[VIEWED 135727
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ashu
Please log in to subscribe to ashu's postings.
Posted on 11-20-04 9:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yes, thanks to writer Kedar Sharma's encouragement, I too learnt to type in Nepali this past week-end in about an hour. Yes, that's true -- in about an hour. Was amazed by the experience. Did not know that Nepali typing in Unicode was/is so easy. I would recommend this to you all, if you don't know this nice little secret already. As they say, a good thing like this is to be shared widely. oohi ashu
|
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 05-26-05 4:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
{यहाँ एउटा तालिका संलग्न छ। प्राविधिक कारणले यहाँ यो तालिका बिग्रेर आयो भने कृपया तल हेर्नुहोला। यसलाई म तस्वीर (nepali akshar in order 1) का रुपमा तल राख्ने प्रयास गर्नेछु।} क्र.स. हुनुपर्ने क्रम परम्परागत फन्टमा हुनजाने क्रम कारण (कम्प्युटरले यस्तो बुझ्थ्यो) १. कमल anaxfb'/ anaxfb'/ २. किञ्जल्क dbg dbg ३. जनार्दन gjLg gjLg ४. जितेन्द्र hgf{bg hgf{bg ५. नवीन ladnf ladnf ६. बलबहादुर ldgf ldgf ७. बिमला lht]Gb lht]Gb ८. मदन ls~hNs ls~hNs ९. मिना sdn sdn माथिको तालिकाको दोस्रो कोलमलाई हेरौँ। कम्प्युटरले 'क' लाई s बुझ्ने हुँदा 'कमल' लाई अन्त्यमा लगेर राख्यो। बिमला, मिना, जितेन्द्र र किञ्जल्क लाई चाहिँ सँगसँगै तर झण्डै उल्टो क्रममा राख्यो। परम्परागत फन्टमा L थिच्दा ह्रस्व इकार ( l ) आउने भएकाले उसले यी नामहरूको क्रम दोस्रा अक्षरहरू a, d, h र s का आधारमा मिलायो। अङ्ग्रेजी वर्णमालामा S भन्दा अघि L आउने भएकाले कमल भन्दा अगाडि किञ्जल्क आयो। परम्परागत अर्थात् ट्रू टाइप फन्टहरूमा जे टाइप गर्यो त्यही नै देखिन्छ। 'दिदी' भन्ने शब्दको उदाहरण हेरौँ। वर्णमाला अनुसार 'द' मा ह्रस्व इकार ( l ) लागेर 'दि' बन्ने हो तर हामी पहिला इकार टाइप गरेर मात्र 'द' टाइप गर्न वाध्य छौँ। अर्थात हामी 'इ+द+द+ई' ( इददी) लेख्छौँ र त्यसलाई 'दिदी' देख्छौँ, पढ्छौँ। त्यसैगरी s+d+ { (कमर्) टाइप गरेर कर्म र z+d+f+ {(शमार्) टाइप गरेर शर्मा बनाउने बाहेक हामीसित अर्को उपाय छैन। त्यति मात्र होइन, परम्परागत फन्टहरू चलाउँदा हामी थपथाप, जोडजाड पारेर समेत नेपाली अक्षर बनाउन वाध्य छौँ। 'झ' ( em) चाहिँदा 'भ' मा र 'क्र' चाहिँदा ( qm) 'त्र' मा नेपाली वर्णमालामा अस्तित्व नै नभएको पुच्छर ( m) थप्नु पर्छ। युनिकोड अभियन्ता अमर गुरुङ थोरै शब्दामा धेरै भन्छन्, "c र l जोडेर d बनाउनु जस्तो हो, नेपालीमा जोडजाड गरेर अक्षर बनाउनु पनि त्यस्तै हो।" तर हामीले यो कुरालाई अनौठो नमानिकन, आफ्ना पुर्खाले टाइपराइटर वा कम्प्युटर आविष्कार नगरेको अभिशापका रुपमा स्वीकार गरे जसरी नै स्वीकार गरिरहेका छौँ। धेरै वर्षदेखि हामी यसरी नै नेपाली लेखिरहेका, छापिरहेका र पढिरहेका छौँ। तर त्यहाँ के लेखिएको छ भन्ने कुरा कम्प्युटरको तर्क प्रणालीमा कहिले पनि प्रवेश नै गर्दैन। "गोपी कृष्ण कहू" को पारामा नेपाली बुझ्ने कम्प्युटरबाट जेनतेन काम त चलेकै छ, आधुनिक, तर्कसम्मत र वैज्ञानिक काम गर्न भने असम्भव छ। यता युनिकोडमा उच्चारण अनुसार टाइप गर्नु पर्छ। द+ि+द+ी टाइप गर्दा मात्राहरू आफैँ नै मिल्न जान्छन्। क+र्+म टाइप गर्दा र् आफैँ नै रेफ भएर माथि बस्छ र कर्म बन्छ। परम्परागत फन्टहरूको अर्को समस्या हो एकरुपताको अभाव। एउटा फन्ट चलाउँदा एकठाउँमा भेटिएको अक्षर र मात्रा अर्को फन्टमा अर्कै ठाउँमा खोज्नुपर्छ। प्रीति र कान्तिपुर जस्ता चल्तीका फन्टमा समेत यस्तो समस्या छ। प्रीतिमा चन्द्रविन्दु ( F ) shift 'f' अर्थात ठूलो F मा छ भने कन्तिपुरमा Alt 0247 मा। यसको कारण हो, कम्प्युटरमा नेपाली भाषालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा कुनै मापदण्ड नभएका कारण फन्ट विकासकर्ताहरूलाई जहाँ मनलाग्यो त्यहीँ अक्षर र मात्राहरू राखिनु। परम्परागत नेपाली कम्प्युटर वर्णमाला प्रविधिको अभावको मात्र होइन फन्ट विकासकर्ताहरूकै सृजनशीलताको समेत शिकार हुन पुगेको छ। नयाँ युगका कुरा सूचना प्रविधिले हामी वरपरका अनेक किसिमका सीमानाहरूलाई भत्काउँदै र फराकिलो पार्दै लगेको छ र कहिलेकाहिँ त हामीलाई आफ्नो परिवेशको सीमित घेराबाट मुक्त भएसम्मको आभाष दिन थालेको छ। यसैको अर्को नाम हो ग्लोबलाइजेशन। नेपाली युनिकोडले हाम्रो भाषाका वरिपरि लागेको अप्ठ्यारो भू-बनोट, कमजोर अर्थतन्त्र र पुरानो प्रविधिको तारबार पनि भत्काइदिएको छ। एउटा उदाहरणका लागि चल्तीको चलन च्याटलाई लिऊँ। तपाईँ कम्प्युटर अगाडि बसेर विदेशमा भएका कुनै साथी वा आफन्तसित च्याट गर्दै हुनुहुन्छ र तपाईँलाई मातृभाषामै कुरा गर्न मन लाग्यो भने परम्परागत फन्टमै पनि नसकिने होइन। तर त्यसमा प्रयोग गरिने फन्ट दुवैतिरका कम्प्युटरमा हुन आवश्यक छ। तर यदि तपाईँ युनिकोड चलाउनु हुन्छ भने उता कुनै फन्ट छ कि छैन भन्ने वास्तै नगरी नेपालीमै मनका कुरा लेख्न मिल्छ। यताबाट नेपालीमा जे लेख्नुहुन्छ, नेपाली युनिकोड चल्ने अपरेटिङ सिस्टम भएको जुनसुकै कम्प्युटरमा त्यो पढ्न सकिन्छ। इन्टरनेटको युगमा त यो अत्यन्त आवश्यक कुरा हो। इन्टरनेटमा नेपाली पत्रपत्रिका पढ्नमा आइपर्ने कठिनाइबाट पनि यसले मुक्ति दिने भएको छ। यसैका कारण इन्टरनेटमा मिसमास नभएका अक्षरमा पढ्न सकिने भएको छ। युनिकोड प्रयोग गरिएको छ भने कुनै कुरालाई वर्णानुक्रम वा सङ्ख्यानुक्रममा राख्न त मिल्छ नै, कुनै पनि मोटाइको किताबको अनुक्रमणिका निकाल्न पनि सकिन्छ। फाइल र फोल्डरको नाम नेपालीमा राख्न मिल्छ, नेपालीमा ईमेल पठाउन मिल्छ। अङ्ग्रेजीमा जे जे गर्न सकिन्थ्यो, अब ती सबै कुरा अब नेपालीमा गर्न सकिने भएको छ। मदन पुरस्कार पुस्तकालयमा कार्यरत भाषाशास्त्री लक्ष्मी प्रसाद खतिवडाले भने झैँ "युनिकोडले गर्दा कम्प्युटरको मातृभाषा अङ्ग्रेजी नै हो भन्ने धारणामा परिवर्तन आउन थालेको छ।"
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 05-26-05 4:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो भागको सुरुमा बिग्रेको तालिकाः
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-26-05 4:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो समस्?या अझै पनि समाधान भएन। कुरा के भने मेरो कम्?प्?युटरमा युनिकोड install गरेको छैन, म www.chhahari.com/unicode को extended MPP romanized कीबोर्डमा टाइप गरी कपी पेष्?ट गर्ने गर्छु। यसको समाधान के होला?
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 05-26-05 4:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Java
Please log in to subscribe to Java's postings.
Posted on 05-26-05 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
this typing in Nepali is a great stuff, but anybody know how to send same Nepali font so recepient can also see same Nepali font which you send. For me, its not working!!!
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 05-29-05 1:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को तिरको कम्प्युटरको अपरेटिङ सिस्टम Windows xp भए स्वतः खुल्छ। त्यति गर्दा पनि नखुले character incoding नमिलेको हुन सक्छ।view मा गएर character incoding मा WESTERN -ISO-8859-1 मा लगाएर हेर्नुस् न।
|
|
|
Java
Please log in to subscribe to Java's postings.
Posted on 05-29-05 6:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kedar jee! thank you for responding As you told me, I tried to change my encoding on View( Window XP), they is no WESTERN -ISO-8859-1 . There is only Western - ISO, is that you taking about to change? And, whenever I try to open email, especially Hotmail, only Subject appears in Nepali Font, rest of other contains appear some other code. One more thing, if you click on Reply, there, you can see all Nepali Font but, Vertically. When I tried to open some other email system, like Yahoo, Nelpali Font works there, but it appears vertically, not horizontally. I mean you can see the sentence in Nepali Font, but after each third word appeard vertically.
|
|
|
sardarsing
Please log in to subscribe to sardarsing's postings.
Posted on 05-29-05 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले -याली वा म-यो लेख्दा किन ' - ' को माथी किन लाइन लेखिदैन ? मैले म+ र+'/' + '+=' + यो लेख्दा पानि आउदैन । केही कारण छ कि ? मर्यो वा मर्यो zero width joining (non joining) character use garna sakeko chaina.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-29-05 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ अब मैले पनि आफ्नो कम्प्युटरमा युनिकोट इन्स्टल गरें। यो चाहीं संयुक्त अक्षरको 'टेस्टिङ्'। हेरिहालौं।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-29-05 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केदारजी, धेरै धन्यवाद छ है तपाईँलाई, मेरो समस्या समाधान भयो। आहा!!!
|
|
|
rajankhanal
Please log in to subscribe to rajankhanal's postings.
Posted on 05-29-05 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kedarji, excellent initiation and contribution. Could you tell me please where is comma in Nepali-Unicode. I got problem while learning
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-29-05 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rajan ji, you can refer to unicode keyboard layout in this link -http://mpp.org.np/detail_guide/images/new_layout.JPG All the unicode keys are there. Comma in Nepali unicode is same as in English. ईन्जोइ योर टाइपिङ्।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-29-05 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
naya lahure
Please log in to subscribe to naya lahure's postings.
Posted on 05-30-05 12:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजन जी, यदि तपाईँ romanized layout बाट टाइप गर्नुहुन्छ भने त English मा कमा भएकै ठाउँमा छ तर यदि तपाईँ म जसरी नै traditional layout चलाउनु हुन्छ भने चाहिँ दुःखको कुरो , कमा नै छैन कमा हान्दा ऽ आउँछ।त्यसका लागि मैले दुइवटा विकल्पको प्रयोग गर्ने गरेको छु। यदि म ठूलो कगजात टाइप गर्दै छु भने ऽ नै छाडिदिन्छु र अन्त्यमा English मा गएर , हानेर search/replace गर्छु। तर इमेल आदिमा यो विधिले काम गर्दैन। त्यसका लागि या त shiftरAlt थिचेर Englishमा गएर कमा, हानेर फेरि तिनै keyहरु थिचेर नेपालीमा फर्किने। नत्र ShiftरCtrl थिचेर romanized layout मा गएर कमा, हानेर काम चलाए पनि हुन्छ। यो विधि हेर्दा झर्को लाग्दो देखिन्छ तर प्रीति, कान्तिपुरहरू जस्ता फन्ट चलाउँदा भएको अवैज्ञानिक दुःखका तुलनामा त केही पनि होइन। खबर पाउँ हैऽ यसले केही मदत हुन्छ कि हुँदैन।
|
|
|
GP
Please log in to subscribe to GP's postings.
Posted on 05-30-05 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कृपया, GyaNeX Saral KeyBoard टाइप गर्दा पनि हुन्छ नि त। Please check, http://www.chhahari.com/unicode/ By the end of this summer, I will help Chhahari.com to update the GyaNeX Saral KeyBoard. It looks they did not include all features of GyaNeX KB. GP
|
|
|
GP
Please log in to subscribe to GP's postings.
Posted on 05-30-05 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Naya Lahure ji, In GyaNeX keyboard was the pioneer in bringing the idea of releasing the english non-alphabatical characters from Nepali unicode keyboard. It retains the Ba-Ka-Ma-Na- Sa-Pi-Wa-Ja keys as much as possible and has reoriented the Shift-pressed mode half characters. I am glad that Chhahari.com and The Nepal Digest have published this keyboard in their website for public use. Please refer: http://www.geocities.com/nepalikeyboard/ or http://www.hahoo.net/ or the Extended Version of 2005 is attached here below. GP
|
|
|
rajankhanal
Please log in to subscribe to rajankhanal's postings.
Posted on 06-06-05 1:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NayaLahureji, धेरै धरै धन्यबाद, तपाईको सुझाबको लागि ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 06-13-05 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो नेपाली टाइप चाँडो गर्न सिक्नको लागि र गति (speed) नाप्नको लागि कुनै 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर पाईन्छ कि, कसैलाइ थाहा भए बताइदिनुहोला, धन्यवाद।
|
|
|
naya lahure
Please log in to subscribe to naya lahure's postings.
Posted on 06-18-05 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए साथीहो, यो वार्ता धागोलाई ज्यूँदो राखूँ न। कुरा गरौँ न।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 06-28-05 9:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44264 नेपाली हटाउने निर्णय फिर्ता नलिए राजीनामा कास काठमाडौं, असार १४ - कक्ष्ाा ११ का सबै संकायबाट अनिवार्य नेपाली विषय हटाउने निर्णय फिर्ता नलिए नेपाली विषय समितिका अध्यक्ष डा. दयाराम श्रेष्ठ 'सम्भव' ले पदबाट राजीनामा दिने बताउनुभएको छ । उच्च माध्यमिक शिक्ष्ाा परिषद्को उक्त निर्णयविरुद्ध सम्बद्ध विज्ञ र प्राध्यापकहरू विरोध आन्दोलनमा छन् । नेपाली विषय समन्वय समितिका संयोजक प्रा. ठाकुर पराजुलीका अनुसार शिक्षा मन्त्री स्वयम्ले यो मुद्दामा वार्ताका लागि बोेलाउने भनेकोमा कुनै जानकारी आएको छैन । 'हामी यो साताभर पर्खनेछौं,' उहाँले कान्तिपुरसँग भनुभयोे- 'त्यसपछि चरणबद्ध आन्दोलनमा उत्रनेछौं ।' कक्षा ११ बाट यस शैक्षिक सत्रबाट लागू हुने गरी अनिवार्य नेपाली विषय हटाउनु 'राष्ट्र र राष्ट्रियता' विरोधी कदम भएको भन्दै केदार शर्मा, डा. व्रतराज आचार्य, हेमाङ्गराज अधिकारी र सम्भवसहितको एक समन्वय समितिले यो कदमको विरोध जनाउँदै आएको छ । 'हामीले विज्ञहरूको सुझावमा यो कदम चालेका हौं,' उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले भन्नुभयो- 'यो परिषद्को आफ्नै र एकलौैटी निर्णय होइन ।' नेपाली विषय हटाउनेबारे डा. पार्थिवेश्वर तिमिल्सिनाको संयोजकत्वमा डा. मनप्रसाद वाग्ले, डा. वासुदेव काफ्ले, डा. गोविन्द आचार्य, डा. विशालनाथ उप्रेती, डा. प्रद्युम्न काफ्लेसहितको कार्यदलले परिषद्मा सुझाव प्रतिवेदन दिएकोे थियो । 'यो निर्णयबाट शैक्षिक पाठ्यक्रमको संरचना त बिग्रेको छ नै । राष्ट्र-राष्ट्रियताको मुद्दा पनि ओझेलमा परेको छ,' समिति संयोजक पराजुलीलेे भन्नुभयो- 'आफ्नै मुलुकको पाठ्यक्रममा आफ्नै निर्णयबाट आफ्नै राष्ट्रभाषा ओझेलमा परेको मुद्दा दीर्घकालीन अर्थमा जटिल र संवेदनशील बन्नेछ भनेर बुझाउन पनि आन्दोलन गर्नुपर्ने भएको हो ।'काठमाडौं, १४ असार -कास)- कक्ष्ाा ११ का सबै संकायबाट अनिवार्य नेपाली विषय हटाउने निर्णय फिर्ता नलिए नेपाली विषय समितिका अध्यक्ष डा. दयाराम श्रेष्ठ 'सम्भव' ले पदबाट राजीनामा दिने बताउनुभएको छ । उच्च माध्यमिक शिक्ष्ाा परिषद्को उक्त निर्णयविरुद्ध सम्बद्ध विज्ञ र प्राध्यापकहरू विरोध आन्दोलनमा छन् । नेपाली विषय समन्वय समितिका संयोजक प्रा. ठाकुर पराजुलीका अनुसार शिक्षा मन्त्री स्वयम्ले यो मुद्दामा वार्ताका लागि बोेलाउने भनेकोमा कुनै जानकारी आएको छैन । 'हामी यो साताभर पर्खनेछौं,' उहाँले कान्तिपुरसँग भनुभयोे- 'त्यसपछि चरणबद्ध आन्दोलनमा उत्रनेछौं ।' कक्षा ११ बाट यस शैक्षिक सत्रबाट लागू हुने गरी अनिवार्य नेपाली विषय हटाउनु 'राष्ट्र र राष्ट्रियता' विरोधी कदम भएको भन्दै केदार शर्मा, डा. व्रतराज आचार्य, हेमाङ्गराज अधिकारी र सम्भवसहितको एक समन्वय समितिले यो कदमको विरोध जनाउँदै आएको छ । 'हामीले विज्ञहरूको सुझावमा यो कदम चालेका हौं,' उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले भन्नुभयो- 'यो परिषद्को आफ्नै र एकलौैटी निर्णय होइन ।' नेपाली विषय हटाउनेबारे डा. पार्थिवेश्वर तिमिल्सिनाको संयोजकत्वमा डा. मनप्रसाद वाग्ले, डा. वासुदेव काफ्ले, डा. गोविन्द आचार्य, डा. विशालनाथ उप्रेती, डा. प्रद्युम्न काफ्लेसहितको कार्यदलले परिषद्मा सुझाव प्रतिवेदन दिएकोे थियो । 'यो निर्णयबाट शैक्षिक पाठ्यक्रमको संरचना त बिग्रेको छ नै । राष्ट्र-राष्ट्रियताको मुद्दा पनि ओझेलमा परेको छ,' समिति संयोजक पराजुलीलेे भन्नुभयो- 'आफ्नै मुलुकको पाठ्यक्रममा आफ्नै निर्णयबाट आफ्नै राष्ट्रभाषा ओझेलमा परेको मुद्दा दीर्घकालीन अर्थमा जटिल र संवेदनशील बन्नेछ .
|
|