[VIEWED 98045
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-24-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।
"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।
"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।
"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन। कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्यो।
"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।
"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।
उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।
क्रमश:
Last edited: 24-Jun-08 03:37 PM
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-29-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो रिट्ठेले मलाइ गजल सम्झ्या हो पजल? म त्यो दुइटै होइन है।
"क्रेजी" चाहिं पक्कै हो। अब क्रेजीलाइ बुझ्नै चाहि क्रेजी नै हुनु पर्छ भनेर ठुलाबडाहरुले भन्छन्।हे........ हे... हे.......
newface_sajha,
म अर्को चोटी सकेसम्म लामो लेख्ने प्रयास गर्छु। बिचैमा गाइ करायो भने चाहिँ माफ गर्नु होला। किनभने घाँस काट्न जानु पर्यो नि त।
फुच्चे,
आफु चाहि यहाँ गफ दिने उता चाहि लोडशेडिङ गर्ने। भएन यो त? हामीलाइ उज्यालो चाहियो।
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 06-29-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
CL,
kati suspense ho? ajhai kehi bhanna sakinna ta, kasto katha ho yo? tyo 'ma' charecter Nepali ho ki Chinese? (A male charecter talking like you?)
Anyway it's nice to read but we want more on weekends coz we dont have any 'operation 003'
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-29-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Stat,
dhairya garau na. pakha na katha aghi badhe pachi aru bujhiela ni haina?
thanks for your comment!
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-29-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाँच मिनेटको ड्राइबपछि जीप एउटा कम्पाउन्ड भएको अस्पतालभित्र रोक्यो। अस्पतालको ढोकानिर फोहोर ढल बगिरहेकोथ्यो। इमर्जेन्सी डिपार्टमेन्टको छुट्टै घर रैछ, ढोकाको बायाँतर्फ। त्यो कपाउन्ड भित्र छिर्नासाथ मलाइ गर्मी हुन थाल्यो। चिट् चिट् पसीना आउन थाल्यो फेब्रुअरिको मध्य महिनामा पनि। मैले कसैले नदेख्ने गरी पसीना पुछे हातैले। उफ्, कस्तो क्षण हो यो? मनमनै आफैलाइ सोधें।
"बढ्दो आधुनिकता, आर्थिक अन्योल र अनिश्चित भबिस्यको कारण धेरै युबाहरु लागु पदार्थ सेवन गर्छन् यहाँ। जति कडा सजाँय राखे पनि यो समस्या अझै बढ्दो छ यो ठाँउमा।" इन्स्पेक्टर यिन्ते बताइ रहेकोथ्यो। मलाइ चाहि "००३" लाइ हेर्न हतार भइसकेको थ्यो। मरेकी त छैन होला भन्ने आशामा थें। मरी भने अर्को आपत। त्यसै त मेरो देशलाइ शक्ति सम्पन्न राष्ट्रहरु मानब अधिकारको दमन गरिएको देश भनेर आरोप लगाँउछन्, झन् उ मरी भनी के के मुद्दा खेप्नु पर्ने हो? मेरो जागीर त चट् हुन्छ हुन्छ, जिबन पनि चट पार्देली भन्ने डर। भित्र पस्नासाथ व्हास्स "औसधी" को तिखो गन्ध नाकमा पस्यो। यो गन्ध त म सहनै सक्दिन। तर के गर्ने? अहिले त मलाइ जे पनि सहनै पर्छ। यिन्तेलाइ देख्नासाथ दुइ पुलिस जवानले सलाम ठोक्यो। आर्मी र पुलिसको जिवनमा अरु खान नपाइेपनि "सलाम" जति नि खान पाइन्छ। तर "रिटायर्ड" भाको भोलिपल्टदेखि कुकुरले पनि पुच्छर हलाउदैन। भाग्यमानी रैछ भने पुलिसले जति पनि पैसा खाने ठाँउहरु बनाउन सक्छ, तर आर्मीलाइ अलि गार्हो हुन्छ राम्रो ठाँउमा नपरे सम्म।
"के भाको रैछ त?" यिन्तेले सोध्यो।
"ओवरडोज भएर ढलेकी रैछ, सर। अहिले होश आइसक्यो।"
"ओवरडोज?" मेरो मुखबाट अचानक फुस्कियो।
"उहाँ मेजर मिन्जो, रङूनबाट मिस रितु सङ आउनु भएको।" यिन्तेले चिनाउन नभ्याउदै दुबै जवानले मलाइ पनि सलाम ठोके।
"सर, उसको परिवार आइसके अहिले। भित्र डाक्टरसङ कुरा गर्दैछन्।" एउटाले भन्यो।
"राम्रो भयो। परिवार सङ "उपचार"को बारेमा पनि कुरा गर्नु पर्यो। स्थिति राम्रो हुनासाथ तुरुन्तै "रिह्याब" मा पठाउने।" यिन्तेले आदेश दियो।
मेरो मन ढुक्क भयो। त्यो "००३" रैनछ, यहीको स्थानिय युबती रैछ, जसको परिवार पनि आइसकेको छ। अब मलाइ उसलाइ हेर्ने जरुरत परेन। फेरि अर्को टेन्सन उही रुपमा आयो मेरो अगाडी। "००३" चाही कहाँ ढली राकि होली? अब म होटेल फर्किनु पर्यो चांडो भन्दा चाँडो।
"सर, भित्र एकचोटि बिरामी हेरेर आँउछु म" भनेर यिन्ते एउटा सानो सीसाको बार भएको कोठा भित्र छिर्यो।" मेरो चाहि मुटु फेरि भुट्भुटिन थाल्यो। घडी हेरें १०.३० pm भइसकेछ। एकचोटि होटेलमा फोन गरें कतै आइसकी कि भन्ने आशमा। अघिकै रिसेप्सनिस्टले फोन उठाइ। मैले "बिदेशी" कोठामा आइसकि कि?" भनेर सोधें। उसले "अहिलेसम्म मिस रितुको कोठाको साँचो यही छ" भन्ने चिसो उत्तर दी। मैले केहि नभनी फोन राखी दिएँ। अब मेरो निद्रा र थकाइ धेरै टाढा भागिसकेको थ्यो। इन्स्पेक्टर यिन्तेले भोलीबिहानको नास्ता सङै गरौं भन्ने प्रस्ताब राख्यो। कहाँ के को टेन्सन भैराको बेलामा "खानेकुरा" को कुरा कसरी गर्ने? मैले भोली दिउंसो सल्लाह गरेर रातीको खानाको लागि सङै समय मिलाउला भने। उनिहरुले मलाइ होटेलमा छोडिदिए।
लब्बीभित्र छिर्नासाथ उही रिसेप्सनिस्टले सोधी, "मिस रितुलाइ भेट्नु भएन, सर?" "आँउछे होली एकैछिनमा। म त येसो सहर हेर्न मात्र गाको। उसलाइ खोज्न होइन नि।" मैले अर्को झुठ पनि बोलें। रिसेप्सनिस्टले एक नजर अचम्मले मलाइ हेरी अनि फेरि आफ्नै काममा लागि। अब चाहीँ के गर्ने हो मैले? दिक्क लाग्यो। एकचोटि रङूनमा मेरो साथीलाइ फोन गर्न मन लाग्यो। उ म सङै काम गर्ने तर मिल्ने साथी हो। उ पनि "अपरेसन ००३" को पुरानो कुराहरु खोज्ने काम गर्छ। उसलाइ भन्यो भने त केहि फरक पर्दैन। तर यो जागीरमा कसैको पनि भर हुँदैन। मनको सन्तोषको लागि फोन गरें। उ अझै सुतेको रहेनछ।
"कस्तो भयो त "अपरेसन ००३" सङको यात्रा?" उसले जिस्काउन थाल्यो।
"के हुन्थ्यो? मरुभुमी जस्तो जिवनमा क्याक्टस फुल्या जस्तो।" मैले आफ्नो समस्यालाइ लुकाउने चेस्टा गरें।
"हा..... हा....... हा" उ मेरो कानको जाली फुट्ने गरी हाँस्न थाल्यो उता।
"सुन्न, त्यो क्याक्टसको बारेमा केहि नयाँ कुरा पत्ता लाग्यो?" मैले गम्भिर भएर् सोधें।
"अँ, यो क्याक्टसको एउटा पुरानो तस्बीर फेला फर्यो आज। केहि बर्ष अघिको..."
"अनि के छ त त्यसमा......?" उसको बाक्यलाइ पुरा हुन नदिकन मैले सोधें।
"त्यस फोटोमा एसिया र पश्चिमी मुलुकका मान्छेहरु छन्, त्यसैमा रितु पनि छे।"
"त्यो कुन ठुलो कुरा हो र? उ सधैँ देश बिदेश घुम्ने मान्छे। उसको साथी हरु जुन देशको पनि हुन सक्छन्। अनि.......?" मलाइ उसको कुरा लामो गर्ने बानी मन पर्दैनथ्यो।
"फोटो ठुलो कुरा होइन, तर उ जो सङै टाँसिएर फोटोमा बसेकी छे, उ चाँही चाइना सरकारले "मोस्ट वान्टेड" लिस्टमा राखेको केटी हो।"
"रितुलाइ त्यो कुरा थाहा होला र ? त्यो चाइनिज केटी किन त्यो लिस्टमा रैछे त?" मैले येसै सबै कुरा सहज बनाउन कोशिश गरें।
"त्यो चाइनिज "हेरोइन युजर" हो र लागु पदार्थ बेचबिखनमा पनि धेरै सक्रिय देखिन्छे। उ बैंककमा बस्छे र त्यहाँबाट अरु मुलुकका माफिया सङ सम्पर्क गर्छे। फोटो कुनै समुद्री तटमा खिचिएको छ।"
"यो केटीलाइ किन म्यान्मार नै आउनु परेको होला कामको लागि? बेकारमा हामीलाइ टेन्सन माथी टेन्सन।" म झन् आतिएं मेरो साथीले दिएको जानकारीले।
" यहीँ त छ सबै भन्दा गाँठी कुरो। उ पनि त्यो चाइनिजसङ मिलेकी हुन सक्छे र हाम्रो देशको स्थानिय "तस्कर" हरु सङ मिलेर "हेरोइन" आफै लान सक्छे अथवा अरुको मार्फत सीमा पारी पुर्याउन सक्छे। तलाइ थाहै छ। त्यो "टाचिलेक", जहाँ उसको अन्तिम तालिम सकिनेछ, त्यहाँबाट थाइ बोर्डरसम्म जङलको बाटो हिंडेमा समातिने डर नै हुँदैन। त्यो मुला "बोर्डर" पार गर्न कुन ठुलो कुरा हो र यहाँबाट?" उ सङ कुरा गरेर केहि राहत होला भनेको त उसले त पुरै सिनेमा जस्तो कहानी आफै बनाइ दियो।
"अहिले काँ छे त "००३"?"साथीले फेरि मेरो मौनता तोड्दै उताबाट सोध्यो।
"सुत्न गइसकी। ल म पनि थाके। अब सुत्न जान्छु। भोलि फोन गर्छु तलाइं" भनेर फोन राखेँ। अब एउटा कुरा गर्न सक्ने भनेको उसको कोठामा तलासी लिनु थ्यो। अब आउली जस्तो त पक्कै थिएन। मैले रिसेप्सनिस्टसङ मेरो परिचय पत्र देखाए पछि झन् छक्क पर्दै उसले मलाइ रितुको कोठाको चाबी दी।
म कोठामा जानासाथ पहिले उसको सुटकेस खोल्न थाले। त्यहाँ उसको लुगा र केहि किताबहरु थे। किताब उसको "ब्यबहार परिबर्तन शिक्षा" सङ सम्बन्धित थ्यो। उ किशोर किशोरी हरुलाइ त्यस सम्बन्धी तालिम दिन्थी। मलाइ त्यो सङ सरोकार नै थिएन। मलाइ केहि पाउनु थ्यो। "हेरोइन" को पुरिया अथवा त्यस्तै केहि सन्दिग्ध सुत्र जस्ले मेरो साथीले दिएको जानकारीलाइ पुस्टी गरोस। केहि सौन्दर्य सामाग्री, साबुन र श्याम्पुसङै उसको "हेयर ड्रायर" पनि थ्यो। नखोलिएको "स्यानिटरी प्याड" को एक पोका पनि। "लावेन्डर" लेखिएको "परफ्युम", उ नजिक आँउदा त्यस्तै बास्ना आँउथ्यो। एउटा ब्राजिलिएन लेखकको "पाचौँ पहाड" शिर्षकको उपन्यास पनि भेटियो। नयाँ जस्तो देखिन्थ्यो, पढेर कहिं पनि चिनो लगाएको भेटिएन। मैले उसको सुटकेसमा त्यस्तो केहि पाइन जसले मलाइ उ अहिले कहाँ हुन सक्छे भन्ने संकेत गरोस। त्यसपछि मैले उसको दराज, बाथरुम सब खोजे। उसले कहिँ केहि राखेकि थिन। मैले रिसेपसनिस्टलाइ यदि लब्बीमा आइपुगी भने मलाइ सुटुक्क खबर गर्नु भन्न बिर्सिएको थें। त्यही भन्छु भनेर फोन गर्न खोजेको त उसको खाटको सिरानीमा अर्को एउटा किताब देखेँ। किताबको शिर्षक थ्यो "प्रजान्त्रकी देवी, आङ साङ सुकी"। उसले किताबको मध्यतिर "पेज ब्रेकर" ले चिन्ह लगाएकी थी।
मेरो दिमाग अब झनै फनफनी घुम्न थाल्यो। "अपरेसन ००३" हाम्रो देशमा प्रजातन्त्रको पाठ पढाउन आएकि हो कि लागु पदार्थ तस्कर गर्न? म झनै रनभुल्लमा परें।
क्रमश:
|
|
|
दशैँ तिहार
Please log in to subscribe to दशैँ तिहार's postings.
Posted on 06-29-08 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल ब्यापक छ कथा, सबै भाग आजै पढेर भ्याइयो। यता नझुल्केको नि हल्का दुईचार दिन भा'थ्यो, लेखहरु निकै जम्मा भैसक्या रैछन्।
के हो साँचै? फुच्चेको सिपाइ, तिम्रो मिन्जो अनि कुनि के कुनि के, अब पाइलट र नेभिको कथा नि लेख्ने बेला भाको जस्तो छ।
यु रक्
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 06-30-08 6:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
crazy ur suspense thriller is rocking ! even अहिले सम्म कथा तिर लाग्दैछ भन्ने बुझिएन ,
Some thrillers reach too far this one starts from there भने जस्तो ! अब कहिले लेख्छौ? मलाई त यो पार्ट पनि छोटो लाग्यो ,
लोडशेडिङ्ग हटाईदिएको छु है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-30-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो इन्टरेस्टिङ। कुनै बिदेशी थ्रिलर पढेको जस्तो लाग्ने!
यस्तो ससपेन्स किसिमको कथा अलि धेरै लेखेर पोस्ट नगरे पाप लाग्ला है भन्द्या छ!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-30-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
really so interesting yar, you better upload the new part ASAP---- aite gurl
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-30-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म चै के गर्छु भने पहिले यस्ता सस्पेन्स खाले र भुतको सिनेमाहरु मज्जाले हेर्छु, असाध्यै मन पर्छ अनिखेरि मुभी हेरि सके पछि अध्यारो मा डराउछु--
त्यो मिस रितु चै कहाँ गैहोली ? हत्तेरिका यो कथा निकै मन परिरा'छ अन्तिम मा पढिसकेर डर लाग्ने हुन्छ कि के हो
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 06-30-08 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
................... im reading... ::|| no doubt u are a polished writer..u r crafty on ur sentences.. waiting for the next turn... बढ सांईलि, अगाडि बढ।।।।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-08 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दशैंतिहार, धन्यबाद साथी! मैले तिम्रो साइकल पढें। रमाइलो लाग्यो।
फुच्चे, बल्ल अलिकति उज्यालो आयो। अझै छर्लङ चाहि भाको छैन।
बिरु,
पापै लाग्ने भए अब फुल टाइम साझामा कथा लेख्न बस्नु पर्ला जस्तो छ है? उता चौतारीको कथा पनि म पढ्दै छु। कमेन्ट पछि लेख्छु ल।
दिपु,
you better upload the new part ASAP---- aite gurl - त्यो भन्या के? कोडमा के भनेकी मलाइ? गाली गर्या हो?
मिस सिस,
सातो बोलाउन मिल्छ नि डर लाग्यो भने पनि। हा...... हा......... हा।
ओयि सोमे साइँला,
तिमी त्यही चाइना मै घरजम गर्न लाको हो को क्या हो? खोइ अचेल दर्शन पाउनै गार्हो भो बा? अब अर्को कथा लेख्नु पर्दैन तिमीले?
अचम्म छ बा येसो साथी भाइहरुलाइ निम्ता चाहि गर्नु है, बिहेमा आउनै नसकेपनि शुभकामना त पठाँउछौ नि। फोटा पनि पठाउ नि बिहेको।
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 06-30-08 8:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aba CL ko kathaa aaulaa jasto chha, khana khaera padhnu parla bhaneko ta uhi kahani dohoriyo ni (aba dekhi ta CL ko katha dekhe pachhi rice cooker ko switch check garchhu). ma khana nakhai kana brata liera baseko chhu hai, katha padhnalai
Back to the story, I have my wish that '003' should be a great CID. feri Major minjo ra ritu ko love ma lagera end garna chahi paainna hai.
Thanks for daily posting.
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-08 8:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Stat,
Sorry for today!
aja ma lekhna bhyaudina hola. baru bholi afternoon ma chahi sakchu ki?
Thanks for waiting!
rice cooker on garnus, ani khana khanus. brata nabasnusa. gastric huncha ni feri.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-30-08 9:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो नभेटिएकी त त्यो रितु पितु? एकदम सस्पेन्स थ्रिलर हुने भयो यो कथा त ! ल बधाई छ है क्रेजी
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-01-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नोबेल पुरस्कार पाएकी आङ सान सुचीको बारेमा कसैले किताब पढ्नु मेरो लागि ठुलो कुरा हैन। पस्चिमी समाजले उसलाइ त्यस्तै "सेलिब्रेटी" बनाइदेको छ। जवानीमा बिदेशमा बसेर पढी, बिदेशीसङै घरजम गरी र आफ्नो जन्मभुमी फर्कदाँ उसले धेरै ढिलो गरी। बिसौं बर्सपछि उ बर्मा फर्की जुन बेला सैनिक शासनले प्रजान्तन्त्रको लागि प्रदशन गर्ने हजारौं बिध्यार्थीहरुलाइ रङूनको सडकमा मारेकोथ्यो। उ प्रति मेरो सम्मान नभएको होइन, तर उसको बाबु जर्नेल आङ् साङ्कि छोरी भएपछि उसले आफ्नै देशको केटोसङ बिहे गर्नु पर्थ्यो मेरो ब्यक्तिगत बिचारमा। त्यसैले अझै पनि आर्मीका जेनेरलहरु उसलाइ बिदेशी भन्छन्, उ उसको लोग्नेकै देश, इङ्ल्यान्ड फर्केको हेर्न चाहन्छन्। अहिले उसले आफ्नो परिवार त्यागेर, जिबनको खुशी छोडेर जुन तन्मयताका साथ "प्रजातन्त्र" को माग गर्दैछिन। त्यसमा मेरो भन्नु केहि छैन। मेरो जागीरमा खाएको शपथले मलाइ उसको प्रसंशा गर्न भने दिदैंन। मेरो अहिलेको समय भनेको "अपरेसन ००३" को खोजी गर्नु हो। उ जे सुकै किताब पढोस, जो सुकैको समर्थक होश्, खाली मेरो देशमा अरु राजनिति नखेलोस। तस्करै भए पनि यो कार्यकालमा कुनै लागु औषधको बेच बिखन, निकासी पैठारी नगरोस। मेरो प्रतिबेदन पुरा नभएसम्म कतै केहि नबिगारोस। प्रतिबेदन भन्नासाथ सम्झें, सुत्नुअघि केहि बुँदाहरु लेख्नु छ डायरीमा। कलम मैले पछाडीको पकेटमा राखेको थें। त्यो कलम साधारण थ्यो तर कसैले दिएको बिशेष उपहार थ्यो मेरो लागि। उपहार दिनेहरु हराँउछन तर उपहार चाहिँ रहिरहन्छ स्म्रितिको पाना बनेर। येसो कलम छामे पकेटको बाहिरबाट, भेटिन। यताउता खस्यो कि भनेर हेरें, कतै देखिन। अब यो कोठाको तलासी आजलाइ यति नै भनेर "००३" को कोठा बन्द गरेर निस्के। फेरि कलम नभै भएन राती एक्छिन त सबै "इन्फर्मेसन" लेख्नु थ्यो। लब्बीमा गएर चाबी सुम्पे, "००३" मरिसक्या भए पनि भुत बनेर भए पनि आइदिए हुन्थ्यो जस्तो छट्पटी भयो मलाइ। त्यसलाइ केहि भाको छैन र केहि गरेकी छैन भन्ने कुरामा ढुक्क हुनु थ्यो। अब चाहीँ हेडक्वार्टरमा खबर नगरी भएन भन्ने बिचार गरें। अँ, कलम अघि मैले खाना खाँदा भन्छाघरमा के पो लेख्न हो झिकेको थें। शायद त्यहीँ हुनु पर्छ भनेर फेरि म भान्छातिर लागें।
ढोकाबाट छिर्नासाथ मैले अचम्मको द्रिस्य देखें। "महारानी ००३" र भान्छे हाँसी हाँसी कुरा गरी रहेका। येत्रो दुख दिएर कहाँ मरी भनेको त यही भान्छामा पो बसेकी रैछ। चाइनिज मग हातमा लिएर अझ मेचमा पनि होइन त, टेबुलमा बसेर खुट्टा हल्लाइ हल्लाइ गफ हाँकेर बसेकी रैछ। मलाइ फेरि अर्को अचम्म लाग्यो। त्यो भान्छेसङ कसरी सम्बाद गर्दैछे भनेर। जहाँसम्म लाग्छ भान्छेले स्थानिय भाषा बोल्दैथ्यो र "००३" अङ्रेजी बोल्दैथी। फेरि दुइ जना कति नै कुरा मिल्या जस्तो गरेर हांस्दै पनि थे।
"तिमीलाइ अङ्रेजी पनि आँउछ?" मैले जानी जानी त्यो "००३" वास्तै नगरीकन सोधें।
"काँ आउनु हाकिम?" भान्छेले भन्यो।
"तेसो भए उ सङ के कुरा गरी राको त?" मैले फेरि सोधें
"कफी, कफी भन्दै तिन कप खाइसकी मैले धेरै कफी खायो भने रातभरी निद्रा लाग्दैन भन्छु। उ "धन्यबाद", "सन्चै" र "खुशी लाग्यो" मात्रै भन्छे। जतिखेर पनि त्यहि मात्रै दोहोर्याउदी रैछ। हजुर जानासाथ कफी भन्दै बसेकी, झन्डै २ घन्टा बिताइसकी त।" भान्छेले अचम्म मान्दै सोध्यो।
"उसलाइ आउने नैं त्यति हो नि त। अरु के भनोस त?" त्यसपछि बल्ल मैले रितुतिर हेरें। उ मैले भान्छेसङ उसको नराम्रो कुरा गर्या हो कि भनेर मलाइ प्रश्नबाचक द्रिस्टीले हेर्दै थी। उसको अनुहार निद्रा र थकाइले हो कि हेरोइनको नशाले हो लठ्ठ देखिन्थ्यो।
"मिन्जो, तिमी किन कहिले हांस्दैनौ?" सोधी हाली मलाइ।
"किन हाँस्नु पर्यो र तिमी भएपछि। मेरो सट्टा पनि तिमि हाँसी देउ न। अनि तिमी चाहि के बुझेर भान्छे सङ कुरा गरि राको नि?" मैले सोधें।
"भान्छेले त कस्तो राम्रो कथा भन्यो नि मलाइ।" दङ पर्दै भनी उसले।
"कस्तो कथा?" मैले फेरि सोधें
"आधा बाँदर र आधा मान्छेको शरिर भाको प्राणीको कथा।" उसले स्वर ठुलो पार्दै भनी।
म एक्छिन ट्वाल्ल परेको देखेर फेरि खित्का छोडेर हाँसी। "तिमीले साँच्चै पत्याको?"
"तिमी जस्तो गफाडीले भनेको पनि कहिं पत्याँउछु। मेरो कलम देख्यौ कतै यहाँ?" मैले सोधें।
"यो हो ? यो कलम जसको भए पनि म तिमीलाइ नि "गिफ्ट" दिन्छु भनेर राखेको। लौ, लिउ।" उसले मेरो कलम दी। अर्काको भावनासङ रङेको त्यो कलम अझै उसको उपहार रे। कति कुरा जानेकी ? केहि बेरपछि उ आफ्नो कोठामा सुत्न गइ। मैले आनन्दको सास फेरें। भोलिपल्ट कार्यतालिका अनुसार उसको तालिम शुरु भयो। बेलुकी यिन्तेको निम्तोमा हामी खाना खान गयौं। सासा उसकै साथीकाँ खान बोलाको छ भनेर गइ। कुरै कुरामा मैले जानी जानी यिन्तेलाइ हिजो राती "ओवरडोज" भएकी केटिको बारेमा सोधें।
"उ त आज रिह्याबमा गै सकी।" यिन्तेले छोटो उत्तर दियो।
"किन खान्छन् मानिसहरु "ड्रग्स्"? त्यति जवान केटी। हेर त्यसको जिबन बर्बाद हुने भयो।" मैले रितुको अनुहारको नमिठो रेखाहरु पढ्दै भने।
"तिमी चुरोट किन खान्छौ?" अचानक सोधी रितुले।
"त्यसै, यसै, टेन्सनले अथवा बानी...।" मैले भने।
"हो त्यस्तै, "ड्रग्स्" खानेहरुको पनि त्यस्तै हो। कुनै खास कारण हुँदैन।" उसले स्पस्ट पार्न खोजी।
"के तिमीले पनि कहिले "ड्रग्स्" खाएकी छौ?" मैले मौका छोपेर उसलाइ प्रश्न गरें।
"के खाएको छैन भनेर सोध न। गाँजा, चरेश, हेरोइन, ब्राउन सुगर्, एम्फिटामिन........। अरु के?" उसले त यति लामो लिस्ट बनाइ।
"साँच्चै कि तिमी जोक गरिराको म सङ। यहाँ इन्स्पेक्टर यिन्ते हुनुहुन्छ। फेरि तिमीलाइ यही कुराको आधारमा रिह्याब पठाइदिनु होला।" मैले जिस्किदै भने। मेरो कुरा सुनेर इन्स्पेक्टर यिन्ते अलि अप्ठ्यारोमा परेको जस्तो गर्न थाल्यो र फिस्स हाँस्यो बाताबरनलाइ सहज पार्न।
"म पहिले कुनै बेला "हेरोइन युजर" थें, तर अहिले मैले छोडिसके।" उसले यसरी भनी मानौं कुनै ठुलो बहादुरीको काम गरेकी छ।
म झल्याँस्स भएँ, हिजो राति मेरो साथीले दिएको खबर झुठो थिएन। "अपरेसन ००३" पनि त्यो चाइनिज केटी जस्तै "ड्रग् एयाडिक्ट" थी, शायद लागु औषध तस्कर पनि।
क्रमश:
Last edited: 01-Jul-08 01:40 PM
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 07-01-08 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"महारानी ००३" ..he hee
good going CL good going...
(ani tyasto tyo pitho daleko gopya kura bhandai hidnu huncha ta…ekdin matrai ta lagako ho ni re ke LOL)
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-01-08 4:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
CrazZ, asti ni dekhe chhute ko sabai padhera sakey, timro yo bharkharei taseko part ta kati ramro yaar -- tara kati chhoto padhnai pugeyna -- o e kti dher suspense ma narakhi din ko euta part lamo lamo lekhata .
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-01-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसलाइ के को धन्दा? कसलाइ के को धन्दा भन्या जस्तै रिट्ठेलाइ चाहि रितुको धन्दा लागेछ। नाम पनि दुइटैको "रि" बाट शुरु हुँदो रैछ। लौ म त आजै पो देखें। धन्दा नमान रिट्ठे, रितु आइसकी कथामा।
किश्नेकाले ज्यु,
कमेन्टको लागि फेरि धन्यबाद। त्यो हजुरले दलेको पिठोमा SPF 45 पनि हुँदो रैछ? हामी पनि घाममा निस्कदाँ त्यही लाउनु पर्यो कि भनेर सोच्दैछौं। किफायती छ भने येसो ट्राइ गर्नु पर्यो भनेर नि।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-01-08 4:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस्, हजुरआमा प्रेरणा!
अरु पनि केहि छ कि आदेश?
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-01-08 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|