“कुन बेहोसीले भन्छ, हारेको जिन्दगी हो’
रमण घिमिरे
अलिक पाको हुँदै गएपछि धेरैलाई आफ्नो नाम मन पर्दैन । कसैलाई नामसँगै जोडिने बहादुर, प्रसाद, नाथ, कुमारजस्ता सहायक नामहरू मन पर्दैन भने कसैलाई आप\mनो थर नै बिझाउँछ । त्यसैले नेपाली साहित्यमा धेरै नामहरूलाई मासेर उपनामहरूले रजाइँ गर्दै आएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कबाट बाको औँला समाउँदै भारत, पश्चिम बङ्गाल पुगेका लोकबहादुर रानालाई पनि उमेरले २० को खुड्किलो टेक्न थालेपछि आप\mनो नाम मन परेनछ । उनले छ अक्षरको नामबाट बसाइँ सरेर आफूलाई दुई अक्षरमा सिँगारे, बुँद राना । भन्छन्, "नयाँ नामको पछिल्तिर तात्त्विक कारण त छैन । तर, त्यसबेला हिन्दीका नामी साहित्यकारहरू निराला, दिनकरहरूबाट प्रभावित भएर मैले यो नाम छानेँ ।" यति हुँदाहुँदै पनि प्रवासबाट फर्केपछि मात्र उनले आप\mनो न्वारान गरेका हुन् । नत्र पूणिर्या जिल्लाको रेल्वे जङ्सनमा बासँग हुँदासम्म उनी लोकबहादुर नै थिए ।
गजल साहित्यमा बुँद राना महासागर हुन् । उनीजस्ता धारलिा गजलकार नेपालमा थोरै छन् । छँदै छैनन् भन्दा पनि बात लाग्दैन । विकृति र विसङ्गतिलाई गजलमा उन्ने उनको कला अद्भुत छ । र, पढ्नेसुन्नेहरू त्यसलाई हृदयमै सिउरन्िछन् । जनआन्दोलन-२ उत्कर्षमा थियो । भैरहवामा बुँदको टोलमा सुरक्षा फौजका जवानहरू सङ्गीन तानेर तारो खोज्दै हिँडिरहेका थिए । तर, राजा ज्ञानेन्द्रलाई 'माइला' बनाएर सडकमै गगनभेदी स्वरमा गजल गाइदिए उनले ः
अति गरे खति हुन्छ, बुझे हुन्थ्यो माइलाले
अति भए कति हुन्छ ? बुझे हुन्थ्यो माइलाले ।
गजलमा बुँद राना दुस्साहसी छन् । सायद दुस्साहस उनले प्रवासबाटै लिएर आएका हुन् । स्वभाव मात्र होइन, कला र बान्की पनि उतै सिकेर आएका हुन् । उनका गजलले ठेट उर्दू व्याकरणको अनुकरण गर्छन् । हामीकहाँ अधिकांशतः गजलका नाममा गीत लेखिन्छ र गायनशैलीलाई गजलको संज्ञा दिइन्छ । गजल भनेको उर्दू गीतलेखनको एउटा प्रसिद्ध शैली हो भन्ने जान्दाजान्दै पनि प्रयोगमा शैलीभङ्ग गरेर लेख्नेहरूको सङ्ख्या बाक्लो छ । तर, उमेरले छ दशकको मध्यतिर लम्किँदै गरेका यी बूढा गजल लेखनमा कट्टर छन् । उनी जति तात्ताता गजल लेख्छन्, त्यति नै तात्तातो पाराले सुनाउँछन् । उनका गजल पढ्दाभन्दा सुन्दा श्रोताहरू अझ बढी तात्छन् । उनी गजलहरू बकाइदा सस्वर सुनाउँछन्, भट्याउनेमा उनलाई पटक्कै विश्वास छैन ।
त्यसो त सुरुमा कविता लेखेका हुन् बुँदले । पश्चिम बङ्गालको पूणिर्या जिल्ला अन्तर्गतको एउटा रेल्वे स्टेसनमा सिपाही थिए उनका बाबु । सङ्गत र पढाइ दुवैले हिन्दी भाषामा पकड रह्यो उनको । सिको पनि हिन्दीकै साहित्यकारहरूको गरे । नाम त एउटा उदाहरण छँदैछ, त्यसपछि धारलिो गजल लेखन र उम्दा वाचन शैली । पहिलोपल्ट उनले गजल पाठ गर्दा नै गायक-सङ्गीतकारहरू धुन भर्न अकमकाउँछन् । बुँद राना आफ्ना हरेक गजललाई आफैँ धुन हालेर मज्जाले गाइदिन्छन् ।
गजल लेख्ने प्रेरणा पनि बुँदले प्रवासबाटै च्यापेर आएका हुन् । जमानामा हिन्दी फिल्ममा मरहित्ते हाल्थे बूढा । फिल्ममा हिरोले गीत गाउँदा मख्ख परेर सुन्थे । हिरोले गाएका गीत-गजलहरूबाट दर्शकमा परेको छाप रहरलाग्दो हुन्थ्यो । उनलाई गीत-गजलले मानिसको ढुकढुकीमा बास बस्न सकिने रहेछ भन्ने बोध भयो । उनले विस्तारै बुझ्दै गए गजलको शक्ति । अनि, गजलका लागि आफ्नो कलममा मसी भरे । कविता र मुक्तक लेख्दालेख्दै गजलको पे्ररणा दियो, भैरहवाले । त्यहाँ उनका गजलको 'बजार' ह्वात्तै बढ्यो । भन्छन्, "त्यसैले म गजलबाहिर निस्कनै सकिनँ ।"
वास्तवमा बुँद रानाका लागि गजल श्रीमतीजत्तिकै पि्रय, सहृदयी र संवाद गर्न योग्य छन् । उनी गजलमा श्रीमतीसँग जत्तिकै भित्री वार्ता गर्छन् । तर पनि बुँदका गजलले चलनचल्तीका प्रेमप्रणयका रसिला/कोमल कुराहरूलाई भन्दा राजनीतिका ताता/खस्रा कुराहरूलाई नै अभिव्यक्त गररिहेका हुन्छन् । उनी गजलमा यथार्थवादी धारालाई प्रवाहित गर्न चाहन्छन् । र, यही सोखले गजलमा राजनीति गर्यो भन्ने फत्तुरहरू पनि खेप्नुपर्यो उनले । तर, उनी आफ्ना विचार र धाराबाट एकपाइलो पनि डगमगाएनन् । उनले त भारतमा फैज/दुश्यन्त कुमार र नेपालमा धर्मागत शर्मा 'तूफान' हरूको बिँडो थामेका मात्र हुन् ।
बुँद रानाका गजलमा सधैँ एउटा विद्रोह तरबार थुतेर कागजमा ओर्लिन्छ, एउटा क्रान्ति बिगुल फुकेर वाक्यमा डुक्रिन्छ र उनका गजलसामु एउटा सामन्ती शक्तिहीन भएर लत्रिन्छ । अनि, त जनआन्दोलनमा राजा ज्ञानेन्द्रविरुद्ध बन्दुकको नालबीचबाट गजलनाद गर्दा उनी एकरत्ति हच्केनन् । बारुदको गन्ध ओकल्दै सङ्गीनले घेरएिको संत्रस्त सडकमा उभिएर उनले जनतालाई मिसायलभन्दा जोखिम गजल सुनाए यसरी ः
जनघाती, देशघाती यस्ता अपराधीलाई
सूली पनि घटी हुन्छ, बुझे हुन्थ्यो माइलाले ।
भन्नेहरूले त बुँद रानाले गजलमा राजनीति गर्यो भन्छन् । तर, उनी त वास्तविक जीवनमै राजनीति गर्छन् । बुझ्दै जाँदा उनी त एमाले रूपन्देही जिल्ला कमिटीका कार्यालय सचिव पो रहेछन् ! "म नेकपा एमालेको कार्यकर्ता नै हुँ नि, त्यो पनि होल टाइमर," अलिकति पनि सङ्कोच नमानी भन्छन् बुँद । उनको गर्जो नै यसैबाट चलेको छ भन्दा पनि हुन्छ । थप्छन्, "श्रीमती शिक्षिका छिन् । मेरो र उनको कमाइबाट मजैले चलेको छ घर ।" कुनै बेला भैरहवाको सडकमा रक्िसा चलाएर जीविका धान्दै आएका यी स्रष्टा एमाले बनेपछि मानिस होइन, मानिसका विचारलाई बोकेर हिँड्न थाले ।
कहिलेकाहीँ सिर्जना र सिद्धान्तबीच चर्काचर्की त पर्दैन ? कुनै समय माओवादी नेता बाबुराम भट्टराईले लगाउने घोप्टे टोपी लगाउने यी राजनीतिक कार्यकर्ता जब एउटा स्रष्टा र त्यसभन्दा पनि धरातलमा पुगेर सोच्छन् अनि चिन्तित र दुःखी हुन पुग्छन् । उनको दुखेसो पनि तिनै बाबुरामको माओवादी पार्टीप्रति नै छ । "हामीले अहिले जुन स्वतन्त्रता र मुक्ति पाएका छौँ, त्यसको सही उपयोग गर्नुपर्ने हो," उनी भन्छन्, "माओवादीको मुटुको कुनै कुनामा अलिकति देशको माया र जनआस्था छ र ढुङ्गोजस्तो कठोर नहुने हो भने आफ्ना जिद्दीमा उसले पुनःविचार गर्नैपर्छ ।" उनी यस प्रसङ्गलाई गजलबाटै व्यक्त गर्छन्् ः
जल्ले भन्थ्यो मैले गर्छु राम्रो औषधि
अहिले उही बनेको छ, काल देशको ।
यो गजल उनले धेरै अघि रचेका हुन्, सायद त्यसबेला राजा ज्ञानेन्द्रका हातमा थियो देशको बागडोर । आज मुलुकको राजनीतिमा एक सय ८० डिग्रीको कोणमा परविर्तन भएको छ । बुँद रानाले आफ्ना अभिव्यक्तिहरूको बेलिविस्तार लगाइरहँदा माओवादीलगायत आठ राजनीतिक दलका हातमा देशको शासन व्यवस्था परभि्रमण भइरहेको थियो । र, यस गजलले हरेक चरणका शासकहरूका शिरमा अभिषेक गर्दै आइरहेको छ ।
बुँद राना एमालेको 'फुलटाइमर' भएकोमा गर्व गर्छन् । भैरहवातिर पार्टीको कुनै नारा लेख्नुपर्यो भने उनैलाई जिम्मा दिइन्छ । उनी नाइनास्ती नगरी राजीखुसी लेखिदिन्छन् पनि । यस्तो तिख्खर गजल सर्जकलाई जाबो नारा लेख्न केको आइतबार ! उनले केही समयअघि मात्र यस्तै एउटा नारा लेखे ः
संविधानसभा किन ?
सार्वभौमसत्ता जनतामा दिन !
