झन्डै बोर्ड.........................
अन्तिम भाग ।
एवं रीतले समय बित्दै गयो। बालक रामले आइ एस्सी फस इअर सक्याउनु भयो । तर प्राप्तांक उहाँ को शान र फुर्ती को सुर्ती बराबर पनि भएन छ । अनुहार र हाउ भाउ त्यही बताउथ्यो।
१० पढ्दै थिएं । एस् एल सी को तनाव र प्रेशर दुबै थियो। अरुमा त जेनतेन पास गरिएला, तर अंग्रेजीमा..................... । उफ!!!! सम्झी सम्झी आङ्ग नै सिरिङ्ग हुने। टेस्ट परीक्षा पनि सकियो । राहुले पुन: फस भयो । यसपाली को मार्जिन सेकेन हुनेको भन्दा १५१ अंक को फरक थियो ।
एस् एल सि को ब्यापक तयारी मा लाग्नै पर्यो। पास गर्न सकिएन त्यो पनि फस ब्वाइ ले भने त चम्चा मा बागमतिको पानी हालेर, त्यसै मा हाम फालेर मरे नि हुन्छ ।
यसै बीच बालक रामको ब्याचको औपचारिक बिदाइ समारोह तथा फस डिभिजन ल्याउने होनहार विद्यार्थीहरुको सम्मान कार्यक्रम को आयोजना भाको थियो स्कूलमा। राहुले लगायत केही सम्भाब्य झन्डै बोर्डहरुलाई पनि निम्ता गरिएको थियो ।
कार्यक्रममा डाक्टर बालक को रौनक हेर्न लायकको थियो नै। त्यो ब्याच को टपर त्यसमा पनि झन्डै बोर्ड आएको ।
भेट भयो ।
कुरा भयो ।
"यहाँ किन नि पढ्न सढ्न न बसेर ?
यस्तो तालले एस् एल सी पास हुन्छस तं...... ।"
हुन पनि हो ट्वाइलेट् जांदा समेत पढेर त बोर्ड आएन उहाको ।
" के गर्नु हेड सरले बोलाउनु भयो। दाई जस्तो झन्डै बोर्ड.................... आएकाहरुबाट इन्स्पायर भएर बोर्ड ल्याउनु पर्छ रे ।"
"ल्याउंछस बोर्ड तैले । "
"मामा को छोरा को ब्याहामा ३-४ घण्टा जन्तीमा ट्याम लस गर्दा ३ नम्बर पुगेन मेरो । यस्तो चाहिने न चाहिने प्रोग्राममा आएर बोर्ड निकाल्ने ? "
"हैन दाई, मलाई बोर्ड निकाल्नु छैन। फस डिभिजन भए पुग्छ । "
"बाइ द वे , टेस्ट को रिजल्ट् भयो ?"
"भयो दाई ।"
" ईतिहास त चेन्ज भएन होला नि ? कल्ले फस हान्यो।"
"ईतिहास मा न भए नि भूगोलमा हुने रहेछ दाई । यसपाली पनि झन्डै सेकेन भाको। १५१ नम्बरले मात्र फस भाको ।"
अब भने बालक राम लाई बेक्कार मा टेस्ट को रिजल्ट् सोधेको जस्तो लाग्यो ।
"ल ल भैहाल्यो । एस् एल सी मा चाँही राम्रो गर ।"
अब भने बालक रामले आफ्नो धरातलिय यथार्थ राम्रो सँग चिनेको जस्तो लाग्यो।
कार्यक्रम सुरु भयो । समारोहमा बर्तमान विद्यार्थीहरुको तर्फबाट बधाई ज्ञापन गर्नको लागि उदघोषक महोदय ले राहुले को नाम लियो । अग्रपंकतिमा गजधम्म फुलेर बसेका बालक राम लाई असह्य भयो । रगतका नशा फुलेर आएको स्पष्ट देखिन्थ्यो।
संबोधन को क्रम मा बालक राम को प्रसंशामा २-४ शब्द खर्चि दिएं। अनुहार मा तेज वापस आयो। जे होस् आफ्नै बिरादरी को ब्रदर हो नि बालक राम ।
एस् एल सी सकियो ।
रिजल्ट् को पर्खाइ मा थिएं । बिभिन्न हडताल आन्दोलन को कारण बालक रामहरुको सेकेन इअर को गती दुर्गाती मै थियो।
फुर्सदिलो देखिन्थे बालक राम । टोल मा बालक राम को दाई ले कोल्ड ड्रिन्क्स को पसल भर्खरै खोलेका थिए। बालक राम पनि पसलमा आउथे कहिले काही ।
आषाढ को १३ गते, रेडियो ले अचानक राहुले को नाम फुक्यो ।
गोर्खापत्र र दि राइजिङ नेपाल को मुखप्रिष्ठमा राहुले को नाम र फोटो छापियो।
जिन्दगी मा बिरलै देखेको सपना पुरा भयो। सबजना खुशी थिए। स्कूल मा घर मा ।
टोलमा कसैले न चिन्ने थिएं , अब चिनियो। डाक्टर बालक रामको नाक मुख सात दिन सम्म देखिएन।
आठौं दिनमा कलम काका (मौसी काकीको पतिदेब) ले सगं: ( शगुण) दिने रे भनेर बोलाउन आउनु भयो।
हामी नेवारहरुको कुनै बिशेष उपलब्धीमा शगुण दिएर सम्मान गर्ने चलन अद्यापी छदै छ ।
बोलाएको ठाम मा जानै पर्यो।
घर को आँगनै मा मौसी काकी बिशाल मुस्कान सहित् स्वागतार्थ बसी राख्नु भाथ्यो।
बालक राम को अनुहार मा कुनै खुशी र मुस्कान दुबै थिएन।
औपचारिकता मिस्सिएको " कङ्ग्राचुलेशन " चाँही पाएं।
शगुन को कार्यक्रम सकियो। खानपिन गफगाफ चल्यो।
मौसी काकी ले सोध्नु भयो।
"फेरी मेरो राम ले एस् एल सि दिन मिल्दैन ? "
"बोर नाअेर कस्तो बोर भैराख्या त्यसलाई । अहिले सम्म बोर मानी राख्या छ ।"
"मिल्न त मिल्छ काकी........................................................ "
"फेरी एस् एल सी दिएर नि झन्डै बोर्ड................................................आयो भने गर्नु नि ? "
मेरो जवाफ सुने पछी काकीको पनि झाँकी देखियो र त्यहाबाट हिंड्नु नै कल्याणकारी ठांने , अन्यथा बालक राम लाई झोंक चल्यो भने खाना मात्र होइन अन्य चिज पनि खानु पर्ने हुन्छ ।
औपचारिक रुपमा धन्यवाद दिदै बालक रामको घरबाट सकुशल निस्कें ।
अस्तु!!!!