Kya Jhoor- thank you, I am trying to write as fast as possible, this is my optimum speed :)
Halo- the writer is " saket" unfortunately he doesnt exist, mere a fictional charecter I introduced. and there are no such books , sorry friend ..
thanks to all the readers who liked and read till now, and happy vijaya dashami again...
सुधाको डायरी- पेज ६१
लन्चमा म लाइब्रेरी
गएँ।स्कुलको सवै भन्दा मन पर्ने कुना। जहाँ समय प्राय मौन रहन्छ। मात्र किताव
बोल्छन्। लाइब्रेरियन फ्रेन्च कट दाह्री पालेको एक जना बुढो मान्छे छ। मैले
सुनेको, पहिला नेपाली पढाउँथ्यो अरे यहाँ। पढाउन नसक्ने भएपछि र उसको परिवार उसले
नै धान्नु पर्ने भएकोले स्कुलले बिचको वाटो निकाल्यो। थोरै तलव दिनुपर्ने,
लाइब्रेरियन वनाइदियो। उ पनि प्राय पढिरहन्थ्यो। कहिलेकाहिँ पढ्दापढ्दै नाक
खुम्च्याउँदै भन्थ्यो
" पोस्ट मोर्डन लिटरेचरको नाममा नेपाली
साहित्य धुजा धुजा वनाए !" अनि नयाँ कितावहरुलाई नयाँ रेकमा राखिदिन्थ्यो। उ
कितावहरुको इन्साइक्लोपिडिया थियो। म भने कितावकी भोकी थिएँ।
"साकेतको किताव कुन
रेकमा छ अंकल?" मैले भित्र छिर्ने वित्तिकै आफ्ना औँलाहरुले रिसेप्सनको डेस्क
वजाउँदै भनेँ। उसले मेरा नाचिरहेका औँला हेर्यो।
"तिमीले बिपी पढेकी
छौ?" उसले मलाई प्रश्न राख्यो।
"दुई तिन वटा !"
"सुम्निमा, बाउ आमा र
छोरा?"
मैले टाउको हल्लाइदिएँ।
"किन र अंकल ?"
"साकेत बिपीको
मनोविग्यानबाट निक्लेको उद्वेग हो ! " उसले नाक खुम्च्यायो। उसको नाकमा केहि
दागहरु छन्। खुम्चिएको बेला झन नराम्रो देखिन्छन्।
"तपाइँलाई मन परेन
?" मैले उसको अनुहार नियाल्दै प्रश्न राखेँ।
"मन त पर्यो, तर उ
अतिवादी हो। मलाई अतिवाद मन पर्दैन !"
"कुन रेकमा छ अंकल
?" मैले उसका समालोचनालाई ध्यान दिईन। मलाई समालोचकहरु मन पर्दैनन्। सवै
लेखकले सवै पाठकहरुलाई खुशी पार्न सक्दैनन्। अनि सवै समालोचकहरु पाठकको मन
वोल्दैनन्। त्यसैले लेखकले पाठकको लागि भन्दा आफ्नो लागि लेख्नु पर्छ। आफु भित्र
खोतल्न सक्नुपर्छ लेखकले। अनि आफूलाई पाउनुपर्छ पात्रहरुमा।
"त्यो कुनाबाट दुई
र्याक यता, लियो टल्सटय र बिपीका कितावहरु को बिचमा!"
"मैले बुझेँ, थ्यांक
यु !" म त्यतातिर लागेँ। त्यो रेक धुलैधुलो थियो। उसका तिन चारवटा कितावहरु
थिए त्यहाँ। मैले एउटा झिकेँ अनि पढ्न थालेँ।
"म भित्र क्रान्ति छ,
दमन हुन्छ। पोखिँदा म नखरमाउली देखिन्छु उत्ताउली देखिन्छु। तर एउटा स्त्री प्रकृती
हो, खुला छोडे सौम्य देखिन्छे वाँध्न खोजे उर्लँदो भल। सवैलाई बगाएर लैजाने
!!"
म साँझ हुन्जेल पढिरहेँ।
लाइब्रेरी छ वजे बन्द हुन्छ। वन्द हुनेवेलामा उसले ख्वाक्क खोक्यो।
"अंकल आज म यो किताव
लैजान्छु !"
मैले लाइव्रेरी कार्ड
देखाएँ।
"अघि लिएर गएर कोठामैँ
पढेको भए भइहाल्थ्यो नि !" उसले मेरो कार्डमा कितावको नाम लेखिदिँदै गर्दा
भन्यो।
"तँपाइको साथी बस्दिन
खोजेको !"
उसले आँखा तरेर मलाई
हेर्यो। उसलाई मैले गरेको जोक मन परेन। फटाफट वाहिर निस्किएँ। म तल ओर्लिएर उसलाई
हेर्दा उ ढोकामा ताल्चा लगाउँदै थियो। मेरा पाइलाहरुमा वेग छन्, अनि शायद उसकामा
स्थिरता।
************
*************** ************* ************* ************* **********
साकेतले एक वर्ष अघि त्यहि
"अल्छि आइमाई" बाट हो क्यारे मदन पुरस्कार पाएको थियो। उसले खुशी हुँदै
मलाई सोधेकी थिई
"तिमीले यो राइटरको
किताव पढेको छौ ?"
मैले टाउको हल्लाएँ।म प्राय
कितावहरु पढ्दिन। पढे पनि नेपाली लेखकको कम पढ्छु। धेरै भारी शव्दहरु मलाई पचाउन
अफ्ठ्यारो हुन्छ। कितावका तिन चार लाइन पढिसक्दा पहिलो लाइन के हो विर्सन्छु। मलाई
सम्झना छैन मैले यो डायरी अघि यति लामो केहि पढेको !
"अनि विपीका कितावहरु
नि ?"
मैले फेरि टाउको हल्लाएँ।
त्यो दिन पछि उसले प्रश्न सोधिन कितावहरुको बारेमा।
सुधाको डायरी-पेज ६४
"अनि पढ्यौ त साकेत?"
"म्मम ...पढ्दै छु
!"
"कुन?"
" उ सँधै माथी किन ?
भन्ने एउटा कथा संग्रह छ नि त्यहि !"
"त्यहि त है ? उ सँधै
माथी किन..?" उ खितित्त हाँसी फेरि !
"वाइ द वे , डु यु
ह्याभ ए वोइफ्रेन्ड ?" छायाँले मेरो आँखामा नियाल्दै प्रश्न राखी।
मैले टाउको हल्लाएँ
नकार्दै।
"एउटा टिचर थियो ,
मलाई टिउसन पढाउने !" अचानक मैले प्रश्नको उत्तर लम्व्याएँ। मलाई किन किन
उसको अघी खोलिदिउँ लाग्यो आफुलाई।
"अनी ?" उत्सुक
बनी उ ।
"..........................................................
उ र म छुट्टियौँ। बाटा एकै थिएनन् " मैले उसलाई हेर्दा पनि नहेरी आफ्नो सवै
कथा सुनाएँ। उसले मलाई के सोच्दी हो ? शरीरको भोकी ?
"मैले ठिकै गरेँ हैन
?" मैले उस्का आँखामा कथा पछि पहिलो चोटी आँखा जुधाएँ।
"खोइ के भनौँ ? म पनि
खासै सम्वन्धहरु वुझ्दिन!" उसले गिटार भुइँमा राखी। आफ्ना हातका औँलाहरु
पड्काउँदै भनी। अनि आकाशका ताराहरु हेर्न थाली। छेवैको शिरिषको रुखको चेपबाट जुन
देखिन्छ। उ त्यसैलाई नियाल्दै थिई। केहि किरणहरु रुखका छायाँ छल्दै भुईँमा
झरिरहेका थिए। रुखको छायाँ भने विशाल दानवको आकृतिमा भुइँमा क्यान्भासमा पोतिए
जस्तै सुतेको थियो।
"तिम्रो कोहि छैन
बोयफ्रेन्ड ?" मेरो उसलाई सोध्ने पालो पनि आयो।
"नोप !!!" उसले
लामो सुस्केरा काट्दै भनी।
"वाओ, यस्तो हट केटीको
वोयफ्रेन्ड छैन।इट्स ए निउज !" मैले उसलाई जिस्क्याइदिएँ।
"म्मम... मलाई एउटा
कुरा भन्नु छ ,होप इट विल नट एफेक्ट आवर फ्रेन्डसिप !" उसले मलाई हेर्दै भनि
यसपल्ट।
"भन न !"
"आइ एम नट इन्टु
वोइज..."
उ चुप भइ। म चुप भएँ।
धेरैवेर सम्म उसका शव्दहरु खेलाइरहेँ "आइ एम नट इन्टु वोइज !"
"मलाई तिमीलाई भन्न मन
थिएन तर लुकाइराख्नु पनि ठिक छैन जस्तो लाग्यो। अव दश पन्ध्र दिनमा त म फर्किन्छु
!"
"नो इट्स ओके !"
मैले सुस्तरी भनेँ।
केहि सम्झनाहरु आँखा अगाडी
आए। मैले उसलाई चिमोटेको। उसलाई धकेलेको। लड्न आँटेकी उसलाई समातेको।सँगै खाएका
चुरोटका धुवाहरु उडेको दुवै मिलेर हेरेको।
"तिमीले मलाई त्यसरी त
हेरेको छैनौ नि ?" मैले सोध्न खोजेको त्यसरिको अर्थ उसले बुझि बुझिन थाहा छैन
तर उ चुप भइ। केहि बोलिन।
"आइ नो, तिमी केटाहरु
मन पराउँछ्यौ भनेर ! आइ क्यान फिगर इट आउट !" उ अर्को तिर फर्की।म उसलाई
हेरीरहेँ। उसको कपाल, उसका हातमा झुण्डिएका व्रेसलेटहरु।
"सो डु यु ह्याभ ए
गर्लफ्रेण्ड नाउ ?"
"घर आउनु अघि व्रेकअप
भयो !" उसले औँलाले भुईँ कोतर्दै जवाफ दिई।
"तिमी फर्किने कहिले
अरे ?" एक छिनको मौनता तोड्दै मैले फेरि प्रश्न राखेँ।
"नेक्स्ट ट्युस्डे ,दश
दिन वाँकी छ !"
"दश दिन, तिमी मबाट जे
चाहन्छौ ,छुट छ!" मैले उसलाई अँगालो मार्दै भनेँ। उ धेरै वेर सम्म मेरो कपाल
खेलाइरही।
मैले छेवैमा राखेको पानी
पिएँ। हो सुधालाई मैले चिनेकै रहेनछु।म उसको लागि साधारण थिएँ, साधारण नै रहेँ। उ
मेरो लागि वुझ्न नसक्ने प्रश्न थिई, प्रश्न नै रही।