एउटा राजनीतिक कार्यकर्ता, त्यो पनि 'फुलटाइमर' गजल लेख्दा कहिलेकाहीँ एमालेको पक्षपाती भएको अनुभव हुन्छ कि हुँदैन ? भन्छन्, "मैले कुनै सिद्धान्त र पार्टीविशेषको प्रचारका लागि गजल लेखिनँ । राजनीतिबाट उत्पन्न विकृतिले समाजलाई जुन पीडा पुगेको छ, त्यसको विरुद्धमा लेख्ने जमर्को मात्र गरेको हुँ ।"
सिर्जनाका बखत एमालेले गरेको अन्याय पनि गजलमा अभिव्यक्त हुन्छ कि काङ्ग्रेस र माओवादीका मात्र ? यस प्रश्नमा उनी मज्जाले हाँस्छन्, "म सर्जकका रूपमा स्वतन्त्र हुन्छु र छु पनि," भन्छन्, "त्यतिबेला मेरो दिमागमा समाजका विकृति, विसङ्गति र अव्यवस्थाहरू मात्र घुमिरहेका हुन्छन् । मैले एमाले भएर कहिल्यै कलम समाइनँ ।" उनी आफूलाई एउटा सचेत नागरकि, त्यसपछि स्रष्टा र अनि मात्र राजनीतिक कार्यकर्ता ठान्छन् ।
एउटा झोला बोकेर नेपाल मात्र होइन, भारतमा हुने गजल गोष्ठीहरूमा बाक्लै सहभागी हुने बुँद रानासँग ठूल्ठूला महत्त्वाकाङ्क्षा छैनन् र बग्रेल्ती सपनाहरू पनि छैनन् । त्यसैले उनी आफूलाई सुखी ठान्छन् । महत्त्वाकाङ्क्षा र सपनाहरूको उरुङ्मा बस्नुपरेको भए उनी समस्यैसमस्याले घेरएिका हुन्थे । तर, उनी यसबाट सधैँ मुक्त छन् । उनी रिक्सा चलाउँदा पनि सुखी नै थिए र आज पनि केही आर्थिक स्थिति सजिलो हुँदा पनि सुखी नै छन् ।
उनी प्रेमप्रणयका गजल लेखेर समय बिताउन चाहँदैनन् । "त्यो दिन पनि आउला," उनी भन्छन्, "तर, अहिले बेला आइसकेको छैन ।" उनको एक मात्र महत्त्वाकाङ्क्षा या सपना भनेको शान्त नेपाल हो, जहाँ निश्चिन्त भएर गजल रचना गर्न पाइयोस् । उनको मनले कोरेको 'नयाँ नेपाल' को परकिल्पना यत्ति हो । त्यसपछि उनले पनि सकारात्मक र प्रेमप्रणयका सुकोमल गजल लेख्ने छन् । "तर, विकृति रहुन्जेल त यसलाई छाडेर कसरी प्रेमका भाकाहरू हाल्न सकिएला र ?" उनको आशङ्का छ । त्यसैले उनी जनतालाई आफ्नो कलममार्फत सदैव सचेत गराइरहन्छन्, आफ्नो कर्तव्य ठानेर यसैमा प्रतिवद्ध रहिरहने प्रण पनि गर्छन् । आखिर जीवनको परभिाषा पनि त आ-आफ्नै हुन्छ नि ! तर, जति प्रतिकूलता भए पनि उनले बुझेको जीवन त्यति असहज छैन । त्यसैले त उनी गजलमा भन्छन् ः
सेती हो जिन्दगी, काली हो जिन्दगी
बग्न नजाने गन्दा नाली हो जिन्दगी ।
चार दशकभन्दा लामो समयदेखि गजललाई मजजल गर्दै जनतामा जागरणको बीउ रोप्दै यी पाका गजलकार यायावर भएर ठाउँठाउँमा पुगे, गजलको झोला बोकेर । र, जहाँ पुगे पनि एउटै सन्देश फैल्याए चेतना । यस्ता अनेकौँ यात्रा र भ्रमणहरूले उनलाई जिन्दगीसँग सन्निकट हुने अवसर दिए । उनले आफ्नो जीवनलाई बारम्बार खारे, आगोमा सुन खारेसर ि। र, जिन्दगीलाई हरेक दिन एउटा विजयोत्सवका रूपमा स्वीकारे आफ्नो गजलमा झैँ ः
सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो
कुन बेहोसीले भन्छ, हारेको जिन्दगी हो ?