[VIEWED 109420
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 07-25-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शृंखला
हाम्रो टोलाँ एउटा परीबार बस्न आ धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर उ भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न त उ आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै उ झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा उ शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।
त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। उ त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ। ए, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।
अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर म जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने म त उस्को प्रतिद्वन्दी नै थिईंन। म सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?
संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।
शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।
एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।
एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।
एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।
यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।
"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।
मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।
शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।
शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।
बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।
आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।
पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।
टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।
त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।
त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।
शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि।
एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।
उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"
"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।
बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।
उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।
मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --" ....
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-08-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
swopnilcheeta ,
aun ani k bhayo tespachi?.....
त्यस पछि त भयो त जे हुनु ---
Nepal ko chora,
**प्रभो, नयाँ भाग आउने बेला भएन र?**
बेला त ऐले भा हो र प्रभो? नआको मात्रै पो त --
miss_ me ,
**बरु हजुरको कथाकै पनि परिमार्जन गर्दिम कि लाग्छ कहिले त **
लौ न बरु कैले गर्दीने हो गर्दीम -- सके सम्म छिटो --
**खै त- अझै क्षितिज जहाँको तहि !? :)**
प्रश्न सापेक्षित छ। जहिंको तहीँ भनेको कुन दृष्टीकोणले हो?
Nepali Thita ,
**The story is turning towards bange now....I think he is a Hero here....**
उ हिरो भएर त मलाई केही छैन खाली मेरी हिरोनीको नभए त भैगो नी --कि कसो प्रभो?
बिस्टे ,
**बिचरो बाङ्गे लाई किन साइड लगाइदिया हो ब्रो ले**
बाङ्गेका थुप्रै साईड थे प्रभो, एका तिर बाट साईड लाउँदा अर्को तिर सेन्टरमा पुग्थ्यो -- ब्रोलाई थाहै छैन --- बिस्टे ब्रो को कुरा सुन्यो कि मैजुबाहल जान मन लाग्छ--
Pretty,
"deep ko sentiments ko arko pato pani dekhe aaja. dherai ramro chha."
जय होस -- यस्तै कुरा बुझ्दिने मान्छे बेलैमा फेला पर्या भए यस्तो कथा लेखेर बस्नै पर्दैनथ्यो --
Khitititititiiii ,
"Bange ley kura thik garchha.... "
हो त कुरा त ठिकै गर्ने हो -- खाली काम मात्रै खत्तम गरेर डुबायो नी --
ek@l,
आउँदै गरम है --
aman,
ठिक छ हैन त प्रभो?
daum ,
**शृंखला ko climex tira aaipugeko hau ko suru huna lako ho.......... **
सुरु नभै त के सकिएला र प्रभो?
kawartha,
दिपको कथामा दिप कै लप पर्या चैँ पैलो चोटि पढ्या हो जस्तो लाग्यो मलाइ ।
ए, हैन होला --
miss_ me,
"कथामा दिपदाको ट्र्याजिडी पर्ला जस्तो छ नि"
कोही लभ पर्न ला भन्ने कोई ट्र्याजिडी पर्न ला भन्ने --खै के हो के हो --
Birkhe_Maila,
"बरु बाङ्गे सोमलाई लिएर मेघना त्यति गम्भिर रहिछे, प्रभोले पहिला मेघनालाई आस्वस्त पारेर पछि बाङ्गेको बानि बेहोरा परिवर्तन गर्ने कोशीस गरेर 'बाङ्गे उद्दार महाशाखा' को प्रमूखको पद लिनु पर्ने थियो नि पर्भो!"
मेघनालाई आस्वस्त त पार्न हुन्थ्यो तर बाङ्गेको बानी बेहोरा परिबर्तन गर्न त ----- त्यति बेला थालेकै भए पनि अहिले सम्म २० को १९ पनि हुन्थ्यो कि हुँदैन थ्यो कुन्नी -- उस्को संगतले त मेरो बानी बेहोरा बिग्रेको, प्रभो, फेरी मैले के सुधार्नु?
Pretty,
"Indreni ma paryaa haina ra?"
ओहो! ईन्द्रेणी त सम्झियो कि मायाको बगैचा पुगे जस्तै लाग्छ -- तर क्यार्नु बगैचा बाहिर अचेल त यत्ति ठुलो ठुलो अक्षरमा "प्रबेश निषेध" लेख्या छ।
serial,
**कस्तो भिलेन खेल्द्या दिप ब्रो ले --**
के गर्ने प्रभो आफु हीरो हुन भिलेन पनि चाहिने रे छ कैले कैले --
pjna007 ,
**malai ta indrani,amantran,ani jhankar harumai parya parya jasto laathiyo ni, baru bangey bichara ko chahi pahilo patak koi keti le seriously sodhi khoji gare raiche deep le changa chett pardhya hera**
पर्या पर्या जस्तो मात्रै रे? पर्न चै के बे नै गर्नु पर्ने हो कि के हो? राम राम राम --- गाँठे!
अब बाङ्गेले त्यस्ता धेरै चंगा उडाउँथ्यो -- सबै त मैले कहाँ चेट पार्न सक्थें र?
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 08-08-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दामी दामी Two thumbs way up!! Keep posting
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-08-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तै एक बर्ष जति भयो होला -- काममै थिएँ बिजय दाईको फोन आयो।
यसो भला कुसारी पछि उनले सोधे "यो विकेण्ड फुर्सद छ तेरो?"
"किन र?" मैले सोधें।
"रबीनहरु आईराछन यहाँ, तँ काँ पठाईदिनु पर्यो। उनीहरु पनि जाने भन्दै थिएं, डिल पनि गज्जबको भेट्या छु। पठाईदिम?" उनले भनें।
बिजयदाई भन्या मेरो मामाका छोरा हुन, मिड वेस्ट तिर बस्या छन घरजम गरेर। मैले उनलाई सोधें "को रबीन भन्या?"
"ल, रबीन --बिर्सिस? मेरो सानीमाको छोरा के त --- हामी कहाँ आउँदा भेट भा छ त थुप्रै चोटी--" उनले सम्झाए।
"ए -- अँ अँ चिन्छु रबीनलाई किन नचिन्नु -- हुन्छ पठाईदिनु न--"
"उस्को बुढीले त तँलाई पनि राम्रै चिन्ने रैछ--" बिजयदाईले सुनाए।
"ए ब्या पनि गरीसक्यो रबीनले? अनि उस्को बुढी को नी?" मलाई पनि चिन्न मन लाग्यो।
"अब त्यै आए पछि चिनी हाल्छस नी -- ल म यहाँ टिकट किन्दिनु पर्यो, फेरी उम्केला --" उनी टिकट तिर लागे।
"हाम्रो नातेदार कोइ बे गर्या छ हो रबीनले?" मैले सोधें।
"हैन --- त्यसो त अब रबीनले बे गरे पछि नातेदार भै हाली नी --" उनले हाँसेर भनें--"
"को त?" मैले फेरी सोधें।
"उस्ले---- भन्या ब्वारीले चैं नभन्नु भन्या छ मलाई --सरप्राईज रे क्या सरप्राईज " बिजयदाईको हाँसो म राम्रै सुन्थें।
गफ लाई देका होलान -- मैले आफैलाई भनें। हावा गफ दिनमा खप्पिस थिए पहिला देखि नै -- र त आफु औसी जस्तो भए नी पुर्णीमा जस्ति श्रीमती भेट्टाए नी -- म आफैलाई सम्झाउँदै थिएँ।
कुरा त्यतिकै सकियो।
को रे छ मलाई चिन्ने? फोन राखे पछि धेरै बेर सोचें। को हो को?
अब रबिनको सालो, जेठान, ससुरा जस्ता जुँगे टोलीले चिन्ने रे छन तँलाई भनेर बिजयदाईले भन्या भए खासै मतलब हुन्न थ्यो होला मलाई तर रबिनकी श्रीमतीले चिन्ने भन्या भएर होला मनमा घाम अलि चर्कै लाग्या थो।
त्यसपछि फेरी काममा ब्यस्त भैयो।
काम सकिए पछि घर जाँदा सोचेँ पत्ता लाउन त के गार्हो छ र? मामाघरमा एक चोटी फोन गरे पुग्छ, माईजुलाई सोधे थाह भै हाल्थ्यो। नभए बाङ्गेलाई पत्ता ला भने पछि तु गर्थ्यो। पत्ता लगाउन केही गार्हो थिएन।
बिजयदाईलाई नै सोधे पनि हुन्थ्यो। तर फेरी बिचार आयो--भैगो किन पत्ता लगाउन पर्यो--बिजयदाईले भन्या जस्तो साँच्चि नै रे छ भनें यहीँ आए पछि थाह भै हाल्छ नी -- मैले पत्ता नलाउने बिचार गरें, तर मनले को होला भनेर सोध्न छोडेन -- दिमागमा अलि अलि मान्छेको नाम आ हैन ---
घरमा राती फेरी बिजयदाईको फोन आयो उनले टिकट किन्दीए रे भनेर --- मैले कति बजे जाने त म एअरपोर्टमा लिन भनेर सोध्या पर्दैन लिन जान-- उनीहरुले गाडी रेन्ट गरेर आउँछन---तँ काँ आईपुग्दा यस्तै बज्छ होला नी ९:३० जति -- बेलुकाको -- म मेरो जि पि एस दिन्छु -- तेरो ठेगाना त्यस्मै छ बिजयदाई ले भनें।
यस पटक रबिनको श्रीमतीको कुरा न त मैले उठाएँ न उनले। राम्रै भयो। तर पछि निन्द्रा भाँडिन खोजेको थ्यो मैले "अर्का स्वास्नीको नाममा भाँडिनु राम्रो बानी होईन" भनेर बल्ल बल्ल सम्झाएँ।
भन्नै पर्दैन होला मलाई रबिनहरु कहिले आईपुग्लान जस्तै भा थ्यो। यहाँ रबिन भन्दा पनि हरुमा थ्यो जे थ्यो। हुन त रबिनलाई म राम्रो सँग चिन्छु। नेपालमा हुँदा बेला बेला भेट हुन्थ्यो। प्राय: जसो मामाघर जाँदा भन्या बिजयदाई कहाँ हुन्थ्यो भेट। मान्छे अलि पढन्ते थियो रबिन। चुरोट तान्न सिकाको हामीले नै हो भन्दा हुन्छ। गुन देख्दै छ अझै कि बिर्स्यो कुन्नी। बियरको स्वाद तितो भो रे भन्दै यस्तो कुईया झोल नी खान्छ कोई भन्थ्यो----- त्यहाँ बाट सुरु गराएर "अलि चिssssssssसो पार्नु पर्छ--बियर त जत्ति चिसो भो उती -- " भन्ने सम्ममा पुर्याईयाथ्यो उस्लाई-- पछि उ दखिन भारत तिर लाग्यो क्यारे अनि आफु पनि भास्सिईयो परदेश। त्यस पछि भेट भाको थिएन।
डिनर देशीको रेस्टुरेन्टबाट भित्र्याएँ। पकाउन भने पछि अल्छि लाग्ने आफुलाई। ८:१५ तिर फोन आयो रबिन को एअरपोर्टबाट आईपुगियो भनेर।
बियर र वाईन पनि तयार थिए। चुरोटको खपत निक्कै कम गर्या थें आफैले त्यति बेला र पनि थ्यो एक बट्टा।
९ बजे देखि नै जुन मोटर आए नी आए कि जस्तो लाग्न थाल्या थ्यो। बेला भएकै थिएन। एअरपोर्ट बाट मज्जाले एक घण्टा लाग्थ्यो म कहाँ आईपुग्न। कैले काहीँ त झण्डै डेढ घण्टा पनि लाग्थ्यो।
९:३५ जति भएको थ्यो। मिनेट मिनेटमा घडी हेर्दै थिएँ अनि के त नी। गाडी आयो अनि त्यै बेलाँ फोन पनि। रबिनले भन्यो "हामी आईपुगिम"। म झ्यालबाट हेर्दै थिएँ। दुई जना ओर्लिए मोटरबाट। बिजयदाईले लट्टे देको हैन रे छ -- ओर्लिनेमा स्त्री र पुरुषको जोडी थ्यो। म स्वागतको लागि हतार हतार ढोका तर्फ बढें।
---
[को होला केटी रे? गेस त गर्नु हुन्थ्यो मिल्दैन होला र पो त-- :) ]
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-08-08 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को भागको प्रतिछ्यामा , कथा रमाइलो हुँदै गाको छ ।।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-08 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chhitiz ho ta? ki meghna? kasto thaammaa lyaera rokya hola?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-08-08 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आएछ अर्को भाग पनि तर कति छोटो?!! --- मेघना आएकि होलिन दिपदालाई भेट्न
|
|
|
swopnilcheeta
Please log in to subscribe to swopnilcheeta's postings.
Posted on 08-08-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-08-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिप ब्रो के गर्या एस्तो,,,,,,,,,,,,, आँखा चिम्लेर भन्दिन्छु, क्षितिज त होली नि। कस्तो ठाम मा लगेर ब्रेक लाको भन्या साह्रै तल तल लागि रहने भो अब वेकेन्ड भरी। ल भरे चै राखु ल ब्रो रोशन ले कस्लाई ल्याछ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-08-08 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्षितिज नै हो ल - १००% ठोकुवा गरे मैले
|
|
|
popeye
Please log in to subscribe to popeye's postings.
Posted on 08-08-08 4:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो को पछी त मैया हरुको लामो ताती नै छ नी...... अब को हो को हो ? ......... एसो कथा अगाडी बढेको भये सुस्पेन्से खुल्थ्यो ...........लौ न बरु एसो वीकेन्द को लागी खुराक थप्दिउम न हजुर .......... अनी एसो बाङगे को नी उद्धार गर्नु पर्यो .... बरु एक बोटल खुकुरी रुम र एक बट्टा सुर्य चुरोट तक्राउन्ला ..... कसो?
|
|
|
daum
Please log in to subscribe to daum's postings.
Posted on 08-08-08 7:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yo शृंखला ta Quentin Tarantino uncle ko nonlinear storyline jasto bhayo ni....
Handi Gaun ko galli bata kaaa....saat samundra pari puryaidiyo.....
Aba thiti haru ko kura garda "Kshitiz" or "Meghana" ma euti holi..... tyasma "Kshitiz" hune chance 75% cha...
-daum
|
|
|
nakkali keti
Please log in to subscribe to nakkali keti's postings.
Posted on 08-08-08 7:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" चुरोट तान्न सिकाको हामीले नै हो भन्दा हुन्छ। गुन देख्दै छ अझै कि बिर्स्यो कुन्नी।" hahaha..... your sense of humor is awesome. Deep ji tapai ko kathaa padhdha ma lai kasto "ACHAAR' khayeko jasto lagchha. Sabai thok chatta mileko. Office ma bore lagyo bhane tapai ko kathaa padchhu but it always becomes hard for me to hold my laugh. When I read it I feel to laugh loudly. yo tapai ko nindra bigarne aarka ki swasni chain pakkai pani meghana hunu parchha. yo rahasya chadai kholau na prabho.
|
|
|
sijupanta
Please log in to subscribe to sijupanta's postings.
Posted on 08-08-08 10:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yo part le chai hasayo sarai. Mero random guess hai mildaina bhanera tha cha, tai ni guess garya, Neither Kshitiz nor Meghana As you said
[को होला केटी रे? गेस त गर्नु हुन्थ्यो मिल्दैन होला र पो त-- :) ]
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 08-08-08 10:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्षितिज
Last edited: 09-Aug-08 08:13 AM
Last edited: 09-Aug-08 08:14 AM
|
|
|
_SAAJAN_
Please log in to subscribe to _SAAJAN_'s postings.
Posted on 08-09-08 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deep pravo, yo break chai alik chado chado bhayo ke...
I hope I didn't miss any part
from
"उस्ले एउटा चुरोट सल्काएर मलाई दियो अनि "ल यो सबै तानेर घर जा" भन्दै उ हिन्यो। म त्याँ एक्लै थिएँ।"
to
यस्तै एक बर्ष जति भयो होला -- काममै थिएँ बिजय दाईको फोन आयो।
tyo bich ma maile kehi miss ta garina hai?
It would have been better if you could give unique number to each episode.. so there will be no confusion..
thanx deep pravo... keep rocking
Last edited: 09-Aug-08 08:36 AM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-11-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
*~Spring~*,
"दामी दामी Two thumbs way up!!"
ति दामी दामी टु थम्ब्स हेर्न पाए नी हुने --
Harka_Bahadur,
"अर्को भागको प्रतिछ्यामा ..."
हैन हर्के ब्रो, कुन भागको प्रतिक्षामा हो?
प्रतिक्षा त प्रतिक्षा -- त्यो रत्नराज्य इस्कुल पुग्नु भन्दा यस्तै १०० मिटर जति अगाडी बाटाँ एउटीको धेरै प्रतिक्षा गरीयो। उस्ले चै मेरो नगर्ने रैछे र मात्रै नत्र बन्दोबस्त उही बेलाँ भैसक्थ्यो।
Pretty ,
"chhitiz ho ta? ki meghna?"
अब अहिले सम्म त्यै दुई जना ठीटी छन कथामा -- फिउटी फिउटी चानस हुँदा नी कस्तो --
miss_ me ,
"लौ आएछ अर्को भाग पनि तर कति छोटो?!! "
छोटो रे? हो र भन्या?
swopnilcheeta ,
o raicha??
रबिनको बुढी रे प्रभो।
बिस्टे,
"आँखा चिम्लेर भन्दिन्छु, क्षितिज त होली नि। "
किन र प्रभो आँखा चिम्लिने? चिम्ल्या आँखा त खोल्नु पर्ने बेलाँ --
"ल भरे चै राखु ल ब्रो रोशन ले कस्लाई ल्याछ"
राख्न त राक्थे हेरेर राख्न लायक ल्याको रे छ भनेर-- तर यो रोशन भन्या को नी फेरी प्रभो? अनि के ल्याउँछ त्यस्ले?
serial ,
"क्षितिज नै हो ल - १००% ठोकुवा गरे मैले "
हो प्रभो--१००% क्षितिज हो भन्या छैन क्यारे --ठोकुवा पो १००% गर्या त हैन?
शुद्ध गाईको दुध पाईन्छ भन्या जस्तै लाग्यो यो चैँ -- दुध शुद्ध भन्या छैन क्यारे--
popeye,
"बरु एक बोटल खुकुरी रुम र एक बट्टा सुर्य चुरोट तक्राउन्ला ..... कसो? "
खै पाम न त -- सूर्य चुरोस? ओहो? ट्वाँट खाने पैसा नभा बेलाँ बदाम सँग तान्दा नी मजा आउँथ्यो त्यो चुरोस त--
daum,
"Handi Gaun ko galli bata kaaa....saat samundra pari puryaidiyo....."
कथालाई भिसा नचाहिने रे छ के नी ---
फेरी फर्काम त उतै, प्रभोलाई मन परेन भनें?
nakkali keti ,
"Deep ji tapai ko kathaa padhdha ma lai kasto "ACHAAR' khayeko jasto lagchha. "
म त धन्य भएँ --
sijupanta ,
"Mero random guess hai mildaina bhanera tha cha, tai ni guess garya, Neither Kshitiz nor Meghana"
अब त म नै अलमिलिने हो कि जस्तै पो भो त --
ek@l ,
"क्षितिज"
क्षितिज के प्रभो? कि यत्तिकै बरबराएको मात्रै?
_SAAJAN_ ,
"tyo bich ma maile kehi miss ta garina hai? "
प्रभोले चै हैन मैले चै धेरै मिस गरें त्यो बिचाँ --
अर्को भाग राख्नु पर्ने अब--लेख्नै भ्या छैन -- क्यार्नी होला --
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 08-11-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त त्यों केटी क्षितिज भनेको प्रभु, येस्तो किना हो अली चाडो लेखु पर्यो है त
धेरै कुर्नु स्वास्थ को लागी हानिकारक छ रे क्या
नत्र .......................... अझै कुर्नु पर्ला अरु के गर्नु र खोई, ----------------------धोका दिने लाई के भन्नु र खोई
Last edited: 11-Aug-08 12:53 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो सस्पेन्स पार्देको दीप ब्रो? को रैछिन् त तिनी
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-11-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रबिनको दशा लाएको भए बिहे गरेर दीप लाई भेट्न आए होला क्यारे हैन भने तेही आभागि बाङ्गे कि मेघना होली नि मैले नि पढ्दै छु है ब्रो !!
|
|
|
Brain Malfunction
Please log in to subscribe to Brain Malfunction's postings.
Posted on 08-11-08 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This Deep guy rocks.
Dude you got finest professional writing skills. Dont limit it in sajha. You are one of the best narrators I have read (ammong others like Bhairav Aryal ). Believe me, you are simply amazing.
Keep it up.
|
|