[VIEWED 60382
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-14-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sujata jee,
I have been wanting to write you for a long time but today, I could not wait anymore.
BTW, congratulations on you appointment for the post of a minister without portfolio and you will be looking after the office of your Prime Minister dad. The spot light you got, did not draw array of mixed reactions. Those who opposed did not carry any significance. But, your political foes must have gotten scared, as your dad took out a list of ministers from his grey coat at the premises of Singha Durbar with your name. This brought you one step closer to your dream of becoming a Prime Minister of Nepal and carry the legacy of Koirala clan. I also learnt that you are in the third position in the chain of command of the Nepali Congress Party. This must have put you in lots of pressure to command, control and contribute to the Congress party. In the past, you have been accused and associated with the scandals of Lauda, Dhamija, sandlewood and now the proposed selling of historical Nepalese Embassy in London recently to steel giant Laxmi Mittal. To strengthen your leadership and increase grasp within the party, you will definitely need more resources and financial backings, so you will be getting very seriously involved in ways to raise more money. This may lead you to more moral and immoral issues. Since there are no questions of accountability rising within or outside of the party, and as long as you contribute to the welfare of the party, you will be all fine. You have the capability to annihilate who go against you. You have been an international relation specialist, a central committee member and a nominated member of the parliament of the party. You will get away easily as previous who were considered defaulters but came out clean from the judiciary. You will be appointing those judges. After all, even Girija Babu set us with examples of printing fake money to run the party. I had been reminding myself constantly that there is no clean and fiscally responsible political party with any tinted records. So what ever you do or did, you should be all fine. Just make sure that you keep your shopping sprees hidden from the public eyes.
Actually, I am pretty surprised not to hear that much of or any opposition on you appointment to the minister ship. Now you have a big ship to navigate. The so called intelligentsias, opposition political parties, civil societies and oppositions within your own congress party were all quiet. Girija Babu, with his skills and management with surgical precisions (and, of course, your diligence to make him listen to you), must have dissected their barking tongues out. A nicely done piece of work like art !! But yet the danger does not stop there and will keep on lingering as your oppositions might try to make this an issue during elections (If at all it takes place). What a grand design !!
I do know how good a Prime Minister you would be! After all, people from Nepal have never chosen a PM with developmental agenda, social justice or someome raise the living standard of common Nepali, so you are not be any different than others. For you to come to power, you need more heads not the contents, which you have been working on. I am sure you are bringing in more heads that nod to your commands and clap to your speeches. Knowing you from the surface, you will do very well to yourself and your supporters when (if- is not the word of choice) you become a Prime Minister. Regarding the development of Nepal, it will take its natural course. Who has been serious about that up to now? After all who has become a PM of Nepal who has vision and with agenda to develop, and plan for the future? As in the past, you should be just fine with what ever capabilities you have.
In the mean time, from now onwards, I would like to document your daily activities, your great speeches, thoughts and your personal achievement as archives (yet unauthorized documentation) until you become a Prime Minister of Nepal.
At the end, I would like to remind you that I am not associated with any political parties, but as a citizen of Nepal, I am interested in developing events and every day happening.
Please do not take this as a way to impress you.
Yours,
Shirish
काठमाण्डु, बाङ्गेमुढा
हाल: बोष्टन, अमेरीका
I beg your pardon for some of the inaccuracies.
NB: I will be ridiculed if you don't become a PM of Nepal, please work hard to become one.
Last edited: 14-Jan-08 11:14 AM
|
|
|
|
Gaine
Please log in to subscribe to Gaine's postings.
Posted on 08-20-09 7:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोइरालाको खुम्चिँदो भूमिका बिहिवार, 20 अगष्ट 2009 09:06 गगन थाप अविकसित देशहरुमा विज्ञान तथा प्रविधिमा गरिने लगानीलाई विलासिताको विषय मान्दा भोग्नु परिरहेको क्षतिका बारेमा लेख्न बसेको थिएँ। तर परराष्ट्रमन्त्री ज्वरोले थला परेको समाचारको प्रभावले विज्ञानका बारेमा लेख्ने एकाग्रता जुट्न सकेन। एउटै दलको सदस्य साथीका रुपमा रहेकी परराष्ट्रमन्त्रीलाई केही भन्न सुनाउन दलभित्रकै चौताराहरु प्रयोग गर्नु उपयुक्त र विधिसम्मत हुन्छ। तर रंगमंचमा पर्दा अगाडि पात्रहरु जति प्रभावशाली देखिए पनि आखिर तिनको हाउभाउमा समेत पर्दा पछाडिको निर्देशककै नियन्त्रण रहन्छ। केटाकेटीमा काखी मुनि प्याज राखी ज्वरो आएको स्वाङ गरेर आमालाई झुक्याइन्थ्यो। यहाँ त पिता स्वयंले पुत्रीलाई काखीमुनि प्याज राख्ने चतुर्याईँ सिकाउनु पर्यो । हुन त परराष्ट्र मन्त्रीका पिताजी हाम्रो पार्टीका प्रमुख हुन् तर पार्टीका छलफलमा अनुपस्थित रहने र आपुनो खोपीमा आफूले छानेकालाई मात्र प्रवेशाज्ञा जारी हुने भएकोले खबर पठाउने यो नै उपयुक्त माध्यम हो जस्तो लाग्यो। किनभने बिहान सखारै आपुना सहयोगीहरुलाई पत्रपत्रिका वाचन गर्न लगाउने बानी छ अरे भन्ने सुनिएको छ। संविधानसभाको सदस्यको जिम्मेवारी पाएपछि नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठकमा सहभागी हुँदा बाहिर हस्ती भनेर चिनिने नेताहरुले समेत चियागफमा हामी विद्यार्थीले कांग्रेसको नेतृत्व यस्को कार्यशैलीका बारेमा गर्ने टीकाटिप्पणी कै शैलीमा बोलेको सुनेपछि छेउमा बस्ने एक केन्द्रीय नेतालाई भने - 'दाइ! मलाई ठूलो भ्रम रहेछ । कांग्रेस त जम्मा १५ जनाले चलाएका रहेछन् । बाँकीको हालत त सडकमा बस्ने कांग्रेसको जस्तै रहेछ' उनले सोधे -'को १५ ?' मैले भने -'कांग्रेसका सभापति पदाधिकारी र केही डाक्टरसापहरु' उनले मुस्कुराउँदै भने -'यहाँसम्म आइपुग्दा तिम्रो एउटा भ्रम हट्यो । अब त्यो १५ भित्र पुग्यौ भने अर्को भ्रम टुट्ला। हामी १४ कोही र केही होइन रहेछौँ कांग्रेस त जम्मा एकजनाले चलाउने रहेछ।' संसदीय दलको बैठकमा मैले यो किस्सा सुनाउँदा १५को समूहमा पर्ने नेताहरुले मलाई धाप दिँदै भनेका थिए- 'भाइ आज तिमीले बडो चित्त बुज्दो कुरा गर्यौ।' यसपछि पनि सकेपछि १५को समूहका बाँकी नेतालाई सिकायत सुनाउने अर्थहीन काम किन गर्नु आपुनो विख्यात पुस्तक'दि एण्ड अफ पोभर्टी'मा जेफरी स्याक्स लेख्छन् - 'विकास र प्रगतिको भर्याङ अचम्मको हुन्छ। जमीन र पहिलो खुड्किलोबीचको खाडल नै सर्वाधिक फराकिलो हुन्छ। जुन देशले यो खाडल नाघ्ने छलाङ मारेर विकासको पहिलो खुड्किलामा टेक्छ थप सिँढी उक्लन कसैले रोक्न सक्दैन।' हामीले विकासको भर्याङको पहिलो खुट्किला टेक्ने प्रयास धेरै पटक गर्यौ तर सधैँ पछारियौँ । एकपटक फेरि यस्तो प्रयास गर्दै छौँ । थाहा छैन यस पटक पनि पछारियौँ भने उठ्न कति वर्ष लाग्ने हो यस पटक नपछारिन प्रत्येकले आपुनो जिम्मेवारी पूरा गर्नु नै पर्छ - प्रत्येक नागरिकले, प्रत्येक क्षेत्रले, प्रत्येक दलले, कांग्रेसले, एमालेले माओवादीले । म र मेरोजस्तो भूमिका पाएका सबैले। हाम्रो थाप्लोमा आएको जिम्मेवारी निर्वाह गर्न आवश्यक योग्यता र दक्षता प्रदर्शन गर्न नसकेको जायज गुनासोलाई मैले र मेरोजस्तै जिम्मा पाएका साथीहरुले स्वीकार्नै पर्छ। तर फेरि पनि जसको भुमिका धेरै हुन्छ उसैको जिम्मेवारी पनि अधिक हुनु स्वाभाविक हो । त्यसैले सत्य यही हो माओवादीभित्रको 'बिग सेभेन'को विचार र कर्मले नै हाम्रो शान्ति प्रत्रि्रुयामा माओवादीको भूमिका तय गर्छ अनि कांग्रेसभित्र परराष्ट्र मन्त्रीका पिताजीको विचार र कर्मले नै कांग्रेसको भूमिका । कांग्रेस र माओवादीको भूमिकाले शान्ति प्रवि्रुयाको भविश्य तय गर्छ । यसरी सूत्र बनाउँदा कांग्रेस = अन्य राजनीतिक दलहरु = सफल शान्ति प्रवि्रुया कांग्रेस = गिरिजाप्रसाद कोइराला गिरिजाप्रसाद कोइराला = सुजाता कोइरालाको पिताजी बन्न आउँछ । त्यसैले पनि नेपाल फेरि नपछारियोस् भन्ने प्रयत्न गर्नेहरुका निम्ति आज 'दिज्यू'को ज्वरोलाई शान्ति प्रवि्रुयाको भविष्यसँग जोडेर हेर्न वाध्यता बन्न पुगेको छ ।
नेपालजस्तो राष्ट्रको प्रगतिका निम्ति अन्तत एउटा 'परोपकारी तानाशाह' अनिवार्य भएको तर्क गर्नेहरु प्रशस्त भेटिन्छन् । तर वंशानुगत राजतन्त्रको अधिनायकत्वमा शाताब्दियौँ खेर फालेको हाम्रो अनुभवले सिकाएको पाठ हो - नेपालजस्तो देशको प्रगतिका निम्ति आवश्यक भनेको परिष्कृत लोकतन्त्र नै हो । प्रभावकारी पारदर्शी जनउत्तरदायी र कार्यदक्षतायुक्त लोकतान्त्रिक संस्थाहरु नै परिष्कृत लोकतन्त्रका आधार हुन् । कुनै समय गिरिजाप्रसाद कोइरालाको सहयोगी र सल्लाहाकार समेत रहेका पुराजन आचार्यले भनेजस्तै २०४८ सालको जननिर्वाचित सरकारको कालखण्डमा गिरिजाबाबु खिइएर गिरिजादाजुमा रुपान्तरित हुँदा यस्तो संस्था र यस्का निम्ति चाहिने संस्कार र संस्कृतिको जग नै बसाउन सकिएन । समयले फेरि गिरिजाप्रसाद कोइरालालाई गिरिजादाजुबाट गिरिजाबाबु बन्ने ठाउँ दिएकै हो । र यो भाग्यले गर्दा भएको वा कागताली परेको पनि होइन यस्को जस उनको कर्मलाई नै दिनुपर्छ बरु केही जस पूर्वराजाको मूर्खतालाई पनि दिन सकिएला । संविधानसभाको निर्वाचनको व्रुममा देशभरि डुल्दा मैले नजिकबाट देखेको थिएँ जनताका पंक्तिले गिरिजाबाबुलाई परिवर्तनको सर्वोच्च नेताको रुपमा स्वीकार गर्न थालिसकेको थियो । तर निर्वाचन पश्चात राष्ट्रपतिको लालसा राख्दा राष्ट्रपिताको सम्मान गुम्न गयो । त्यसपछि कांग्रेसको जागरण अभियानको व्रुममा पार्टी सभापतिसँग देशका महत्वपूर्ण स्थानमा आयोजित जनसभामा सहभागी हुने व्रुममा देखेको थिएँ आपुनो जीवननै कांग्रेसमा समर्पित गरेका कांग्रेसका सदस्यहरुको ठूलो पंक्तिको कत्रो श्रद्धा कत्रो भरोसा यिनीमाथि ! यो श्रद्धा वास्तवमा छोराछोरीले बाबुलाई गर्नेजस्तो थियो । हामी सबैले उनलाई सबैको पितामह बनाउन चाह्यौँ तर उनको रोजाइ भने धृतराष्ट्र बन्नमा रह्यो। केहि दिनअगाडि कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न रुचिपूर्वक विशेष पहलकदमी गरेको सुनियो । दलहरुबीच टुट्दै गएको सम्बन्धलाई हार्दिक बनाउन यस्तो संयन्त्र अपरिहार्य छ । यस्तो संयन्त्रलाई वि्रुयाशील बनाउन सके नै शान्ति प्रवि्रुयामा देखिएका अनपेक्षित जटिलता पछाउँदै सबै दलहरु सम्मिलित सरकार बनाएर नयाँ संविधान घोषणा गर्ने मार्ग प्रशस्त हुन सक्छ । सायद यस्तै अपेक्षाले होला कोइरालाको पछिल्लो प्रयत्नले सबैलाई उत्साहित बनाएको थियो । तर छोरीलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्रीलाई कोइरालाले दिएको दबाबले त्यस्तो प्रयत्न केबल पुत्रीको लाभका लागि राजनीतिक प्रकि्रयामा आपुनो प्रभुत्व निरन्तर राख्ने अभिप्रायले गरिएको पुष्टि गर्छ । गिरिजाबाबु वास्तबमै अब सानोबुबा मात्र रहे सुजाता कोइरालाको सानोबुबा । हाम्रो भाग्य र भविष्यलाई यति विघ्न प्रभावित गर्ने भूमिका ओगटेर पुत्रीको भविष्यमा मात्र आपुनो विचार र कर्म केन्द्रित गर्नु गम्भीर कसुर हो इतिहासप्रतिको बेइमानी । अब पनि शान्ति प्रत्रि्रुयाको सफलतामा गिरिजाबाबुको भूमिका खोज्नु आत्मघाती मात्र हुनेछ । आफ्नो सहयोगीले वाचन गरेको यो लेख सुन्दै गर्दा गिरिजाबाबुमा आफ्नै दलको भूराको दुस्साहसप्रति रणझोक चढ्ला नै वा गणेशमान त थला परेको यो पार्टीमा यस्ता नाथेको राजनीतिक भविष्यको के गति होला भनेर दया पनि जागेको होला। तर यति मात्रै भन्छु हामीलाई हाम्रो नेता बीपी कोइरालाले यही सिकाएका थिए 'तिम्रो हितभन्दा पार्टीको हित ठूलो, अनि पार्टीको हितभन्दा राष्ट्रको हित ठूलो।' पार्टीको सदस्यतालाई नागरिकताले जित्नुपर्छ। एउटा सही कांग्रेसले यसरी नै सोच्न सक्नु पर्छ। त्यसैले मेरो आवाज नपुग्ने खोपी भित्र रहेका मेरो श्रद्धेय नेतालाई चिच्याई चिच्याई भन्न मन लागेको छ - भो अब तपाईँ विश्राम लिनुस् । पार्टीका हितका निम्ति अनि यो राष्ट्रको हितका निम्ति। किनभने समाजमा यसरी जरा गाडेको वंशानुगत राजतन्त्रको जरा किल्ला उखेल्ने हातहरु नयाँ राजतन्त्रको किल्ला ठोकेको टुलुटुलु हेरेर बस्न तयार छैनन्।
अन्त्यमा कैयन पटक मानिसहरु नेतृत्व र अधिकारमा भेद छुट्ट्याउन असमर्थ हुन्छन्। अधिकार चुनाव या चयनबाट प्राप्त हुन्छ। नेतृत्व अन्य स्थितिमा पनि प्राप्त हुन्छ तर यस्को आशय उत्तरदायित्व स्वीकारसँग जोडिएको हुन्छ। के नेपाली कांग्रेसको नेतृत्व गरिरहेको दाबी गर्ने कार्यवाहक सभापति सुशिल कोइरालाले पार्टीको निर्णयबेगर यस्तो निर्णय गर्ने परराष्ट्र मन्त्रीलाई फिर्ता बोलाएर आपुनो दाबीको पुष्टी गर्न सक्लान् अनि सिंगो नेपालको नेतृत्व गर्ने प्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय स्वाभिमानभन्दा आपुनो अभिमानलाई ठूलो ठान्ने यस कर्मलाई दण्डित गर्ने साहस छ होला ?
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 08-20-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुजातालाई फिर्ता बोलाउन दबाब
कुलचन्द्र न्यौपाने काठमाडौं, उपप्रधानमन्त्री बन्न नपाएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकाएक भारत भ्रमण स्थगन गर्दा पार्टीको छवि धूमिल भएको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाउन कांग्रेसमा दबाब परेको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बुधबारको बैठकमा सदस्यहरूले एकलौटी निर्णय गर्ने सुजातालाई फिर्ता बोलाएर अनुशासनको कारबाही गर्न दबाब दिए । सुजाताको एक्लो असन्तुष्टिसँगै कांगे्रस सरकारबाट बाहिरिन्छ कि भन्ने टिकाटिप्पणी आएपछि केन्द्रीय समितिले 'वर्तमान सरकारलाई मजबुत गर्ने' निर्णय लिएको छ । 'वर्तमान सत्ता समीकरणलाई कांग्रेस निरन्तर समर्थन र सहभागी हुने कुरा दृढतापूर्वक व्यक्त गर्छ,' कांग्रेसको निर्णयमा भनिएको छ । बैठक कार्यवाहक सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको थियो । बैठकपछि कांग्रेस संसदीय दलका नेता एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीको भ्रमण स्थगनले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार टुट्छ कि भन्ने आशंका गर्नु नपर्ने बताए । 'गठबन्धन सरकार नै टुट्दैछ भन्ने खालका जुन आशंका गरिँदैछ, त्यसप्रति कुनै सत्यता छैन,' उनले भने, 'सरकारको दृढ समर्थन र सहभागिता प्रस्ट पार्न चाहन्छौं ।' भ्रमणमा निस्कनु अघिल्लो दिन भेट्न पुगेका प्रधानमन्त्री नेपालसँग सभापति गिरिजाप्रसाद कोइरालाले सुजातालाई उपप्रधानमन्त्री बनाएर भ्रमणमा लैजान भनेका थिए । प्रधानमन्त्री नेपालले नमानेपछि सुजाताले निस्कनु केही घन्टाअघि मात्रै 'बिरामीको बहानामा' भ्रमण स्थगन गरेकी थिइन् । कांग्रेसले उपप्रधानमन्त्रीको कुनै दाबा नलिएको पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले बताए । 'उपप्रधानमन्त्रीमा कांग्रेसको संस्थागत दाबा थिएन र छैन पनि,' उनले भने, 'कसैको व्यक्तिगत लहडले पार्टीको संस्थागत निर्णयको रूप लिन सक्दैन ।' कांग्रेस उपसभापति प्रकाशमानसिंह श्रेष्ठले 'परराष्ट्रमन्त्री प्रधानमन्त्रीसँग भारत भ्रमणमा नगएपछि अनेक टिकाटिप्पणी आएको हुँदा सरकार मजबुत पार्ने निर्णय भएको' बताए । 'परराष्ट्रमन्त्रीको व्यक्तिगत निर्णयलाई पार्टीकै आधिकारिक निर्णय हो कि भन्ने भ्रमसमेत पर्यो,' श्रेष्ठले भने । उनले यही गठबन्धनको सरकारबाट नयाँ संविधान जारी गर्नेदेखि चुनावसम्म मिलेर जाने बताए । बैठकमा सुजातालाई उपप्रधानमन्त्रीमा पदोन्नति गर्ने सभापति कोइरालाले प्रधानमन्त्रीसँग व्यक्त गरेको भनाइप्रति पनि अधिकांश केन्द्रीय सदस्यले आलोचना गरेका थिए । कोहीले उनको भ्रमण स्थगनको वास्तविकता बुझ्न स्पष्टीकरण लिएर अनुशासनको कारबाही गर्नुपर्ने बताएका थिए । सरकारमा कांग्रेसको नेतृत्व गर्ने व्यक्तिबाटै सामान्य कूटनीतिक मर्यादा पालनासमेत नभएको यो घटनाले पार्टी र मुलुकलाई लज्जित तुल्याएको भन्दै केन्द्रीय सदस्यहरूले अनुशासनको कारबाही हुनुपर्ने तर्क अघि सारेका थिए । उपसभापति श्रेष्ठले अनुशासनसम्बन्धी कारबाही हुनुपर्छ भन्ने धारणा आए पनि कुनै निर्णय भइनसकेको बताए । बैठकमा धारणा राखेका १९ जना केन्द्रीय सदस्यमध्ये १७ जनाले सुजाताको भ्रमण स्थगनले सरकारको स्थायित्व र विश्वसनीयतामा प्रश्न उठेको बताउँदै यसलाई स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । पार्टीमा छलफल नगराई एकलौटी निर्णय लिने कांग्रेस सभापति कोइरालाको प्रवृत्तिप्रति व्यापक आलोचना भएको थियो । 'अब पार्टी र सरकारबारे कोइरालाले पार्टीको संस्थागत निर्णयभन्दा बाहिर जान पाउनु हुन्न,' सदस्यहरूले भने । सभापति कोइरालाले भने सुजाताको भ्रमण स्वास्थ्यकै कारण स्थगन भएको सन्देश केन्द्रीय समितिलाई पठाएका छन् । उनले कार्यवाहक सभापति कोइराला र संसदीय दलका नेता पौडेलसँग मंगलबार साँझ भएको भेटमा यस्तो सन्देश पठाएका हुन् । कोइरालाको भनाइ कार्यवाहक सभापतिले बैठकमा राखेका थिए । कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले यो निर्णयबाट संस्थागत रूपमा सरकारको फेरबदलमा कुनै परिवर्तन नपार्ने बताए । 'संस्थागत रूपमा सरकारलाई प्रतिकूल कुनै असर पुग्दैन,' उनले भने, 'व्यक्तिलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा छानबिन भएको छैन ।' सुजाता भने बुधबार पनि दिनभर निवासमै थिइन् । उनी दिनभरजसो आफ्ना नजिकका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहिन् । भ्रमण स्थगनबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् । उनका प्रमुख स्वकीय सचिव भरत सापकोटाले 'मन्त्रीज्यू कमजोर भएर आराम गरिराख्नुभएको छ' भनी प्रतिक्रिया दिए । पार्टीले लिएको निर्णय र उठाएका विषयमा उनले आपत्ति प्रकट गर्दै आफ्नो स्वार्थसिद्धका लागि यी सबै कुरा भइरहेको भन्दिनु भनेर स्वकीय सचिवलाई भनेकी थिइन् । 'मन्त्रीज्यूले यही भन्नुभएको छ,' सापकोटाले भने । Posted on: 2009-08-20 00:09:06
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 08-20-09 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Everytime the ministerial cabinet shuffles, the one of the two names I dont want to see (in the list of ministers) is SUJATA KOIRALA, the other being BADRI MANDAL. on what grounds, does she and her dad want the DPM? wat has been her contribution so far in the politics of Nepal. Wat plans does she have for the betterment of Nepal once she becomes DPM?
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 08-20-09 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wakka bhaisakiyo yo kangreshi tala dekhera pani; aba Girija and Koirala Family et al. bahek ko Nepali Congress banaunu parchha Nepal ko pragati nai garne ho bhane.
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 08-21-09 12:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गिरिजा एक्लै र फगत एक्लै काङ्ग्रेस हुन् । बाँकी काङ्ग्रेसीहरु केवल गनगनमार्गी रुन्चेहरु हुन् । - खगेन्द्र संग्रौला
http://www.nagariknews.com/opinions/98-opinion/4181-2009-08-21-03-00-05.html
सुजाता महात्म्य प्रधानमन्त्री माधवकुमार नेपाल कान्तिहीन स्वत्वहीन र निस्तेज अनुहार लिएर दिल्ली यात्रामा झरे। वास्तवमा यो माधवको मौलिक अनुहारै होइन । तिनको अनुहारमाथि सुजाताका अनुहारको कार्बनकपी खापिएको छ । खापिदिने कर्ता पिताश्री गिरिजाबाबु हुन् । राजनीतिका कतिपय भक्तहरु बिरामी भएको निहुँ बनाएर कुर्सी आरोहण गर्ने भर्याङ माग्न वा पाएको कुर्सी टिकाइमाग्न आपुना श्रीहजुरहरुको दर्शन गर्न खुत्रुक्क दिल्ली झर्ने गर्छन् । तर सुजाताले उल्टो गरिन् । तिनका काँधमा परराष्ट्र मन्त्रीको भूमिका थियो । ती परराष्ट्र मामिलाकी प्रवक्ता थिइन् । त्यसैले प्रधानमन्त्रीको भ्रमणमा तिनको उपस्थिति अनिवार्य थियो । यो मौका छोपेर पुत्री सुजाताले उपप्रधानमन्त्री बन्ने रहर गरिन् पिता गिरिजाले बनाइदेऊ भनेर माधवलाई अह्राए । बनाइदिउँ आपुनो स्वत्वविहीन अनुहार झनै स्वत्वविहीन हुने नबनाउँ गिरिजाबाबुका अनुकम्पाले आइलागेको अपुनो कुर्सी हल्लिने । माधव धर्मसङ्कटमा परे । उपप्रधानमन्त्री पद नपाउँदाको झोँकमा सुजाता हठात् स्वेच्छिक बिमारको सिकार हुन पुगिन् । तिनलाई अदृश्य झाडा-पखाला लाग्यो । ती मनमनै इन्तु न चिन्तु हुने गरी थला परिन् । तिनी उपचार गराउन दिल्ली जान पनि सकिनन् । र प्रधानमन्त्री माधव नेपाल परराष्ट्र मन्त्री सुजाताबिनाको ६३ व्यक्तीय खाओवादी जुलुस लिएर अशोभनीय र निरर्थक दिल्ली दौडाहामा हेलिए। यस घडीमा नेपाली साचार सुजातमय भएको छ । सुजाताले राष्ट्रिय लज्जाको रचना गरिन् भनेर तिनको भत्स्रनामा सम्पादकीयसमेत लेखिएको छ । तर राष्ट्रिय लज्जाकी रचनाकार सुजाता होइनन् निजका पिता हुन् । राष्ट्रिय लज्जाकी रचनाकार सुजाता होइनन् तिनलाई परराष्ट्र मन्त्री स्वीकार गर्ने माधवकुमार नेपाल हुन् । राष्ट्रिय लज्जाकी रचनाकार सुजाता होइनन् तिनलाई परराष्ट्र मन्त्री बनाउने गिरिजाको आदेशलाई चुपचाप शिरोपर गर्ने बाइसे काजीहरु हुन् । अनि काङ्ग्रेसीगण काङ्ग्रेसीगण निस्तेज निरुपाय र निरीह जम्बोरी हो । गिरिजा एक्लै र फगत एक्लै काङ्ग्रेस हुन् । बाँकी काङ्ग्रेसीहरु केवल गनगनमार्गी रुन्चेहरु हुन् । ती गिरिजाको एकल तानाशाहीमाथि अर्थपूर्ण ढङ्गले हस्तक्षेप गर्न सक्दैनन् । ती गिरिजाको तानाशाही आज्ञाको अवज्ञा गर्न सक्दैनन् । ती न कहिल्यै साहसिक निर्णय गर्न सक्छन् न कहिल्यै जोखिम उठाउँछन् । एकल गिरिजाको स्वेच्छाचारी शक्ति काङ्ग्रेसीगणको सामूहिक अकर्मण्यतामा छ । तिनले गर्न सक्ने कुरा फगत उत्तानो सुतेर दुई खुट्टाले आकासलाई प्रहार गर्दै रुनु हो । जसरी अहिले रोइरहेका छन्। सुजाताको मनोविकारग्रस्त बिमारमाथि बहस गर्न रुन्चे काङ्ग्रेसीहरु बैठक बसेछन्। र तिनले विचित्रको निर्णय गरेछन्। तिनको निर्णयमा अयोग्य सुजालाई दण्ड र सुयोग्य माधवलाई थप पुरस्कारको जिरह गरिएको छ। देउता सुन्दैनन् गिरिजाबाबु टेर्दैनन् । तिनले दण्डस्वरुप सुजाताको पदच्यूत गरिमागेको कोसँग हो थाहापत्तो छैन। बैठके काङ्ग्रेसीहरुलाई सुजाताको बिमार सल्किएर माधवको कुर्सी थला पर्ला कि भन्ने चिन्ता परेछ । र तिनले अगोचर र निराकार भगवानसँग पुकारा गरेछन् - परम् दयालु प्रभु! माधव सरकार संविधान जारी हुने दिनसम्म जारी रहोस् । मलाई लाग्छ सरकारमा सुजाता नरहनु र माधव रहनु कल्पनाबाहिरको कुरा हो । सुजाता माधव विद्या गच्छदार पाण्डे रावल चौधरी आदि सबै गिरिजाबाबुका रोज्जा पात्र हुन् । यिनमा सुजाता पात्र नम्बर एक हुन् । सरकारको अदृश्य वरियताक्रममा रोल नम्बर एक पनि तिनै हुन् । माधव अख्तियारसम्पन्न रोल नम्बर एक हुँदा हुन् त सुजाताले आपुनो दायित्वमाथि आगजनी गरेकै क्षणमा तिनलाई बर्खास्त गर्थे । वास्तवमा भीक्षार्थीले दाताकी प्रिय पुत्रीलाई बर्खास्त गर्ने तर्क नै हास्यास्पद हो । गिरिजाबाबुका वंशवादी दृष्टिमा सुजाता एकाघरकी हुन् माधव बाहिरका हुन् । गिरिजाबाबुले एकाघरकी सुजातालाई पाखा पारेर बाहिरका माधवलाई काखमा बोकिदेलान् भनी आशा गर्नु केवल मृगमरिचिका हो । सर्वेसर्वा कर्तालाई पुत्री सुजाता सर्वगुणसम्पन्न लागेपछि काङ्ग्रेसीगणले गुणविहीन देखेर के फरक पर्छ ? सरकारका आसनहरुमा पुष्पकमल दाहाल प्रचण्डका ठाउँमा माधवकुमार नेपाल बाबुराम भट्टराईको ठाउँमा सुरेन्द्र पाण्डे र उपेन्द्र यादवको ठाउँमा सुजाता कोइरालालाई राखिनु लोकसम्मति योग्यता र दक्षता सबै कुराको सरासर उपहास हो । लाग्छ यो सरकार बनाउने बाइसे काजीहरुका दृष्टिमा पराजय नै विजय हो अयोग्यता नै योग्यता हो र अदक्षता नै दक्षता हो । यो सत्य हो भने उच्छृङखलतालाई मर्यादा मानिनु अन्यथा होओइन । माधव सरकार तर्क गर्ने यही तरिकाको धरातलमा उभिएको हो भने सुजाताको उच्छृङखलतालाई मर्यादा किन नमान्ने खराब बिरुवा रोपेर असल फलको आशा गर्न कसरी मिल्छ ? काङ्ग्रेसीहरुको उत्कट चाहना छ माधव सरकारको आयु संविधानको घोषणा हुने दिनसम्म नै तन्किएर जाअेास् । माधव सरकारप्रति यिनको यति गहिरो मोह र विश्वास किन होला गिरिजाबाबुको मोह र विश्वास त बुझिने कुरा हो । यी बूढा मान्छेलाई प्रधानमन्त्रीमा जनविश्वासप्राप्त पात्र होइन सजिलो पात्र चाहिएको छ । माधव सजिला छन् । गिरिजाबाबुले प्रधानमन्त्री बनाइदिएपछि माधवबाबु जुनीजुनीसम्मका लागि उनीप्रति कृतकृत्य छन् । ती कृपाकारीले जे भन्छन् त्यो मान्नु यी कृपापात्रको अनिवार्य कर्तव्य हो । कर्तव्य पालनाको सिलसिलामा माधव कि त सुजातालाई उपप्रधानमन्त्री बनाउन वाध्य हुन्छन् कि यिनको कुर्सी धरापमा पर्छ । गनगने काङ्ग्रेसीहरु यी दुई कुरालाई रोक्न के गर्लान् उत्तानो सुतेर दुई खुट्टाले आकासलाई प्रहार गर्दै रोएर यो काम फत्ते हुने होइन क्यारे! माधव सरकारको सेटमा सुजाता एक अनुपम आभूषण हुन् । माधव गच्छदार सुजाता विद्या सुरेन्द्र भीम मिस्टर चौधरी आदि गरी यो सेटमा चुनाव नजितीकन अतीतको ब्याज खाने नेताश्रीका कृपाले मनोनीत हुने बाबुकी छोरी लोग्नेकी स्वास्नी र मामाको भानिज हुँदैमा मन्त्री बन्न स्वतः योग्य मानिने मानकमा उत्तीर्ण पात्रहरुको रमितैलाग्दो जत्था छ । यो मानकमा सुजाताको सर्वोत्कृष्ट स्थान छ । कारण उनी प्रधानमन्त्रीदेखि सकल मन्त्रीहरुका भाग्यविधाता पिताकी भाग्यमानी पुत्री हुन् । उनीमाथि कार्बाइ गर्न कसका बाउको पिताम जब सुजाता जान्छिन् उनको पुच्छर समातेर सिङ्गो सरकारै जान्छ । गन्तीमा त बाइसे काजीहरु र तीन सय साठी विधायकहरु आउँछन् नै । तर ती सब केवल मूक थप्पडी बादक हुन् । गिरिजाबाबु यिनका ब्रह्मा विष्णु र महेश तीनै देवावतार हुन्। गिरिजाबाबुका खल्तीमा सुजाताको राजनीतिक यात्राको स्पष्ट मार्गचित्र छ । भगवान दाहिना भए सुजाता छिटै नै उच्चस्तरीय संयन्त्रकी संयोजक बन्ने छिन् । अनि त्यसपछि कुन्नि त्यसपछि हामीले सुजातालाई प्रधानमन्त्री र बाबुराम भट्टराईलाई उनको उपप्रधानमन्त्रीको हैसियतमा पो देख्नुपर्ने हो कि आखिर लोकतान्त्रिक गणतन्त्रमा जे नदेखिनु पर्ने हो त्यो देख्न हामी श्रापित छँदै छौँ । के राजनीतिको यो उल्टो अहितकर धारको आयु लामै होला थाहा छैन । पराजित मनोनीत र कृपापात्रहरुको यो दख्खिनमुखी सरकारसँग संवाद गर्न एक लाख नागरिक सडकमा ओर्लिएको दिन के होला हेरौँला । हाललाई निरङ्कुशमति बृद्ध बाबुजी जे चाहन्छन् त्यो हुन्छ । राजनीतिमा यो सुजाताकाल हो। सुजाता वृक्ष हुन् माधव त्यो वृक्षको छायाँ हुन् । जब वृक्ष विलुप्त हुन्छ बबुरो छायाँ के रहन्छ ?
|
|
|
Poon-Hill
Please log in to subscribe to Poon-Hill's postings.
Posted on 08-21-09 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sujata and Girija, these two are the forms of curse cast by Sati. Nepalese people should burn them alive.
|
|
|
naivelyStupid
Please log in to subscribe to naivelyStupid's postings.
Posted on 10-12-09 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Koirala's daughter becomes Nepal's deputy PM TNN KATHMANDU: Last year, his party fared disastrously in the elections and Nepal’s Prime Minister Girija Prasad Koirala had to make way for a new leader. However, 18 months later, the patriarch has bounced back with an iron grip on the new government with Prime Minister Madhav Kumar Nepal Now the 44-member jumbo cabinet, whose tenure is to end in May 2010 with the promulgation of a new constitution, has two deputy PMs. The senior deputy prime minister is physical planning and infrastructure minister Bijay Kumar Gacchedar, whose Madhesi Janadhikar Forum party last year defeated both Sujata Koirala and Koirala’s nephew Dr Shekhar Koirala in the historic constituent assembly election. Now the 44-member jumbo cabinet, whose tenure is to end in May 2010 with the promulgation of a new constitution, has two deputy PMs. The senior deputy prime minister is physical planning and infrastructure minister Bijay Kumar Gacchedar, whose Madhesi Janadhikar Forum party last year defeated both Sujata Koirala and Koirala’s nephew Dr Shekhar Koirala in the historic constituent assembly election.
Koirala was said to have been driving bargains with both Nepal and Maoist chief Pushpa Kamal Dahal Prachanda in the past few months when doubts arose about the stability of the current government. The octogenarian leader, whose Nepali Congress party, being the second largest in parliament after the Maoists is propping up the Nepal government, is said to have been pushing for his daughter’s elevation. The government’s capitulation comes as Prachanda is away in China for a week-long visit and his party has kepr parliament under siege.
The Koirala family has already given Nepal three prime ministers and are likened to the Gandhi family of India. Now Sujata Koirala is bound to be likened to Indira Gandhi, Chandrika Kumaratunga, Benazir Bhutto and Sheikh Hasina. She is also the second women to become deputy prime minister in conservative Nepal. The first, Shailaja Acharya, was Koirala’s niece.
|
|
|
saathtimro
Please log in to subscribe to saathtimro's postings.
Posted on 10-12-09 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Girija SOB and his daughter Sujata Bitch. where are Gagan and Narahari? Untill and unless Girija and family are in congress there will be no sign of progress in congress. Help congress
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-13-09 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
too bad my original post has been deleted.
|
|
|
hit.the.hot
Please log in to subscribe to hit.the.hot's postings.
Posted on 10-13-09 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I would wish Narahari Acharya or Gagan Thapa be the leader fron Congress? wut do you guys think? Votes are open until next year!!
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-14-09 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Still going on from 1-14-08 till date.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-24-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'गणतान्त्रिक राजकुमारी' सुजाता, धिक्कार छ-स्याटेलाइट- पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद थला परे। उनलाई सिँगापुर लगियो। उनको बारेमा आ-आफ्नो विश्लेषण हुनसक्छ। कसैलाई उनी महान लाग्ला कसैलाई बोझ। तर गिरिजाप्रसादको स्वास्थ्य उपचारका नाममा निकासा गरिएको ठूलो धनराशी र त्यो धनमा उनकी अयोग्य छोरी सुजाताले गरेको ब्रम्हलुटले भ्रष्टाचारका पूराना कीर्तिमान भत्किएका छन्। उनी बसेको होटलको कोठाखर्च र उनी चढ्ने लिमोजिन कारको खर्चले भ्रष्टाचारमा नाम कमाएका अन्य पुराना हस्तीहरुसमेत छाँयामा परेका छन्। उनले आफ्नो व्यक्तिगत सम्पत्तिमा मोज गरेकी भए कसैलाई आपत्ति हुने थिएन। तर बिरामी बाबुका नाममा नेपाली जनताले तिरेको करबाट निकासा गरिएको रकममा लिमोजिन चढ्नु नैतिकताले नमिल्ने कुरा हो। देशको गम्भीर अवस्थाप्रति सुजाताको संवेदनहिनता देखाउँछ यो घटनाले।
जाजरकोट र दैलेखमा नेपाली केटाकेटीहरु जीवनजलको अभावमा मरिरेको बेलामा गिरिजाप्रसादको उपचारका नाममा दुई करोड निकासा हुनु जायज हो या नाजायाज त्यो त समयक्रममा जनताले बताउला। तर सुजाताले देशका विकराल समस्याहरुलाई बिर्सी गरिब नेपालीले तिरेको करमा लिमोजिन चढ्नु लज्जास्पद घटना हो। सुजाता हाम्री उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री हुन भन्न मलाई घिन लाग्छ उनको इतिहास र वर्तमान देखेर। मुलुक जब कमजोर र अस्थिर राजनीतिको शिकार बन्छ तब सुजाताजस्ता अयोग्य पात्रहरु देशको राजनीतिमा हावी हुन्छिन्। सुजाताहरुको आडमा विदेशी शक्तिहरुको क्रिडास्थल बनिरहेको छ देश। सामान्यतया अयोग्यहरुलाई जनताले चुनावबाट किनारा लगाउँछन हराएर। सुजातालाई पनि जनताले निर्वाचनमा हराएकै थिए। तर जनमत भन्दा ठूलो शक्ति गिरिजाप्रसादको आदेश बनिदियो। जनताबाट तिरस्कृत उनी बाबुको आदेशबाट परराष्ट्रमन्त्री हुँदै उपप्रधानमन्त्री बनेकी छिन्। अहिले सुजाता महँगो प्रेसिडेन्सियल सुइटमा बसिन् या लिमोजिन कार चढिन् भनेर उनलाई दोष लगाउनुलाई मैले बुद्धिमता ठान्दिन। उनीजस्तो अयोग्य पात्रलाई उपप्रधानमन्त्रीजस्तो जिम्मेवार र गरिमामय पदमा पुग्ने परिवेशलाई दोष दिन्छु म। हामी कति लाक्षी रहेछौ ? जहाँ हाम्रो मतको कुनै कदर हुन्न। जहाँ जनताको मतलाई लात हानेर एउटा हठी बाबुको आग्रहको भरमा बिना इतिहास, बिना योगदानको अयोग्य र विवादित पात्रलाई उपप्रधानमन्त्रीको पदमा पुर्याइन्छ। माधवकुमारको सत्ता टिक्छ कि टिक्दैन भन्ने कुरा सुजाताहरुको सत्ताको स्थायित्वमा भरपर्छ यहाँ। हरे कस्तो स्थिति मेरो देशको ? केही महिना अगाडि हामी कास्कीको चन्द्रकोट नजिकैको गाउँमा पुग्दा त्यहाँस्थित हेल्थपोष्टमा जीवनजल पनि थिएन। स्वास्थ्य मन्त्रालयबाट बजेट नपाइएकोले। औषधीको आग्रहमा निवेदनहरु पोखरा हुँदै काठमाडौं पुगेका थिए। तर ती निवेदनहरुमा आर्थिक वर्षको अन्त्य नहुँदै निर्णय नै हुँदैन तर यता छन् राजधानीमा गिरिजाप्रसाद। उनको उपचार नेपालमा हुन सक्दैन। डेढ करोडको भाडामा सिंगापुरबाट एअर एम्बुलेस मगायर उपचारको ब्यवस्था गरिन्छ। छोरी सुजाता बिरामी बाबु हेर्न सिँगापुर पुग्छिन। बिरामी पिता हेर्नु सन्तानको कर्तब्य हो। तर बाबुको ख्याल गर्नुभन्दा पनि सुजाता देशले धान्नै नसक्ने खर्चको होटलमा र अनावश्यक लिमोजिन सयरमा ब्यस्त रहेको खबर आउँदा नेपाली मन क्षुब्ध भएका छन्। आफ्ना बाबुको उपचारका लागि गरिब नेपालीले तिरेको करबाट कम्तिमा सरकारले रकम निकासा गरेर सहयोग गर्यो भनेर नेपाली जनता प्रति अनुग्रही हुनु त कता हो कता ‘परराष्ट्रमन्त्रीलाई स्तरीय चाहिन्छ ‘ भन्दै भड्किलो खर्चमा ब्यस्त छिन् सुजाता। पहिलो कुरा त उनी परराष्ट्रमन्त्रीको हैसियतमा गएकी होइनन् त्यहाँ। त्यसैले उनले अनावश्यक खर्च गर्नुको तुक छैन। महत्वपूर्ण पदमा बसेपछि ती पदमा बस्नेहरुको जीवन पनि सार्वजनिक बन्न पुग्छ भन्ने कुरा उनले नबिर्सनुपर्ने हो। उनी गिरिजाप्रसादकी छोरीमात्र भए कसैले उनी कहाँ छिन् भन्नेसम्म चासो लिने आवश्यकता थिएन। तर दुर्भाग्यवश उनी अहिलेकी उपप्रधानमन्त्रीसमेत हुन्। त्यसैले उनले प्रस्तुत गर्ने आचरणले उनको ब्यक्तित्व निर्धारण गरिरहेको छ। यो समाचार आउनु केही दिनअघि सुजाताले नेपाल-अमेरिका आतेजाते हवाई खर्च भनेर तीन हजार डलरको बिल पेश गरेकी थिइन्। जबकि प्रधानमन्त्री नेपाल १६ सय डलरभन्दा कम खर्चमा अमेरिका पुगेका थिए। छापामा माधवकुमारले सुजातालाई यो बिषयलाई लियर हप्काए भन्ने पनि आएको थियो। त्यो कहाँसम्म सत्य हो हप्काउने र हप्की खानेलाई नै थाहा होला। तर परराष्ट्रमन्त्रीजस्तो जिम्मेवार मान्छेले एउटा सामान्य हवाई टिकटमा समेत भ्रष्टाचार गर्न खोज्नु कति दुखको कुरा! गिरिजाप्रसादकी छोरी भएकै कारणले सुजाताले अनावश्यक ‘स्पेस’ पाइरहेको अहिलेको अवस्थामा उनलाई च्यालेञ्ज गर्ने त नेपालमा को होला र ? कम्तिमा गिरिजा बाँचुञ्जेल। तर राष्ट्रिय ढुकुटीमाथिको यो ब्रम्हलुटलाई नेपालीले के हेरिमात्ररहने ? जनताले गर्ने भनेको निर्वाचनमा भोट नदिनेसम्म हो। उनीहरुले निर्वाचनमा पराजित गरेर त्यो कर्तव्य निर्वाह गरिसके। तर निर्वाचनबाट समेत लत्याएकालाई अब के गर्नुपर्ने हो ? चुनाव हारेकी सुजातासँग अहिले सत्तामा दुई वटा महत्वपूर्ण पद छन् । हिजो बेबी राजतन्त्र र ०४६ सालको संविधान ब्युँताउनु पर्छ भनी वकालत गर्दै हिँडने यी मैयाँ आज गणतन्त्र स्थापनापछिकी प्रथम अघोषित ‘राजकुमारी’ भयकी छिन्। हारेकाहरुले शासन गर्ने नेपालमा सबै उल्टोमात्रै भैरहेको देखिन्छ। निर्वाचनबाट पाखा लगाएर समेत उन्मुक्ति नपाइने सुजाताजस्ता देशका उपियाँहरुलाई अब ‘पेष्ट कन्ट्रोल’ गरेर नै देशलाई मुक्त गर्नुपर्छ। राज्यको ढुकुटीमा मोज गर्नेहरुलाई जनताले सजाय दिन ढिला भैसकेको छ। सुजाताले एकपल्ट फेरि आफूलाई अयोग्य’ छु भन्ने प्रमाणित गरेकी छिन्। सुजाता धिक्कार छ तिमीलाई। (स्केच साभारः रविन सायमि/हिमाल mysansar.com/?p=7104
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 12-23-09 10:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Cabinet recommends Koirala for Nobel Peace prizeThe cabinet has recommended former prime minister and President of the Nepali Congress Girija Prasad Koirala for Nobel Peace prize, our correspondent Kosh Raj Koirala reported.
Foreign Minister Sujata Koirala informed mediapersons at Singha Durbar about the decision after coming out of the cabinet meeting. 2009-12-24 10:19:25
myrepublica.com
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-07-10 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
from Himalkhabar.com
रिपोर्ट अर्को काण्डमा सुजाता पाँच अफगानी नागरिकलाई नेपाली पासपोर्ट दिने परराष्ट्र मन्त्रालयका कर्मचारी पक्राउ परेलगत्तै स्वकीयसचिवले विदेश पठाउने नाममा कर्मचारी र सर्वसाधारणबाट रकम असुल्दै आएको खुलासा भएपछि उप-प्रधानमन्त्री सुजाता कोइरालाको संकट शुरु भएको छ। डम्बरकृष्ण श्रेष्ठ को रिपोर्ट डम्बरकृष्ण श्रेष्ठ किरण पाण्डे अघि बढ सुजाता ज्यान दिन तयार छौंः उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र १४ माघमा बर्खास्त गरिएका उनका स्वकीय सचिव भरत सापकोटा । |
दुईसातायताका यी घटनाक्रमले उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइराला ठूलै सङ्कटमा परेकी छन्। फर्जी राहदानी काण्डमा समेत स्वकीय सचिव सापकोटाको संलग्नता हुनसक्ने र त्यसको लहरो तानिँदै सुजातासम्म मुछिनसक्ने भएकाले मण्डिखाटार र महाराजगञ्जको कोइराला निवास चिन्तामा डुबेको छ। मन्त्रालयका कर्मचारी पक्राउ परेलगत्तै स्वकीयसचिवले छोरीकै नाममा सर्वसाधारणबाट रकम असुलेको सार्वजनिक भएपछि काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला समेत चिन्तित भएका छन्। घटना सार्वजनिक भएकै बिहान कोइराला निवासमा बाबुले झ्पारेपछि सुजाताले सापकोटालाई संरक्षण गरेर ठूलै गल्ती गरेकोमा पश्चाताप मात्रै गरिनन् १४ पुसमै स्वकीयसचिवबाट सापकोटालाई हटाइन्। नेपाल सरकारको नाममा परराष्ट्र मन्त्रालयले राहदानी वाहकलाई रोकतोक नगरी सरासर जान दिन तथा परिआएको समयमा चाहिँदो मद्दत र संरक्षण गरिदिन.... भन्दै जारी गरिएको राहदानीबाट विदेशी नागरिक पक्राउ परेपछि मुलुककै छविमा आँच आएको छ। भारतको दिल्ली-चेन्नईहुँदै मलेशियाबाट इण्डोनेशिया पुगेर मलेशिया फर्काइएका अफगानीहरू अनुसन्धानका क्रममा आतङ्कवादी समूहसँग आवद्ध रहे/नरहेको पत्ता लगाउने गरी गम्भीर अनुसन्धानका लागि भारतले मलेशिया सरकारलाई आग्रह गरेको छ। यदि ती अफगानी नागरिकको संलग्नता आतङ्कवादी समूहसँग देखिएको खण्डमा यो घटनाले नेपालप्रतिको भारतीय नीतिमा समेत प्रभाव पर्न सक्ने आकलन एक उच्च परराष्ट्र अधिकारीको छ। उनको भनाइमा अहिले सुपुर्दगी सन्धि र नेपाल आउने आफ्नो देशको विमानमा एयर मार्शल राख्न ठूलो कसरत गरिरहेको भारतले यसैलाई आधार बनाएर सरकारलाई अप्ठ्यारोमा पार्न सक्छ। स्रोतका अनुसार राहदानी काण्डमा परराष्ट्र मन्त्रालयका कर्मचारी पक्राउ परेपछि भारतले नेपाल सरकारलाई गम्भीर अनुसन्धान गर्न कूटनीतिक दबाब दिएको छ। २४ डिसेम्बर १९९९ मा पाँच आतङ्ककारीले नेपालको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर इण्डियन एयरलाइन्स अपहरण गरी अफगानिस्तान पुर्याएको घटना बेहोरिसकेको भारतमा डेढ सातायता विमान अपहरण र आतङ्कवादी हमला हुनसक्ने समाचार त्यहाँका सञ्चारमाध्यमहरूमा आइरहेका छन्। १९ पुसमा भारतको चेन्नईबाट मलेशिया गई २९ पुसमा भिसा लगाएर इण्डोनेशिया उडेका पाँच जनाको राहदानी फर्जी भएको आशङ्कामा इण्डोनेशियाको अध्यागमन विभागले मलेशिया फर्काएको थियो। उनीहरू सुनसरी, तेह्रथुम, सिन्धुपाल्चोक जिल्लावासी नेपाली नाम, थरको राहदानी (हे.चार्ट) लिएर अष्ट्रेलिया जान भनी हिँडेेका थिए। मलेशियाली अध्यागमनको पत्रपछि परराष्ट्र मन्त्रालयले २२-२८ मङ्सिरमा जारी गरेका राहदानी परीक्षण गर्दा रेकर्डमा नदेखिएपछि प्रहरीमा जानकारी दिएको थियो। अनुसन्धानका क्रममा परराष्ट्रका नायवसुब्बा बच्चुराम केसीलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग हनुमानढोकाले अनुसन्धान गरिरहेको छ। नायवसुब्बा केसी पक्राउ परेपछि अहिले परराष्ट्र मन्त्रालयमा लहरो तान्दा पहरो गर्जने अवस्था आएको छ। स्रोतका अनुसार पक्राउ परेका केसीले बर्खास्तमा परेका उप-प्रधानमन्त्री कोइरालाका स्वकीयसचिव सापकोटासँगै कोइराला समेतको नाम मुछे पनि यसलाई गुपचुप गर्ने तयारीमा सरकार लागेको छ। प्रहरीले भने अनुसन्धानका क्रममा १४ माघमा महाराजगञ्जस्थित किशोरकुमार श्रेष्ठको श्रेष्ठ एण्ड श्रेष्ठ कन्सल्टेन्सीमा छापा मारेर थप एक अफगानीसहित ८ वटा राहदानी र राहदानी बनाउन प्रयोग हुने फारमहरू बरामद गरेको छ। बयानमा नायवसुब्बा केसीले किशोरमार्फत राहदानी बनाउने प्रस्ताव आएको बताएपछि उनको खोजी भइरहेको र कार्यालयमा छापा मारिएको प्रहरीले जनाएको छ। मलेशिया प्रहरीको हिरासतमा रहेका अफगानीहरूले भने नयाँदिल्लीमा बस्ने विक्रम भन्ने व्यक्तिलाई प्रति राहदानी पाँच हजार अमेरिकी डलर (नेरु.३ लाख ६५ हजार) का दरले रकम दिएको बयान दिएका छन्। महानगरीय प्रहरी प्रमुख गणेश केसीका अनुसार प्रारम्भिक बयानमा केसीले किशोर र विक्रमको संलग्नता मात्रै बताएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गा भट्टराईले मन्त्रालयले नै दिएको प्रारम्भिक जानकारीका आधारमा प्रहरीबाट छानबिन भइरहेकाले यसबारे अहिले केही भन्न नसकिने बताए। सङ्कटमा सुजाता अघि बढ सुजाता, ज्यान दिन तयार छौं। गत भदौमा बसेको काङ्ग्रेस संसदीय दलको बैठकस्थल सिंहदरबारमा सुजाताका पक्षमा यस्ता नारा घन्काउनेहरूको नेतृत्व गर्ने उनै भरत अहिले सुजाताका लागि काउछो भएका छन्। ९ महिनादेखि स्वकीय सचिव रहँदै सह-सचिवको सुविधा र पद-शक्तिको दुरुपयोग गरी अकुत रकम कुम्ल्याउँदै आएका सापकोटालाई हटाए पनि कोइरालाको सङ्कट सजिलै टर्ने छाँट देखिँदैन। निवास आउने कार्यकर्ता तथा जिल्लास्तरीय नेताहरूलाई खर्च दिने, खानपिनको व्यवस्था गर्ने तथा सुजाताका लागि आर्थिक सहयोग जुटाउने काममा चार वर्षदेखि सापकोटा सक्रिय छन्। कुनै बेला म्यानपावर कम्पनीमार्फत मानिसलाई विदेश पठाउने सापकोटा २०६४ भदौमा पोखरामा सम्पन्न नेपाल प्रेस युनियनको महाधिवेशनमा केन्द्रीय सदस्य पदका प्रत्यासी थिए। छिल्लो समय सुजाताको खबर लिएर प्रधानमन्त्री माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइराला कहाँसम्म पुग्थे। सुजाताले परराष्ट्र, श्रम तथा यातायात, स्वास्थ्यसहित काङ्ग्रेसको भागका मन्त्रालयका कर्मचारीहरूलाई सरुवा बढुवा गराइदिने भन्दै यिनै सापकोटामार्फत रकम लिने गरेको बताइन्छ। परराष्ट्रका कर्मचारीहरूलाई विदेशस्थित राम्रा दूतावासमा सरुवा गरिदिने भन्दै मोटो रकम समेत उनैले लिएको स्रोतको दाबी छ। सामान्य प्रशासन मन्त्रालयका सह-सचिव श्याम मैनालीलाई बढुवा गरेबापत दिने भनेको रु.२५ लाखमा रु.२ लाख मात्रै दिएको भन्दै अरू रकम माग्न अर्का स्वकीय सचिव लक्ष्मण थपलियालाई सुजाताले दुई महिनाअघि सिन्धुलीबाट आएको काङ्ग्रेस प्रतिनिधिमण्डलकै अगाडि अह्राएकी थिइन्।
पक्राउ परेका अफगानी र तिनले राहदानी लिएको नेपाली नाम
| राहदानी नम्बर | जारी नाम | ठेगाना | अफगानी नागरिक | ४६९०६८५ | नवीन श्रेष्ठ | इटहरी सुनसरी | महमद हनिफ | ४६९६०९३२ | नवीन सापकोटा | पिप्लेटार तेह्रथुम, | महमद जावेद | ४६९०६०२
| वीरबहादुर तामाङक | चौतारा, सिन्धुपाल्चो | महमद करिम | ४६९०९२९
| रामकुमार लिम्बू | धरान, सुनसरी | इनायत अल्लाह | ४६९०२१ | राजेन्द्रकुमार लिम्बू | धरान, सुनसरी | महमद हसन अहमद |
सरुवा, बढुवा मात्रै होइन सुजाताको आडमा सर्वसाधारणलाई विदेश पठाइदिने, जागिर लगाइदिने भनेर करोडौं रुपैयाँ सापकोटाले असुल्दै आएका थिए। उनी बेपत्ता रहेको थाहा पाएपछि १३ माघमा मण्डिखाटारस्थित सुजाताको निवासमा सापकोटाले लिएको रु.१ करोडभन्दा बढी रकम फिर्ता माग्दै पीडितहरूले धर्ना दिएका थिए। सापकोटाले प्रतिव्यक्ति रु.६ लाखदेखि रु.१५ लाखसम्म लिएको बुझ्िएको छ। रकम उठाइदिन भन्दै पीडितहरू काङ्ग्रेस नेता रोमी गौचन थकालीकहाँ समेत पुगेका थिए। वैदेशिक रोजगारमा पठाइदिने भनेर सुजाता र सापकोटाकै आडमा बी एण्ड बी म्यानपावरका सञ्चालक तथा अन्य म्यानपावर कम्पनीसँग आवद्ध इटहरीका विष्णु कार्की र उनका सहयोगी अशोक पोख्रेलले समेत सर्वसाधारणबाट रकम असुल्दै आएको स्रोतको दाबी छ। पीडितहरूको उजुरीका आधारमा दुई साताअघि कार्कीको म्यानपावर कम्पनीमा श्रम विभागले छापा मारेपछि सुजाता र सापकोटाले रकम फिर्ता गराइदिने आश्वासनमा घटना सामसुम पारिएको थियो। लाउडा, धमिजा काण्डमा मुछिएकी सुजातालाई अहिले मातहतकै परराष्ट्र मन्त्रालयमार्फत दोहन गर्न अग्रसर रहेको आरोप लाग्ने गरेको छ। उनी मन्त्री नहँुदै पनि डडेल्धुरा काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य गुणाकर चटौतसहित तीन जनासँग सुषमा कोइराला मेमोरियल ट्रष्टका सचिव हरि ढुङ्गानाले कृषि मन्त्रालयमा जागिर लगाइदिने भन्दै रु.१ लाख ५० हजारका दरले उठाएका थिए। जागिर नपाएपछि ढुङ्गानामाथि खनिएका पीडितको रकम सुजाताको सक्रियतामा फिर्ता गरिएको थियो। सुजाताले काम गरिदिने भनी रकम लिएर पनि काम नभएपछि काङ्ग्रेसका पूर्व सांसद् झ्लकनाथ वाग्ले रकम फिर्ता पाइने आशामा भौंतारिइरहेका छन्। यसरी उठाइएको रकम कहाँ जान्छ? समाचार स्रोतका अनुसार काङ्ग्रेसको १२औं महाधिवेशनमा पैसा खर्चेर आफ्नो पक्षमा माहोल बनाउन उनले अर्थ सङ्कलन अभियान तीव्र पारेकी हुन्। पछिल्लो समयमा नेपाल राष्ट्र ब्याङ्कको गभर्नरका लागि पनि उनकै सक्रियतामा ठूलै लेनदेनको खेल भइरहेको बुझ्िन्छ। स्रोत भन्छ “गभर्नर बनाउने खेलमा अग्रिम रकम बढाबढ भइरहेको छ। सुजातासँग काम लिन पैसा नभई केही हुन्न भन्ने सबैले बुझ्ेका छन्।” सापकोटा फरारको खबरले सुजातालाई अप्ठ्यारो पर्ने भएपछि १४ माघमा उनलाई सार्वजनिक गर्दै बर्खास्त गरिए पनि पीडितका तर्फबाट प्रहरीमा उजुरी नपरेकाले उनी पक्राउ परेका छैनन्। सापकोटाले आफू फरार नभई बिरामी भएर चितवनस्थित घरमा आराम गरिरहेको दाबी गर्दै दुश्मन लागेर आफूविरुद्ध गलत प्रचार गरिएको बताएका छन्। परराष्ट्र मन्त्रालयको राहदानी काण्ड र सापकोटा प्रकरण सार्वजनिक भएपछि वृद्ध बाबुको गाली खाएकी सुजाताले गल्ती स्वीकार्दै आइन्दा गल्ती नदोहोर्याउने बताएकी थिइन्। स्रोतका भनाइमा उनले अर्जुननरसिंहलाई अघि बढाएर, गगन थापालाई नेविसंघको महामन्त्री बनाएर र भरत सापकोटालाई काखी च्यापेर तीन ठूला गल्ती गरेँ अब गर्दिनँ, सम्म भनेकी थिइन्। सापकोटा प्रकरण सामसुम भए पनि परराष्ट्र मन्त्रालयबाट फर्जी राहदानी लिएका पाँच अफगानीको आतङ्कवादसँग टाढाको साइनोसम्म पनि प्रमाणित भएमा सिङ्गो कोइराला परिवारकै साख गुम्नेमा पिता कोइराला बढी चिन्तित छन्।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-12-10 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुजाता लेखा समितिको फन्दामाFont size:
काठमाडौँ, २८ माघ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले १० वर्षअघि दिएको निर्देशन सरकारले बेवास्ता गर्दा चैत अन्तिमउता पासपोर्ट लिने नेपाली विदेश उड्न नपाउने भएका छन् । बरु नयाँ पासपोर्ट छाप्ने ठेक्का अन्तिममा रद्द गर्ने परराष्ट्रमन्त्री सुजाता कोइराला बयान दिन संसद्को सार्वजनिक लेखा समितिमा हाजिर हुनुपर्ने भएको छ । सार्वजनिक लेखा समितिले परराष्ट्रमन्त्री कोइरालालाई आइतबार बोलाएको छ । समितिले परराष्ट्रसचिव मदनकुमार भट्टराईसँग पनि स्पष्टीकरण लिने भएको छ । 'समितिको पत्र आएको छ, जवाफ दिने तयारी भएको छ,' परराष्ट्र प्रवक्ता दुर्गाप्रसाद भट्टराईले नयाँ पत्रिकासित भने । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले १० अपि्रल २०१० पछि मेसिन रिडेबल पासपोर्ट -एमआरपी) जारी गर्न नेपाललगायतका सदस्य राष्ट्रहरूलाई सन् २००० मै निर्देशन दिएको थियो । निर्देशन पाएपछि पनि करिब साढे नौ वर्ष चुप लागेको सरकारले यस वर्षको भदौ दोस्रो सातादेखि एमआरपी बनाउने प्रक्रिया सुरु गरेको थियो । टेन्डर हालेकामध्ये चार कम्पनी अन्तिम छनोटमा परेका थिए । ओबर्थर टेक्नोलोजिज -प|mान्स), सागेम सेक्युराइट -प|mान्स), गेमाल्टो ओए -फिनल्यान्ड) र थ्री एम टेक्नोलोजिज -सिंगापुर) अन्तिम प्रतिस्पर्धामा थिए । तर, कम्पनी छनोट गर्ने बेलैमा ३ पुसमा परराष्ट्र मन्त्रालयले ठेक्का-प्रक्रिया नै रद्द गरेको थियो । परराष्ट्रले प्राविधिक कारणले ठेक्का रद्द गर्नुपरेको बताएको छ । तर, त्यस्तो के प्राविधिक कारण हो, खुलाएको छैन । स्रोतका अनुसार परराष्ट्रमन्त्री कोइराला ओबर्थर टेक्नोलोजिजलाई ठेक्का दिने पक्षमा थिइन् । तर, नियमानुसार ओबर्थरले ठेक्का नपाउने भएपछि मन्त्री कोइरालाले ठेक्का नै रद्द गर्ने निर्णय गरेकी हुन् । अनियमितताकै आशंकामा सार्वजनिक लेखा समितिले मन्त्री र सचिवसँग स्पष्टीकरण लिन थालेको हो । भदौमा सुरु भएको प्रक्रिया पुसमा रद्द गरेपछि पनि मन्त्रालयले पुनः टेन्डर आह्वान गर्ने या नगर्ने विषयमा समेत निर्णय गर्न सकेको छैन । जब कि अहिले चलनमा भएको कागजी पासपोर्ट जारी गर्न नपाइने समय अब दुई महिना मात्र बाँकी छ । अब टेन्डर प्रक्रियामै गए पनि आइकाओको समयसीमा -२८ चैत) भित्र नेपालले नयाँ पासपोर्ट जारी गर्न नसक्ने स्पष्ट भइसकेको छ । सार्वजनिक खरिद ऐनअनुसार पनि ठेक्काको निर्णय गर्न पनि एक सय २० दिन -चार महिना) लाग्छ । त्यसपछि ठेक्का पाउने कम्पनीले पासपोर्ट तयार पारेर 'डेलिभरी' गर्न महिनौँ लाग्नेछ । एमआरपी आउन अझै कम्तीमा ६ महिना लाग्ने भएकोले चैतउता नयाँ पासपोर्ट लिने नेपाली विदेश उड्न पाउनेछैनन् । चैतउता जारी हुने कागजी पासपोर्ट विदेशका विमानस्थलमा अवैध हुनेछ । यसले तत्काल पासपोर्ट बनाएर रोजगारका लागि खाडी र मलेसिया तथा पढ्न युरोप-अमेरिका जाने विद्यार्थी प्रत्यक्ष प्रभावित हुनेछन् । तर, अहिले पासपोर्ट भएका अथवा २७ चैतयता लिनेहरूलाई भने यसले तत्काल कुनै फरक पार्नेछैन । यी पासपोर्ट भने सन् २०१५ सम्म वैध रहनेछन् । समयसीमाभित्रै एमआरपी जारी गर्न नसक्ने भएपछि परराष्ट्रले समयसीमाबारे पुनर्विचार गर्न आग्रह गर्दै आइकाओलाई पत्राचार गरेको छ । 'हामी -आइकाओको) जवाफ कुरिरहेका छौँ,' मन्त्रालयका प्रवक्ता भट्टराईले भने । अब रद्द भएको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे पनि मन्त्रालयले छिट्टै निर्णय लिने बताए । मन्त्रालयका अर्का अधिकारीका अनुसार मलेसिया, भारत र प|mान्सका विभिन्न कम्पनीले एमआरपी सस्तोभन्दा सस्तोमा बनाइदिने बताउँदै आएका छन् । भारतीय कम्पनीले प्रतिएमआरपी चार डलर, मलेसियाली कम्पनीले साढे तीन डलर र प|mान्सेली कम्पनीले अझै सस्तोमा बनाउन प्रस्ताव गरेका छन् । तर, मन्त्रालयले प्रक्रिया नै अघि बढाएको छैन ।
एमआरपी के हो ? अहिले चलनमा रहेको कागजको पासपोर्ट आँखाले मात्र पढ्न सकिन्छ । तर, मेसिन रिडेबल पासपोर्ट -एमआरपी) कम्प्युटरले पढ्छ । यस्तो पासपोर्टमा भएका डाटा कम्प्युटरमा पढ्न सकिन्छ । एमआरपीको प्रयोगसँगै हाल प्रचलनमा रहेको कागजी राहदानी विस्थापित हुनेछ । विश्वका विभिन्न मुलुकले एमआरपी प्रयोगमा ल्याइसकेका छन् । नेपाललगायत केही मुलुकले भने अझै जारी गरेका छैनन् । परराष्ट्र मन्त्रालयका अनुसार हाललाई एमआरपी मन्त्रालयको केन्द्रीय विभागबाट मात्रै जारी हुनेछ । देशका ७५ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नागरिकको व्यक्तिगत विवरण र फोटो इमेल या अन्य माध्यमबाट लिइनेछ । त्यसरी लिइएको विवरणलाई नारायणहिटीस्थित परराष्ट्रको केन्द्रीय राहदानी विभागबाट जारी गरी पुनः जिल्ला प्रशासन कार्यालयहरूबाटै वितरण गरिने मन्त्रालयले जनाएको छ ।
|
|
|
sYaKuuRiolAKU_nchImb
Please log in to subscribe to sYaKuuRiolAKU_nchImb's postings.
Posted on 02-12-10 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kati copy paste garchhau? afno bichar pani kehi lekhana. Further it would be interesting if she was the only corrupt leader in NEpal. All political leaders are corrupt so i dont see a point in copy pasting each and every newspaper article And nobody would dare to read all long boring same old stuffs of rotten politicians
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-25-10 8:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माफ गर्नु होला - आफूलाई रोक्नै सकिन !
बिहिवार, 25 फेब्रुअरी 2010 11:23 नागरिक किरण भण्डारी, काठमाडौं, फागुन १३- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिंगापुरमा भएको उपचार खर्च भुक्तानी गर्न अर्थ मन्त्रालयले अस्विकार गरेको छ। परराष्ट्र मन्त्रालयले कोइरालाको उपचारको बिल, भपाई लगायत खर्च विवरण उपलव्ध गराउन सकेको थिएन। कोइराला सिंगापुरबाट फर्केको तीन महिनापछि परराष्ट्रले १ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न चार दिनअघि अर्थमा प्रस्ताव पठाएको छ। खर्चको विस्तृत विवरण उपलवध नभई भुक्तानी दिदा भ्रष्ट्राचार हुने भन्दै अर्थले रकम दिन अस्वीकार गरेको हो। अर्थले परराष्ट्रका अधिकारीहरूलाई मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर भुक्तानी लिन सुझाव दिएको छ। 'हामी बील भर्पाई नभै भुक्तानी दिन सक्दैनौ अख्तियार दुरुपयोग गरेको ठहरिन्छ,' अर्थका एक सहसचिवले भने- 'मन्त्रिपरिषदबाट निर्णय गर्यो भने नीतिगत मानिन्छ, अख्तियारले तान्न सक्दैन।' कोइराला उपचारका लागि कात्तिक २८ गते पुत्री सुजातासहित सिंगापुर गएका थिए। बाबुको उपचारमा गएकी सुजाताले होटल, मोटर र विलासितामा लाखौँ खर्च गरेकी थिइन्। मन्त्रिपरिषद्ले उपचारमा लागेको खर्च विल अनुसार भुक्तानी गर्ने नीतिगत निर्णय गरेको थियो। तर परराष्ट्र मन्त्रालय र वैंकक स्थित नेपाली दुतावासको बजेटबाट पेश्की लिएर खर्च गरिएको रकमको विल भर्पाए पेश नगरिएकाले भुक्तानी हुन सकेको छैन। उपचार भन्दा सुजाताको फुर्मास खर्च बढि भएकाले बिल भपाई पेश गर्न डराएको दाबी स्रोतको छ। परराष्ट्रले अर्थलाई जम्मा चार वुँदाको खर्च विवरण बुझाएको छ। त्यसमा हवाई एम्वुलेन्स, अस्पताल होटल र यातायात गरि ३ लाख २ हजार सिंगापुर डलर भनिएको छ। खर्चको शिर्षक अनुसारको विवरण नभै थोक भुक्तानी गर्न नसकिने जवाफ अर्थले दिएको छ। राष्ट्रिय व्यक्तित्वहरूको उपचार खर्च सम्वन्धि निर्देशिकाले अस्पतालमा भएको खर्च विल अनुसार भुक्तानी दिने भनेको छ। तर कुरुवा र उपचार दलका अन्य सदस्यको दैनिक भ्रमण भत्ता र अन्य खर्च सिमाभित्र मात्र गर्न पाइन्छ। 'सुजाता छोरीको हैन परराष्ट्र मन्त्रीकै हैसियतमा गएको मान्ने हो भने पनि खान, बस्न र यातायात गरि बढिमा दैनिक ३ सय ३० डलर भन्दा बढि खर्च गर्न पाउन्नन्,' बजेट महाशाखाका एक अधिकारीले भने। कोइरालालाई लैजाँदा परराष्ट्र र थाइ दुतावासको बजेटबाट खर्च गरिएकाले उनीहरू शोधभर्ना नपाएर फिटिफिटि भएका छन्। 'थाइल्याण्डबाट मात्र सुजाताको आदेशमा ५५ हजार डलर खर्च भएको रहेछ,' परराष्ट्रलाई परेको अप्ठेरोबारे ती सहसचिवले भने- 'दुतावासमा बजेट भुक्तानी नपाएर भिसा र पासपोर्टको आम्दानीबाट खर्च टारिरहनु परेको गुनासो आएको छ।' सरकारको विशेष निर्णयबाट मात्र भुक्तानी गर्न मिल्ने भनेपछि अर्थ, परराष्ट्र र मन्त्रिपरिषद्का अधिकारीहरूबीच अनौपचारिक छलफल भएको छ। 'सुजाताले मनपरी खर्च गरेको पहिल्यै बिरोध भएको थियो। मन्त्रिपरिषद्का सदस्यहरू उनको गल्तीको गाल खान तत्काल तयार नहोलान्,' परराष्ट्रलाई तत्काल भुक्तानी दिन कठिन हुने जनाउँदै ती अधिकारीले भने। मन्त्रिपरिषद्को निर्णयबाट औषधोपचार सहायता पाएका अरु नेताले भने नियमानुसार बिल, भपाई पेश गरेर भुक्तानी लिने गरेका छन्। काँग्रेस कार्यवाहक सभापति सुशिल कोइरालाले औषधोपचार खर्चको पूर्ण विवरण मन्त्रिपरिषद् र अर्थ मन्त्रालयलाई बुझाएका छन्। काँग्रेस संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि उपचार खर्च लिँदा विस्तृत विवरण बुझाउने गरेका छन्। 'असक्त भैसकेका भट्टराई खर्चको पाईपाई हिसाब बुझाएर मात्र पैसा लिन्छन्,' कोइराला र भट्टराईको तुलना गर्दै बजेट महाशाखाका कर्मचारी भन्छन्। भट्टराई प्रधानमन्त्री रहँदाका स्वकिय सचिव एवं सहसचिवबाट हालै अवकाश पाएका नेत्रबहादुर कार्कीले भट्टराईलाई सघाइरहेका छन्। भट्टराईकै इच्छाअनुसार एक/एक पैसाको हिसाव बुझाएको दावी कार्कीको छ। 'मासिक घटिमा ५ हजार र बढिमा १५ हजार स्वास्थ्योपचारका लागि लिइन्छ,' उनले भने, 'राजस्व, व्रम्हस्व र देवस्व दुरुपयोग हुनुहुन्न भनेर किसुनजी चिन्तित हुनुहुन्छ।' हिसाब नबुझाएको मात्र हैन कोइरालालाई परराष्ट्रले रकम दिएको प्रकृयासमेत अवैधानिक छ। निर्देशिकाले उपचार गराउने मुलुक हेर्ने दुतावास मार्फत खर्च गर्ने अख्तियारी दिएको छ। सिंगापुरका अवैतनिक दुत एम एन स्वामीमार्फत् १ करोड ३० लाख रुपैयाँ सुजाताले बुझेकी थिइन्।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-27-10 7:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जुनसुकै हालतमा भारतमै पासपोर्ट छापिन्छः कोइराला
काठमाडौ, फाल्गुन १५ - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले लेखा समितिको निर्देशनलाई चुनौति दिदै कुनै पनि हालतमा भारतमै पासपोर्ट छाप्न दिने अडान लिएकी छन् ।
मेसिनले विवरण पढ्ने एमआरपी पासपोर्ट छपाइमा अनियमितता हुन लागेको आशंका गर्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले तत्काल उक्त प्रकृया अघि नबढाउन निर्देशन दिएपछि परराष्ट्रमन्त्रीको प्रस्ताव केही दिनअघि मन्त्रिपरिषदबाट फिर्ता पठाइएको थियो ।
राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले पासपोर्ट छपाइ सम्बन्धमा दिइएको निर्देशनलाई इंगित गर्दै लेखा समितिमा अप्रजातिन्त्रक मानिसको भीड रहेकाले उसले राष्ट्र हितमा काम गर्न नसकेको आरोप समेत लगाइन ।
मन्त्रिपरिषदले भारतमा पासपोर्ट छाप्न बन्देज नलगाएकाले दुबै मुलुकको सरकारी स्तरबाट उक्त प्रकृया अघि बढाइने उल्लेख गरीन । गत बुधवारको मन्त्रिपरिषद बैठकले भारतबाटै एमआरपी पासपोर्ट ल्याउने परराष्ट्रमन्त्रीको प्रस्ताव फिर्ता गरेपनि खरीद प्रकृया भारतबाटै गर्ने वा प्रतिष्पर्धाबाट अन्य कम्पनीसँग गर्ने भन्ने बिषय स्पष्ट पारेको थिएन ।
सरकारका मुख्य सचिवले प्रतिष्पर्धामा रहेका अन्य कम्पनीको प्रस्ताव मन्त्रिपरिषदमा दर्ता नगराएकाले त्यसबारे छलफल हुन नसकेको उनले दाबी गरीन ।
|
|
|
Poon-Hill
Please log in to subscribe to Poon-Hill's postings.
Posted on 02-27-10 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Only Two Words I Got for Her (excuse my french): "IGNORANT B|TCH"
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 04-01-10 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
any closer to premiership with the recent development in Nepali politics ???
|
|