत्मिक, भौतिक र मान्सिक परिवर्तन हो। यो मेरो जीवनमा परिवर्तन को पहिलो खुँडकिलो थियो। एउटा अल्लारे केटा, टोले दादा, असमजदार छोरा, उग्र ब्यक्ति बाट एक समाजदर र सम्बेदनशील ब्यक्ति मा परिवर्तन हुने क्रम को सुरुवत थियो। यसरीनै बुवा आमा को सपना बोकी साथी भाई को माया सँगालेर, देश गाउ छोड्ने पिडालाई अत्मसाथ गर्दै बिदेशिने भए। अमेरिका आउनु अघी खोला पारी को मैया पनि भेट्न आएको थीइन। अमेरिका गएर मलाई नबिर्स्नु है भन्दै थिए। मुटु चुडियो तर यो मुटुत येसै गरी चुडिनु रहेछ धेरै धेरै पटक।
क्रमश:
|
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 05-17-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"४" फेब्रुअरी एक साँझ रेडियो टि.भी ले ४-६ इन्च हिँऊ पर्ने अनुमान गरेको थियो। हल्का हिँऊ सिमलको भुवा झै आकाश बाट झर्दै थिए। जति रात पर्दै गयो तेय्ती नै जाडो बढ्दै गएको थियो। यस्तो मौसम मा ग्रहाक पाउने आशा कमै थियो तर काम त कामै हो गर्नै पर्छ भनी सडकमा नियाल्दै थिए। हिँऊ एक्नाश ले परीरहेको थियो, बाटो मा मान्छे को चहल पहल पनि कमै देखिन्थियो। सर्प ले जस्तो सुकै अन्ध्यारोमा पनि आफ्नो सिकार देखे झै मेरो नजर एक्कासी बाटो को बिच मा बसी ठुला ठुला स्वरमा कुरा गरिरहेका एक जोडी मा पुग्यो। तिनीहरु को नजिक गएर रोके, मलाई झिनो आशा थियो कि दुई मध्य एक जना पनि taxi को बाटो हेरेका हुन भनेर। तर पनि ग्रहाक न पाएको बेला कुनै पनि मौका खेर छोड्न मन थिएन। तिनिहरुलाई वास्ता नै नगरेको झै नजिकै गएर taxi रोके। ति दुई केटा र केटी कुनै अरुनै भाषा मा कुरा गरिरहेका रहेछन। कुरा गरेका हुन वा झगडा गरेका हुन ठम्याऊन सकिन। त्यो केटी फनक्क फर्की, मेरो मुटुको धड्कन स्तब्ध भयो, मानौ कुनै तेज उज्ज्यलो ले सारा रात्री नै उज्ज्यलो परेको होश। ऊ मलाई हेरी मैले नि हेरेर मुस्कुराए। त्यो केटी मेरो taxi तिर अघि बढी, झ्याल खोलेर सोधे "Do you Need a Cab " "Yes" भनि, मैले नि हत्तपत्त ढोका खोली हाले। फेरी त्यो केटा आएर अरुनै केही भाषामा केटीलाई रोक्न खोज्दै थियो। ऊ मानिन् मेरो taxi भित्र छिरी र ढोका ध्याम्म पारी। मैले पनि कहाँ जने नसोधी taxi कुदै हाले। त्यो केटा केही भन्न खोज्दै थियो , बल्ल बल्ल पको ग्रहक गुमाउनु पर्ला भनेर त्यो केटा को कुरै नसुनी स्पीड बधाई हाले। चाहे मैले राम्रो गरे वा नराम्रो त्यो परिस्थिती मा म सँग अरू कुनै बिकल्प पनि थिएन। मलाई ग्लाणि भयो किन मैले पैसा को लागि कसैको मन तोडे। त्यो केटा ले केही भन्न खोज्दै थियो, तर म स्वार्थी बने। "जे भयो भयो, होश" भनेर आफ्नै मन्लाई चित्त बुझाए। मैले mirror बाट केटि लाई हेरे ऊ सुक सुक रुदै थीइ। अब झैन मलाई आफ्नो स्वार्थिपन देखी ग्लाणि भयो। शायद मैले ति दुई लाई एक छीन कुरा गर्ने देको भये, मैले दुबै जाना को चित्त दुखाउ थिन होला, वा दिएको भएनी झैनै नराम्रो पो हुन्थियो कि, के थाहा। आफ्नै मन सँग बाद् बिवाद गर्दै थिए। कहिले आँफैलाई धिकार्थिए र कहिले आँफैलाई सम्झाउ थिए। फेरी केटि को मुहार हेरे ऊ अझै रुदै थिएए। मन थम्नै सकिन सोधी हाले। "Any Problem?" "Not your business" अलि रिसाएर जवाफ दिए। हुनपनि मेरो सरोकार को बिषय थिएन तर तेस्लाई के थाहा थियो र मेरो मनमा के छ, मैले बिना मत्लब प्रश्न गरेको पनि त थीइन, म त आफ्नो मन सँग को बिवाद समप्त गर्न खोज्दै थिए। मेरो ग्लाणि मन को मल्हम खोज्दै थिए। म किन यस्तो छु मलाई थाहा थिएन, किन अर्काको आपसी झग्डा को करण आफ्नै कर्मलाई दोशी ठान्द छु, किन? म अझै ऊस्लाई mirror बाट हेर्दै थिए। थाहा पाइछ क्यार हल्का मुस्कुराउदै भनि। "Sorry, just a bad day." मोरिको sorry त मेरो मन भरि भयो। किन किन मलाई त्यो केटी को मधुर बोली, नक्कली मुस्कान, र रुवाइ पनि मन पर्न थालयो। मैले पनि ऊस्को निजी जीवनमा दखल दिएको मा माफि मागे। हामी दुई साधारण कुरा गर्दै गयौ। हुनत ग्रहाक सँग कुरा गर्ने मेरो बानी थियो, धेरै ग्रहाक मेरो कुरा मनपराऊ थिए। तर त्यो कुराकानी मा छुट्टै खले आनन्द थियो। कुरा को सुरमा होशै भएन छ कती बेला ऊस्को गन्तब्य मा पुग्यो पत्तै भएन। ऊ taxi बाट झरिन। एक्नास्ले अगाडि को घरको झ्यालमा हेरी रही। न केही बोल्छे न झर्छे। म अच्चाम परे किन नओर्ले कि हो? कतै गलत ठेगाना त परेन? सोध्न करै लाग्यो। "Your Address" ऊ झस्की "Oh, Yes" भन्दै पर्स बाट पैसा निकालेर दिई। फेरी म तिर हेरेर आग्रह गरी "Can you Wait for me?" मसँग हुन्छ भन्नु बहेक अरु कुनै उत्तर नै थिएन, र म पनि ऊस्लाई कुर्नै चाहन्थे। त्यो जाडो मा अरु ग्रहक होज्नु भन्दा ऊस्लाई लाई कुर्न नै बेस ठाने। नजिकै को पसल बाट कफी किनेर taxi भित्रै बसि राखे। तातो कफी को घुट लिदै F.M रेडियो यता उता घुमाउन थाले। मेरो मन त्यो केटि बाट हट्नै सकेको थिएन। बार बार एउटै सोचाइ आउन थालयो, कौतुहल्ता जग्यो। के, किन, के भयो, किन रोएकी होला, को केटा होला, किन तेस्ले taxi रोक्न खोजेको थियो होला, के भन्न चाहन्थियो होला? यस्ता धेरै के र किन हरु को माझ्मा मेरो दिमाख् घुम्न थालयो। धेरै बेर भयो त्यो केटि देखा परिन। फेरी मनोबाद.................. "कुर्नु मात्र पर्ने हो कि?" "हैन आउछे" मनमा दुबिधा बढ्न थल्यो। "Midtown तिर गएको भये ग्रहाक पाइथियो कि।" जे भएनी मलाई ऊस्लाई पर्खिन मन थियो। अरु दश मिनेट जति कुर्ने निधो गरे। तर के थाहा त्यो दश मिनेटको पर्खाइ ले मेरो जीवनमा धेरै परिवर्तन लेख्या रहेछ।
|
|
|
ANS
Please log in to subscribe to ANS's postings.
Posted on 05-17-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन किन मलाई त्यो केटी को मधुर बोली, नक्कली मुस्कान, र रुवाइ पनि मन पर्न थालयो...
wow.. you got great writing skill... I LOVED it.. every single word.
How long do we need to wait for next episode?? Can you put it soon.. cuz I am free all day ;)
|
|
|
KAledai
Please log in to subscribe to KAledai's postings.
Posted on 05-18-09 7:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अमित ज्यू, "Sorry, just a bad day." मिठो कुरा गर्नु भो, साच्चिन मैले कतै सुनेको थिए कि आफु दुखी छ भने अझ अफु भन्दा दुखीलाई हेरेर चित्त बुझाउनु पर्छ भनेर। चौथो भागले पनि मानिसको जिन्दगी कतै दु:ख त कतै सुख सँग सम्बन्धित देखियो। त्यस्मा अझ दु:खले राज गरेको देखिन्छ। वास्तबमा जिन्दगिलाई चारै तिर बाट दु:खले नै घेरेको छ। यि दुबै एक अर्काका पुरक हुन क्यार? कथा पड्दा - पड्दै बिचैमा एक्कासी ब्रेक लाग्दा कस्तो अधुरो भो, जस्तो कि तपाईंको पेसेन्जरलाई दस मिनेट मात्रा पर्खने प्लान तपाईंको छ भने, हामी चै २ - ३ दिन तपाईंको कथालाई पर्खदै छौ। कालेदाई
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-18-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau na... 10 min saarhai laamo bho.. thapum na chito.. kurnai nasakine bho.
|
|
|
Hada
Please log in to subscribe to Hada's postings.
Posted on 05-19-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hya Amit Dai, Tapai pani Ekata Kapoor jastai kahani ma twist ra excitement liyera aayepachi, aba baaki chai bholi bhanne jasto bhayo k... Chwaak keti le SAM lai wait garaune... Tapai budha le chai haami lai... We want more... We want more.... We want more....
|
|
|
sijupanta
Please log in to subscribe to sijupanta's postings.
Posted on 05-20-09 10:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
heehee Hada le hasyo. Testai ho Amitraja busy bha jasto chha. Lekha pani kina kanjush bha hola hai Hada. Tyo zee tv herera serial ko bani sareko ho ki? Story ekdum ramro, speed chai sarai slow bhayo Amitraja jyu! Chito hito lekhau, hami padna tayar yaha...
|
|
|
nixactly
Please log in to subscribe to nixactly's postings.
Posted on 05-20-09 11:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hetauda ko manche le lekheko story dammi nahune ta chance nai bhayena ni.,....ma ni hetauda kai basinda pare....sathi chahi hetauda ko kata tira ko ho kunni??
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 05-21-09 1:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"5" हिँऊ का स-साना छिटा मेरो गाडी को झ्याल मा पर्न थाल्यो, मानौ आकाश बाट लाखौं मोतिका दाना एक्कै चोटि झर्दै थिए। मनै प्रफुल्लित पर्ने द्रिस्य नियाल्दै म उसैको आगमन को प्रतिक्षा मा थिए। के के हो के के सोचाइमा डुबेको थिए, ढक ढक आवाज ले एक्कासी झस्किए। एक हाथ मा सुट्केश र अर्का हाथ्मा hand bag लिएर, सकी नसकी ढोका खोल्न खोज्दै थिइ। मैले ढोका खोली दिए। मन्ध मुस्कान र मधुर बोली मा मलाई धन्यवाद प्रभाह गरी। "Thank God You are here" मैले नि मौका मा चौका हनी हाले "Yes waiting for you" चाहे मेरो उत्तर को उस्ले जेसुकै अर्थ लगाइ, मलाई मनमा लगेको कुरा सुनाइ दिए। म आफ्नै शब्द मा आँफैलाई बधाई दिदै थिए, म प्रसन्न थिए। उन्को आगमन ले, ग्रहक फर्के को ले या प्रतिक्षा समाप्त भएको ले, करण म आफैलाई थाहा थिएन। जे होस् म प्रसन्न थिए। कफी को एक घुट फेरी पिय, चिसो भैसकेको रहेछ तर उस्को प्रतिक्षा को चिसोपन पनि मिठो थियो। उस्ले मलाई Queens तिर जने आग्रह गरी। गाडी मन्ध गती मा गूड्यो, F.M मा Blues Music बज्दै थियो। सुन्सान बाटो, सुमधुर संगीत र सुन्दर सहयात्री, मेरो मनमा एउटै बिचार थियो के यो यात्रा गन्तब्य रहित हुन्सक्ला। अफ्सोस त्यो यात्रा गन्तब्यबिहिन थिएन। तर म ऊसँग को त्यो साथ लम्बयाउन चाहन्थे तेसैले गाडी मन्ध गती मा नै कुदाए। मेरो चोर् आँखाहरु उस्कै मुहर हेर्न खोज्दै थिए, घरि घरि एना बाट उस्लाई हेर्दाइ थिए। उ अझै सुक्क सुक्क रुदै थिइ। मेरो मनमा फेरी कौतुहल्ता जाग्यो र अनेकौ के, किन, कुन्नी एक अर्का सँग बाजा बाज गर्न थाले। किन रोएकी हो? के भयो होला? सुट्केश लिएकी छ कतै जान पो लगेकी हो? के हो? सोधौ कसरी सोधौ न सोधौ म साह्रै बेचैन् भाईसके। हुनत एस्ता रुन्चे ग्रहक पहिले नभेटेको पनि होइन, यो भन्दा राम्री मिजसिली पनि भेटेको छु। तर किन एस्ले मेरो मन मस्तिस्क मा जरा गड्दै छे,? किन म माथि हाबी हुँदै छे? अघी एक छिन् राम्रै सँग कुरा भएको थियो। फेरी चुप चाप छे। रहस्य त जान्न पर्यो, तर कसरी? के सोधौ प्रश्न को अभाब छ, प्रसँग पनि त छैन नि। फेरी एना हेरे, कस्ती राम्री छ, गोरो मुहार, सुनौला केश, नसालु आँखा। तर ति आँखामा आसुँ पटक्कै सुहाको छैन। उस्को सुन्दरता अनी त्यो सुन्दरता भित्र लुकेको पिडा देखेर म भावुक भए। म एस्तो भावुक मान्छे त पटक्कै होइन म आफै सँग प्रश्न गर्ने थाले। मेरो आँखा पनि हल्का रसाए। चाहन्थे उस्को आसुँ पुछ्न सँकु उन्लाई शान्तावना दिन सँकु, तर बिडम्बना। यू मा सँग अपरिचित थिइ। ऊ पर्ती को मेरो सोचाइ बाट अनबिग्य थिइ। ऊ केबल मेरो ग्रहक थिइ। छोटो समयमा एक अन्जान ब्यक्ती को किन एती धेरै माया जगेको होला भन्ने कुरा मा नै म अन्जान थिए अन्योल मा थिए। रोशन ले मलाई taxi चालक को प्रमुख नियम भनेको थियो। ग्राहक न त मित्र हुन न त सत्रु हुन, ग्रहाक त छणिक सहयात्री हुन। उनिसँग न त मित्रता ठीक हुन्छ न त सत्रुता ठीक हुन्छ। तर म त्यो नियम उलङ्हन गर्न चाहन्थे। म शिव स्वामी बाट शिव मात्र हुन चाहन्थे। कोमल हृदय भये को साधारण ब्यक्ती बन्न चाहन्थे। सोच्द सोच्दै मेरो ध्यान बाटो बाट हटेछ। एक्कासी अगाडि को गाडी ले ब्रेक हन्यो. मैले कोशीस गर्दा गर्दै अगाडि को गाडी सँग थोकिन पुगेछ। अगाडि को गाडीवाला के के फलाकदै मेरो गाडी नजिक आइपुग्यो। "योउ क्रजी" "Sorry" भन्दै गाडी बाट झरे तेस्को गाडी लाई खस्सै केही भएन छ। जे हुनु थियो मेरै गाडीलाई भयो। अगाडि को पाटो पुरै चक्नाचुर भएछ। बाटोमै कुरा मिलाउने सल्लाहा भयो। मेरो Insurance नम्बर लिएर अन्धकार मा कता लाग्यो लाग्यो। आफुलाई पर्नु फसाद पर्यो। एक त गाडी बिग्र्यो तेस माथि ऊ taxi बाट झरेर एउटा पसल्को छाना मुनी बसी। मेरो जिन्दगीमा सबै कुर छणिक मात्र हुन्छ जस्तो लाग्यो। बल्ल बल्ल एक जना मन्परेको थियो त्यो पनि भगवान ले देखी सहेनन् जस्तो लाग्यो। आफ्नो गल्ती को दोष भगवान लाई थुपार्नु त सजिलै हुन्छ। आखिर म पनि साधारण मान्छेनै त हुँ। मानब प्रक्रिती ले दिएको अब्गुण हो। यस्तै तर्क बितर्क गर्दै खाली पार्कइङ खोज्न आँखा यता उता डुलाउन थाले। आँखा तेही केटी सँग जुध्न पुग्यो, म उस्लाई हेरी रहे, कालो पोशक मा सेता हिउ का थोपा मानौ कुनै परि भर्खर आकाश बाट धर्ती मा झरिको होस्, अनी म केबल म त्यो मनोरम द्रिस्य को प्रतछ्यदर्सी हुँ। म गाडी पार्क गर्ने तिर लागे, हेड लाईट फुतेको करण गाडी नचल्ने स्थिति मा थियो। एक मन ले आँफैलाई धीक्कारे, अर्को मन ले परिस्थितीलाई दोश लगाए। जोसुकै को गल्ती भये पनि सजाय त मैले नै पाए। किनकी त्यो छ्ण उस्को र मेरो अन्तिम साथ हुनेथियो। नजिकै को पार्कइङ मा गाडी पार्क गरे, हुनत न्यू योर्क्मा पार्कइङ पौनु र भाग्य उदय चिठ्ठा पर्नु उस्तै हो। शायद त्यो दिन मलाई भाग्य उदय चिठ्ठा नै परेको थियो। गाडी को ब्यबस्था मिलाई ऊ नजिक पुगे। एउटा असल मान्छे को कर्तब्य पलन गर्ने निहुले उस्को साथ लाई अझै लम्ब्यौन चाहन्थे म। नजिक पुगेर सोधे। "Do You need another cab?" उस्ले रिसाएर जवाफ दीइ। "don't bother i have enough trouble" मलाई झनक्क रिस उथ्यो, मैले उस्लाई सहयोग पो गने खोजे को थिए, उस्को कुरा को कुनै तत्पर्य बुझिन। रिस को सुर्मा मा झनै ठुलो स्वर मा उत्तर दिए। "it is my duty" सुन्या नसुनेको झै गरी। अझै उस्को आँखा रसाएका नै थिए। मा पनि आफ्नो बाटो लागे। मन्मनै तेस्को र मेरो साथ येतिनै हो भन्ठाने। दुस मिनट जती हिंडे Train station को गेट अैपुगे पछी मलाई अफ्सोस भयो। फेरी मनोबाद "के उस्लाई सुन्सान सडक मा एक्लै छोडेर मैले ठीक गरे?" "मैले त आग्रह गरेको पनि थिए, जान्न भनी" "उस्ले जे भनेनी आफ्नो कर्तब्य बाट भागनु ठीक लागेन" जाउ नजाउ दोधारमा परे। मलाई हिन्दी फिल्मी चर्चित डाइलग याद आयो। केटी, ट्रैन र बस को पछाडि डौडिनु हुँदैन एउटा गये अर्को अबस्य आउछ। तर परिस्थितीले मलाई छन्ने मौका पनि दिएन, एक तिर केटी आर्को तेर त्रैन। अन्त मा ट्रैन तिर नगै केटी तिरै जाने बिचार गरे। जानत जाउला तर के मलाई नै कुरेर बस्छे होला। यो रतिमा हत्तपत्त taxi पाउनु मुस्किल्नै छ। जाने नै निधो गरे। फेरुअरी को ७ दिग्री जाडो मा धरी पसिना आउने गरी डौढे। हस्यङ फस्यङ गर्दै ऊ नजिक पुगे। नम्र भएर सोधे ब्यङ्यत्मक बोलिमा "Any Luck" "No" लाज मानेझै गरी। मेरो उदेस्य पनि तेस्लाई आफ्नो गल्ती को आत्माबोध गराउनु थियो। दाङ परे। मैले नजिकै ट्रैन पाउछ यदी जान मन भए, मसँगै हिंड्ने आग्रह गरे। उस्को आरु कुनै बिकल्प थिएन र एही मौका को फाईदा पाये मैले। हिड्दा हिड्दै उस्को गन्तब्य सोध्ने मौका पाये। ऊ साथीका जाने लगेकी रैछ। एती राती साथीका जाने त्यो पनि सुट्केस बोकेर मेरो मन्मा सन्का उब्जियो। हामी ट्रैन स्टेसन भित्र छिर्यौ। त्यो दिन Queens जाने सबै ट्रैन बन्द रहेछ। अब ऊ मसँग कुनै Hotel म जाने बिचार गरेको बताइ। मन्मा त किन hotel तिर जाने मेरै घर जौ भन्न मन थियो। तर बिचमा अपरिच्ताको खाडल थियो। नेपाल हुँदा केटाहरु भन्ने गर्थे " मर्द ले कि आँटेर खान्छ कि ढाटेर खान्छ। मैले आट्ने ढाट्ने दुबइ काम गर्ने निधो गरे। बिस्तारै भूमिका बाध्न थाले। पहिले त न्यू योर्क को ट्रैन ओयबस्थापना लाई भर्मार गाली गरे। अनी मौसाम को खोट लगाए। यू अचम्म परेर हेरी रही म बोलेको बोलाई थोए। तर जुनकुरा भन्छु भनेर तेती भूमिका बधे त्यो भन्न सकिन। एतिकै मा एउटा जडिया हल्ला गर्दै हामी समु आयो। उस्ले डरले मेरो हाथ समाइ। मानौ मेरो सारा शरीर भरी बिजुली प्रभाह हुनथल्यो। शरीरका प्रत्यक रौ काँडा झै उम्रिन थाले। झक्री को ढङ्रो झै मुटु को ढुक ढुक बाध्न थालयो। नशा नशा म हिमालि नदी झै रगत तिब्र गातिमा बग्न थाले। मेरो बस मा भये त्यो छण त्यही रोक्न चाहन्थे। केबल त्यही समय। मत उस्का लागि एक अपरिचित ब्यक्ती थिय्र तै पनि म माथि कस्तो विश्वाश कस्तो आस्था। केही बेर पछी ट्रैन अैपुग्यो, अझै उस्को हाथ मेरो हाथ मा बढीएका थिए। दुधे बलक लाई दोरये जही उस्लाई मैले ट्रैन भित्र डोर्याए। बिस्तारइ ट्रैन ले गती लिना थालयो, म उस्को एती नजिक थिए कि म उस्को ढुक ढुकी सुन्न सक्थे,शायद उस्ले पनि मेरो ढुक ढुकी सुनिराखेकी होला। मैले उस्लाई नजीक बाट नियले, उस्का निला आँखा अझै रसाएका थिए। मलाई आफ्नो चाहना भन्न खोजिरहेका थिए। तर ति सुन्दर आँखाका बोली अबाक थिए। म पनि केही बोल्न खोज्दै थिय त शब्द थिएन। उस्लाई अङाल्न खोज्दथिए तर शाहआस थिएन। उस्का आँखा म बाट टाढा भयो, यता उता गर्न थालए, तर मेरो आँखा अचल थिए। उस्को हेरै को भाव बुझ्न खोज्दै थिए। ट्रैन झट्ट रोकियो, हामी दुबै झस्कियौ, उस्ले मेरो हाथ बाट आफ्नो हाथ हटाइ। मलाई कुनै अमुल्य बस्तु गुमये झै भान भयो। अर्को स्टप मैले झर्नु पर्ने थियो। तेस्बेला सम्मा पनि नसोधे मैले उस्लाई सदा सदा को लागि गुमाउने छु। मेरो स्टप आयो ऊ पनि केही नबोली मेरो पछी पछी आइ। सडकमा हिउ का ससाना छिटा थिए। मैले मेरो सारा सक्ती एकत्रित गरेर सोधे। "If you don't mind, you can Stay at my place tonight" यसरी प्रस्तव रहे तर निर्णय गर्ने सारा अधिकार उसैलाई दिए। म केबल जवाफ को प्रतिक्ष्यामा थिए। क्रमश:
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 05-21-09 1:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kale dai; pratikshya ko faal abasya mitho hunchha. tara mero udesya yaha harulai kuraune pakkai thiyena samaye kai abhab ko karan yesto huna gayo. perfectionist; I am not perfect as you are............ i will try my best to write more in later episodes............ Hada bhai; here is more....... hahahaa ma Ekta Kappor................. siju ji: ke garnu kachhuwaa kai tal bhayo nixactly; Thanks for reading, from Hupra Chaur
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-21-09 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो अमितजी के भन्नु भा त्यस्तो पर्फेक्टसनीस्त नभेर त एस्तो नाम राख्या नि, नाम भे पनि होस् भनेर, गुरु तपाईं एस्तो खतरा कथा लेख्नु हुन्छ, आइ एम नट त भन्न मिलेन नि। सार्है रमाइलो हुँदैछ, उत्कृष्ट प्रिजेन्टेसन, दामी छ, अझ जाओस।
|
|
|
Hada
Please log in to subscribe to Hada's postings.
Posted on 05-21-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amit dai maile thikai bhane jasto lagcha malai ta.. Tapai ma ali ali yo commercial serial banaune ko bhoot soot cha jasto cha.. feri story yesto interesting bhayeko bela break... Malai ta Cab Driver huna maan laagyo baa... ani night shift matrai garchu... hahahahaha LOL.... Tara chitto dai.... maan ma last kautuhaltaa jaagisakyo... wat next bhanera... Naam chai k ho tyo gori mori ko.... We want More and More and More...
|
|
|
Hada
Please log in to subscribe to Hada's postings.
Posted on 05-21-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ajkal Sajha ma kehi heridaina... Khali From Shiva to Sam ko status herincha... Keep gong dai..
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 05-22-09 12:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Perfectionist; कोशिस जारी नै छ। मेरो सादा प्रयासमा प्रोत्साहन को रङ भर्नुभएको ले म हृदय देखिनै धन्यवाद दिन चाहन्छु। Hada; तिम्रो comments हरुले मलाई अझै लेख्ने motivation गर्छ। तर म भोली न्यू योर्क जादै छु, २-४ दिन परिवार सँग घुम्ने बिचार छ। अर्को हप्ता अली धेरै लेख्ने प्रयास गर्ने छु। यो साता यतिनै। भाग "५" राती अबेर हतार हतार post गरेकोले धेरै गल्ती भएकोमा छमा गर्नु होला।
|
|
|
Hada
Please log in to subscribe to Hada's postings.
Posted on 05-22-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Baki Arko Haptaa Matra Re...... Teso bhayo arko hapta samma sajha kholdai nakhole bhayo haina ta... tara kehi chaina... We all know you will come with some more interesting stuffs.... Ani dai enjoy your newyork visit, have fun with your families ani yehi comment/ compliment bata didi lai pani namaste... Tara tyo chwaak keti ko naam ajhai khuleko chaina hai.... Will be waiting till then... Have fun once again...
|
|
|
dhoti_prasad
Please log in to subscribe to dhoti_prasad's postings.
Posted on 05-22-09 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काहानी निकै रमाइलो लाग्यो ! यो amitraja नाम कहाँ बाट आयो त्यो पनि थाहा पाम न हजुर !!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-22-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै भाग एकै चोटि पढि भ्याएँ कथा रमाइलो छ - लेख्दै जाम हामी पढ्दै गर्छु
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-22-09 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन अनि त्यसपछि के भयो?? छिटो लेखम न प्रभो! घच्चिको जाँदै छ!
|
|
|
Hada
Please log in to subscribe to Hada's postings.
Posted on 06-12-09 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amit dai k gareko yo... kina lekhna chodeko... Keep on writing dai.. jindagi ma j jasto bhayepani... lekhak le kalam kahile roknu hudaina .... lekhak ko parichaye nai usko kalam ho dai... So keep going...
|
|
|
samaeBajii
Please log in to subscribe to samaeBajii's postings.
Posted on 06-12-09 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 06-13-09 12:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"६" केही बेर सोचेर ऊ बोलि "I don't wanna give you trouble" "No trouble for me" अली अली अनकन गरे झै गरी मधुर स्वर मा "OK" भनी। म खुशी ले गद गद भए, मेरो Apartment को ढोकमा पुगेर साँचो घुमाउन थाले। जाडो ले हाथ थर् थर् कमेको थियो ढोका खोल्न निकै बेर लाग्यो। मैले उस्को मुहार हेरे मन्द मुस्कान भएपनी ऊ कता कता हराइरहेकी थीइ। म भित्र छिरे ऊ पनि मेरो पछी पछी लागि। कोठा भित्र पसेपछी ऊस्ले आफ्नो ब्याग तल राखी र हाथ बढाएर आफ्नो परिचय दीइ। "I am Anna" हाथ मिलाउदै मैले पनि "शिव" भने, तर उस्ले "SAM" भनी शायद सुनिन वा सुनेर पनी बुझिन, मैले सच्यौन पनि खोजिन, एक मन ले अच्चम् परे "शिव" र "SAM" को कुनै ताल मेल नै मिल्दैन किन "SAM" भनेकी हो कुरै बुझिन। तैपनी मलाई उस्ले दिएको नयाँ नाम मन्पर्यो "SAM" यसरी मेरो कथाको तेस्रो अध्याय र "शिव" देखी "SAM" को यात्रा पनि अघि बढ्दै गयो। हामी दुबै लिभिङ रूम मा बस्यौ। म किचन तिर लागे। ऊ कोठा तिर नियालेर हेर्न थालि। राजु भाईले हिजो मात्र सफा गरेको थियो चिटिक्क पारेर। म कफी मेसिन मा कफिको दाना हाल्दै थिए। एक छिन्मै कफि तयार भयो, म कफिको बाफ हेर्दाइ थिए, ति थरी थरी का आक्रीति बनाउदै यता उता उड्दै बिलाउदै थिए। कफी को बाफ संगै अनेकौ कुरा मन्मा खेल्दै हराउदै गर्नथाले। मेरो प्रस्ताब् मानेर उनी मेरो घर मा आएको मा म धेरैनै खुशी थिए। तर यो पापी मन संका गर्दैथियो। एउटा केटी मान्छे एसरी एक अपरिचित मान्छे को घरमा आउनु के ठीक हो? म उस्को चरित्र प्रति नै प्रश्न चिन्ह खडा गर्न थाले। कस्तो निडर कस्तो निर्लज। अघी सम्म खुशी भएको मेरो मन एक्कासी निरस भयो। फेरी आँफै मन लाई सम्झाउन थाले। एक त खैरी ते माथि राती को बेला ऊ सँग कुनै बिकल्प पनि त थिएन। उस्ले साथी लाई फोन गरेकी पनि त हो नि यो राती मा कसैले पनि जवाफ दिएन बिचरीलाई, के गरोश् त। उस्को पिडा को करण मलाई थाहा छैन, उस्को आँसुको अर्थ थाहा छैन। मलाई यती मात्रा थाहा छ कि, म जति उस्को बारेमा सोच्दै छु त्येति नै उस्लाई मन्पराउदै छु, त्येतिनै उसँग नजिकिन्दै छु, उस्लाई चिन्ने प्रयास गर्दै छु। हामी दुबैले कफि साथै पियौ तर एक शब्द पनि कुरा भएन, मन्मा प्रश्न हजार थिए, सोध्ने आट भने एक रत्ती पनि थिएन। Closet बाट पुरानो तर सफा स्लीपिङ ब्याग निकालेर दिए। ऊ अच्चम्म परेर मलाई हेरिरही, म पनि नहेरेझै एता उती हेर्न थाले। सोफा तिर औंला तेर्साउदै "Feel Comfortable" भन्दै म आफ्नो कोठा तिर लागे। त्यो दिन किन किन सुत्नै सकिन। म उस्कै सोचाइमा डुबेको थिए। को केटा थियो त्यो, के सम्बन्ध होला "Anna" को त्यो केटा सँग? के भन्न खोजेको थियो होला तेस्ले? मैले त्यसरी ट्याक्सी कुदाएर के ठीक गरे वा बेठिक? अनगिन्ती प्रश्न थिए तर जवाफ एउटा पनि थिएन। सडकमा लडिबुडी गरेका कुकुर झै मिनेट मिनेट मा कोल्टो फेर्न थाले। जति गरे पनि प्रश्न माथि प्रश्न थुप्रिदै थिए अनी म प्रश्नहरु कै जन्जालो मा अल्झिदै गए। भोली बिहानि राजु भाई मेरो कोठामा आएर मलाई जिस्काउन थल्यो। मैले सुस्तरी उस्लाई सबै कुरा सुनाए। राजु मलाई खिस्सी गर्न थालयो। "दाइ तपाईं नि एक्लै केटी भा बेला गाडि बिगार्ने हो त, एसो दुई जाना केटी भा बेला पो गाडि बिगार्नु पर्छ त" अझै थप्दै थियो "म पनि पढ्न छोडेर taxi चलाऊनु पर्यो जस्तो छ, राम्रा राम्रा ग्रहाक घर मै आउँदा रैछन।" यती भन्दै राजु कोठा तिर लाग्यो। म उठेर kitchen तिर लागे। Anna लिभिङ रूम को couch मा सुतेकी थी। बिहानी को घाम ले उस्को मुहार ढाकेको थियो। घाम्को किरण मा उस्को सुनौला केश अझै सुनौलो देखिन्थियो। गोरो अनुहार झनै प्रज्वल्लित भएको थियो। मानौ कुनै नाटक को मुख्य पात्र लाई Spotlight ले केन्द्रित गरेको होश। म उस्लाई देखेर हाँसे उ पनि मुस्काइ। उस्को मुस्कान, उस्को बोली, उस्को हेराइ र उ भित्र लुकेको रहस्य ले पनि मलाई रोमन्चिर्त गर्दै थियो। "Thank you" भनि मैले प्रतिउत्त्तर गरे "For What" "You saved me Yesterday" म अच्चम्म परे, एक ट्क ले उस्लाई हेरिरहे। "If you don't mind can I ask you why?" मेरो प्रश्न सुन्ना साथ ऊ गम्भिर भै, उस्को मुहर मा उदासी छायो। एकै छण पछि ऊ आँफै सहज् भै। ऊ बोल्न थालि म सुन्न थाले। शायद उस्ले मलाई विश्वाश गरि वा उस्ले मनको बह रोक्न सकिन। उस्ले मलाई विश्वाश गर्नु को करण पनि त छ, एक अन्जान केटी लाई तेती राती शरण दिये र तेस माथि उस्को बिवस्ता को कुनै फाईदा पनि लिन चाहिन मैले। ऊ मलाई कुनै चलचित्र को कथा झै बास्तविक् जीवन कथा सुनाउन थालि। म सुनी रहे ऊ भन्दै गै। ऊ भन्दै थीइ आँसु झर्दै थीइ। बल्ल मैले उस्को आँसु को रहस्य बुझे, उस्का हरेक आँसुका दाना मा लुकेका पिडा देखे। धन्न छे ऊ तेतिका पिडा को बोझ बोक्दा पनि कती सहज्, सुसिल र शान्त छे। "Anna" को दु:खदाइ जीवन कथा सुने पछी म अझ धेरै माया गर्न थाले । म उस्को पिडा लाई आफ्नो बनाउन चाहन्थे, म उस्लाई अंगाल्नचाहन्थे तर बिडम्बना म असमर्थ थिए। सुन्द सुन्दै मुटु भारी भयो, मेरा आँखा पनि रसाए। बर्षे बाँध फुटेर नदी को बेग बगेझै मेर आसुँ बग्न थाले। मैले उस्को हाथ समाते ऊ म तिर हेरी मैले पनि उस्लाई हेरे। उस्ले मेरो निसब्द आँखा को बोली बुझे जही गरि, र केही बेर चुप लागि। उस्को कथा त रोकियो तर उस्को आसुँ रोकिएन।
क्रमस:
|
|