चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
दशैं मनाउन सबै यता उता लागे जस्तो छ। बर्ख दिन मा आउने चाड, मनाउनै परो नि। १२ बर्ष पछि बल्ल गाउं पस्ने हिम्मत गर्दै छन् धेरै जना। उहिले हाम्रो पालामा दशैंको छुट्टी सुरु हुने बित्तिकै काठमाण्डौका शहर गल्लीहरि बिस्तारै पातलिदै जान्थ्यो। सप्तमीको फूलपाती संगै शहर् सुनसान हुन्थ्यो। बजार बन्द हुन्थ्यो। अब यस्तो बेलामा ठुल्दाईलाई म:म: खान मन लाग्ने। अै एस्सी पढ्दाको कुरा हो। दशैंको लगत्तै म: म: खान मन लाग्यो। टिकाको पर्सी पल्ट द्वादशीको दिन म र टोलक एक साथी संग म:म: खान हिंडे। तीन त्रिभुबन खोजियो म:म: पसल भेटिएन। ३ घण्टाको अनवरत प्रयास पछी पनि म:म: न भेटे पछि न्यूरोडमा एकवटा देशीको समोसा पसल खोलेको रैछ, समोसालाई ममचा सम्झी खाइयो। भोलि पल्ट पनि खोजियो। अहं ज्यान गए भेटिएन। पूर्णेको दिन त पसल् खुल्छ होला भन्ने बलियो आशा लिएर गैयो, म:म: पसल् खोज्न। भोटाहिटीबाट कमलाछि जाने गल्लीमा टाढाबाटै हरियो पर्दा देखियो। मनमा बडा आनन्दको सम्चार सुने जस्तो, मधुरो झंकार सुने जस्तो भो। लाले, उ -हरियो पर्दा। लाले नि हौसियो। ५ दिनको लगातार हार नमानी खोजकार्य गरेको को फल मिले जस्तो भयो। पसल नजिक पुग्दा, हो रै छ, खुलेको। गजधम्म लाएर बसियो। साहुजी म:म: खाम न त। साहुजी त यामान् को भोटे रैछ। "बफ ता छैन, च्याङ्राको मोमो खाने भए छा" भन्नथाले। पिलेटको कति नि? पिलेटको ७ रुपैया। हिसाब गर्यौं, २ पिलेटको १४, बफ को भए ८ मा खान पाइन्थ्यो। अब त्यत्रो दिनको प्रतिक्षा पछि भेटेको म:म: च्याङ्राकै भए नि सही भन्दै २ पिलेट मगाइयो। भोटे म:म: साइज नै चाइना जत्रो। ४ ओटा को १ पिलेट हुने रैछ। म:म: भिमाकाय: भएकोले सिङै हाम् गर्ने कुरा भएन। पहिलो म:म: लाई खण्डित पारेर एक टुक्रा मुखमा के हालेको थिएं। फेरि तीन त्रिभुवन् देखें। भोटेको बिषेश सुगन्ध अौने म:म:। बल्ल तल्ल १ ओटा मम खाइयो, खान नसक्ने भए पछिअैयो, ७ रुपैयाको १ ओटा म:म: खाएर हिडियो।। त्यस पछी जिन्दगीमा त्यो गल्लीबाट हिड्दा नि त्यो हरियो पर्दा लाई छद्के पारेर हिड्न थालें।
सरि है, रिकुटे, मैले नि स्यालुट ठोक्न बिर्से छुं। तारेमाम्, दशैंको शुभकामना। पल्टनमा नि खसी त काटिन्छ होला नि, गाम त भैहाल्यो। आफु त म : म: पारखी, यसपाली नि म: म: खोजेरै दिन बित्ने भयो।
खसि त काट्छन् ठुलदाइ क्या नाम तेत्रो पल्टनका आदम्खोरहरुलाइ चार् पाँचोटा खासिले के हुनु। तेहिमाथि पनि आफ्नो डिप्टि पर्यो भने त खसि त उहि हो, सिङ् र खुर हेर्ने और् भुत्ला सुङेर खोयाबिर्के पल्टाउने मात्र हो पलटनमा त।
बरु यो बरस चौतारिमा खसि ढाल्ने कुरो छ भने टेममै इत्तला गर्नु होला केरे। हाजिरि लाउने टराई मारुम्ला। सलुट !
क्या नाम् ! बडा साहेबहरुलाइ लाखबार् बिन्ति गरेर टिकासम्म को छुट्टि पास् भाछ। पुर्ने तक बस्न पायेको भे त दोपोहर मै जुन तारा देखिने गरि खानु हुन्थ्यो पर् येस् पाला त टेममा रेपोट गरेन भने जागिर नै गिराइदेलान् जस्तो छ। उस्को बाद् त मुखमा माड डाल्न तक तकलिफ होला जस्तो छ, झन् जाँड त दूर् को बात भो।
जति दिन बसिन्छ उति दिन हजुरको म रेपोटिङ् को बोकले त गन्नाएरै गाउले मार्न लागि सको रे बरु तेसैलाइ मारे थान पुजा नि हुन्छ बथान् पुजा नि। अब अलि पेटि राइफल बरान्डि त ल्यायेकै छु केरे ।
क्या नाम् ! बडा साहेबहरुलाइ लाखबार् बिन्ति गरेर टिकासम्म को छुट्टि पास् भाछ। पुर्ने तक बस्न पायेको भे त दोपोहर मै जुन तारा देखिने गरि खानु हुन्थ्यो पर् येस् पाला त टेममा रेपोट गरेन भने जागिर नै गिराइदेलान् जस्तो छ। उस्को बाद् त मुखमा माड डाल्न तक तकलिफ होला जस्तो छ, झन् जाँड त दूर् को बात भो।
जति दिन बसिन्छ उति दिन हजुरको म रेपोटिङ् गरुम्ला। हजुरको खोरको बोकाले त गन्नाएरै गाउले मार्न लागि सको रे बरु तेसैलाइ मारे थान पुजा नि हुन्छ बथान् पुजा नि। अब अलि पेटि राइफल बरान्डि त ल्यायेकै छु केरे ।
अरे मदनवा! जरा सम्हालके हम्रे भाई! उहाँ से गिर्यो भने फिर हमि तिम्रो हड्डी पस्ली ढुँड्नेमै दसेरा त्यौहार सकिहाल्छ। त जल्दी जल्दी पिङ्ग टाँगिहाल् आज दिल खुलाएर खेल्नि बिचार करेछु हमि।
रिठे दाजू, उ रस्सी नाँ छोड्नुस्। फिर हम्रे मदनवा भाई ग्याटिसले हिर्काएको मट्याङ्रा के माफिक पल्लो गावँमा पुगिहाल्छ, कसम से!
त यो दुगो मान्छी हरु को को छ? इकबार राहुलवा दाजू और चना चटपटे दाजूलाई हमिले देखेको थियो ऐसन ब्याक पोजमे फोटो खिचाइलिएको! आज् पनि वहि दुगो बुह्रो छ कि के हो?
रिगलवा दाजू! हमिपनि सेनिक बन्ने खोजेको जवानीमा! सला सिट आँप गर्दा गर्दा माई बाप पुरा बदन बाप रे बाप भयो। त उहि दिन से हमि यो खयालत छोडिदिएँ दिल से! दारु वारु ल्याउनुभएछ?
खें खें खें! कुमलवा भैया, हमरी फोटवा कस्ले खिचि लियो। सला, २ मिनेट लाइफको ट्याम घटी लियो। फिर् भि हमी खुशी छु। किसि ले तो हमरी फोटो छपवाने के लायक जो सम्झिलियो। भोली को लागी तयारी गर्नु छ, चित्रे र चना दाइको खल्ती साफ गर्नु छ, तासको प्राक्टिस गर्नु छ। तारेमाम्, जय राम जी के।
उफ्री, कहाँ जिस्काउनु तिम्लाई, तिमीले लेखेको भएर मैले पनि सम्झे क्या शुभकामना दिन बरु त्यो "ahile.........." पछी के भन्न आटेको थियौ भने हुन्छ नि म सँग डराउनु पर्दैन
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.