[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Khagendra Sangraula: PART 2
[VIEWED 6518 TIMES]
SAVE! for ease of future access.
Posted on 02-22-06 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(उहिले नै यो साझामा मैले सुरु गरेको प्रसिद्ध लेखक खगेन्द्र सँग्रौलाका लेखहरुको सँगालो भेट्नै सकिन। त्यसैलाई नियमितता दिन, फेरी लामो समयको अन्तरालपछि यो दोस्रो भाग सुरु गरेको छु, छिट्टैनै लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको कामना सहित। - ओके)
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=66202
न्यायमूर्तिको सद्बुद्धि र मोरिआर्टीको अर्ती : खगेन्द्र संग्रौला
मजे बोल्छु, त्यो कानुन हो । म जे गर्छु, प्रजातन्त्र त्यै हो । जसले होइन भन्न आँट गर्छ उसको नियति दाङका उमेशचन्द्र थापाको जस्तै हुनेछ । राजा ज्ञानेन्द्रको कठोर शासनको क्रूर सन्देश यस्तो थियो । तर सर्वोच्च अदालतले भन्यो, महराज ! संविधानको चश्माले हेर्दा मौसुफबाट यसो भन्न नमिल्ने देखियो ।
कति राम्रो भनेको !

यो मेरा पुर्खाले दुःखले आज्र्याको मुलुक हो । यस मुलुकको राजकीय सत्ताको स्रोत मै हुँ । तसर्थ यहाँको सार्वभौमसत्ता पनि मेरै मुठीमा छ । राजशाहीको अर्को अनधिकृत सन्देश यस्तो थियो । तर सर्वोच्चले संविधानका केस्राकेस्रा केलाएर घोषणा गर्‍यो, सरकार ! संविधानको तुलोमा तौलेर हेर्दा यो सन्देशको तौल पनि नपुग्ने ठहर भो । त्यसैले सरकार ! मौसुफका मुखारविन्दबाट आइन्दा यसो भन्न पनि नमिल्ने बुझियो ।

यसरी राजतन्त्रपीडित यस मुलुकमा केही भयो । सर्वोच्चका पाँच पुरुषले न्यायको महलमा एउटा नौलो ढोका खोले । तिनले इतिहास बनाए । र तिनले नेपालीहरूलाई अपहेलित र अशक्त रैतीबाट सम्मानित र सशक्त नागरिकमा फेर्न अग्रगमनको ध्वजा उठाए । स्वतन्त्रताको यो ध्वजा गौरवमय छ ।

सर्वोच्चको केही समययताको निहुरमुन्टे ताल देखेर धेरैका मनमा अनिष्ट आशंकाहरू उब्जिँदै गएका थिए । के शाही शासनका न्यायाधीशहरूका अनुहार केवल हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल र पवनकुमार ओझाकाजस्ता मात्र हुने हुन् ? तर यसपाला अलि फरक कुरो भयो र यो आशंकाले हाललाई बिदा पायो । यो फैसला लाभको लोभ र हुकुमको भयबाट मुक्त पात्रहरूबाट सम्पन्न भयो । निजका शुभनाम हुन्, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ । फैसला जब आयो, कतिपय रहस्यमय जीवले सहरमा एउटा हल्ला फिँजाए । तिनले भने, यो फैसला उदार राजाका कृपाको फल हो । यस भनाइमा अन्तर्निहित आशय थियो, सर्वोच्च अदालत राजाको अरौटे नोकर हो । राजा जे-जे अराउँछन् यो त्यही-त्यहीमात्र गर्छ । यी जीवहरूको यो कलुषित कथन सुनेर मलाई जङ चल्यो । र मेरो पालो यिनका भनाइको जबाफ भाँती पारेर दिएँ । भनेँ, दरबारमुखी बन्धु ! यसरी नाक फेदैदेखि काटिमाग्न राजाले राजीखुसी तरबारलाई आपmनो नाक प्रदान गरे होलान् र ? जबाफ कडाकडै थियो । जबाफ जब सुने, शाहीपथका यी बटुवाहरूका बक् बन्द भए । अनि यी अँध्यारा दुलामा कुखुरा चोरी खाने स्यालका समीपमा कतै अलप भए ।

अहिले मेरा कानमा सर्वोच्चको फैसलाको स्वर गुन्जिरहेको छ । र मेरा आँखा अघिल्तिरको पवनमा भाट प्रकृतिका केही आदिम अनुहारहरू झरेका पातझैँ हल्लिरहेका छन् । पवनमा सबभन्दा अगाडि पवनकुमार ओझाको अनुहार छ । उनै पवनको अनुहार जो फैसलाको अन्तिम घडीसम्म अखण्ड चाकरीको भाषामा हिन्दु राजाको दुहाई दिनमा मग्न थिए । कर्कश स्वरमा कन्दै पवनजी भन्दैथिए, हिन्दु राजा संविधानभन्दा माथि विराजमान छन् । फैसलासँगै यिनको जंगली आस्थाको जनद्रोही महल गल्र्याम्गुर्लम् ढल्यो । तैपनि यी पवन निधारमा न्यायमूर्तिको बिल्ला टाँसेर तलब-भत्ता थाप्न सर्वोच्चतिर लुखुरलुखुर धाइरहेका म देख्छु ।

अर्को अनुहार हो राजाका मन मिलेका सल्लाहकार तुलसी गिरीको । यी उनै पत्रु तुलसी गिरी हुन् जो जनचेतनाको उर्लँदो आगोमा सल्किएर राजा महेन्द्रको परम्पि्रय तानाशाही पराजित हुँदै गएको दृश्य हेर्न नसकी भूमि, भाषा, नागरिकता र धर्म त्यागेर मुङ्लान भासिएका थिए । नागरिक स्वतन्त्रताविरुद्ध जब राजा ज्ञानेन्द्रको पाइलो उठ्यो, इसाई धर्म बेचबिखन गरी गोजेरो भर्न पिटर गिरी बनेका तुलसी गिरी उत्ताउलिएर फुर्किँदै र कानसम्म मुख च्यातेर हाँस्दै नेपाल फर्के । हिजोसम्म यी गिरी कुर्लिँदै थिए, वेदका ऋचाको ध्वनि सुनेर सिंहासनमा बसेपछि देवतातुल्य राजालाई कुनै पनि कानुनको बाह्र हातको टाँगोले छुँदैन । तर फैसलाले भन्यो, मिस्टर पिटर गिरी ! टाँगाले छुन्छ । कानुनी राजको युगमा राजाको मनपरी चल्दैन । यो फैसलासँगै तुलसी गिरीको स्वामीभक्तिले भरिएको वचन पनि परास्त भयो । तैपनि यी अगस्ती गिरी झन्डा हल्लाउँदै राज्यकोषको रकम ज्युनार गर्न र मौका परे फेरि पनि ब्यांकलाई ठग्न कटिबद्ध छन् ।

पवनमा अनुहारको लाममा प्रकाश कोइराला र आरके मैनालीका अनुहार हल्लिरहेका छन् । यिनलाई लागेको हुँदो हो, आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल अधिराज्यमा राजाको हुकुमी शासन अकन्टक रहनेछ । त्यसैले केवल खानका लागि बाँचेका यी मनुवा दलबाट भागेर ठूलो भाग खान दरबार पसेका थिए । फैसलाको झट्काले दरबारको रक्तरञ्जित भान्सामा आठ रेक्टर स्केलको भुइँचालो गइसक्यो । तैपनि यी खाइदेउ द्वय हातमा टपरी बोकेर गरिमाहीन मुद्रामा दरबारको फेरो मारिरहेका छन् । सर्वोच्चको 'तेरा कुरा इस्' भन्ने आशयको फैसला सुनेर मध्ययुगीन दरबारका यी सारा पुर्जाहरूलाई थोरैमात्र पनि लाज नलागेको देख्दा मलाई लाज लागेको छ ।
क्रमश:
 
Posted on 02-22-06 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, सर्वोच्चको फैसलाले किटानीसाथ भन्यो, राजकीय सत्ताको शक्तिको स्रोत जनता हुन्, राजा होइनन् । यहाँ मलाई एउटा कुरा थप्न मन छ । त्यसो त सर्वोच्च अदालतको शक्तिको स्रोत पनि जनतै हुन् । दल र माओवादीको निरंकुशता विरोधी १२ बुँदे समझदारीले जनजनका मनमा उत्ताल उमङ्ग जगायो । न्यायमूर्तिहरूका दृष्टिलाई त्यो उमंगले खिच्यो होला । नगर चुनावमा राजाको कन्तजोकको हैसियत उजागर भयो । त्यो तथ्य पनि न्यायमूर्तिहरूका नजरमा पर्‍यो होला । चुनावकालमा लोकतन्त्रका यावत् शक्तिमाथि राजाको ज्यादतीले पराकाष्टा नाघ्यो । न्यायमूर्तिका मानसमा त्यो यथार्थले पनि स्पर्श गर्‍यो होला । राजाका जण्ड सेवक कमल थापा र तुलसी गिरीले शाही हुकुम नमान्नेलाई ताकीताकी गोली ठोक्ने आदेश जारी गरे ।

आदेशबमोजिम दाङमा गोली ठोकिँदाको जनमारा आवाजले पनि न्यायमूर्तिहरूलाई झट्का दियो होला । राजाको शासनमा सिङ्गो देश एक नारकीय कारागारमा पतीत भयो । न्यायमूर्तिलाई यो कुरूप सत्य पनि ज्ञात भयो होला । राजाको सर्वसत्ताविरुद्ध सिङ्गै देश जुर्मुराउँदै उठ्न थाल्यो र सिङ्गै विदेश चर्को न चर्को स्वरमा बोल्न थाल्यो । भित्रको र बाहिरको त्यो आवाज पनि न्यायमूर्तिहरूका कानमा गुन्जिन पुग्यो होला । यसरी सर्वोच्चका यी पाँच पुरुषलाई जनताको धड्कन, समयको पदचाप र इतिहासको दिशाको बोध भयो होला । र नै सांकेतिक रूपले निजहजुरहरूबाट गगनभेदी गुन्जनका साथ उद्घोष भयो, एक्काइसौँ शताब्दी जनताको युग हो । भासन गर्ने र शासन गर्ने राजाको जमाना सकियो ।

पवनमा अर्को अनुहार छ श्रीषशमशेर राणाको । यी राणा जब राजाका सञ्चार मन्त्री बनाइए, मलाई एउटा नयाँ कुरा थाहा भयो । सुन्दैमा अचम्म लाग्छ, यी पनि पत्रकार रहेछन् ! 'शमशेर' र 'राणा' त यी हुँदै हुन्, अझ त्यसमाथि दरबारसेवी पत्रकार हुनाले यिनले मन्त्री पद पाएका होलान् । लाग्छ, टीके मन्त्रीहरूको झुन्डमा सबैभन्दा प्रभावहीन पात्र यिनै हुन् । यिनको न विचारमा संकल्प छ, न बोलीमा ओज छ, न भाषामा प्रवाह छ, न मुहारमा आभा छ । बिजुली पर्दामा यिनलाई देख्दा मलाई जहिले पनि दरबारको पटाङ्गनिीको निष्प्राण बुख्याँचा देखेजस्तो लाग्छ । र यिनलाई देख्यैपिच्छे म हाँस्छु । जब बोल्न थाल्छन्, यी शमशेर आफैंलाई लोप्य्राउँछन् । लोप्पाको भाषामा घरिघरि यी भन्छन्, स्वतन्त्र सञ्चारलाई मैले दमन गर्न नसकेको आँट नभएर होइन, कानुन नभएर हो । सर्वोच्चको घोषणाले कुरो घुमाएर भनिसक्यो, हुकुमी अध्यादेशमा चलेको राजाको सिङ्गो शासन नै अवैध छ । तर श्री ३ टाइपका मन्त्री श्रीशशमशेर राणा हलचलकारी यो खबरबारे नै बेखबर छन् । अस्तिमात्र यिनले भने, स्वतन्त्र सञ्चारलाई दमन गर्न तीन-चार महिनामा कानुन आउँछ । राजाको शासन जगैदेखि डगिसक्यो, यिनको बक्बक् भने तैपनि डगेको छैन । अचम्म छ बा !

पवनमा हल्लिरहेको अन्तिम अनुहार हो महामहिम मोरिआर्टीको । दुब्लो र मायालाग्दो काया भएका यी मोरिआर्टीको मति मलाई नम्बर एक अवसरवादी कमल थापाको जस्तो लाग्छ । हिजोको आजै बोलेको बोली फेर्न यी दुई मानव माहिर छन् । जब सात दल र माओवादीमाझ १२ बुँदे समझदारी हुँदै थियो, मोरिआर्टी कुदेर तल दिल्ली पुगेका थिए । दिल्ली पुगे र यिनी अप्रत्यक्षरूपले समझदारीको साक्षी बसे । तर आपmनो सनातन स्वभावअनुसार अहिले यिनको बोली पर्लक्कै पल्टेको छ । अस्तिमात्र यिनको एक डोज अर्ती सुन्न पाइयो । अर्तीमा यिनले सात दललाई भने, माओवादीलाई त्याग र राजासँग मिल । भाषामात्र फरक हो, मोरिआर्टीको आशय 'दलहरू गएर राजाका टाँगामुनि छिर' भन्ने हो । कुरो प्रस्ट छ, महामहिमको यो अर्ती निरंकुश राजतन्त्रवादी अर्ती हो । मानौँ बोल्ने मुख मोरिआर्टीको हो, बोलिएको विचार कमल थापाको ।

मेरो विचारमा १२ बुँदे समझदारी अशान्तिलाई न्यायपूर्ण शान्तिमा फेर्ने एक विचारशील र साहसिक फड्को हो । यो जनस्तरीय बृहत् मोर्चाको शिलान्यास हो । तर मोरिआर्टीको विचार सुन्दा लाग्छ, अमेरिकी सरकार नेपालमा हुकुमी शासनको छत्रछायाँमा युद्ध, युद्ध र युद्धमात्र देख्न चाहन्छ । इतिहास भन्छ, अमेरिकी सरकार प्रायशः नेपाली लोकतन्त्रको बाधक रहिआएको छ । यसले पहिले 'सकारात्मक सन्देश' को भ्रम छरेर आन्दोलनलाई एक राउन्ड बिथोल्यो । अहिले माओवादी हाउगुजी देखाएर आन्दोलनलाई अर्को राउन्ड बिथोल्न यो यत्नशील छ ।

महामहिम मोरिआर्टीमार्फत अमेरिकी सरकारछेउ मेरा केही प्रश्न छन् । अमेरिकाले दलहरूलाई कुन राजासँग मेलमिलाप गर्न अर्ती दिएको हो ? लोकतन्त्रका संवाहक दलहरू, स्वतन्त्र सञ्चार र स्वामिभानी नागरिक समाजलाई बुटले कुल्चेर हुकुमी शासन चलाउन हत्ते हाल्ने राजासँग ? राजनीतिक समस्या गोलीले र केवल गोलीले हल गर्न हठ गर्ने राजासँग ? आपmनो स्वेच्छाचारी हुकुम नमान्नेजतिलाई बोल्न र चल्न नदिने र तिनलाई थोकथोक सङ्ख्यामा खोरमा थुनेर रजाइँ गर्ने राजासँग ? दमन, कलह र युद्धमा मात्र आपmनो शासनको भविष्य देख्ने राजासँग ? भोका र नाङ्गा जनताका आँसु टुलुटुलु हेर्दै सालिन्दा दसौँ करोड रुपियाँका दरले आपmनो भत्ता बढाउने अनि आडम्बरी अभिनन्दन, विलासी भ्रमण र निरर्थक चुनावमा गरिब मुलुकको दुर्लभ पैसाको खोलो बगाउने राजासँग ? आपmनो मातहतको सेनालाई समाजविरुद्ध प्रयोग गरी दण्डहीनताको प्रत्याभूति दिने राजासँग ? भ्रष्टाचारलाई सदाचार, रक्तपातलाई शान्ति, राष्ट्रिय बदनामीलाई राष्ट्रिय इज्जत र लोक सम्मतिको अनादरलाई लोकसम्मतिको आदर ठान्ने राजासँग ?

यतिखेर सिङ्गो नेपाल तीव्र द्वन्द्वबीच दुई मुखर मतमा विभाजित छ । राजालाई बोक्ने मत र राजालाई बिसाउने मत । नगर चुनावमा राजाले पाएको फर्जीसहितको मतसङ्ख्या भन्छ, नेपालीहरूको असी प्रतिशत मत राजालाई बिसाउन आतुर छ । तर मोरिआर्टीका मुखबाट अमेरिकी सरकार हामीलाई प्रतिगामी अर्ती दिँदैछ, तिमीहरू राजालाई बोक ! यो अर्तीमा अनुदार चरित्रको एकल विश्व साम्राज्यको दुर्दान्त दम्भको कडा गन्ध आउँछ । निरंकुश राजतन्त्रका पहरेदार कमल थापाको काम गर्न नेपालीभाषी कमल थापा एक्लै पर्याप्त छन् । मोरिआर्टीको भेषमा आङ्लभाषी कमल थापा किन चाहियो ? तसर्थ महामहिम, झिटीगुन्टा बोकेर झटपट यहाँ स्वदेश फर्किनुभए बेस होला । तुफानी गतिमा लोकतान्त्रिक गणतन्त्रतर्फ हिँडेको नेपालमा अमेरिकी कमल थापाको बक्बक् खपिनसक्नु भो।
 
Posted on 02-22-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great journalist, Khagendra Sangraula. He has opened up the reality of Nepal. Does anyone know where the first part of this article can be found.
 
Posted on 02-22-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is Khagendra Sangraula's collected works Part I

- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=20832

Happy reading !
 
Posted on 02-22-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-22-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I enjoy Sangraula's pieces.
They are always entertaining.

All his pieces share:

an unimitable style and
a mixture of facts with fiction lumped
against (a rotating cast of) villains the his readers in his side of the gallery can
laugh at and feel smug about.

In other words, truth be damned!
Let supposed literary entertainment reign supreme!
Playing to the gallery and getting the wah-wah is all that it counts.

Nothing wrong with all that, really -- so long as readers know what they are getting.

Indeeed, when some readers dared challenge the truth of some of Sangraula's
pieces in the pages of Kantipur, Sangraula famously retorted, "I am a fiction writer.
I approach my newspaper columns in the same spirit . . . the spirit of writing
sahitya."

Even lesser mortals, I would think, such as Gabriel Garcia Marquez or V S Naipaul --
who have written BOTH fiction and non-fiction -- would be wary about making such grand statements. But in Nepal, as long as the politics is shared, the means of how
one reaches certain conclusions, is often immaterial.

Finally, Sangraula writes:
"मेरो विचारमा १२ बुँदे समझदारी अशान्तिलाई न्यायपूर्ण शान्तिमा फेर्ने एक विचारशील र साहसिक फड्को हो । यो जनस्तरीय बृहत् मोर्चाको शिलान्यास हो ।"

Amen to that!

Meantime, let us now wait for the Nepali Supreme Court issue another verdict soon:
The re-instatement of the parliament . . . a decision, let me not laught at this, the
Honorable Court (composed of king-appointed judges) will reach after hours of deliberations!!


oohi
ashu
 
Posted on 08-03-06 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khagendra Sangraula's" BHOOGOL"

प्यारजंगको प्रशंसनीय पराक्रम

खगेन्द्र संग्राैला

जनता सार्वभौमसत्ताका मालिक भए भनिएको तीन महिना भयो । तर सत्ता-संस्कृतिमा सिलामको गेडोजति परिवर्तन पनि देखिएको छैन । गद्दीमा पात्र फरक छ, प्रवृत्तिको चुरो पुरानै छ । बोली फरक छ, बोलीको सार उही छ । ढाँट्ने ढंग फरक छ, ढँटुवाको दाउ उही छ । मानौं राजाका थोत्रा कमल थापाहरू गए र राजाका नयाँ कमल थापाहरू आए ।
म्यादी सांसदले लोकतन्त्रका सपनालाई अपहरण गरेर चटके प्रतिनिधिसभाको निकासरहित खोरमा कज्याएका छन् । त्यो देख्यौं र हामी नागरिक चिन्तामुक्त हुन फेरि सडकमा गयौं । कतिपय लोकतन्त्रका अब्बल सारथी हौं भन्नेहरू हामीसँग रिसले मुर्मुरिए । बाह्रबुँदे समझदारीपछि आन्दोलन दबाउन राजाका रथीले एउटा हाउगुजीको रचना गरेथे । हाउगुजी माओवादी थियो । आन्दोलनमा माओवादी घुस्छ, माओवादीले बम पड्काउँछ, माओवादीले दरबार उडाउँछ । लोकलाई तर्साउन र आन्दोलनलाई कुल्चिने निहुँ रच्न ती यसै भन्थे । अहिले नागरिक आन्दोलनको अनुहार विरूप बनाउन र यथास्थितिमा सत्ताभोग गरिरहन सिंहदरबारका केही नयाँ रथीहरू उही पुरानो रागको रट लगाउँदै छन् । यी भन्छन्, एजेन्डा माओवादीको, उक्साहट माओवादीको, जत्था माओवादीको । अनि कसरी भयो यो नागरिक आन्दोलन ? हाम्रा हरनवादक गुरुजीहरूका कुरा सुन्दा मलाई आश्चर्य लाग्छ । मानौं यिनका नजरमा नागरिक आन्दोलनकर्मी परैबाट चिनिने गरी टुप्पी पालेको, जनै भिरेको र कन्दनी बेरेको विलक्षण ब्राह्मण हुनुपर्छ ।

बाह्र-आठबुँदे मार्गचित्र इमानसाथ लागू गर, पच्चीस बुँदे आचारसंहिता अक्षरशः पालना गर, थोत्रो राजतन्त्रको धङ्धङी त्याग, गणतन्त्रको नयाँ ध्वजा उचाल, दमनकारी सैनिक नायकलाई कारबाही गर, जालझेल, कपट र आलटाल बन्द गर, छाती ठूलो पारेर अन्तरिम सरकारतिर लम्क, राजाका डरले काम्न छाड, जनताको भर परेर जोखिमयुक्त तर सुन्दर यात्रामा पाइला चाल । हो, सडकमा ओर्लेर हामीले भनेको यत्ति हो । के हामीले यो सब भन्नु माओवादीको एजेन्डा भयो ? उसो भए सिंहदरबारबासीको एजेन्डाचाहिँ के होलाज्यू ? के तिम्रो एजेन्डा हल्लिँदै सिंहदरबार जानु, बेतुक बात बोल्नु, अन्योलको सिर्जना गर्नु, दायित्व बिर्सेर उङ्नु, भत्ता पकाउनु, युद्ध बल्झाउनु र पुनः दरबारगमनको सपना देख्नु हो ?

सडक आमनागरिकको साझा संसद् हो । यो माओवादीका लागि खुला छ, खाओवादीका लागि पनि यो खुला छ । सर्त फगत यत्ति हो, हरेक आन्दोलनकर्मी सिंहदरबारका हाम्रा माननीय गुरुजीहरूसँग आँखा जुधाउँदै शान्त र संयमित मुद्रामा नागरिक आन्दोलनको सादा झन्डामुनि उभिन्छ । दरबारका वा अरू कसैका विध्वंसक भिजिलान्तेबाहेक जोसुकैका लागि पनि नागरिक आन्दोलनको द्वार सदैव खुला छ । गुरुजी ! दिल्ली र सिक्लेस धाएर माओवादीलाई तिमीले राजधानी ल्यायौ । न्याय, शान्ति र प्रगतिको साझा शत्रु राजतन्त्रसँग जुध्न भनेर माओवादीसँग तिमीले मीत लायौ । पुरानो इबी बिर्सौँ, नयाँ नाता गाँसौँ भनेर तिमीले माओवादीलाई प्रेमले अंकमाल गर्‍यौ । तर अहिले तिमी नै भन्छौ, नागरिक आन्दोलनमा यो माओवादी किन आयो ? म सोध्छु, के ऊ बन्दुक बोकेर वनतिर लखेटिओस् र आफू पहिलेजस्तै बोरा ओडेर लुक्दै नारायणहिटीको दक्षिण ढोकातिर जाउँला भन्ने तिम्रो इच्छा हो ?

नागरिक भेलाको भोलिपल्टको कुरा हो । प्रतिनिधिसभामा एउटा कलाविहीन नाटक देखें । क्रोधले उन्मत्त भएका एक अभिनेता कुद्दै रोस्ट्रममा पुगे । अनि फिँज काड्दै कम्प छुटेको स्वरमा तिनले गर्जन गरे, सभामुख महोदय ! नागरिक आन्दोलनका नाइकेहरूले हाम्रो प्रतिनिधिसभालाई प्रतिगामी भने । तिनका नाउँमा खेद प्रस्ताव पारित होस् । नियालेर हेरें, बोक्ने झन्डा फरक छ, जप्ने आदर्श फरक छ, उभिने ठाउँ फरक छ । तर नाटकका अभिनेता जुनियर कमल थापाजस्ता छन् । तिनको नाउँ के होला ?

भोलिपल्ट अर्को जात्रा देखें । सांसद विजय सुब्बा भाषण ठोक्न उठे । श्रोता जम्मा चारजना थिए । वृद्ध भरतमोहनजी आपmनो साविकको शैलीमा सिलिङ ताकेर हाई काड्दै थिए । पारिपट्ट िएकजना गुरुजी टेबुलमा च्युँडो जोतेर निन्द्रामग्न थिए । अर्का गुरुजी निदाउन अभ्यासरत थिए । र झन् अर्का गुरुजी टिठलाग्दो मुद्रामा कन्सिरी कन्याइरहेका थिए । मौकामा क्यामेरालाई छवि दान गरिहालूँ भनेर होला, विजयबाबुले आफैंलाई सुनाउँदै मच्चिमच्ची भाषण गरिरहे । सभाकक्षको अनिष्टसूचक विराट रिक्तता उराठलाग्दो थियो । सोचें, बाँकी सांसदको भत्ता पकाएर अघि नै घरतिर फिर्ती सवारी भइसक्यो होला । आज्ञा होस् गुरुजी ! प्रतिनिधिसभा नामक दायित्वबोध, इमान र नैतिकताशून्य भगुवाहरूको यो भीडलाई प्रतिगामी नभनेर अरू कुन शब्दले पुकार्न सकिएला ?

प्रतिनिधिसभा नेपाल राज्यलाई नेपाल सुन्दरीको रूप दिन कसरतरत छ । युगान्तकारी भनिएका यसका घोषणा राज्यको विरूप बाहिरी रूपलाई सिँगारपटार गर्ने चटके कार्चोपी हुन् । बाहिरी रूप जतिसुकै सिंगार, त्यसले मिस नेपाल सुन्दरीको आन्तरिक सांस्कृतिक सारमा केही फरक पार्दैन । यो विकृत सामन्ती राज्यको कुरा पनि उही हो । सिंहदरबारका गुरुजीहरू के के न गरेँ भनेर देखाउन घरिघरि घोषणा गर्छन् । तर लागू गर्ने बेलामा भने खुट्टा पसारेर ती घ्वार्घ्वार् घुर्न थाल्छन् । लागू गर्नलाई न आफूसँग गतिलो संयन्त्र छ, न जनविश्वास छ, न धनशक्ति छ, न त जङ्गी र निजामती नोकरशाहीतन्त्र आपmनो पकडमा छ । तैपनि यी गफास्टक संविधानसभाले छिनोफानो गर्नुपर्ने जटिल मुद्दाहरू बाठा भएर बतासे शैलीमा आजै भकाभक् छिनोफानो गरिरहेका छन् । यो सब केवल कागजी घोडाको काइते रेस हो । फगत मिस नेपाल सुन्दरीको बोक्रे चमकधमकजस्तो !

गुरुजीहरूका कुरा गर्दा मलाई झ्याट्ट श्री प्यारजङ थापाको याद आयो । हिजोसम्म कठोर कोर्रा ठोक्दै हाम्रा गुरुजीहरूलाई राजनीतिक शिक्षा दिने राजा ज्ञानेन्द्र थिए । आज उनको ठाउँ उनका अपूर्व सेवक प्यारजङले लिएका छन् । सिंहदरबारका गुरुजीहरू फुर्ती झिक्दै हामीलाई सुनाउँदै थिए, शाही सेना नेपाली सेना भयो । अब यो हाम्रो बसमा अनुशासनबद्ध छ । तर उल्टो लोप्पा खुवाएर प्यारजङले देखाइदिए । संकेतको भाषामा तिनले भने, म राजाको बफादार नोकर हुँ । मेरा लागि रैतीका छोराछोरीहरू धूलाका कण हुन् । यी नाथेको खटन मानेर किन जान्छु म रायमाझी आयोगमा केरकार गरिमाग्न ? म त बरु आनन्दमय मुद्रामा गगन विहार गर्दै हृदयसम्राटरूपी मौसुफको जयजयकार गर्न पोखरा जान्छु ।

बस्, ती गए र तिनले सिंहदरबारका ढाँटहरूको पोल खोलिदिए । झूटकोे कालो पर्दाभित्र लुकाइएको सत्य सर्वांग उजागर गरिदिने उच्चतम राजभक्त प्यारजंग थापा धन्य हुन् । २१ गते वसन्तपुरमा हुने नागरिकसभामा कृपापूर्वक पाउकष्ट गरी सिंहदरबारका श्री गुरुजीहरू हामीलाई भनून्, शाही सेना कोसँग छ ? र नेपाललाई कता लगिँदै छ ?

जंगी प्यारजंगले रायमाझी आयोगको अवज्ञा गरेर हदैसम्म अपमान गरे । पर्दापछाडि अपमानको यो नाटकका स्रष्टाहरू को को हुनन् ? ज्ञानीहरू शंका गर्छन्, कतै मोरिआर्टी, ज्ञानेन्द्र शाह र गिरिजाप्रसाद कोइराला यो नाटकका संयुक्त स्रष्टा त होइनन् ? एकाध हप्ताअघि मात्र केपी शर्मा ओलीको दुर्लभ वाणी सुन्न पाइएको थियो, 'सेना पूर्णरूपले नेपाल सरकारको नियन्त्रणमा आइसक्यो । कतै केही त्रुटि भए त्यसलाई सच्याउन सकिनेछ ।' ओली महोदयका नजरमा पूर्ण नियन्त्रणमा आइसकेको शाही सेनाका कमान्डरले अधोवस्त्र फुकालेर कटिमुनिको विकराल भूगोल उनलाई देखाइदिए । मलाई जान्न मन छ, यी ओलीको बोली कुन दलको हो ?

आमनगरिकको माग छ, राजा ज्ञानेन्द्रलाई हामीजस्तै मुकुटबिनाका सादा नागरिकमा परिणत गर । प्रत्युत्तरमा प्रतिनिधिसभाका गुरुजीहरूले चयन गरेको नेपाल सरकार के गर्दैछ ? यसले पारस शाहका शिरमामात्र होइन तिनकी छोरीका शिरमा पनि मुकुट पहिराइसक्यो । म नेपाल सरकार हुँ भन्ने झुन्डको यो निर्णय जनविरोधी उग्र अपराध हो । हामी नागरिकहरू सोध्न विवश छौं, संविधानसभाको मतदानबाट आमनागरिकले फस्र्योट गर्ने मुद्दा बढ्ता जान्ने भएर अहिल्यै र एक्लै छिनोफानो गर्ने तिमीहरू को हौ ? हाम्रा सन्तान-दरसन्तानका शिरमाथि बलात् राजा-रानीको भार थोपर्ने अधिकार कसले दियो तिमीहरूलाई ? के जनआन्दोलनले तिमीहरूलाई दिएको कार्यादेश यही थियो ? यही हो सहिदका सपनाको सम्मान गर्ने पारा ?

जता हेर्छु, अराजकता व्याप्त छ । सडकमा अराजकता छ । शाही सेनामा अराजकता छ । कर्मचारीतन्त्र, शिक्षालय, व्यापार-वाणिज्य, कूटनीति र आम समाजमा अराजकतै-अराजकता छ । यसो भन्नुपर्दा मलाई बडो दुःख लाग्छ, यो अराजकताको स्रोत यही दिग्भ्रमित प्रतिनिधिसभा हो । अराजकताभित्रको रिक्ततामा प्रतिगामी तत्त्वहरूले ताण्डव सुरु गरिसकेका छन् । दरबारमार्गमा शाही जवान मध्यरातमा प्रहरीमाथि धावा बोल्छ र बदनाम भैरवगणमा लगेर तिनलाई पाशविक यातना दिन्छ । आँखाका चालले आयोगको खटन मान्नुपर्ने प्रधान सेनापति खटनलाई हाक्काहाक्की खिसी गर्दै जगर फुलाएर हिँड्छन् । अनि आफूलाई जननेता हौं भन्नेहरू 'लौ न हजुर, हाम्रा नाक जोगाउन केरकारमा आइदिनु पर्‍यो' भनेर तिनका पाउमा लम्पसार पर्छन् । मधेसका कारागार रणभूमिमा परिणत भएका छन् । पीडित नागरिकका झिना-मसिना माग र गुनासाको जबाफमा सरकार निर्लज्ज दमनसिवाय अरू केही गर्न जान्दैन । मण्डले दुलाबाट निक्लेर 'लोकतन्त्र मुर्दावाद' भन्न थालिसके । यो सब आफूले क्रमशः जनविश्वास गुमाएर राजशाहीलाई आरामले फर्किन दिने अभ्यास हो । यो अभ्यासलाई रोक्न प्रतिनिधिसभाको मूल ढोकामा भोटे ताल्चा झुन्ड्याइनु जरुरी छ । हरनवादक गुरुजीहरूका हरेक बोलीमा प्रतिगमनको प्रखर गुन्जनबाहेक अरू केही सुन्न छाडियो ।

प्रतिनिधिसभाका रथीहरू प्यारजंगले दिएको सन्देशको गूढ रहस्य बुझून् । ती सिंहदरबारको खोरबाट निस्केर सडक अनुशासनको अनुगमन गरून्, सहरको फोहोर व्यवस्थापनमा हात बढाऊन्, कारागारका कैदीलाई लोकतन्त्रबारे प्रवचन दिऊन्, सडकका भोका-नांगा धर्नाकारीहरूका आँसु पुछून्, मण्डलेसँग कुस्ती खेलून् अथवा आ-आपmना निर्वाचन क्षेत्रमा गएर आपmनो अशोभनीय अतीतबारे पश्चाताप गरून् र मतदातासँग माफी मागून् ।

मिति गुज्रेको ओखतीजस्तो प्रतिनिधिसभा ओगटेर रित्ता कुर्सीलाई निरर्थक भाषण सुनाउँदै जान-अन्जान प्रतिगमनको भरिया बन्नुभन्दा यी कता हो कता असल काम हुन् । यी आफूलाई मान्छेजस्तो मान्छे र नेताजस्तो नेता बनाउने उत्तम अभ्यास हुन् ।
 
Posted on 08-03-06 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Loktrantik Ganatantra" bhanda jhalakka samjana aayo yo photo ko, which was taken during first mass rally at Ratnapark on the second of June organized by Maoists after the success of Janaandolan II, which was posted on online Hindustan Times edition. I like the expression of this countryman (looks like, rather than a cadre), imported by Maoists in the rally from outside Kathmandu, I guess.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters