nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 127208 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 01-30-06 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर, सिरे पुनि रमैलो अरेर आचन् । आफ्नु त के भन्नु खोइ, सपनाँ पनि विपनाँ पनि गुरुवाले खोइरो खन्या खन्यै छन् !

गाम्लेरु नि तेति देखिन छोडे आचेल त के भ'को होला ? चौताराँ आ'र बात मार्न नपाए नि यसो दम्तरीका गफ सुन्दै आलिआलि काम पनि अर्दै अरम भनेको, चरो, मुसो केइ को आबाज सुनिन्न यो चौताराँ त ! जिम्माल बुडा आम्ते यो ट्याममा के रे, ति पनि आज त कता हराचन् कुन्नी ! अर्घलीया अर्घेला बुडा डोको बुन्दै झ्यालट हेर्दै अरि राखेया होलान चौतारा तिर ! :)
 
Posted on 01-30-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर सिरले चिप्लेटि खेलेर रमाइलो अरेच । हाम्लाइ सोधेको भे न भन्दिन्थेम के रे कसरि चिप्लेटि खेल्न भनेर । त्यो गाम घर तिर लिड्को ला जस्तै त हो नि , घरि एउटा खुट्टा को भर पर्ने घरि अर्को खुट्टो को भर पर्नि घरि दुबै खुट्टा को भर पर्नि । अनि त सल सल चिप्लि हाल्च नि । लडे नि के भो र , ढुंगा हुदैनन, काडा हुदैनान , हैन त सिरे ?
पोहोर साल त चिप्लेटि खेलेको हो के रे, यसपालि खोइ मेसै परेन । म पनि खुब बर्लायाङ खाको थिए । खोइ दादा चुनाप लड्न गर सप्पै उतै भोट माग्न गका हुन कि के हो, चौतारीया त कोइ पनि देख्तिन के रे । कसै कसै ले त डल्लि फुपु पनि उठ्नि अरे भन्नि सुन्थे के रे । डल्लि फुपु उठे त चुनाप चिन्न उनकै छोरो राख्नि अरे, सारै मया लाउच अरे क्या ।
 
Posted on 01-30-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैच याँ? आफू त भर्खर आइयो यी। भात खाने जोहो अर्न हिनेको ब्यानै एतिबेला बल्ल चाइन्जो मेला सकियो। दिनभरि एउचिन चौताराँ आम्न मिल्या हैन।
लु सिरे आइसकेच चिप्लेटी खेलेर। अनि लोटिन्न त बुढेशकालाँ चिप्लेटी खेल्न जाँदा। साँच्चै त्यो साउन्ना त बस्यो भने बसौँ बसौँ लाउच हो। लु फोटु टाँस्तै अरुम है अरु नि।
अनि अरु कता कता लाए हँ नमे?
 
Posted on 01-30-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न बिर्खे चुनापां उठे त पैसा पाइदो रइच के रे, भोट हाले नि पैसा पाइन्च भनेर सप्पै तेतै लागे जस्तो छ । अजै खालि छन अरे उठ्ने ठाम । तेसै भर दादा त उतै हानिए के रे, म नि तेतै जान पर्च कि क्या हो । यसो हप्ता दश दिन त बन्दोबस्त हुन्च । होटलां बस्न नि पाइनि, पैसा नि पाइनि, भोट नि पाइनि । तर भोटको सट्टा भटट भो भने चै बर्बाद हुन्च ।
 
Posted on 01-30-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नमे उता गएर किन हात हालाहाल गरेर झगडा गर्दैछ गाँठे।
 
Posted on 01-30-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सुनेको कुरो है बिश्वस्त सूत्रबाट। दादा पखरा महेन्द्रपूल पुग्नासाथ शाही सेनाको फूलबारी ब्यारेकको आर्मीले च्याप्प समातेर फुत्त गाडीमा हालेर ब्यारेकभित्र लगेछ। हाम्रा दादा त ल अब के के हुने हो भनेर डरा'र देवी-देउराली, कूल देवता, पशुपति सब सम्झिन पुगेछन्, अझ गायत्री मन्त्र पनि जप्दै थिए रे भन्थ्यो आर्को देख्नीले त। तर भित्र लगेर सलुट पो ठोक्छ गाँठे! "२ ए राता मकै! म अझै निदा'को छु कि के हो?" भनेर दादाले आफूलाई चिमोट्न खोज्दा सेनालाई "सेवा" पुर्याउन आ'की नगरवधुलाई पो चिमोट्न पुगेछन्; उ करा'सी दादाले "सरी...सरी" भने रे। (यी बूढाले जानी जानी गरेका हुन्, चौतारीका दम्तरीले पो चिनेका छन् यीन्लाई! साँप्रा वरिपरि देखेपछि त्यसै त्यसै जम्जमाउँछन्।)
"हजुर मेर भइदिनु परो सा'प।" भन्छ रे एउटा रिकुटे।
"काँ मेर हुनु? जापान हुँदी मेरो पर्मेण्टी नुकरी छ। तेस्तो खास्साको नुकरी छोडेर यो भूतले खाजा खानी बेलाँ मेर-सेर हुनु छेन मलाई!" दादा कड्केछन्। मेर हुन्न भनेर कड्केपनि कड्किदाँको पारा भने पक्का मेरको जस्तो थियो।
"हुन्न भनेर पाईन्छ!? एउटा हैन तिन्टाको हुनुपर्छ। एउटा पुतली बजार भो, अरु दुइटा कुन चाईन्छ लु भनम्। पखरै पनि दिम्ला। नाम पनि तुल्पीटर गिरिसंग मिल्दोर'छ, गज्जब हुन्छ।" अर्को हाकिमजस्तो आएर धम्क्या'छ दादालाई।
दादापनि बाहुला सारेर रन्किन थालेका थे रे, मेरो सूत्रलाई सेनाले लघारेछ।

पुतली बजारचैँ दादाकै भो है अब। दादाले मानेर छाने भने मेरो विचारमा बाग्लुङ पनि छोड्दैनन्। "काठको छानो ढुंगाको मानो, स्वास्नी नपाए बाग्लुङ जानु" भनेर दादाले भनेको यी कानले पनि सुनेका हुन् कतिचोटि।
 
Posted on 01-30-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे यार एउ ठामा रमाइलो अर्न लाको एउटि रैदलिले त बिथ्थैमा झपार्चे के रे । अब तेसको गाम तिर नि जान नहुनि । अर्कै कुरा हेरेर हासेको उसैलाइ हेरेर हासे जस्तो पो अर्चे अनि भनेको नि अरु सै हासेको हो, तिमि सं होइन भनेर । क्यार्नु जमाना खराब छन ।
 
Posted on 01-30-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे गोताएँ।।
साँच्चै दादा क्यार्दै होलान अइले? नचिन्या बराजु हुन् र दादा यसो मिलो भने नेपालाट नि खिसिक्क साझाँ छिर्चन। अइले त भर्खर गाको भ्याइ नभ्याइ होला र पो
:)
 
Posted on 01-30-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा खुसुक्क साझा पसे त सातो लिने होलान नि ।
 
Posted on 01-30-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा यसरी शेर सुनाउँदै छन् ।

"हेरओ केटाओ,
जो मजा प्यालीमेँ है वह थालीमेँ नहीँ ।
जो मजा सालीमेँ है वह घरवालीमेँ नहीँ ॥" वाह वाह !! :)
 
Posted on 01-30-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे कुन इस्टेटाँ (state) रे? पूर्वि तट कि पश्चिमी? यसो सोध्न मुन लाओ के
:)
 
Posted on 01-31-06 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर दादा नभाको बेला दादा को कुरा काटेको ?
छेउमा हुदा जति दादागिरि गरेनि चुप लागेर बसेको देख्छु। नभाको बेला चाहि,,,,,,,,,,,,,,

:)
 
Posted on 01-31-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे म त पखरा ट हो । पुर्व नि होइन पस्चिम नि होइन, बिचा पर्यो के । दक्षिण नि होइन, बरु उत्तर पर्यो । कन्ननि डाडा ट इतिइति तल पर्यो । ट्याम नि पखराकै पर्यो । तर ठ्याक्कै उल्टो क्या ।
 
Posted on 01-31-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का सबै जना नेपालामा भोट माग्न गए जस्तो छ । आज भोली चुतरीमा गफ गर्नेहेरुमा कमी आएको छ । म पनि वडा अध्यक्षे हुन गएको त गामका बुड-पाखाहरुले हुँदैन नानी तिम्रो सनो छोरो छ उसको मुख हेरेर भए पने चुनावम न उठ्, नभए भट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट पारी दिन्छ्न हाम्रा जङल का दाजु-भाइहरुले भने बुडा-पाखाहरुको कुरा त मान्नु पर्छ भन्छ्न सबैले त्यही भनेर चुनावमा न उठेको ।
 
Posted on 01-31-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेओ बसाँ साँपओ कथाले हसाओ है।
**
ए गोताएँ, साउ बुडालाई अँखु देखाइदे, अनि कैले कसो चौपाराँ यस्तै रमैला कथा हाल्न आउनी गर् है।
**
मुन्द्रेलाई ठामहुर चैं खुबै जो था रैच गाँठे। बटौली, तानसेन, अर्गली, रिडी बाटाँ पर्चन के।
 
Posted on 01-31-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ब्यान देखि जम्मा तिन जना आएचन चौतारिआँ
किन सुक्या होला एस्तरी चौतारि आचकल?
जदौ काका बुडा !
 
Posted on 01-31-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा मु नि एतै छु, बोल्नि कुरै नपा'र चुपो ला'र बसिचु का !

**मुन्द्रेलाई ठामहुर चैं खुबै जो था रैच गाँठे। बटौली, तानसेन, अर्गली, रिडी बाटाँ पर्चन के।***

के खा'र धेरै था हुनि काका, एउ दुइ खेप गइचु तेता तिर नी तिमी बुडा पखरा ग'झैँ अरी। अर्गलीयाँ गएर काउली पनि खाइचु । नभको कुरो भन्न त भ'न के रे..त्याँ प्याउलीया फुल भने देखिन है ! देख्या मत्रै भए हाताँ चिम्टा ले'र गइतेँ के रे, मुइले जान्यो थेँ । :)

यो बनको फुल राम्रो प्याउली
फुल राम्रो प्याउली
साऽऽऽनु बतासैले उडाउँदा काँ जाउली
बाटो छ भिरालो
साऽऽऽनु कस्को आँगन कुरेर बसौली
यै लाऊँच पिरलो.....
 
Posted on 01-31-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू नि चुप लाएर कुरो सुनि रा’ हो, है! पईले पईले धेरै बोल्थिम् के रे, अईले, “पातकी बुढो धेरै बोल्छ” भन्देलान् कि भुन्नी डरले कुनाँ चुप लाएर बस्छु! धोबिनीलाइ सम्झँदै।

मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!
 
Posted on 01-31-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याऽऽऽऽऽ पुन्टेलाइनी के भ'को छ र हो भन्चु । धेरै बोलो भन्लान भन्नी डरले नबोलेर नि कँइ होला तो !
अबु सपै तेसरीनै डराउनी भा... तो स्वाँठ ग्यानेबादुर लाइ देशै छोडेर जा भन्नी खुपी भ'को को निस्किन्तो र ! बोलेसी बोलेओ बोलेइ हुन्च, मनाँ लाको कुरो पोख्दिए हुन्च निर्धक्क, कि कसो हो ?

आबु धोबिनियो च्यात्या पेटीकोट को के कसम खानी खोइ... दुलो पर्या बुलुसकै कसम भो लौ, क्यै परिआओ भुने म भएँ, लु जा ! :)
 
Posted on 01-31-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो क्या नाम भौते भन्ने पनि नेपाल को वालिङ तिर मेर हुन गको भन्ने सुनेथे क्या हो कुरो ? नत्र भे दमौली मै ससुराली बनार व्यास नर्पालिका को मेर हुन्छु भन्थे है बुढा ले, रौसी खर हो कि नाइ । कसै लाई था भे यता को चौतारी मा खबर गरुम होइ सैँ हुर ।

अबु भे न यसोरी कति दिन कुर्ने हो कुनी ? बुढो फेरी उतै त हराउने होईन होला पक्कै ? कन्ननी डाँडमा बसेर मात्रै भेन भन्थे, अबु केइ न केइ त गर्नोइ परो पनि भन्थे । लौ है साइँ हुर हाम्ले पुनि केइ गर्ने हो कि नै!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters