[VIEWED 18920
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-15-05 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Here is one of the recent attempts: काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो । न थुक्नु, न निल्नु अमृत, घाँटी सर्कि रह्यो । कति खेर मर्ला र सिनो खाने आशमा जिऊँदो जाग्दो सामू बूढो गिध्द पर्खि रह्यो । " एकै पटक मर्छु " भनि बाँच्ने मान्छे पटक पटक मर्ने डरले तर्सि रह्यो । उत्रनु र डुब्नुको दोसाँधको जहाज देखि बेदनामा, समुन्द्री सतह झन् चर्कि रह्यो । सुनामीले सोतर पारेको आँगनमा पानी तर्काऊन, जमीन फेरी थर्कि रह्यो । Courtesy Paradesh.com
|
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-08-05 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेहे, कुरो तपैँको नि १५.९९ आना सही हो। अब ०.०१ आना काँ बिग्रयो त भन्नु होला। त्यो पैलो शेरमा U देखिनै काफिया सुरु भ'र कुरो बिग्रो। शुरुका दुइटा लाइनमा जति साझा छ नि अरु सबैमा त्यति नै साझा हुनु पर्ने रे क्या। HUNCHHAN र BUNCHHAN मा U देखिनै साझा अक्छेर सुरु भो, त्यो "सुरुको UN लाई मैले साझा मान्दिन, तिमेरुले क्यार्न सक्छौ" भनेर सुख नपाइने होला नि। कैले काँइ चाइए भुन्दा बढि मिल्यो भने दुख पाइन्छ। त्यसैले पैलो शेरको कुनै शब्द फेरेर CHHAN मात्र साझा हुने शब्द खोज्नु पर्ने होला सायद, गुरुका अनुसार। बढि नै प्यार प्यार बोलेँ क्या रे म, रिसानि माफ पाम्। :) -भउते
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-08-05 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shirishji, What Bhaute explained is the case foryour ghazal. Once you write the opening couplet, the काफिया gets fixed as the HIGHEST COMMON LETTERS. You can not change it afterwards to suit to your NEW shers. What you can do, instead, and this is what I have been trying to convey, is to change the opening sher itself. If you use 'HUNCHHAN/SUTCHHAN' instead of 'HUNCHHAN/BUNCHHAN', all of your shers will be acceptable. Remember, you are FREE to choose whatever काफिया you want to put in the मतला. Choose it wisely. And that would be, use minimum rhyme (minimum COMMON LETTERS at the end), so that you will find tons of हमकाफिया for other shers. हवस त, अब सबैजनाले विश्राम लिम क्यारे, केहि बेर ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-08-05 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shirish, here is a ghazal from Ghalib that has 'A' (rather AA) as काफिया like in my ghazal 1. dard minnat_kash-e-dawa na huaa maiN na achchaa huaa, bura na huaa [ minnat_kash-e-dawa = obliged to medicine ] 2. jama'a karate ho kyoN raqeeboN ka ? ik tamaasha huaa gila na huaa [ raqeeb = opponent, gila = complaint ] 3. ham kahaaN qismat aazmaane jaayaiN ? too hee jab KHanjar aazma na huaa 4. kitne sheereeN haiN tere lab ! ki raqeeb gaaliyaaN khaake be_maza na huaa [ sheereeN = sweet ] 5. hai KHabar garm unke aane kee aaj hee ghar meiN boriya na huaa ! [ boriya = mat, here it refers to groceries ] 6. kya woh namrood kee KHudaaee thee bandagee meiN tera bhala na huaa [ namrood = an old king who used to say that he was god ] 7. jaan dee, dee huee usee ki thee haq to ye hai ke haq adaa na huaa 8. zaKHm gar dab gaya, lahoo na thama kaam gar ruk gaya rawa na huaa [ rawa = right/lawful ] 9. rahzanee hai ki dil_sitaanee hai ? leke dil, dil_sitaaN rawa na huaa [ dil_sitaaN = lover, rawa = agree/admissible ] 10. kuchch to paDhiye ki log kehte haiN "aaj 'GHalib' GHazalsara na huaa"
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-08-05 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसो बसिबियाँलो भनम् कि दुस्साहस, गालिब साहेबको गजललाई तोडमरोड गरेर उल्था गर्दैछु । 1. dard minnat_kash-e-dawa na huaa maiN na achchaa huaa, bura na huaa (हालत नबिग्रेनि सुध्र्या पटक्कै होईन यो ओखतिले छोएन नै भन्नुपरो) 2. jama'a karate ho kyoN raqeeboN ka ? ik tamaasha huaa gila na huaa (लौ हेर, मेरा सत्तुरहरुलाई बोलार पन्चायत राखेछन् यस्तो नि उजुर-बाजुर हुन्छ, यो त गाम्लेलाई तमाशा भैगो नि ?) 3. ham kahaaN qismat aazmaane jaayaiN ? too hee jab KHanjar aazma na huaa (के को पुर्पुरोमा पाईन हाल्न जानु एउटा खुकुरीमा पाईन हाल्न सक्या छैन) 4. kitne sheereeN haiN tere lab ! ki raqeeb gaaliyaaN khaake be_maza na huaa (यो पातर्नीको स्वर कस्तो मीठो भन्या गाली खाँदा पनि नमज्जा नलाग्ने ) 5. hai KHabar garm unke aane kee aaj hee ghar meiN boriya na huaa ! (हरे ! आज्जै उनी आउने खबर धुनधान छ आज्जै आफ्ना घराँ गुन्द्रुक [गुन्द्री] समेत नभा') 6. kya woh namrood kee KHudaaee thee bandagee meiN tera bhala na huaa (बज्ज्या ज्ञानेन्द्रलाई 'बाउ जस्तो मान्छे' भनेर मानें आखिरमा, घोक्रेठ्याँक लगाईदियो मलाई । -देउबा) 7. jaan dee, dee huee usee ki thee haq to ye hai ke haq adaa na huaa (ज्यानै देको हो हुनलाई, तर कुरो के भयो भने यो कुरोको मतलबै भएन, यार) 8. zaKHm gar dab gaya, lahoo na thama kaam gar ruk gaya rawa na huaa (दबिएको घाउ छ भने जान्नु ? रगत रोकिनेवाला छैन काम रोकियो भने जान्नु- यो अवैध छ) I am not sure about this translation- Nepe. 9. rahzanee hai ki dil_sitaanee hai ? leke dil, dil_sitaaN rawa na huaa (डाँकुनी भनम् कि जादुगर्नी भनम् दिल चोरेर लगिसकी, काम पट्ट्या होईन) 10. kuchch to paDhiye ki log kehte haiN "aaj 'GHalib' GHazalsara na huaa" (एघार किलासमा भाषा नपढाएर नि हुन्छ कहिं यो बज्ज्या गालिबको गजल बुझ्या भे त मरिजाम्)
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-08-05 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल, शिरिष जी, दुबसु जी ले तपाईँलाई ताली बजाइदिनुभे'छ यहाँ। -दुबसुक्षेत्री जब पुनमको चुरा खस्यो मेरो मनको चुचुरा खस्यो । फूलको धारले नै रेट्न थालेपछि उनको मनको छुरा खस्यो । पोको पारेर राखेको ठाउँबाट आज अचानक कुरा खस्यो । सपनाको चखेवा खेलाउँदै थिएँ विपनाको झ्वाम्म च्याखुरा खस्यो । फुलाउँदा फुलाउँदै मायाको फूल बसन्तमै मनको आँकुरा खस्यो । भमराहरु झुमुन् भन्थेँ वरिपरि मनको चाकामा माकुरा खस्यो । राधा, रुक्मिणी र मीराहरु नसोच्दै मनमा अचानक मथुरा खस्यो । अग्लिदै थिएँ आकासको हिमाल आफनै मनको टाकुरा खस्यो ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-08-05 7:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजल - shirish मनै ध्बस्त भए पछि आँखामा के दोष थुपार्नु अनेक ? 20 छायाका चीराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ? 20 म सित बिद्रोह गर्दै भाबनाले रंगै चिन्न छाडी दियो, 20 हिजो खुशीमा सिर्जेको चित्र आज उजाड, देख्तै उदेक ! 20 संगीत पो हो कि या कोलाहल, छुट्टिएन आबाज कुनै, 20 ठोक्किनु पर्ने तरंगहरु, झिल्लीमा अल्झि दिदा प्रत्येक ! 20 आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै, 20 अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?20 न गर्मीले पोल्यो, न जाडोले छोयो, न भेउ ॠतुहरुको, 20 बदले अरु पात्रोका पन्नासंगै, स्तब्ध ?शिरिष? बाहेक ! 20 बष्टन ०७/०८/०५ I did finish this still i may add one more sher. Bhaute what did you mean?
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-08-05 9:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यता नि टाँस्दिन पर्यो, शिरिष, आज त हजुरका पनि खररररररररररररररर गै'रा'छन् नि, मेरा रिसले हो कि क्या हो ........ रे क्या ( कत्तानै मैले नि हजुरको सिको गरेर एउटा "भउटे गजल" लेख्या, नेपे गुरुले नानाथरि नियम बनाईदेर फइल बनाइदिनुभो ) :P <<<आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै, अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?>>>>>> मलाई घाँस बनाइदे'को ? :) कात्रो भनि हेलाँ नगर म त पवित्र वस्त्र हुँ फोहर मै उम्रेँ, घाँसै सही, तर तुलसीपत्र हुँ :) -भउते
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-10-05 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक अक्षरे काफियाको उदाहरणको लागि गालिबको अर्को गजल यहाँ टाँस्दैछु । साझामा पहिले पनि पोस्ट गरिसक्या गजल हो यो । राता अक्षरहरुले काफियाको प्रतिनिधित्व गर्दछन् यहाँ । नेपे उर्दुका विख्यात शास्त्रीय कवि मिर्जा गालिबका झण्डै दुई सय वर्ष पुरानो गजलको यी शेरहरू हाम्रो काललाई पनि अभिव्यक्त गर्न उत्तिकै सक्षम छ जति कवि स्वयंका समकाललाई गर्दा हुन् । उनका शेरहरूसंगै प्रस्तुत छ, मेरा अत्यन्तै कच्ची अनुवाद- उर्दुको अल्पज्ञान भएकाहरुलाई सहयोग पुर्?याउने हेतुले मात्र, शब्दकोष हेरी हेरी कनीकुथी गरेको के । गजलप्रेमीहरुका नयाँ पुस्ताले जगजित शिंह र पुराना पुस्ताले बेगम अख्तरको मीठो स्वरमा यो गजल सुन्नु भएकै छ । हर एक बात पे कहते हो के 'तू क्या है' ? तुम्ही कहो के यह अन्दाज-ए-गुफ्तगू क्या है ? ।।१।। (यसो केहि कुरा गर्?यो कि, 'को होस् तँ' भन्नु पर्ने हैन के तालको कुरा-गराई हो यो ?) न शोले में यह करिश्मा न बर्क में यह अदा कोई बताओ कि वह शोख-ए-तुन्द खू क्या है ।।२।। (न आगोको लप्कामा छ त्यो चमत्कार, न चट्याङले गर्न सक्छ नक्कल मायालुको ठुस्क्याईलाई लौ न म के भनेर भनुँ ? ) ये रश्क है कि वह होता है हमसुखन तुम्से वगर्ना खौफ-ए-बदआमोजि-ए-अदू क्या है ।।३।। (त्यो दुष्टलाई तह लगाउने, त्यो शत्रुलाई पाठ सिकाउने मात्र मनसाय थिएन, प्रिय त्यो तिम्रो मुखमा चोंचों मिलाउन आउने साथी बन्ला कि भन्ने ईर्श्या थियो खासमा) चिपक रहा है बदन पर लहू से पैरहन हमारी जेब को अब हाजत-ए-रफू क्या है ।।४।। (रगत-पसिनाले कमिज चपक्कै टाँसिएको छ जिउमा अब प्वाल परेको खल्तीलाई टाल्नु पर्ने नै भएन ) जला है जिश्म जहाँ दिल भी जल गया होगा कुरेदते हो जो अब राख, जुस्तजू क्या है ।।५।। (जहाँ ज्यान जल्यो, रहर पनि त संगै डढे हुनन् हैन यो खरानीमा खोस्री खोस्री खोज्न खोजेको के ?) रगों मे दौडते फिरने के हम नही कायल जब आँख ही से न टपके तो फिर लहू क्या है ।।६।। (रगत त जस्को पनि दौडन्छ नशामा भुलुक भुलक तर त्यसलाई आँसु बनाएर चुहाएका कहिलेकहि छौ के ? ) वह चीज जिसके लिये हमको हो बहिश्त अजीज सिवाय बाद-ए-गुलफाम-ए-मुस्कबू क्या है ।।७।। (मादक मदिरा, कोमलाङ्गिनी फूल, मगमग अत्तर हरे ! यत्ति हो त हामीले कल्पना गरेको स्वर्गिय सुख ? ) पियूँ शराब अगर खुम भी देख लूँ दो चार यह शीशा-ओ-कदा-ओ-कूजा-ओ-सुबू क्या है ।।८।। (घुट्क्याईहालियो मदिरा, अब यो जिज्ञासा उठ्या' छ ममा त्यो प्याला, अझ त्यो सुराही, अझ घ्याम्पोमा के के होला ) रही न ताकत-ए-गुफ्तार, और अगर हो भी तो किस उम्मीद पे कहिये के आरजू क्या है ।।९।। (सबभन्दा पहिले त बोल्ने तागत नै छैन, अब भए नै पनि के र आस लाग्ने कुरो पनि त हुनुपरयो नि, लौ मैले चाहेको यहि हो भनेर मुख फोर्न ) हुआ है शाह का मुसाहिब, फिरे है ईतराता वगर्ना शहर में 'गालिब' की आबरू क्या है ।।१०।। (दरबारको मान्छे बनेछ "गालिब", फेरि धाक पनि लगाउँदै हिड्छ रे त्यो त्यसो नगरोस पनि किन, यो शहरमा त्यसलाई कसले गन्छ नत्र ?)
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-10-05 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै, अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?>>>>>> Bhaute wrote: मलाई घाँस बनाइदे'को ? :) मेरा रिसले हो कि क्या हो ? bhaute testo rish le kha ra ra jane bhe ta jahile ni risayera basthe. Ajha noon khai khai BP high garera risayera basthe ani gazhal lekhthe. ma ta afai sita hareko manche, yaar tesaile ta afno bibek harayo matrai bhaneko hun tara tapai lai घाँस banako chahi pakkai hoina..yedi samjhanu huncha bhane mero kehi chain...bhani halen ni "poetry in what is lost in translation". (shelly) Here is what I meant to say: <<<आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै, अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?>>>>>> The first line is the influence of Manuj Babu Mishra's essay called: "आफू भित्रको पशु हेर्दा हेर्दै थाकी सकें" in Madhuparka (i am going to write a whole ghazal on this theme) First i wrote: पराबर्तनमा आफ्नो, पशु देखेर म कहिल्यै थाकिन Thought that was the direct kind of translation so I changed it to what you read. So the second line of the sher corresponds to something which is again a victim of that "pashu". By being the friend of that "ghas" which has no brain at all..I will not be gaining any Bibek, will I ? And it has some sarcasm too... I thought it came out to be pretty well (like I said before all the shers contain some feelings, which is not necessary but they have and is better) and there is no question regarding tricky quafia. I don?t know why you got so cautious? Btw I was thinking of adding one more sher to that (not indicated/ directed to any one though) अरु त हराऊन सकियो कोहि धोकाले, केहि मायाले आफै जित्न गारो तर, शुत्रहरु हार माने हरेक !
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-10-05 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गुरु ठट्टा गरेको यार, मलाई था'छ नि, तपाईको गजल त्यस्तो बाहिरि सतहमा बग्दैबग्दैन। यो ठट्टा गर्ने बानिले नि सारै दुख पाइने भो, अब त "भलाद्मि" हुन्छु भन्या फेरि मुख बाट प्वाक्क छुटिहाल्छ। :)
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-12-05 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhaute I am adopting your speed now. Aghi trainma aunda aundai sakayen...I will go to the details and refinement later. Lu yo tatatto MOMO Samosa je bhneni... बन्दूकले तेज गोलीलाई सम्झाई भन्यो, ?टेढो चाल छ ?! निशानाबाट चुके पछि गोलीले भन्यो, ?बाङ्गो नाल छ? ! ढुङ्गो भनेर फ्याक्न लगायो रत्न, मेरो जुहारबाट त्यहि टिपेर लगाउदै उस्ले भन्यो, ?राम्रो लाल छ ? ! बिघ्न, बाधा, अपब्यय, नक्षत्र राशिको असरले, अछेता गन्दै ज्योतिषले फल भन्यो, ?फल्दो साल छ? ! फुट्टि निदाउन सक्या हैन रातभर, उस्कै कारणले, बिहानै भेट्दा बिनम्र भएर भन्यो, ? कस्तो हाल छ?? ?जमानै खराब ! बिश्बास नगर्नु होला अरु कसैमा ? नक्कली ठमाई दिदै ब्यापारीले भन्यो, ?सहि माल छ? ! माहाभारत सक्दा पनि जुवाको लतले छाड्या छैन, पाण्डब-कौरबले एक अर्कालाई भन्यो, ?अझै खाल छ? ! I think the word selection has made the expressions pretty light and funny.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-12-05 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
may be this will read better
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-12-05 8:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गुरु के बिघ्न फुर्या भन्या गजल। भटटटटटटटटटटटटटट, मकै पड्क्या जस्तो। मलाई त पहिलो नै शेरले लाग्यो। <<<<<बन्दूकले तेज गोलीलाई सम्झाई भन्यो, ?टेढो चाल छ ?! निशानाबाट चुके पछि गोलीले भन्यो, ?बाङ्गो नाल छ? ! >>>>> अचुक निशाना। :) -भउते
|
|