[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 248064 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-09-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारो त खासाको भअच, मलाइत पुरानोलाइ एउसरे ( एक्स-रे) अरेर राखेचन जस्तो लाओ है।
 
Posted on 07-09-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय कुम्ले, जय चौतारी, जय साझा
सोमबारे जदौ!
हन कता ला हुन सप्पै? यति चाँडै चौतारी सुनसान् भए छ
 
Posted on 07-09-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नउस्ते
देवरजी र नमे हउर हुर यतै कराओन क्यार्न अर्का घर ग'र कराम्छौ ।:)

मुइले आवस्यक ठान्दिन स्पष्टिकरण दिन भन्छु र। जो थियो त्यो के जाती मिसपोस्टर थियो अरु कसै बाट । यस्को मतलब 'बाज' मैले चिनेको मुन्छे, अरुलाइ दोस ला'छैन

अनि खेरि कुम्ले राउरो फुटा सहितको चौतारी बनाएछौ नि । एउसरे गरेर ल्या हो :) सप्पै ले जो द्या जति आशिष देकिछुम है मुइले नि
:)
 
Posted on 07-09-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हउ लाले, क्यारिचौ भन्चु र अचेल तिमी। तिमी आउला र तुच्च तु्च्च पारुम्ला भनेर राखेओ सुकुटी, यसै किरा लाउला जस्तो भओ। अनि हिजो घिरिम्लोमा मिसाएर खाइदिएँ मैले त।

अस्तो चाइन्जो जिम्मालले खसीकाटे के रे। २टा खुट्टा आफैले स्याहारे। ठ्याकै तेह्र धार्नी भो शिकार। दसैआँ छोरी ज्वाई आउछन भनेर मजाले छ धार्नी बिसौली शिकार सप्पै सुकुटी पारेर राखेका। २टा लाप्टा अस्तै मैले उछिट्याएर हिनेको। हिजो फेरि कुन सुड्को कुन सुड्को पुन्टेदाइ छिरेछन् र भुसुक्कै पोको पारेर हिनेछन्। त्यै सुकुटी जिम्माललाई नै धोबिनीले पिलेटको बिस रुप्पेमा बेची रे भनेओ सुनेर मत मुर्छै परेँ के रे नि।

यसो मौकाहुँदी हामी नि फेरि झ्यालतिर बाट तान्न जान पार्छ कि के हो, सुकुटी?
 
Posted on 07-09-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावी-जी लाई दर्शन गर्नै भुलेछु के रे नि। दर्शन अरेँ है।

अब हउहुरको त्यस्तो गाँठी कुरो क्यारी बुझ्नी भन्छु र ! अझ दोहोर्याएर "थाह पाइस ?" भने पछि त झन पक्कै लाओ के रे नि। अन्त मैलाई बाजे भन्याहोला भनेर।

बिचरी त्यो साली केटी लाई केही नभन्नुस है !
 
Posted on 07-09-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) भेटे भने त्यो 'मङ्गलादेँवि' भन्ने मुन्छे र त्यो के जाति 'थाहा पाइस ' भन्नेको चुल्ठि र टुप्पी बाधेर यै चौतारीआँ बोट माथि झून्ड्यार राख्न मुन ला'छ :(
 
Posted on 07-09-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, तारेमाम्, नमस्ते! 'दशैं भन्दा तिहार पहिला' गर्नु ठीक हुन्न भनेर नयाँ नपढी पुरानो भ्याउन गईयो पहिला है। ए राता मकै! चौतारीको बुटो त नाङ्गै! सप्पै हाँगा-पात लुछेर सकिउञ्जेल पनि कति झगडा गरेर मोरेका हुन् गाँठे! क-कस्का खप्पर फुटे?! क-कस्का दाँत झरे?!
अनि भएन अब नयाँ त राम्रै होला भनेर आ'को, यता 'नि झन उस्तै छ गाँठे! दुई-चार हाँगा लुछिसक्या छन्। भउते बुरुक्-बुरुक् उफ्रेर जे भेट्यो त्यसैलाई फूटबल खेल्दै हिन्या' छ। के रोग आयो हाम्रो गाममा? यी यो कलीको लिला अपरम्पार छ बा! केहि बुझ्या भे' मार्दिनु!
******
अनि क्यार्दै छौ त लाले अचेल?! भेट नभा' नि धेरै भो! सिरे त अलि पहिला आ'थ्यो एउबाजी, काका भने बेपत्तै भए। हुनत, खाउडो फेरेर आ'का पो छन् कि रामजाने!
******
कुम्लेलाई धन्यवाद भन्न झण्डै बिर्सिरा'! कुम्लेको धर्मकर्मको खाता बलियो होस्!
 
Posted on 07-09-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मिसलाई कुन साईध्वाले के भन्यो हँ? ल माफी मागिहाल त!
 
Posted on 07-09-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) नउस्ते अरे है गौतम बाउ । हउर आम्नु भओ अब म ढुक्क भए

देवरजी हो त्यो साइध्वा गौतम बाउ अर्कि को त मैले नै सात्तो लिसकेकिम । बरु अब झाक्रि बोलाम्न जाने बेला भा'छ :) । हउर नभा बेला कत्ति गालि अर्चन मलै सप्पै जो मिलेर
 
Posted on 07-09-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मिस, यो भउते हजुरलाई एउदम रेसपेउट गर्थ्यो, यस्का मति किन ओरालो लागेछन् भन्छु!
 
Posted on 07-09-07 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे खुच्चिगं देवरजी :)
रिसाएको भ' समाधान

गौतमबाउ धन्यवाद :)
( मनमनै भाग्यमानी रहिचस मिस। दाजु त पाएकै होस )
शुभरात्री !
 
Posted on 07-09-07 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो सालीले भावी-जीको गुन्यु-चोली मजेत्रो लाएर आइछे के रे। अनुहार राम्रो सँ देख्न पाइएन। झुक्किएछु, क्यारम त नि !

आबो "भउतेको शंका" भन्ने एउटा पाठ बनाएर चौतारीका सबैलाई मास्टर्नी-भावीले पढाइदिए फेरि फेरि यस्तो हुन्नथ्यो कि भन्छु र !

भावी त भावी नै हुनु भो नि। मेरो रेसपेउट जिम-का-तिम छ। अझ बढी छ भनुम न। देउर-जीको मुख भावीलाई थाहै छ के रे। त्यै भे'र म त त्यो सोरी सोरी भनिटोपल्न नि आवस्यक लाउँदैन के।

बोरु सालीको चुल्ठीमा मेरो टुप्पी बाँधेर चौतारीमा झुन्ड्याम्नी भन्नु भा'रेछ। मेरा त हाड हाँस्याछन्, खुशीले।

हिजो मैले नि पुन्टे-दाको हवल्दार जाँघे र जिम्माल बा को भक्कु चप्पल ला'र हिनेको। साली-नानीले त कादरखान भन्नी ठानिछन्। अब जुरेली भेट्न जाँदा डेरस चेनज गरेर जानु पर्ने। त्यै बेलामा सालीले देखिछन्।

मुन्छे त सलमान नै हो के नि। बोरु तेरे-नाम तेरे-नाम हुन्छ कि झै मानिछु।


 
Posted on 07-10-07 4:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै यो भउते नै...........शंकै लाओ। कि जिम्माले नै............शंकै लाओ। हैन, राहुलदाई नै........शंकै लाओ। फिरि कतै चित्रे नै..........शंकै लाओ। ठुली पुनि...............??????? शंकै लाओ। कुम्ले, नेप्चे, हरि सपै..........शंकै लाओ!


 
Posted on 07-10-07 5:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
कुम्ले सोमलाई धनेबात, पुन्टे बुढालाई बधाई, अरु सबैलाई नमस्कार!
 
Posted on 07-10-07 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaa

awwwwwwwwwww poonteeeeeeeeeeeee daduuuuuuuuuuuuuuuuuu muahhhhhhhhhhhhhhhhh left gala ma la tyo chunab jeetekoma.
 
Posted on 07-10-07 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
कुम्ले सोमलाई धनेबात, पुन्टे बुढालाई बधाई, अरु सबैलाई नमस्कार!
 
Posted on 07-10-07 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा वनमा फुल्यो फुलै फुल
बासना चल्यो मनैमा
नाँचु नाँचु लाग्न थाल्यो
लाली चढ्यो तनमा मेरो
भन्नै नहुने
के रोग लाग्यो नि होसै नहुने


मंगलबारे जदौ यो ठुलीको तर्फबाट!
 
Posted on 07-10-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित हसाउनु भो कुम्ले दादुले।
 
Posted on 07-10-07 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जदौ यो सोझो कुम्लेको!

मलाई धन्यवाद दिनुहुने सबैजनालाई धन्यवाद छ।

त्यो माथी चौतारीको चित्र चाँहि तितौरीले "चौतारी महोत्सव"मा बनाएर राखेको चित्र हो। मैले त्यो चित्रमा 'चौतारी ६२' लेख्ने काम मात्रै गर्‍या हुँ, त्यसैले चित्रकोलागि दिइने धन्यवादको हकदार चाँहि तितौरी हुन्! :-)

जिम्माल बा ले भन्नु भए अनुसारको माछाको सुकुटि खाने कार्जेक्रम छ आउने सप्तान्तमा, यहाँहरु सबैलाई चुले निम्तो! :D

एकदिन लरकि पाएन भन्दै खुब बरबरायो
उस के बाद से हम्रे मदनवा किधर हरायो?

बदन दर्द करे हमि सङे मलम छ, फिर से सबको हम्रे सलाम छ, तारेमाम्!

:-)
 
Posted on 07-10-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी के छ हालखबर? कत्ता हरायौ? के हो हामी सङ बोल्न नि नहुने हो आजकल?

उसके गनाँ लगाएछु हमि फिर ठुलि खित खित हाँसेछ
त हिजो उ माथी बगैचामे तिमी नभए और को नाँचेछ?

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters