[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "ईन्द्रेणी"

[Please view other pages to see the rest of the postings. Total posts: 187]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 76714 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 10-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ईन्द्रेणी"

 

मान्छे जाडोमा मधेस तिर जान्छन उ चै मधेसबाट काठमाडौ आउने भई छ।

खुसीको कुरा के भने नी निशा आउने पक्का भो अरे। जय होस। आउली भन्ने आश अनि नआउली भन्ने त्रासमा अल्झेर भनेको बेहाल जस्तै भै सक्या थ्यो आफ्नो। उ आउने रे भनेसी फोटो खोजी खोजी हेरें -- बुलेट थिई नी उ, नारन!

 

निशा मेरी काकीकि बैनी। उ सँग मेरो भेटघाट भा थेन। आफु काकाको बे मा जान पाईएन -- म मात्रै के धेरै जान पाएनन -- पाएनन भन्दा पनि भ्याएनन भनम न। काकाले तिब्र बे गरे के -- त्यस्तै भो -- मधेस पुग्या थे उडेर -- काकिको पानबुट्टेको माथ्लो पेचाँ परेर चेट भएछन।

 

निशा आउने खुसीमा एक सुरले खुसी हुन नी पिसाचले दि रा थेन। को पिसाच रे? तेई बाङ्गे, अरु को हुनु?

 

ठिटी त आउने भै तर बाङ्गेलाई के गरी पन्छाउनु? मुस्किल थ्यो। आफ्नो पक्का साथी भनेकै फेरी उही। भर्सेलामा परोस अघोरी भन्न पनि भएन। उस्ले चैन सँग मलाई केही गर्न देला भन्ने चैं आशै थिएन। एका तिर निशा -- आहा! कस्ती नसालु होली जस्तो लाग्थ्यो -- अर्को तिर बाङ्गे बज्या बिसालु जस्तो थ्यो।

 

आज उ आउने दिन। अहिले सम्म मैले बाङ्गेलाई ठीटी आउने कुरै गर्या छैन। हुने बेलामा अनेक हुने --निशालाई मेरै छेउको कोठा दिन ला थे। मलाई त अर्को चिठ्ठा पर्या थ्यो। यो पल्लो कोठामा निशा सुत्छे रे भन्ने दिमागमा आएर हिँजो राती मात्रै ३ चोटी निन्द्रा बिच्कियो।

 

अँ साच्ची, उस्लाई गए रात सपनामा पनि देखें। पैले पैले अमेरीका आउनु अघि मैले एक दुई चोटी न्युयोर्क पनि देख्या थेँ सपनामा। सपनामा न्युयोर्क पुग्या हुन्थें फेरी यता उती हेर्यो उनै चिन्या मान्छे --तिनै हाँडीगाँउका पाटी देख्थें--कैले न्युरोड देख्थें न्युयोर्कमा, कैले बाटो चै न्युयोर्कको रे बार्दलीमा खुर्सानी सुकाका घरहरु चैं हाँडीगाँउकै देख्थें। तेई तालमा मैले निशालाई देख्या थें गए रात सपनामा -- तरुनी देख्थेँ -- अनुहार देख्दैनथें।

 

हवाईजाहाजबाट आउने भाकी थि उ आज। काका काकी लिन जाने भाका थे। म पनि जान्छु बिमानस्थल भन्या भात खाई सक्दा नसक्दै बाङ्गे आइपुग्यो। एक छिन बसे कुरो थाह पाउला भनेर हतार हतार उ सँग निस्कें बाहीर।

 

उस्लाई बोकेर जहाज १ बजे तिर आउने हो क्यार -- मैले १२ बजे सम्म जसरी भए पनि बाङ्गे भुत मन्छाई सक्नु पर्थ्यो।

 

"के भो हँ तँलाई आज?" बाङ्गेले सोध्यो सत्तेनारन थान पछाडी चुरोटको ध्वाँ सँगै। मेरो मन उडेको देखेछ कि ठानेँ।

 

"टाउको दुखी रा छ।" भन्दें।  त्यसकै निहुँ पारेर छडकिन्छु एक छिनमा भन्ने लाग्यो।

 

"हिँजोको तेत्तीले दुख्यो त टाउको?" बाङ्गेलाई अचम्म लागेछ।

 

"ट्वाँटले दुख्या हैन।" भनेँ।

 

"के ले त?" सोध्दै उस्ले कुरो झिक्यो --"हिन माहाँकाल थान जाम-- हिँजोकी केटी कौसीमा आईहाल्छे कि?"

 

"लागी रा छ" मैले अलि झर्केर भनेँ। कस्लाई के धुन कस्लाई के धुन।

 

"आफुलाई टाउको दुखीरा बेलाँ ---" सुनाएँ।

 

एक मनले भन्दिम कि बाङ्गेलाई निशा आउने कुरा जस्तो लाग्यो फेरी जानी जानी दशा के बोलाउनु जस्तो पनि लाग्यो।

 

यता र उताको कुरा गरीयो। धेरै नाटक पनि गर्न हुन्न थ्यो। बाङ्गे संधिग्द हुन सक्थ्यो। घाघ थ्यो पातकी।

 

बल्ल बल्ल पौने बारह् बजे तिर "ल म लाँगे घर तिर --औसधी खाएर एक छिन सुते पछे ठिक हुन्छ -- अनि जाम्ला माहाँकाल तिर" भन्दै उठेँ।

 

"कति बजे तिर आउँ त म? दुई बजे तिर?" सोध्यो उस्ले।

 

उ त आज म कहाँ आउनै हुन्न्थ्यो। तेसैले भनेँ "ठिक भए पछी मै आउँछु तँ काँ।"

तँ घरी घरी आउँदा बा रिसाउलान फेरी"।

 

सरसोतीथान सम्म सँगै आएर म छुट्टीएँ। मनमा अलिकति खल्लो लाग्यो साथिलाई तेसरी अलमलाएको मा। थाह त उस्ले जसरी पनि पाई हाल्थ्यो। खाली एक दुई दिन आफ्नो सुरमा मियों गाडेर दाईँ गर्न थाल्न पा मेसो बस्थ्यो की भन्ने आश। के गर्नु।

 

छीटछीटो घर तिर लागेँ ----

       

लाग्न त लागेँ तर बाङ्गेको छायाँ परीसकेछ। काका र काकी त हुईँकि सकेछन। बिच्छुक लाग्यो की भनेर दिक्क लाग्यो। एअरपोर्टबाट आउँदा ट्याक्सीमा काका अगाडी गुरुजी सँग बसी हाल्छन -- पछाडी म अनि दिदी बैनी (काकी र निशा के)। उनिहरु त सँगै बस्नै पर्यो गफ गर्न -- एका तिर काकी अर्को तिर म--बिचाँ निशा--सम्झिदौ ज्वरो आउला जस्तो भन्या --अनि झोल्ठिङ र भद्रगोल ट्राफिक भा बाटा तिनै हुन निशा सँगै लेपास्सिन नपाए नी झाक्क झुक्क घच्च पर्या बेलाँ गती परम्ला भन्या --तुषारापात भो।

 

 

जे होस -- काका पछाडी बसेर मलाई गुरुजी सँग नराख्लान भन्ने के थ्यो? ल भैगो काका नै बसे रे अगाडी तर पछाडी निशा एका तिर म अर्को तिर --काकी बिचाँ बस्थीन अनि भेटथिस झाक्क झुक्क भनेर सम्झाएँ मन, अनि अलि मत्थर भो पिडा।

 

कति बेला आउँलान भनेर बिनिसित्ती खटपट भै रह्यो। जुन मोटर आए नी आए कि भनेर हेर्यो के को। कसैले बोले पनि रिस उठ्न थाल्यो यत्तिकै। साँच्चिकै टाउको दुख्ला जस्तो पो भो।

 

२ बजि सक्यो आएनन। २:३० भो अझै आईपुगेनन। मेरो मन बत्तिन थाल्यो। अब म तुरुन्तै बाङ्गेकाँ नपुगे उ कुनै पनि बेला आईपुग्न सक्थ्यो म कहाँ। यता बैभव आउने र उता भैरव आउने बेला एउटै पर्यो भने? बरबाद हुन्थ्यो।

 

सोचेँ -- अब उनिहरु आईहाले पनि मैले उही दर्शन सम्म गर्ने हो। उस्को मुस्कान सम्मको केही प्रसाद पाउने हो धेरै भए। त्यो त ढिलो चाँडो मैरै हो, सम्झाँए आफैलाई। अब काकीले बल्ल बल्ल भेट भाको बैनी सँग आफ्नो माईती र उताका आफन्तको कुरा गर्न छोडेर जा दीप सँग भन्छिन कि भन्ने आश गर्न त भएन नी।

 

बरु बाङ्गे आउनु अघि नै उस्काँ पुग्दे कल्याण हुन्थ्यो आफ्नो। पुगेँ बत्तेर पातकी कहाँ।

 

नभन्दै उ मै कहाँ आउन ठिक परीसक्या रे छ। उस्ले सोध्नु अघि नै टाउको ठिक भो भन्दै थपेँ "ल हिन माहाँकाल तिर जाम "।

 

उ दङ्ग पर्यो। हिँजो चाबेल गणेशथान गैया थ्यो। अनि त्याँ चोकाँ ठीटी निरिक्षणमा लाग्दा हुँदी एउटी सुन्दरी अरु दुईटी केई न कामकी सँग चुच्चेपाटी तिर लागी। फुर्सदै फुर्सद हाम्रो लागिम पछि। जो राम्री उसैमा मन बस्ने नै भो।  "त्यो राम्री चैं मेरी" बाङ्गेले पैले नै भन्यो "बच्छि मबिया" तालमा।

 

झनक्क रिस उठ्यो मलाई। त्यै झोंकमा भनें "म चैं उसो भए के खान पछी लाग्नी त?" त्यो सुन्दरीका पार्श्वबर्तीहरु ठिकै सम्म भए नी लौ भन्नु -- मैले बनाको चित्र जस्ता थिए ती -- मैले घोडा बनाउँदा स्याल जस्तो देखिन्थ्यो -- अब तेस्ताको पछी लागेर खत्तम भएन?

 

बाङ्गेले "मेरो लागि हिन न -- साथिको लागि त ज्यान पनि दिनु पर्छ बुझिस!--एउटा केटी छोडन सक्तैनस?" भन्यो।

 

 

साँझ साँझ पर्न लाथ्यो माहाँकाल तिर लाग्दा -- अलिकति दुरी राखेर पछ्याउँदै थिम के पर्छ पर्छ भनेर। यत्तिकैमा एउटा खैरे साईकलमा हुरुरु आएर हाम्रो अघि रोकियो र नक्सा झिक्यो। के भन्न लायो यस्ले भनेर हाम्ले नी नक्सा तिर हेरीम। "बौध जाने कताट?" भन्छ खैरे त। तेसलाई बौध तिर देखाई देखाई बाटो बताई दिएम-- के कति बुझ्यो कुन्नी-----उ त बाटो लाग्यो यता पछी लाग्या ठीटीहरु हराए। अब भो की? ---

 

 अब साँझ पर्न लाईसक्यो -- केटीहरु कता गए कता ---छिटछिटो पल्याक र पुलक गर्दै अघि लागिम -- डर पनि थ्यो -- कतै घर पुगी होरी हाम्रो दनकको बन्दोबस्त गरी सके की न? --

 

"उ तेई हो हो--" बाङ्गेले अलि अघि फटाफट हिन्दै गरेकी केटी देखायो।

 

"त्यो त एक्लै छे त " मलाई हैन की जस्तै लाग्यो।

 

"एक्लै छे र त पछि लाग्या त -- अर्कैको पोते झुन्ड्याई सक्याहरु को त के पछी लागि भो र?"भन्दै मारोगी जान्ने पल्टियो।

 

"हाम्ले खोज्या केटी त्यो हैन होला --" मलाई अझै बिस्वास लागेन।

"हो हो" उस्ले हो हो भन्यो।

 

नभए नी बाङ्गेलाइ त के फरक पर्थ्यो र? तरुनीको पछी लाग्या हो -- अगाडी पनि एउटी तरुनी नै थिई -- अघि पछ्याउँदै गर्या नभए पनि के?

 

"तेस्का साथी केटीहरु खै त?" मैले सोधें।

 

"मलाई नसोध न -- के था पाउनु? लस्के होलान नी घर तिर -- बरु छिटछिटो हिन -- फेरी यो हराउली"

 

ठीटी फटा फट हिन्दै थी --यस्सो पछाडी तिर पनि हेर्थी हामी तिर --- हामी पनि बढ्दै थिम -- हेर्दा हेर्दै एउटा कालो ढोका खोलेर ठीटी भित्र छिरी -- हाम्रो काम सकियो।

 

अब अहिले तेई घर तिर जांदै थिम बाङ्गे र म। हिंजो मलाई नी तेई केटी चाहिया थ्यो। आज थेन।

 

"तेरो ससुराली आउन लायो" मैले बाङ्गेलाई दम दिएँ। मक्ख पर्यो।

 

"म तँ जस्तो हैन बुझिस -- तैले "मेरो" भनी सके पछी तेस्मा मण्डली हाल्ने" मैले थपें। यो थपेको चैं मैले मेरो बचाउको लागि थ्यो। निशालाई पनि बाङ्गेले गिद्दे नजर दिने पक्का थ्यो -- तेसैले कुरो उठाको।

 

"ल ल म पनि नहालुँला मण्डली" -- बाङ्गेले मैले जे सुन्न खोज्या तेई भन्यो।

 

यही माँहाकालकी ठीटी सँग जसरी भए पनि बाँगे अल्झे हुन्थ्यो भन्ने लाग्यो मलाई। निशा अनि त एकलौटी हुन्थी मेरी।

 

त्याँ बाटा हुँदी कती मडारिनु -- तरुनी कौसीमा आकै हैन -- आफुलाई घर बेलैमा आउनु थ्यो --

 

"खै छैन जस्तो छ घराँ ठीटी -- हिन फर्किम" मैले भनें।

 

"एक चोटी नहेरी त मरे जान्न" भन्न थाल्यो उ त।

 

च्या र चुरोट कति तान्नु? च्या तान्यो अनि चुरोट तान्न चैं त्यो मोड तिर जाने गर्या थ्यो -- के था चुरोट उडाको ठीटीलाई राम्रो नलाग्ने रे छ भनें? बेलैमा बिचार पुर्याउनु पर्यो नी।

 

बल्ल बल्ल आई ठीटी कौसीमा। "ए बाङ्गे आई आई" सुनाएँ। मलाई चैं हिजो पछ्याको तेस्लाई हैन भन्ने लाग्यो तर केही भनिन। बाङ्गे खुसी भो। ठीटी सँग धेरै चोटी आँखा जुधे। एकै छिनमा अर्को को लाट्ठे पनि आयो कौसीमा -- ठीटी र लाट्ठेले के के कुरा गरे कुन्नी -- हामी तिर पनि हेरी -- लक्षण बिग्रेको हो की जस्तो लाग्यो। ठीटी पनि हराई लाट्ठे पनि हरायो कौसीबाट।

 

हामी पनि हराईम।

 

"आजको मात्रा पुग्यो बुझिस -- उस्ले थाह पाई नी अब --अब सुरु हुन्छ" बाङ्गेले सुनायो बाटोमा।

 

खै के थाह पाई कुन्नी -- पैला सुरु त उस्को दावेदार को तेई था छैन त्यो केटीलाई --  त्यै पनि भनें "हो हो -- अब था पाई -- आज हेर्न त्यो केटी पनि सुत्न सक्दिन तेती सजिलै -- तैले हरिप लुक्स दिईस यार -- बिर्सिन्न अब -- भोली पनि आउनु पर्छ" मैले उकासेँ।

 

बाङ्गे फुरुङ्ग भो -- केही खाम भन्थ्यो उ मैले भैगो भनें। ट्वाँट लाउने चानसै थे न निशालाई भेटन जानु थ्यो -- भात खान बेलैमा पुगेर कुरा सुरु गर्नुथ्यो आफ्नो।

 

उ छक्क पर्यो मैले भैगो भन्दा -- तेस्तो हत्तपत्त हुँदैनथ्यो।

 

"आज घर अलि छिटो जानु छ -- भनें।

 

"किन?" भन्छ उ फेरी।

 

घराँ मान्छे आउने कुरा भनम "को?" भनेर सोधी हाल्थ्यो -- अनि त यता र उताको कुरा गर्न थालेसी सबै उध्रिन थाल्थ्यो ध्वार ध्वार -- तेसैले भनें "बा रिसाईराछन के यत्तिकै -- तेई भएर दिउँसो तँलाई मैले म कहाँ नआईज भन्या हैन?"

 

लागिम घर तिर -- मनले निशा निशा घोक्दै थ्यो। .....

 

घर फर्किदा बाङ्गे बज्याको घर हुँदै फर्केम -- मेरो घर भएर फर्किदा त के ठेगान छिर्यो भने? धन्न उस्को घर बाहीर तेस्को बाउ उभिरा रेछन -- केही भन्नै परेन -- बाङ्गे लुरु लुरु भित्र लाग्यो म पनि घोसे मुन्टो लाएर सुरु सुरु चल्दें।

 

आफनै घर नजिक आउँदा धडकन एक्कासी चम्किए।

 

घर भित्र आएँ आफनै घरमा अलमलिए जस्तो भो। कता जाम कता। भान्छामा काकी हाँसे जस्तो लाग्यो तेतै लागेँ।

 

भान्छामा पुग्नासाथै निशा र मेरा आँखा जुधे। मनले ट्याम्को त यसै बजाउदै थ्यो -- दमाहा पनि ठोक्यो। आमा, काकी र उ रहेछन त्याँ।

 

"आज त बैलैमा सवारी भए छ नी" काकीले म तिर हेर्दै हाँसेर भनीन।

 

 

"यो मेरो छोरा, दीप" -- आमाले चिनाईन। फेरी उस्को मेरो हेरा हेर भो दमहा र ट्याम्को बजाउँदै गर्या मनले झ्याम्टा पनि थप्यो।

 

"यो मेरी बैनी, निशा" काकिले चिनाईन। उ मुसुक्क हाँसी।

 

मनले नर्सिङ्गा पनि फुक्यो।

 

निशाको अनुहार आगो अघि उभिए जस्तो उज्यालो -- ज्यान सुन्दरताको परिभाषाले समेटन हम्मे पर्ला जस्तो मनमोहक -- दुलहीको घुम्टो जस्ता आँखा आहा! उठाउँदा रहरमा रहरै घाईते होला जस्तो -- जसै उस्ले ति नयन जसको बर्षातमा म निथ्रुक्कै थिएँ म माथि बाट हटाई मनले हठात सनाईं बजायो।

 

"भात खाने बेला भो?" मैले सोधें।

"एक छिनमा" काकिले भनीन।

पुलुक्क म तिर हेरेर उ मुसुक्क हाँसी। म टिक्न सकिन। हिंडे।

 

कोठामा आएर ड्याङ्ग लडें। हे भगबान, अब के हुने हो --- मनमा कुरा आयो। घरमै यस्ती रहरलाई मात दिने तरुनी आई -- अन्त अन्त एक मुस्कान भेट्न कस्तो गार्हो यहाँ त सुरुमै दुईटा पाईयो -- केही त हुन्छ अब भन्ने भो।

 

एक छिन कल्पना सागरमा उठेका लहरहरु संगै खेल्दै यसै ढल्की रहें।

 

"खाना तयार भो" निशाले ढोका बाहीरै बाट भनी।

 

एक्कै चोटी जर्याक जुरुक उठें।

"किन आत्तेको?" उस्ले सोधी -- फेरी तेई मुस्कान। हरे!

 

म सँग जबाफ थिएन। उस्का आँखामा अनौठो चमक थ्यो।

 

उस्लाई जैले हेर्दा पनि मुस्काउँछे बा। काकीले भा नभाको कुरा सुनाईसकिन की के हो जस्तो पनि लाग्यो। आफु यता एउटा सुरा दङ्ग पर्यो तरुनी अर्कै सुरमा मेरो दङ्ग भङ्ग गर्न तिर लाग्या हो की? खै के हो के हो नी।

 

भात खाई सकेर कोठा तिर लागें। एउटा धुलो लाग्या फिजिक्सको किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?

 

भुसुक्कै धाराबाहिक हेर्दी रैछे -- जम्मै चिनेकी कुन चै सासु कुन चै बुहारी --कुन असल कुन खत्तम--- आफुलाई अत्तो पत्तो छैन। कैलेई आफु नहेर्ने ति सिरियल अब तरुनी आई रे भन्दैमा उ आकै दिन देखी हेर्न नी भएन। नियतमा संका  गर्लान भन्ने डर। मुस्किल पर्यो। खुरुक्क फर्कें -- हेरीन उस्लाई पनि। सोझो पनि त हुनु पर्यो।

 

कोठामा फिर्ता आएँ र परालको आगो पढन थालें। मन भने गौथलीमै थ्यो।

 

धाराबाहीक हेरे पछी उ सुत्न भनेर काकी सँगै आई मलाई कोठामा पुलुक्क हेरी --  मुस्कान सुस्कान् थेन यस पटक -- खल्लो भै गो -- -- म सँगैको कोठामा सुन्तु पर्ने उ -- त्यै कुराले आफ्नो निन्द्रा बिच्केको-- अझ उ त ऐले आएर त्याँ सुत्दिन भन्छे बा!

 

किन भडकी भन्ने पिर लाग्न थाल्यो।  ----

 

पछि खै के के भनीन कुन्नी काकिले सुन्न खोजेर पनि बुझिन तर काकी एक्लै माथि तिर लाग्या देखें। भने पछी सुत्ने भैछ पल्लो कोठामा। नखरै धेर। एउटा मनमा यसो बिचार आयो पुजाकोठामा भैरबको डरलाग्दो मुखुण्डो थ्यो तेई लार आउनु पर्यो सुटुक्क अनि तर्साईदिनु पर्यो क्यारे ठीटीलाई -- बड मेरो संगैको कोठामा नसुत्ने नखरा गर्दा त -- फेरी अर्को मनले तु भन्यो -- हेर हेर बुद्धी -- अन्त त तरुनी फकाउन सक्या हैन -- अब कोठै छेउमा बल्ल बल्ल सुत्न आकि एउटी ठीटीलाई पनि पैलेई रात भैरब बनेर तर्साएर गर्न खोज्या के?

 

कुरो ठिक हो। तरुनी तर्साउन हुन्थ्यो के त? फकाउनु पर्नेमा अझ। त्यै पनि के गरम उस्लाई के भनम भै रा थ्यो। एक छिन पछी उस्को ढोका अगाडी पुगेर टक टक गरेँ। ढोका खोली आँखामा "के?" राखेर।

 

"ढोकाको छेस्किनि बिग्र्या छ" भन्देँ।

 

उस्ले केही भनीन। बुझिन की भनेर फेरी भनें "चुकुल के लक बिग्र्या छ"।

 

"आफ्नै बिग्र्या होला नी लक -- मेरो त बलियो छ" भनी र ढोका लाई अनि छेस्किनी लाको नी सुनें।

 

ठीटीले कुरा त घच्ची गरी। सोचें उस्ले लक भनेर केलाई भनी? चुकुल-ताल्चा कि भाग्गे? जेलाई भन्या भे नी  मिलाई तर। मेरो ढोकाको लक काठ पसाङ्ग्रेर लाउन मुस्किल थ्यो -- भाग्गे त झन त्यो भन्दा पैले पसाङ्ग्रेको।

 

उस्को लक बलियो नहोला भन्ने संका त थिएन मनमा।

 

निन्द्रै लागेन। छ्टपट छटपट बिनिसित्तीको।

 

उस्को र मेरो साझेदारीमा एउटै भित्ता थ्यो। यो भित्ता पारी तरुनी छे भन्ने मनमा के लाग्या थ्यो हवात्तै सिलसिलाको डाईलग सम्झें -- ए आग इधर भी है उधर भी -- दिबार गिरादें -- हाँ हमको मोहब्ब्त है मोहब्बत -- यस्तै के के भन्थ्यो -- मैरै कुरो गर्दो रे छ कि जस्तो भो।

 

उस्को सपनाको पैलो सो छुट्ने बेला भैसक्या हुँदो हो आफ्नो सुरु भा कै थेन।

 

उ सधैंको लागि त आ थिन -- पाए त राक्थें ---तर उ कुन दिन फर्की हाल्थी -- जे भन्नु गर्नु थ्यो उ फर्किनु अघि नै गर्नु थ्यो। तर के गर्ने के भन्ने कसरी भन्ने गर्ने केही था छैन। बाटाँ ठीटी जिस्काउन त सजिलो थ्यो -- तर अहिलेको परीस्थीति बेग्लै। तेसमाथि बाङ्गेको त्रास अर्को। कति तिरको चाप मलाई त्यो कलिलो उमेराँ।

 

अनेक कुरा बतास झैं चल्थे जान्थे -- कतिबेला निदाएँ था छैन।

 

निन्द्रै पुग्या थेन ढोका ढकढकाको सुनेँ -- सधैं झै च्या होला भनेर आँखै नखोली टेबलमा राखेर जान भनें -- अनि झटट सम्झें निशा होली -- हेरेको त के हुन्थ्यो -- बाफ उड्दै गर्या च्यामा एक चोटी यस्सो हेरें अनि अलि सेलाओस अनि भनेर सुतेँ फेरी--निदाएछु। 

 

"ल हेर च्या त चिसै -- ए उठ" आमाले भन्या सुनेँ।

 

"तताएर ल्याईदिनु न त अनि उठ्छु" सिरक भित्रै बाट भन्दै गुट्मुटीएँ।

 

"सधैं तताउने पर्ने यस्को च्या -- अब त उठे पछी मात्रै बनाईदिन्छु ---" यो पनि आमाले सधैं जसो भन्ने डाईलग थ्यो।

 

एक छिन पछी "चिया" भन्या सुनें। निशाको आबाज। चिया त मेरै जिउमा खन्याको जस्तो भो। तु उठें।

 

"किन मैले बोल्यो की झस्कीने नी?" उस्ले सोधी।

 

किन किन अब? के भन्नु -- केई नी भनिन।

 

फेरी सुत्ने की? च्या टेबलमा राखेर सोधी --

 

त्यो सुत्ने कुराले मनमा जबाफ त धेरै आथे तर भन्न नमिल्ने खाले, तेसैले "राती निन्द्रै लागेन -- " मात्रै भनें।

 

किन भनेर सोध्ली र कुरो उप्काम्ला भनेको त एक जोर नयन बाणले हिर्कार गै कोठाबाट।

जे होस बिहानै उस्को दर्शन त पाईयो -- अब भक्ति बलियो बनाउनु पर्छ -- भजन गाउँनु पर्छ देवी प्रसन्न नहुने त कुरै छैन -- जिउमा फुर्ती जस्तो आयो -- सधैं बाहीर तिर हुन्थे घाम आज कोठैमा देखेँ --

हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। --

Last edited: 12-Oct-07 12:35 PM
Last edited: 12-Oct-07 12:39 PM
Last edited: 12-Oct-07 12:44 PM
Last edited: 12-Oct-07 12:48 PM
Last edited: 12-Oct-07 12:50 PM
Last edited: 12-Oct-07 01:08 PM
Last edited: 12-Oct-07 01:19 PM

 
Posted on 10-18-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गे खप्पिस छ के रे चोरी सोरी गर्न नि। एउटा टेम्पो चोर्न लाउनि, अनि हाँक्न नि लाउनि, आफू र निशा पछाडि बसेर दख्खिन काली तिर सुईंकिनि! कि कसो?

कामाऽट थाकेर आम्दाको बेलुकीको खुराक नै भै सक्यो यो कथा त, परभो! अरुले जति हत्तार गरेनि मेरो लागि चैं बिस्तारै पस्किम। २-४ हउता कामाऽट आम्दा मन हलुको हुन्छ के!


 
Posted on 10-18-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदारन दिन नि क्या जान्या दीपले......गजल लेखे भने त अहिले हिट हुन्छ लौ !

 


 
Posted on 10-18-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप दाजै, आझ लाई एत्ती नै हो कि कसो, म त अझै कुरेर बसिराको छुं है। अब फेरी बाङगेको आगमन भाको छ, के के न हुने भो भनेर मनां उत्सुकता बढ्या बढ्यै नि, ल टांसी हालम है त अलिकती भये नि।

wow.nepal


 
Posted on 10-18-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मोडिन लाग्या जस्तो थ्यो फेरि बांगेदाइ ( निशा मनपर्यो के जसरी नि भाभी नबनाइ भएन ) आम्नु भएछ। अब भोलि देखि  फेरि हिन्दि धारावाहिक जस्तो ३ दिन ब्रेक हुनिहोला।

 मैले त इन्द्रेणी हेर्न थाले देखि महाभारत रामायण हेर्नै छोडेकिम के रे । तर क्यार्नु  र बाबै  दिपदा त झण  के हो के हो नेपाली टिभी हेर्दा झ्याप्प बिजुली  गा'जस्तो पार्ने  सधै :)


 
Posted on 10-19-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---बाङ्गेले चै धेरै उसैलाई हेर्यो अनि छ्यास्स मलाई पनि। --- 

निशा लच्किदै फर्कि उस्को कोठा तिर अनि बाङ्गे र म पनि लागिम मेरो कोठा तिर।

कोठा भित्र पस्नु के थियो बाङ्गेले सोधी हाल्यो "यो उर्बसी को नी?"

"उर्बसी निशा रे" मैले भनें।

"भन्या को?" बाङ्गेले फेरी सोध्यो।
"भन्या काकीको बैनी रे" म चैं रे का रे लाएर जबाफ दिदैथें।

बाङ्गे अलमलियो। पैला त कैलेइ देख्या थे न जस्तो लाग्यो होला -- काँ बाट आई भन्ने पनि पर्या हुँदो हो। बाँगेलाई धेरै कुरा बुझ्नु पर्या म प्रस्टै बुझ्थें।

"मधेसबाट आ रे" उस्ले नसोधी मैले उस्को एउटा प्रस्नको जबाफ दिएँ।

"उग्र रै छे यार -- के रे उर्बसीको नाम?" बाङ्गेले सोध्यो।

"निशा रे" मैले भनें।

"निशा हैन यस्को नाम त उषा राख्नु पर्ने -- बिहान जस्तीलाई के को रात नी?"

बाङ्गेले यस्तो कुरा गर्छ भन्ने मलाई पैलेई थाह थ्यो -- तेसैले त उ बाट पन्छेको म।

"अनि माँहाकाल तिरको के छ त हालखबर?" मैले कुरा अर्को तिर लाँदै सोधें।

"ह्या त्यो माहाँकालमा त सङ्कटा पर्यो नी"

"के सङ्कटा?" मैले बुझिन।

"सङ्कटा भनेको सङ्कट के --- त्यो केटी त माईत आकि रैछे गै हाली नी"

"ल बरबाद, हो र?" म पनि अचम्मै भएँ। माईत आकि जस्ति त देखीन्न थिई।

"अनि के त?" उस्ले भन्न त भन्यो तर उ तेत्ती दु:खी भाको जस्तो चै मलाई लागेन।

"कस्ले भन्यो तँलाई उ माईत आकि भनेर?"

"कस्ले हुन्छ? ट्वाकले नी -- तेस्ले चिन्या रे छ त्यो केटी -- के को केटी --आईमाईलाई" बाङ्गेले सुनायो।

"कति छिटो गरीछ त यार ब्या" मलाई पनि दिक्क लाग्यो।

"दसमा पढ्दा पढदै गन्धर्ब बिहे गरेकी अरे भन्थ्यो ट्वाक त्यो अस्ति कौसीमा आको लाट्ठे थे न? -- त्यो सँग-- पछी  उता कता धरान तिर हो क्यारे दन्तकालीमा पनि बे गरी रे -- लाट्ठे सोम झापाको रे छ -- भरखर हो रे यता माईती तिर आउन देका भन्थ्यो ट्वाक"।

"ट्वाकलाई चै कसरी थाह रे छ नी सप्पै?" मैले सोधेँ।

"ट्वाक्या बाउ र त्यो आईमाईको बाउ साथी रे क्या -- ह्या छोड अब त्यो आर्का स्वास्नीको के कुरा गराई भो र --बरु यो उर्बसीको त ब्या भा छैन होला नी" ? बाङ्गे त एक्कासी म तिर पो आईलाग्यो।

त्यो माहाँकाले केटीले बेला न कुबेला ब्या गर्देर मलाई पो नोक्सान पर्ला जस्तो भो।

मैले केही भनीन।

"खै चिनान यार हाम्लाई पनि" कि तँ नै बोल्या छैनस? फेरी सोध्यो उस्ले मलाई।

मैले बोलेकै छैन भन्दा उसो भए म सुरु गर्छु मैले सुरु गरे पछी मेरी भन्ला पातकीले भन्ने सोचेर "किन नबोल्नु-- जत्ती बोल्या छ" भनें।

"अनि चिनान त हाम्लाई पनि" फेरी थप्यो उस्ले।

"पख न त एक छिन" मात्रै भनेँ। दिक्क लाग्यो के झ्याउ आईलाग्यो भनेर।

"कैले आकी रे उर्बसी ह्याँ?"

यो सोध्छ भन्ने मलाई पक्का थ्यो -- अब भाको कुरा भनम -- बाङ्गे भडकी हाल्थ्यो -- तेसैले भनें "अघि भरखर आकी रे"

"बाङ्गेले मलाई अलि घुरेर भन्यो "तँ आफै एक छिन अघि आ भन्थिस काका सँग -- उर्बसी पनि काका काकी सँग आउँदै थिई --उ भरखर आ भे तैले कसरी टन्नै गफ गरीस त?"

थुक्क, कुरा फुस्केछ  भनेर मलाई चाप पर्यो। भरखर त हो त - म पनि गा थेँ काका काकी सँग उस्लाई लिन -- बाटा भरी गफ गरेर आउँदै छु --" सके सम्म सच्याउन खोजेँ कुरो तर बिग्र्यो भन्ने लागेकै थ्यो।

"बाङ्गेले केही भनेन"

यत्तिकैमा निशा उस्को कोठाबाट माथि जान हुँदो हो मेरो कोठा अघि बाट गै। बाङ्गेले मलाई फेरी ईसारा गर्यो "चिना" भनेर।

"पख न के हतार" भनेँ। मलाई बाङ्गे चिनाउनै मन छैन।

"तैले चिनाउँछस कि चिन्ने चिनाउने काम म आफै गरम?"

चोकमा उभिएकी निशालाई मेरो कोठाको झ्यालबाट बाङ्गे र मैले देखी रा थिम। माथि गै होला भन्या त चोक तिर पो लागी छ। माथि गा भे हुन्थ्यो नी --ठानें।

बाङ्गे त्याँ बाहीर गएर कुरा गर्न सजिलै सक्थ्यो। उस्लाई सुर चढे पछी जे पनि गर्थ्यो।

"जा न त आफैं जा" मैले भनेँ -- जाँदैन की भन्ने आश।

उ त निस्कि हाल्यो कोठाबाट। म पछि पछि लागें। मैले रोक्नु अघि नै उ चोकमा पुगी हाल्यो।

"काकिको बैनी हो?" उस्ले सोध्यो।

निशाले हामी दुबैलाई हेरी।
"हो" उस्ले भनी। अब बाङ्गेले के के भन्ने हो भन्ने पिरमा पर्या थें म -- मैले तेई पिरमा परिचय सक्कि हालोस बरु भनेर बाङ्गेतिर देखाउँदै भनें "यो मेरो साथी बाङ्गे"।

बाङ्गेले बेपत्ता घुर्यो मलाई। निशाको अनुहारमा एक छिन अघिको असजिलो पनको ठाउँ अहिले मुस्कानले  लेको थ्यो।

मैले झट्ट सम्झें "मैले बाङ्गेको असली नाम भनेर चिनाउने पर्ने -- काँ बाङ्गे भनेर पो चिनाएछु -- हडबडमा"। अब बाङ्गे उफ्रीने हो की भन्ने डर लाग्यो।

बाङ्गेले फेरी प्रस्नको झटारो निशा तिर ताक्यो "कैले आ?"

ल खत्तम। म बिबस उभीईरहें। निशाले आफ्नै सुरमा "अस्ति" भन्दी।

बाङ्गेले उस्को करौती घुरानले मलाई रेटेर उ त्यै चोकै बाट एक्कासी बिदा भयो। ---


 
Posted on 10-19-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hetteri, bangey lai khulasta bhanya bhaye hunthyo ni, "mailey man parayeko chu" bhanera.  Saathi-le man paraye pachi ta kina jaai-lagthyo ni.  Tara, bhanya jasto bhaye ta katha katha nai huney thiyena, kaso?

Lau lau aru pad-dai jau.

Deep le chai Sajha ma yo serial le tahalkaa machaako cha.


 
Posted on 10-19-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la dami gairachha.
 
Posted on 10-19-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Malai thaha cha tyo Bange le overtake garcha bhanera ! Mero kura le pheri katha antai

modne hoina ni !

Afno Professional Development Day ma ee Deep ko katha padhera basiyo !!

Baru arko episode kati baje aaune ho thaha paye, teti khera matra herthe !

 
Posted on 10-19-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा बाङ्गेको करौँती घुरान रे! 

बाङ्गे नै भनेर चिनाएको बदला कतिखेर लिने हो कुन्नि बाङ्गेले? उर्वशी को अगाडि त के बदला लिन्थ्यो होला र! ल प्रभु अलि लामो थपम न यार!


 
Posted on 10-19-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह शिरीष गुरु, प्रोफेशनल डेवेलोपमेन्ट डेमा दीप को कथा पढेर के भयो त? लेख्ने प्रोफेशन पनि छ नि! के नै भयो र? हद भए  निसा संगको दीपको अनुरागलाई बयान गरेर एउटा गजल जाला!
 
Posted on 10-19-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep jyo aru ni jaaos na.

 
Posted on 10-19-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाङ्गेले उस्को करौती घुरानले मलाई रेटेर उ त्यै चोकै बाट एक्कासी बिदा भयो। ---"

बाङ्गेले के गर्छ के गर्छ अब। टेन्सन भो भन्या।

भात खाईसकेर टी भी हेर्न तिर लागेँ। काका हिन्ने तयारी गर्न लाए क्यार -- काकी कोठैमा थिईन।

उ म सँगै आएर बसी सोफामा--एक हात जतिको दुरी हुँदो हो। मैले केही बुझ्नु अघि नै उस्ले मेरो हात दुई पलको लागि समाती अनि छोडी दिई। म त अवाक भएँ। उ तिर हेरेको मात्रै के थिएँ "किन समातेको हँ अर्काको हात?" भन्छे बा उ उल्टै। मैले केही बोल्नु अघि नै उ सोफाबाट उठीहाली अनि निस्की कोठाबाट। निस्कीदै गर्दा उस्ले प्रहार गरेका ति नयनबाणहरु मादक मात्रै हैन घातक पनि उस्तै थिए।

उ निस्किएर मलाई पनि आउनु भनेकी हो मैले तेही बुझें। म पनि ओर्लिएँ तल। म कोठामा पुग्दा पुग्दै उ पनि आई। उस्को अनुहारमा अझै मुस्कान थ्यो।

"साथिको नाम किन नी, बाङ्गे? सोझै थ्यो त" उस्ले भनी। हाम्रो कुरा गर्ली भनेको त बाङ्गेको कुरा पो झिक्छे।

"तेस्को नाम त अर्कै हो -- बाङ्गे बाङ्गे भनी रा को -- त्यै भन्देछु"।

"रिसायो हो साथी?" उस्ले फेरी सोधी।

"रिसाए रिसाओस -- झन आनन्दै" भन्दें। हो त नी।

"साथी त तर क्या राम्रो रे छ -- जिम जान्छ हो?" उ अझै बाङ्गेको कुरा गर्दै छे। मलाई रिस उठन थाल्यो।

"जान्छ जिम काम नपाएर" भनें। मलाई उस्ले बाङ्गेको कुरा गर्या चित्त बुझिरा थे न।

"तर साथि राम्रो रे छ -- मलाई त राम्रो लाग्यो -- बरु आफु भन्दा राम्रो साथि नबनाएको भए राम्रो हुन्थ्यो" भन्दा भन्दै उपदेश पो दिन थाली। मलाई रिस उठ्यो। म कोठा बाट निस्केर चोकमा आएँ अनि यत्तिकै डवली सम्म पुगेँ। त्यो चिसो रातका सितहरुमा म केही बेर बरालिइरहेँ। डबलीको दाइने पट्टीको पसल बाट एउटा चुरोट किनें अनि मन्दीर पछी गएर धित मर्ने गरी तानेँ। 

घर फर्किदा उ टिभि हेर्दौ रैछे काकी, आमा पनि थिए।

उस्लाई देख्ने बित्तिकै मेरो अघिको रिस त कता पुग्यो कता। धाराबाहीक मन लागेन हेर्न -- तातो न छारोको नाटक आफ्नो लभ नपरी रा बेलाँ। बरु चियामा मन गयो।

कोठामा ढल्केर एक कप चियाका चुस्की सँगै किताब पढ्न थालेँ। केही बेर पछी उ त आई तर काकी पनि आईन।

काकी किन नी? मैले बुझिन। काकी त ऐले जालिन छैन भरे जालिन छैन। कुर्दा कुर्दा रात छिप्पेर ब्यान पलाउला जस्तो भै सक्यो। अति भो भनेर हेर्न गा त कोठामा बत्ति सत्ति निभाई सकेछन --

काकीले बर्बाद गरीन।

ब्यान ब्यानै जस्तो बाङ्गे आईपुग्यो। आज रिसाको थेन उ। दङ्ग पर्दै आयो।

एक छिन यता र उताको कुरा पछी एउटा खाम झिकेर दिन्छ बा मलाई।

"के यो?" भनेर सोध्या त --

"उर्बसीलाई दे -- कि तँ दे नभए मै दिन्छु" भन्छ अघोरी।

उस्ले देखेकै हिंजो -- बोलेको भन्या त्यै चार पाँच शब्द हो उस्ले निशा सँग। आज चिठी बोकेर आएछ।

"बौलाईस कि के हो बाङ्गे?" सोधें। चुरोटको गन्ध आए नी ट्वाँटको थिएन -- मातेर आएछ कि भन्न।

"बौलाउन लाई सकेँ यै ताल हो भने बेर पनि छैन" भन्यो।

"मलाई माहाँकाल तिर त्यो लाट्ठेको स्वास्नी तिर लाईदेर तँ यता पिङ् खेल्नी? वाह वाह! तँलाई त्यो माहाँकालको केटीले ब्या गरी सकी भन्ने पैलेई था थ्यो हो की हैन ल भन?" उ भडकियो फेरी।

"त्यो केटी भाग्या मलाई के थाह्? बिद्या भस्म था थेन -- मरीजाम" मैले सफाईमा भनें।

"मलाई तेरो केई बिस्वास छैन -- अब त्यो उर्बसी सँग तैले नी गन्धर्ब बे गरी सकें भन्ने होला--मलाई-- हैन?" बाङ्गे बोल्दै थ्यो।

"गर्या छैन ब्या स्या" मैले भनें। बिनिसित्तीको झंझट।

"छैन भने जस्को सक्ति उस्को भक्ति" अझ थप्यो उस्ले।

"मलाई था छ दीप्, तँ के रे तेस्को नाम -- अँ निशा -- तँ दीप उ निशा -- हैन कस्तो मिलेको? --तेइ निशाको रातमा बत्ति बाल्न बस्या हो तँ मलाई थाङ्नामा सुताएर -- मलाई था छैन र?" उ बोल्दै गयो।

"सुन बाङ्गे, मैले मेहनत गरेर कुरा बन्ला बन्ला जस्तो भा छ -- तँ भाँडन नआईज त" मैले अलि कडा स्वरमा भनें।

उस्लाई केही फरक परेन मेरो स्वर्को। उस्ले भन्यो "ठिकै छ जस्को बन्दोबस्त गर्ने हो -- उर्बसीलाई नै गर्न दे -- तैले पैलेई मलाई भन्या भे म छोडदिन्थेँ अब त --तैले के गर्या थिस रेखालाई ?"

त्यो रेखाको कुरा उठछ भन्ने पनि मलाई थाह थ्यो। बाङ्गेले उसलाई पट्याउन पट्याउन ला बेलाँ मैले बाङ्गे जाँड रक्सी चुरोट खान्छ, अरु केटीहरुलाई पनि प्रेम पत्र लेख्छ भनेर मण्डली हाल्या थें। त्यो रेखा मलाई मन पर्या छ भन्दा भन्दै उस्ले आफ्नो सुर गर्या थ्यो मैले तेसकै रिस पोख्या थें तेती बेला।

आज तेई घुम्ती फेरी आको थ्यो।

मैले नदिए उस्ले दिन्थ्यो चिठी मलाई शंकै थिएन।

उ अलि नरम भो अनि भन्यो 'दीप, तेस्ती राम्री छ उर्बसी-- मलाई पनि त रहर लाग्छ नी -- हामी मान्छे हैन र? -- तेरो र उस्को कुरा मिल्या भे मेरो चिठी च्यातेर फ्याल्दिन्छे कुरै सकियो -- हैन भने मेरो लिन्छे तँ आर्की खोज -- अब अरुहरुको चिठी लिनु सट्टा त मेरै लेको राम्रो नी --ल हो कि हैन, तैं भन?"

"तेरो चिठी सिठी नालमा फ्याल्दिन्छे" मैले झोकमा भनें।

"फ्याले फ्यालोस -- दिन पा भे केई भै हाल्थ्यो कि भन्ने आश त बाँकि हुँदैन -- उस्ले हुँदैन भने हुन्छ भन्ने आर्की खोज्छु नी" उस्ले सम्झाउने सुरमा भन्यो।

मैले सोचेँ ठिकै छ। निशाले बाङ्गेको चिठी लेली वा बाङ्गेलाई मेरो प्रियतम भन्ली भन्ने मलाई रत्ती भर थिएन।

"मैले ल हुन्छ ले म दिन्छु तेरो चिठी" भनें।

उस्ले बन्द चिठी दियो। "म सोध्छु उस्लाई तैले देको नदेको" सुनायो। ---

 


 
Posted on 10-19-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


OMG lu arko ni jaawas.

 
Posted on 10-19-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेलुम् पेलुम् दीप दाइ !
आफुलाइ त  डेप्टिले पेलेर कमेन्ट हान्न नपा मात्र हो, हजुरको धागाहरु त सप्पै पछ्याइ राछु।

यो बाङेलाइ चहिँ बेलैमा बिचार् पुर्याउनु परो है, घर् भाँडला जस्तो छ अस्सत्तिले !


 
Posted on 10-19-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्ले बन्द चिठी दियो। "म सोध्छु उस्लाई तैले देको नदेको" सुनायो। ---

बाङ्गे गए पछी--के मात्रै लेख्या होला त्यो चिठीमा--मैले तेई सोचिरहें धेरै बेर सम्म। मै च्यातेर फ्याल्दिम कि जस्तो लाग्यो फेरी जस्लाई लेख्या उसैले हेरोस--च्यात्नु परे उसैले च्यात्छे।

दिउँसो आमा, काकी र उ सँगै बसेर मैले पनि सिनेमा हेरें --- निक्कै पुरानो स्याम स्वेत थ्यो -- काकीको फेभरेट रे भन्थिन -- सिनेमा त के थ्यो कुन्नी तर तेस्को एउटा गीत भने गतिलो थ्यो -- लभ गर्ने गर्ने ठाममा पुगेकाहरुलाई काम लाग्ने -- त्यो गीत काकाको कोठामा बज्थ्यो बेला बेला तर खासै मतलब लाग्दैन थ्यो आज त्यो गीत त्याँ सिनेमामा बज्दा मेरै लागी बजे झैं लाग्यो। त्यो गीत अझै सम्झिन्छु -- "निगाहें मिलानेको जी चाहता है -- दिलो जाँ लुटानेको जी चाहता है --" यस्तै यस्तै थ्यो।

त्यो गीत बज्दा मैले जति पल्ट उस्लाई हेरेँ धेरै पल्ट उस्ले पनि मलाई हेरेकी पाएँ। मन खुसीको उन्मुक्त आकासमा उडान लिन्थ्यो -- आकास कैले छिनमै अध्यारो हुन्थ्यो बाङ्गेको चिठी बनेका काला बादलहरु मडारीँदा।

सिनेमा सकिए पछी खाजाको तरखर हुन थाल्यो अरु भान्छा तिर लागे उ र म कौसी तिर।

"हिँजो राती साथी किन काकीलाई ल्याको नी? हाम्लाई भन्या भे पनि त हुन्थ्यो" मैले राती काकी उस्कै कोठामा सुतेको कुरा झिकें।

"उफ! कत्तिन --" भनी उस्ले -- "अनि भन्दै गै -- अनि तल एक्लै सुत्न डर लाग्यो भन्या त दिदीले म साथी सुत्दीन्छु भनीन -- अनि के त नी -- पर्दैन भन्या त हो नी --बरु मेरो कोठामा म एक्लै सुते पनि दीदी सँग सुते पनि अरुलाई के को चासो नी?"

बाङ्गेको चिठी दिम यै बेला कि भन्या फेरी मनै लागेन। तेस माथि काकी आईपुगीन वा ठीटीले नै काकीलाई भनी भने बबाल हुन्थ्यो। भरे तिर दिम्ला भनेर बोकि रहें।

"त्यो अघि ब्यानको साथि फेरी आउँछ?" उस्ले सोधी।

"आउँदैन" भनें। बिरक्त लाग्ने कुरो झिकी।

अरु झिक्थी होला खाजा खाने बेला भो भनेर कुरा यत्तिकै टर्यो।

खाजाको एकचिन पछी "म पर्सी फर्किने।" उस्ले अनायासै भनी।

"किन?" एक महिना बस्ने भन्या जस्तो लाग्या थ्यो मलाई।

"यसै" मात्रै भनी।

मलाई त नरमाईलो लाग्यो। "यहाँ रमाईलो लागेन?" मैले धसींदो मनले सोधे।

"मलाई त जानै मन छैन" उस्ले उदास स्वरमा भनीं।

"अनि?" मेरो मनमा बादल मडारीदै थ्यो।

"अनि केई न केई--फर्किनु पर्यो रे" उस्ले तेती मात्रै भनी र गै।

मनका बादलहरु बर्सिए।

अघिको सिनेमाको गीत निक्कै घत पर्याथ्यो मलाई। तेसैले काकी सँग माँगेर ल्याको थें गीत कोठामा बजाउँला भनेर। अहिले त सुन्नै मन लागेन।

देबेन्द्र ठुला बा आए उन्को प्रोजेक्टको मोटर लिएर --बा आमा लिन आका हुन मलाई था थ्यो ---- दिबसदाईको ब्या को बारेमा कुरा गर्न के सल्लाहको कुरा गर्थे--

भात खाईयो --बा आमा देबेन्द्र ठुलाबा सँग गए उता अघि नै--घरमै भए पनि तेसो त मलाई केई न केई--यता उ काकी सँग उनको कोठामा गै-- म ढाक्रे भएँ। तेरो चिठी म दिन सक्दिन तै दे भन्छु भनेर म बाङ्गे कहाँ गएँ उ रैन छ -- ट्वाकका पुगेँ उ पनि छैन -- सुपारी भेट भो। उ सँग धेरै बेर कुरा गरेर फर्कें।

बाहीर जति चिसो थ्यो मन मेरो त्यो भन्दा कठाङ्ग्रेको थ्यो। उ जाने कुरा मलाई कत्ति मन परेको थे न। किन जान लाई मलाई त्यो पनि थाह थिएन। मैले गर्न सक्ने सायद केही थिएन उस्लाई रोक्न।

म फर्किदा काकाको मोटरसाईकल देखें घरमा। फर्की सकेछन। निक्कै ढिलो भै सक्या थ्यो म आउँदा। सबै सुती सकेछन क्यारे। सुनसान थ्यो। पछाडीको ढोका खोलेर बिस्तारै आफ्नो कोठामा पसें।

बत्ति पनि बाल्न मन लागेन -- ओछ्यानमा यत्तिकै लडें। ढोका खुलै थ्यो। बन्द गर्न मतलब पनि लागेन। बाङ्ग्या चिठी टेबलमा राखें।

आँखा चिम्लेर के के सोच्तै थें "काँ गएर आ यस्तो राती?" उस्को प्रस्न ठोक्कियो मेरो कानमा।

हेर्छु त अध्यारो कोठामा मेरो उ छेवैमा छे।

ओछ्यान छेउमै नाईट लाईटको स्विच थ्यो थिचें। "के गरीरा यति बेला सम्म नसुतेर?" मैले बिस्तारै सोधें। त्यहाँ कसैले उस्लाई र मलाई देखे के मात्रै हुन्थ्यो कुन्नी।

"निन्द्रा लागेन अनि के गर्नु त?" उस्ले भनी र ओछ्यानको छेउमा बसी।

"अहिले कसैले देख्यो भने बर्बाद हुन्छ --" मैले भनी नसक्दै उस्ले "होस" भनी।

अनि फेरी उस्ले सजिलै भनी "ढोका लाए पो कसैले देख्दैन" लौ त भनेर मैले लाईदिएँ।

"बा आमा आए?" मैले सोधें।

उस्ले "छैन" भनी।

"अघिको गीत बजाए सुन्न हुन्थ्यो" भन्छे बा उ त आधाराताँ।

"किन काका काकीलाई उठाउने बिचार छ?" सोधें।

"हैन -- सानो आवाजमा सुन्ने नी" भनी।

"हुन्न अहिले" भनेँ।

"नाई नाई -- एक चोटी सुन्ने नी" उ त जिद्धी पो गर्न लाई।

जे होस आमा बा रैन्छन -- बाजे बजैको कोठा तिन तला माथि थ्यो -- काका काकी अर्को साईड पट्टी पछी जोडेर बनाएको घरको दोस्रो तलामा थे। सानो स्वरमा बजाउँदा होला जस्तो लाग्यो मलाई पनि।

गीतको चक्का टेबलमा थ्यो चक्का उठाउँदा उस्ले खाम पनि देखी "कस्को चिठी नी?" सोधी।

एक पलको लागी म अलमलिएँ अनि मन दरो गरेर चिठी उ तिर दिदै भनें बाङ्गेले देको।

उ छक्क परी। "मलाई किन त?" उस्ले सोधी।

"जसलाई दिनु भन्या थ्यो उसैलाई दिदै छु" भनें।

उस्ले लिईन -- बरु उठी ओछ्यानबाट।

मैले हात समातेर बसाएँ अनि खाम च्यातेर चीठी झिकेँ -- उस्ले पनि हेर्दै थिई।

चिठी खाली थियो। एक शब्द पनि लेखेको थिएन।

उस्का आँखामा चमक आए। मेरा पनि। उस्ले मैले ठट्टा गरेको ठानी सायद मैले राहत अनुभब गरें।

किन बाङ्गेले तेसो गर्यो कुन्नी तर राम्रै गर्यो।

"किन जाने छिट्टै?" मैले उस्लाई सोधें।

"यहीँ भाको बेलामा जाने कुरा किन गर्नु पर्यो?"

"मेरो मनमा त झरी परेको परेकै छ दिउँसो पर्सी फर्किने कुरा गरे देखी" भाको कुरा भन्दें।

उस्ले मेरा आँखामा एकनास हेरी र सोधी "इन्द्रेणी थाह छ?"

मैले टाउको हल्लाएर "छ" भनें।

"राम्रो लाग्छ?" सोधी।
"लाग्छ" भनें।

"झरीमा केबल केही किरणहरु चाहिन्छ इन्द्रेणी हुन -- झरी परेको तेता पनि छ यता पनि-- अब रहर छ इन्द्रेणीको भने केही झिल्काहरु चाहिन्छ।" उस्का फर्फराएका अधरहरुबाट शब्द बर्सीदै गए। ----


 
Posted on 10-19-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल-ए-नादान तुझे हुवा क्या है

आखिर इस मर्जकी दवा क्या है

हानियो प्रभु, तोडले हानियो! खै के भन्ने, ताली बजाउन मन लाग्यो भावनालाई अक्षर बनाउने ट्यालेन्टमा!!

गजब!!


 
Posted on 10-19-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा चाडैं नटुङ्गोस; पढ्न मज्जा आईरहेछ ।

 
Posted on 10-19-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है येस्पाला चहिँ केहि होला जस्तो छ।
लगे रहो उस्ताद !
 
Posted on 10-19-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok... i agree with everyone else....Deep..... your writing is amazing! kasto gajab ko maulikta!

Thanks a lot! made my day!

Felicity


 
Posted on 10-19-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok... i agree with everyone else....Deep..... your writing is amazing! kasto gajab ko maulikta!

Thanks a lot! made my day!

Felicity


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters