[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 260563 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-09-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
Last edited: 09-Oct-07 09:38 AM

 
Posted on 10-09-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५ किलो काउलि re launa yetro kaauli kasle kasle khane ho kunni. sanani bhai halcha ni timli golbhedaa ni dimla.

 
Posted on 10-09-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि मलाई चाँही अकबरे खुर्सानी ५ के जि है त? आफ्नो त टन्न पाहुना आउछन यस्पाली क्यार्नु
	
    

          
 
Posted on 10-09-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kohi naya chautari banaunu paryo. yo dashainko bela ma 

 
Posted on 10-09-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त दसैं सुरु भाई सकेछ।
 
Posted on 10-09-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरिअल लाई नमस्ते है 

 
Posted on 10-09-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाँच किलोको काउली खाउली
थोते लोग्ने पाउली :@

म नि उठें। सबैलाई "हाई" रे क्या। हाम्रो अम्रिकामा त जे भने नि हाई भन्छ। :D हाम्रो नेपालमा त तरुनीलाई हाई भन्यो भने झोल घोप्ट्या अनुहार लाएर एत्रो एत्रो आँखा ले घुरेर हेर्थ्यो। हाम्रो अम्रिकामा त तरुनीलाई हाई भन्यो भने मुसुक्क हासेर "हाई" भन्छ भन्या। :)



 
Posted on 10-09-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबैलाई ख्वाउनु पर्यो नि ठुली, अझ नपुग्ने हो कि ५ किलोले रिठ्ठे एक्लैले कस्तो खान्छ रे अनि जिम्माल बा को नि खुराक त ठुलै छ रे।
सेरिअल् स्वागत छ चौतारीमा।
 
Posted on 10-09-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 miss_me
भाब राम्रो लाग्यो -शब्द चयन पनि खतरा छ ! 
भोक्याबुलरि त भयंकरै रहेछ ! ति हिन्दी, उर्दू जस्तो सुनिने शब्दहरुलाई नेपालीकरण गर्दा बेस हुन्छ जस्तो लाग्यो ! 
 
को जोगाउछ? तुहिएको भ्रूण, ब्यभिचारी-तृष्णा
अज्माउ नभए मूढे भिटो, फणा तर रोकिन्न 
 
थाकिसके सबै वाग्जाल कति थेग्नु आँगनमा
होस गर तिमी धिमै सहि, धावा तर रोकिन्न

यी  गहन शेरले गर्दा मतला अलि फितलो र जेनेरल भयो या मलाई मात्र लागेको हो कुन्नि ?

कंकट भर गोरेटोमा पाइला तर रोकिन्न
घृणाले भर माया मेरो, यात्रा तर रोकिन्न


बिहानै पढेको थिएं र रेलमा "यात्रा"को कुरा सोची रहेको थिएं र तपाईले ठ्याक्कै लेख्नु भएछ ! 
"भर" दोहर्याउनु भएछ -आर्को शब्द राख्नु होला - 
सके सम्म पहिले प्रयोग गरेको शब्द नदोहर्याउनु भए राम्रो हुन्छ भनेर कतै पढेको थिएं मैले !

कंकड भर्नु भन्दा निकाली दिए कस्तो होला ? मैले बुझे अनुसार कंकडले अबरोध बुझाउन खोजेको हो 
तर मद्दत गरेको जस्तो लाग्यो ! प्रस्तुतीलाई अरु बलियो बनाउन अझ नेगेटीभ बनाउन भए एफेक्टिब हुन्छ होला ! 

मैले कमेन्ट गर्दा बडा जान्ने सुन्ने भयो भनेर गाली पनि खाएको छु -
 
तर तपाईको खुबीमा अझ चमक ल्याउन सकुं र केहि मद्दत गर्न सकुं भनेर मैले आंटे है ! 
 
अरु पनि लेख्दै जाम् !
 
 
 

 
Posted on 10-09-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोटफल् कलन्कीले हसायो।
"हाम्रो नेपालमा त तरुनीलाई हाई भन्यो भने झोल घोप्ट्या अनुहार लाएर एत्रो एत्रो आँखा ले घुरेर हेर्थ्यो।"
हेर्थ्यो रे तरुनी भनेर तरुनोलाइ हाई भनेछ कैलेले।
"हाम्रो अम्रिकामा त तरुनीलाई हाई भन्यो भने मुसुक्क हासेर "हाई" भन्छ भन्या। :)"
भन्छ? तरुनो हो है त्यो, पर्लाउ फसादमा भन्द्याछ।

 
Posted on 10-09-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे नमस्ते ठोकेँ ल सप्पैलाई!

लु को को ले दशैँमा नयाँ नयाँ लुगा किन्यो? फिरी पिङ्ग खेल्नु को को जाने हो अन्त?

आजु मदनवाले लुङ्गी लगाएर पिन्ङ खेल्छु भन्दैछन्त! मोलाई लास्टsss अचम्म लाग्योन्त आबो किनsss लुङ्गे नै लगाउनुपर्ने भनेर! उस्लाई सोधी पठाकोन्त मोइले, "ओ म्याड्स! तिमी किन लुङ्गी लगाउछु भन्छ हो पिङ्ग खेल्नुपनि? आबो सबजनाले के भन्छ?"

उस्ले मोलाई खेँ... खेँ... खेँ... गर्दै भन्यो, "ले कुमलवा दाजु! अथि इन्केस हमि पिङ्गबाट लड्यो भनेपनि लुङ्गीले पैरेसुटको काम कर्छ! अरे सेफ्टीको बारेमा हमि ज्यादै सिन्सेर छुँ!"


 
Posted on 10-09-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa yo ritthe kasto khanchuwaa raicha. sanani malai ta kauli manpardaina. 

 
Posted on 10-09-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL कैले ज्यु तेही भएर मलाई काउली मन्पर्दैन भनेको खित खित खित

 
Posted on 10-09-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal लाई नेपाली कुखुरो को chicken खुवौनु पर्‍यो


 
Posted on 10-09-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा
लुङ्गीले पैरेसुटको काम कर्छ

 
Posted on 10-09-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो कुम्ले सँग सङ्गै मदनवा को नाम किन आउछ हँ?

 
Posted on 10-09-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मिसदिदिले यस्तो राम्रो गजल् लेख्द्या? wow
शिरिश् दाई अब भाउजुले गजल् फजल् लेखेर बस्छ मात्र हैन कत्तीन जान्ने जस्तो सिखाउनु पर्ने गजल् फजल् भन्नुहोला है।
कुम्ले ले कति हसाउन जन्या फेरि हाहा।
हो तिम्रो अंरिकाने काउली मीठो हुन्न ठुली।

 
Posted on 10-09-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KOHI NAYA CHAUTARI BANAAONA BHANEKO

 
Posted on 10-09-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर?

रिट्ठे, ठूली, सान्नानी, कुम्ले, कैले, शिरीष गुरू, सिरियल र अरू सबैलाइ जदौ!

दशैं आयो
खाउँला पिउँला
कहाबाट ल्याउँला?
चोरी ल्याउँला
धत् पापी
म त छुट्टै बसुँला!

 
Posted on 10-09-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chi yo madanwaa लुङ्गी lagara ping khelne bhanecha. laaj nabaako mora 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters