shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 बन्द गर सम्भोगहरु !

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE: <<  1 2 3 4  
[VIEWED 32757 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-17-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्द गर सम्भोगहरु
बेन्जु शर्मा


सम्पूर्ण हाबामा बारूदको गन्ध
फैलि‍एको बेला
चिसा खोला र नदीहरु
ताता रगत भएर बगेको बेला
मानिसको मन भित्र
आगोका बिउहरु रोपिएर
आगोहरु बम गोला भएर
बिबेकहरु बिचलित भएर
पाशबिकाता नै पौरुषता भएको बेला
एलएसडीको लागुले
युग चम्काइ रहेको बेला
नौजबानका लाशहरु
यत्र तत्र बेबारिस
क्षतबिक्षत छरिएको बेला
सिर्जने र सृष्टिलाई नै हांक दिएको बेला
गोलीको होलीमा
चीरदाह गर्नकालागी
के जन्माउनु सन्तानहरु !
ए सम्फूर्ण महिलाहरु हो!
बन्द गर कोखहरु
अब कुनै बच्चाहरु
लोरी सुन्दै
झोलुङ्गामा झुल्ने छैनन्
यो नपंसक समयसंग
बन्द गर संभोगहरु !
 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-31-07 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

surnatal

Shiva jee is basically trying to say- Instead of having offsprings who are morally depleted, it better to ejaculate where there will be no conception and creation.

But if you yourself , who is morally right and if you ejaculate or perform self satisfying acts in the public places like "padhera" where mostly women garher to collect drinking water, sorta conveys conflicting message.

my two cents.
 
Posted on 07-31-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पँधेरो विवादमा आयो । सूर न तालदजीले पँधेरो लूगाधुने देखि लिएर नुहाउनेसम्मको स्थान हो भजस्तै मेरो विचारमा पनि पतनको लागि पधँरो पनि उपयुक्त हो । किनभने पँधेरामा भयो भने सफा गर्न धुन पखाल्न पाइन्छ । अनि पानीले बगाएर पनि लैजान्छ । कविले पनि यसै विचारले पँधेरोको जीकिर गरेका होलान् जसमा सहमति एवीसीले पनि जनाइ सकेका छन् ।
शिरिशजी यसलाई यसरी सकारात्मक रुपले पनि हेर्न बुझ्न सकिन्छ जस्तो लाग्छ ।

 
Posted on 07-31-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"poetry is what is lost in translation" बिबादको कुरा हैन यो !

कबिले जुन मनशायले जे लेख्छन् त्यो बाहेक अरु कुरा बुझ्ने अधिकार पाठकलाई हुन्छ !

चरित्रमा खोट देखेर - त्यस्ता सन्तान नजन्माउ भन्ने सुन्दर तथा अति ऊच्चतम बिचार प्रकट गर्ने तर आफै "पंधेरा" जस्तो खुल्ला ठाउ, त्यसमाथी आईमाईहरु जम्मा हुने ठाउंमा बीर्य स्खलन गर्नु हुन्छ भन्ने हो भने मेरो भन्नु केही छैन !

बांकी बिम्बहरुमा केही न केहि privacy छन् !
 
Posted on 07-31-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बेन्जुजिको निजि जिन्दगिको उपहास गर्न नचाहदा नचाहादै पनि दुइचार कुरा ले गर्दा यो खुलस्त गर्न बाध्य भये । पहिलो त लोग्ने मान्छेले गर्ने चिरपरिचित ब्यापक अत्याचार् , अनि नेपालि समाजमा भित्रियको दाइजो जस्तो कुख्यात चलन । भनिन्छ कबिता मनबाट प्रस्फुतित् हुन्छ, टाउकोबाट होइन । हुनत टाउकोबाट लेख्ने थुप्रै छन, त्यस्को पर्दाफाश् गर्न निक्कै गार्हो हुन्छ । त्यसैले जब हरिभक्त कटुवालले गरिबिको केन्द्रबिन्दुमा कविता लेख्छन त्यो मलाइ चित्त बुझ्छ अनि चादनि शाहलाइ पत्यार गर्न चै गार्हो हुन्छ । रह्यो सत्यता को कुरा, को ठिक को बेठिक कसलाइ के थाह ? एुउटा छोरो समेत भयेकि बुहारिको स्वर्थिक मनशाय यस बिषयमा कम्ति देखिन्छ, फेरि पढे लिखेकि पनि रहिछिन । बाहिरबाट अवलोकन गर्ने कुरा यस्तै हुन, सप्पै कुरा त कसरि थाह हुनु । अर्को, सासु बिख्यात नारि समस्या बुज्ने, अत्याचार को बिरुद्द लेख्ने भयेकाले समग्र जटिलताको समाधानको भार पनि उनि माथि नै थुपरियेको देख्छु । उनि त नारिको समस्या बुझ्ने लिडर् पो हुन् नकि आरोप पत्यारोप् को लखेडा गर्ने नेता।

त्यो पधेराको झमेला चै निक्कै चासो बिषय बनेछ । जे भनेनि ठिकै हुन्छ, खालि समानताको जटिलता मात्रै हो । जब नेपालमा पुरुषहरु पधेरामा जान सुरु गर्छ्न् त्यसबेला देखि कामदेव कबि बिबादमा पर्नु हुदैनन ।


सरि है शिवप्रकाशजि, कविता राम्रो छ ।

 
Posted on 07-31-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source: http://www.weeklynepal.com/newsindex/columns/?npID=c9f0f895fb98ab9159f51fd0297e236d|50&colID=cedebb6e872f539bef8c3f919874e9d7|594000&newsID=c68c9c8258ea7d85472dd6fd0015f047|5a410202&pubDate=f56c3541665e007591f6a5afdad79fcd|5a4803074e411a5a4b

 
Posted on 07-31-07 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm sorry for screwing up the thread by pasting the source; I didn't intend to do that.

 
Posted on 08-02-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका एक प्रयोगकर्ता मित्रले फोन गरेर भनेका थिए साझामा गरमागरम भइरहेको छ । उनले भनेको पनि तीन दिन भइसक्यो तर बेफूर्सदका कारण यो गरमागरम हेर्न पाएको थिँइन । आज बल्ल अलिकति फुर्सद भएर साझामा भ्रमण गर्दा सबैका विचारहरु पढेँ । खुशी लाग्यो ।
चेतनाको स्तर ब्यक्तिब्यक्तिबीच फरक हुन्छ । बुझाइमा आआफ्नै परिधी र परिवेश हुन्छ । र त्यो स्वतन्त्र हुन्छ । मेरो विचारमा त्यो स्वतन्त्रताको उपयोग सबैले गर्न पाउनु पर्छ ।
सबै मित्रहरुलाई धन्यावाद । नमस्कार ।
 
Posted on 08-04-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(((यो चाँही साह्रै नै घत् लागेर सभार गरेको है...)))


भुक्तान गर सम्भोगका मूल्यहरु


:::::शिव प्रकाश (हरैंचा/मोरङ)

खेल्यौ, धेरै खेल्यौ
नाङ्गा शरीरका आदिम खेलहरु
यौवनका उर्जाहरु
विषाक्त वीर्य बनेर
धेरै पॊखिए तिम्रा
कुलघरानाहरुमा, दरवारहरुमा, महलहरुमा, कोठीहरुमा
हाम्रा झुप्राहरुमा, वस्तीहरुमा……।
थकायौ, धेरै थकायौ
आफ्ना वलिष्ट पाखुराहरु
आधुनिक उर्वसीहरुका उर्ध्र्वमुखी
वक्षका पोटिला पिण्डहरुमा
उत्तेजनाको आगोहरु झोस्यौ
जताततै सेता/कालाकुण्डहरुमा ।
आन्दित भयौ, धेरैधेरै आनन्दित भयौ
लिङ्गपानका कामुक स्वादहरुमा
यौवनका रापहरु तप्त भए
तिम्रा अनियन्त्रित सम्भोका फगत खुशीहरुमा ।
जन्मायौ, धेरै जन्मायौ सहसा
यो निरिह धरतीमा
मान्छे चिथोर्ने मान्छेहरु
मान्छे टोक्ने मान्छेहरु
पशुत्वलाई पुरुषत्व ठान्नेहरु
नग्नतालाई नारित्व मान्नेहरु
उस्तादहरु, वीर-वीरङ्गनाहरु,
नायक-नायिकाहरु……… मान्छेबिनाका मान्छेहरु ।
तमासा हेरिहरेछौ आफ्नै
अहिले अनाहक बाँचेर
भुक्तान् गर सम्भोका मूल्यहरु
अब हाँसेर‌‌‌‌.. बौलाएर …… आफूभित्र आफैं मरेर ।

हाल -बोस्टन /अमेरिका । अगष्ट ३, २००७ ।
 
Posted on 08-10-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is one of the better reviews I read in a long time. However, it also fails to point out the weaknesses of the poet.

The job of the reviewer is not to emphasize or say good things about the poet but to make the poet better with pointing out the weaknesses.

कवि मनु र उनका पहाड चढिरहने कविता

कृष्ण धरावासी

अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो < किन हो < भन्न खोजेको के हो < आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् < तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त < यही छ समस्या । र कविताको त वास्तवमा के अर्थ हुन्छ र < बरु, त्यसमा त भाव, सङ्केत, संवेग कल्पनाहरू नै हुन्छन् । वास्तवमा तिनमा हाम्रा आफ्नै कल्पनाहरू अटाउने कत्ति ठाउँहरू पनि हुन्छन्, जसले हामीलाई रमाउन मद्दत गर्छन् ।

आज पनि हामी रुमल्लिइरहेका हुन्छौं । काव्यहरूभित्र अर्थको खोजमा आ-आफ्नै अर्थहरू भेट्टाएर रमाइरहेका पनि हुन्छौं । आत्मपरक अर्थहरूले कवितालाई ज्यादै गतिशील र चिप्लो पनि बनाइरहेको हुन्छ । तर कवितामा आत्मपरक अर्थ भेट्टाउन कठिन कविता आफैं विम्ब र प्रतीकको जङ्गलमा कतै अल्झिएकाले पनि हो । रूढ कविताका रूढ अर्थहरू सहजै भेटिन्छन् । र ती रूढ अविधात्मक कविता वास्तवमा कविता नभएर कविताको ढाँचामा लेखिएका कुराहरू मात्र हुन्छन् । कुरालाई नै कविता मान्ने जमातका अघि-विम्ब-प्रतीक र मिथकको कविता यात्रा दुर्बोध्य लाग्नु स्वाभाविक नै छ ।

पाठकहरू भन्छन् - "नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । नबुझिनुको समस्याले हामी ग्रस्त छौं ।"

केही कविताहरू त्यस्ता नबुझिने छन् होला तर ती किन बुझिएनन् भन्ने पनि प्रश्न सँगै छ । पाठकको कल्पनाको सीमाभन्दा अलिक परैको दूरीमा यदि कविता-चेत् उभिएको भए ती बुझिँदैनन् वा पाठकको पढ्ने परम्परागत अभ्यासभन्दा भिन्दै शैलीमा आएका भए पनि ती बुझिँदैनन् । आज नबुझिएको कुरा सधैं नबुझिने त हुँदैन नि ! हामी नबुझिएकोलाई बुझदै, रमाउँदै, थाहा पाउँदै त अघि बढिरहेका छौं, जीवनमा । नबुझेको कुरा बुझेको क्षण कति खुशी पनि भएका छौं । कविता नबुझदै फेरि बुझदै आइरहेकै हुन्छौं, सधैं । जीवन नै त्यस्तै नबुझिने- अलिक दिनपछि बुझिने, फेरि नबुझिने भइरहेको हुन्छ ।

अपरम्परित शब्दको प्रयोग, मिथकहरूको नयाँ अर्थ-प्रक्षेपण आदिमात्र दुर्बोध्यताको कारण बन्दैनन् कवितामा । अत्यन्त सरल भाषामा लेखिएका र सरल प्रतीक-मिथकले पनि तर कविता दुर्बोध्य हुन्छन् । भावको सघनताले, कविको भावसँग पाठकको भावको सामीप्य नहुनाले पनि कविता बुझिँदैनन् तर नबुझिएरै पनि ती राम्रा लागिरहेका, पढ्न मन भइरहेका हुन्छन् नै ।

आजका कविता बीसको दशकका कविताका तुलनामा धेरै नै सरल र सुबोध छन् तर यिनको सुबोधताभित्र पनि क्लिष्टताको मात्रा भने कमजोर भएको छैन । पढ्दै गयो बुझेको जस्तो लाग्दै मेटिँदै जाने चरित्रका कविता धेरै छन् । आज भावको गम्भीरता र प्रतीक विम्बको प्रधानताका यी नूतन विशेषता हुन् ।

बीसको दशकको प्रयोगवादी कविताको युगले क्लिष्टताको धेरै लामो आरोप खप्नुपरेको थियो । आज पनि क्लिष्टताको कुरा उठ्दा मोहन कोइराला, वैरागी काइँला र इश्वर बल्लभका नामहरू उदाहरणमा आउँछन् । त्यस कालका अरू पनि धेरै कविहरू क्लिष्टताको आरोपले सुशोभित छन् नै तर तीसको दशकमा प्रवेश गरेपछि कविताहरूले क्लिष्टताको मार्गबाट क्रमशः मुक्ति पाएको अनुभव गरेका हुन् पाठकले । यद्यपि समकालीन कविताको नाम पाएका तीसको दशकका कवितालाई पनि त्यति सरल त कहाँ मान्न सकिएला र < तर समकालीन नेपाली कविताले २०४६ सालसम्मको प्रतिनिधित्व गर्दा यस १५ वर्ष भित्रको नेपाली राजनैतिक जीवनलाई पनि नजिकैबाट हेरेको देखिन्छ । शान्ति क्षेत्र, युद्धको विरोध, मानवतावाद, अन्तर्राष्ट्रियतावाद, विकासको चाहना, राष्ट्रवादी सोच प्रजातन्त्रको आग्रह आदि यस कालका कविताका मूल स्वर सुनिन्छन् ।

२०४६ सालपछि नेपाली राजनीतिमा आमूल परिवर्तन आयो । कविहरूका आग्रह र कविताले रोजेका क्षेत्रहरू भताभुङ्ग भए । प्रजातन्त्र प्राप्ति पछि हिजोका कुण्ठाहरू स्थगित भए । खुल्ला संसारमा प्रवेश भएको अचम्मको युग आयो । समकालीन कवि र तिनका कविताहरू २०४६ सालकै लक्ष्मणरेखामा थुनिए; तिनले त्यो रेखा नाघेर यता पस्नै सकेनन् । हिंडिरहेको बाटो अलमलिएझैं, सदा सुत्ने ओछयान साटिएझैं, आसन बदलिएको शरीरझैं भए कविहरू । तर नयाँ युगमा नयाँ चेतले नयाँ कविहरू फेरि पलाएर आए । हिजोको आदर्शवादी सोच, चेत् र आग्रहभन्दा भिन्दै प्रकारको माग र समस्याहरू देख्न थाले, नयाँ आँखाहरूले । अचम्मै राम्रा र अनौठा कविताहरू पनि आउन थाले । त्यसो त त्यत्तिकै नाप्पिएका, पात्तिएका नारा, गाली र फोहोरी कविताहरू पनि आए । सबै खाले अनुशासनका बाँधहरू भत्किएका गैरजिम्मेवार कवि पनि देखा पर्न थाले, तर आउने, उभिने र वास्तवमै नवचेतना बोकी आएकाहरू भने बिस्तारै जुँगा पलाउँदै, दारी पस्दै, छिप्पिँदै गइरहे ।

पचासको दशक नेपाली कविताको गौरवमय दशक हो । त्यसो त यस दशकले साहित्यका सबै विधालाई नै अत्यन्तै मुक्त र स्वतन्त्र आकाश दिएको हो । कविताले त झन् खुल्ला मैदान पायो । यसै आकाशमा कावा खाँदै विचरण गरिरहने एक्लै, छुट्टै र स्वतन्त्र उडिरहेको देखिने कवि हुन् - मनु मन्जिल । राजधानी बाहिर रहेर कवितालाई एउटा कलाकारले झैं बडा मेहनतका साथ गोड्ने परिस्कार गर्ने र सुन्दर प्रस्तुतिले भावको सम्प्रेषण गर्ने कलम पाएका, 'आँधीको आवेग' नामक कृतिका स्रष्टा आजका युवा कवि हुन् - मनु मन्जिल ।

हरेक युगमा कविताले नयाँ नयाँ परिभाषाहरू टेक्दै हिँड्नुपरेको छ । कहीँ चट्टानमा कहीँ सिस्नोघारीमा, कहीँ खुल्ला राजमार्गमा जहाँ जसरी हिँड्नु परे पनि तर यसले हिँड्नु परेकै छ, उभिन पाएको छैन । पाठकहरू यसका विशिष्ट छन्, पाठकीय विशिष्टता पनि कविताको समस्या बन्दछ । पाठक जति बौद्धिक र स्वयम् कल्पनाशील हुन्छ- कविताले त्यति नै द्रुत गतिमा अघि भाग्नुपर्छ । पाठकबाट भेटिनु हुँदैन कविताले । तर आजका पाठक स्वयम् यति गतिशील छन्, झण्डै-झण्डै छुन खोजिहाल्छन् चेतनाले । कविताको स्तरीयताको सधैँ प्रश्न उठिरहन्छ । सधैं कवितामा असन्तुष्टिहरू आइरहन्छन् । बोध गर्नुपर्छ त्यसबेला पाठकीय चेतनाले कविताको संवेगलाई भेट्न खोजिरहेको छ कि -

आजको एउटा समस्या यो पनि हो । पाठकीय प्रतिक्रिया वर्तमान कवितातिर भन्दा विगत तिरै फेरि फर्किएको पनि हामी पाउँछौं । अझै पनि देवकोटा, सम, लेखनाथ, रिमाल, मोहन कोइराला र वैरागीकै कविताका पुस्तक किन बाक्लै खोजिइन्छन् < के ती धेरै राम्रा भएर हो ? वा हाम्रा आजका कविताले तिनको भन्दा अघिल्लो चेतना दिन नसकेर हो ? युग आजको टेकेर बोध हिजोकै बोक्नुपर्ने बाध्यता पाठकलाई छोडिरहेका छौं कि हामी वर्तमान कविहरूले ? हाम्रा कवितामा शाश्वतताको कमी र क्षेत्रिक समसामयिकताको मात्र व्याप्ति भयो कि ? भरेनै भोलिनै पुरानो भइजाने विषयहरू पो हाम्रा कविताको मूलधार हुन पुगे कि ? यो आजको कविको लागि चुनौती हो ।

कविता कस्ता लेख्ने वा किन लेख्ने ? कवितामा के लेख्ने र कसका लागि लेख्ने ? यी शाश्वत प्रश्नहरू हुन् । तर यिनका उत्तरले कहिल्यै पूर्णता पाएका छैनन् । जसको उत्तर हुँदैन त्यसले के पूर्णता पाउनु ? एउटा प्रश्नका अनेक उत्तरहरू उहिलेदेखि नै छन् । धेरै विकल्पहरूले सुशोभित छौं हामी । विकल्प धेरै भएकैले बाँच्न सजिलो भएको पनि हो । यिनै अनेक वैकल्पिक उत्तरहरूको सुगमताले नै हामीलाई दिनदिनै नयाँ कविता लेखिरहन मन लाग्छ, पढिरहन मन लाग्छ । केही रूढ उत्तरहरू पनि छन् , जसले भन्छन्- 'कविता खास वस्तुका लागि, खास समूहका लागि र खास उद्देश्यका लागि लेख्नुपर्छ ।' त्यसरी लेखिन्छन् पनि, त्यसरी लेखिएका कविताहरू कुनै जन्मोत्सव-अङ्क, स्मृति-अङ्क वा स्मारिकाको सजावट जस्तोमात्र भएर रहन्छन् । त्यस्ता कवितामा गति हुँदैन । ती चेप्टा हुन्छन्, गुड्दैनन् । त्यहीँको त्यहीँ बसिरहन्छन् । सदा कालका लागि लेखिएको महान् भ्रममा तत्कालै मरिरहेका हुन्छन्, कैयौं यस्ता कविताहरू ।

"अर्थ" नै कविता हो ? गहिरिएर हेरे प्रष्ट हुन्छ - अर्थ कविता होइन । ती अर्थहरूले जन्माउन सकेका भावहरू, कल्पनाहरू, सङ्केतहरू कविता हुन् । कवितामा कविता जन्माउने सघन अर्थ छ ।' (इ.ब.राई – सन्दर्भमा इश्वर बल्लभको कविता)

इन्द्रबहादुर राईको यो भनाइ कविहरू र कविताका समीक्षकहरूका लागि एउटा निकै ठूलो चुनौती हो । कवितामा अर्थको खोजी एउटा व्यर्थ यात्रा देखाउँछ यस भनाइले । र वास्तवमै एउटा प्रश्न जन्मन्छ नै- साँच्चै के अर्थ नै कविता हो त ?

मन्जिलको तुलना कसैसँग गरिरहन पर्दैन । उनकै कविता पनि कतिपय उनका आफ्नै कविताहरूसँग अतुलनीय छन् । गहिरो अध्ययन, गम्भीर चिन्तन र विषयप्रतिको मोहनीय अनुरागले कवि मनु एउटा छुट्टै चिनिने प्रतिभा हुन् । प्रकृतिले उनलाई दिएको गला र शरीर पनि एउटा व्यक्तित्ववान् कविको लागि सुहाउँदो छ । मनु मन्जिल मञ्चमा पुगेपछि सारा श्रोताहरू चुपचाप हुन्छन् र मनुमात्र एक्लै कवितापाठ गरिरहन्छन् । गहिरो कुवाबाट निस्किएर आएको कुनै तापसीको गूढ रहस्य बोकेको जस्तो ध्वनिले वातावरणलाई च्याप्पै समातेको हुन्छ र कविता ..... । ती त त्यसै पनि चम्किलो चेतनाका ज्योतिजस्ता लाग्छन् । सुन्दै गयो कहाँकहाँबाट आइरहेको देववाणीजस्तो कानमा र मनमा ठोकिन्छन्, सूक्तिमय भएर कविताका पङ्क्तिहरू ।

मञ्चहरूमा उनले पाठ गरी सुनाएका र पत्रपत्रिकामा फाट्टफुट्ट प्रकाशित उनका कविताहरू पढेर सधैं खुसी भइरहन्थें म । गहिरै प्रभाव पारेका थिए मनुका कविताले । एकताका विष्णुविभु, अशेष मल्ल, मिन बहादुर विष्ट र कृष्णभूषण बलका कविताले यस्तै लठ्ठ पर्थें म । निकै लामो समयपछि गाँजाको जस्तो नशा लाग्यो मनुका यी कविता पढेर ।

साह्रै आह्रिस लागेर आयो मलाई मनुका कविताहरूको । निकै मन परेको वस्तु जे पनि आफ्नै होस्, आफ्नै पारूँ जस्तो लोभ जसलाई पनि लाग्छ । मन परेको वस्तु अर्काको नहोस् । खुसी, रमाइलो र प्रशंसाहरू आफूसँगै मात्र रहून् जस्तो लागिरहन्छ मलाई सधैँ । मनुका कविताले त्यस्तै पार्‍यो । जुन हेर्‍यो- 'यो त मैले लेख्नसकेको भए ..... ।' जस्तो लागि हाल्ने । धेरै राम्रो र मनपर्दो वस्तु बढ्तै आफ्नो पार्न खोज्दा नष्ट पनि गरिन्छ नि हगि ! मलाई कुनैकुनै कविता त च्यातिनै दिऊँ जस्तो पनि लाग्यो - किन त्यति राम्रा, मीठा त ती ।

मनुका कवितालाई कहाँबाट चर्चा प्रारम्भ गर्ने ? उनका कविताको विषय, स्वर, सनदर्भ यति सशक्त र सुस्पष्ट छन्, ती प्रत्येक पाठकलाई पारदर्शी संगीत हुन्छन् । उनका कविता बुझन सहयोगीको आवश्यकता पर्दैन तर बुझिसकेपछि बुझन पो फेरि अर्कोपल्ट नदोहोर्‍याई हुँदैहुँदैन । यो बुझिसकेर फेरि बुझनुपर्ने, बोधभित्रको दुर्बोध्य परतचाहिं मनुले कसरी बुनेहोलान् ? मलाई अचम्म लाग्यो । यसै त मनुका कवितामा, भूपी, कृष्णभूषण वल, विष्णुविभु, कालीप्रसादका जस्तै सजिला विम्ब, प्रतीक र वाक्य संरचनाहरू छन् तर मीठो दुख्नेगरी च्याप्प मुटु समात्ने उनको बानी पो खराब । कविता पढ्दापढ्दै खै कहाँ त्यो गाँठो पर्छ - आफैं हुरुक्क ।

उनका कवितालाई प्रशंसाको यति लामो पुल नै किन हालिरहनुपर्ला र ! ती आफैं उठेर जुरुक्क - जुरुक्क कुद्न थालिहाल्छन्, संवेदनशील पाठकीय भावनाको मैदानमा । उछिनपाछिन गर्दै आउने पाठक मनलाई पनि एकछिन छेउमै चुपचाप उभिन बाध्य गर्राई जिम्नाष्टिक गर्छन् मनुका कविता । धेरै लामो अवधिपछि कवितामा यो सन्तुष्टि प्राप्त गरें मैले ।

कवितालाई विचारको भारी, सिद्धान्तको नोकर, आदर्शको हली बनाएर हिंडाउने परम्पराले दिक्क भएको यो पाठकमन कुनै कविता यसो शीर्षक र केही वाक्य पढ्दै थन्क्याउने भइसकेको थियो । छिचोल्नै मन नलाग्ने वाक्यहरूले पोतिएका चट्ट मिलाई बाइन्डिङ गरिएका आकर्षक चित्र खोलसहितका कागजको प्याकेट हातमा परिरहन्थे । हेर्दै थन्क्याउँदै । कविता मानिएकाहरूमा कुरा हुन्थे, कुरा भन्दा धेरै नारा हुन्थे, नाराभन्दा धेरै' प्यारा' हुन्थे । साँच्चै भनेको यो पचासको दशकले यति धेरै कविता लेख्यो कि वास्तवमा कवितै लेखेन कागजमा अक्षरहरू लेख्यो, वाक्यहरू लेख्यो ।

तर मनुका यी कविताले मेरो पूर्वाग्रही दृष्टिकोणलाई ठूलो धक्का दिएका छन् । मैले कवितामाथि नै अयोग्यताको आरोप लगाउनु गल्ती थियो भन्ने बोध गराएको छ । वास्तवमा कविताको आफ्नो छुट्टै पहिचान हुन्छ र त्यो मरेको छैन । नेपाली भावना र चेतनामा कविता नमरेको यी कविताहरू उदाहरण हुन् ।

तीसको दशकका कविताले विकास गरेको विम्ब र प्रतीकको प्रयोगको निरन्तरतामा छन् अधिकांश कविताहरू । मोहन कोइरालाका कविताहरूले जन्माउने गरेका विम्ब, प्रतीकहरूलाई नाघ्दै बीसको दशकमा प्रयोगवादी कविताले मिथकको ज्यादा प्रयोग गरे । नेपाली कवितामा अत्यधिक मिथकको प्रयोग बीसकै दशकमा भएको छ । अझ खोलेरै भन्दा नेपाली कवितामा मिथकको प्रयोगलाई व्यवस्थित गरिएको दशक नै बीसको थियो । मिथकका कारण दुर्बोधताको धेरै आरोप बोके त्यस कालका कविताले । एउटा-एउटा शब्दले युगयुगको पुरा कथा बोक्ने हुँदा पाठकको ज्ञानको सीमाका अघि ती जङ्गल जस्ता लाग्थे । तर कविता धेरै नै शक्तिशाली र सघन बनेको पनि मिथकले नै थियो ।

तीसको दशकका समकालीन कविताले मिथकलाई भन्दा प्रतीक र विम्बलाई बढी महत्व प्रदान गरे । यसबाट दुर्बोधताको अघिल्लो दशकको खुड्किलो एउटा उक्लिए कविहरू । जनजीवनले देखे-भोगेका विम्ब र प्रतीकहरू कवितालाई बुझाउन सक्नेथिए । धेरै नै लोकप्रिय बने तीसको दशकमा कविताहरू । अझ प्रजातान्त्रिक आन्दोलनका क्रममा होमिएका कविहरूको चेतनयात्राले पनि पाठकमा नयाँ उत्साह र पढ्ने जाँगर थप्यो । सडक कविता-आन्दोलन तीसको दशकका कविहरूका लागि एउटा ठूलो चौतारी बन्यो जहाँ आएर भेट भए सबै विचार र चेतनाले हिंडिरहेका कविहरू ।

मनुका कविताले हिँडेको बाटो पनि प्रतीक र विम्बकै राजमार्ग हो तर नयाँ नयाँ विम्ब प्रतीकहरूको सिर्जना गरी यी कविता चेतनामा मार्तोलझैं 'ठङ-ठङ' ठोक्किन आइरहन्छन् । परम्परागत विम्बहरू झन्डै बहिस्कृत छन् यहाँ । आजको सन्दर्भमा आजकै नव प्रतीकहरू पाठकलाई झस्काउन र छ्याङ्ग पार्न उभिन्छन् अगाडि ।

आख्यानले उभिएका यी कविताहरू कतिकति बेला आफ्नै प्यारी बहिनीजस्ता लाग्छन्, जसलाई माया गरेर हेरिरहूँ, छेउमा बसाऊँ र सोधूँ- "बहिनी कस्तो छ ? खुसी नै छौ त ?"

तर कविताहरू कुनै ठाउँमा दुःख पाएर, गलाभरि अवरुद्धता र आँखाभरि आँसु बोकेर माइत आएकी बहिनीजस्ता छन्, कुनै बेला रोइ पनि हाल्छन् कुनै बेला मनमा एकथोक भए पनि मुखले अर्थोक नै भनी ढाँट्न खोजिरहेका हुन्छन् । कुनैकुनै कविता-बहिनीले मज्जाले रुन आमा खोजिरहेजस्ता पनि छन् । केही ठाउँमा निक्कै रिसाएकी र अब त्यस घरमा मर्दा पनि फर्किएर जान्न भन्न खोजेकी जस्ता पनि छन् । जे होस् कविता पढ्दै जाँदा प्रत्येक कविताले भित्र कहाँ कहाँ भावुक, संवेदनशील, विद्रोही के - के, के- के बनाइरहन्छ ।

नारीलाई हेर्ने दृष्टिकोण राष्ट्रलाई हेर्ने दृष्टिकोण, युग र समयको मूल्याङ्कन, प्रजातन्त्रप्रतिको सचेतना यी कविताका आधार भूमिहरू हुन् । झन् मज्जाले नै दिल खोलेर कुरा गर्ने हो भने - मनुका कविता प्रजातन्त्रका लागि मर्न तयार सहीदीय आकाङ्क्षाले प्रेरित पनि हुन् । उनले समसामयिक विकृति र विडम्बनामा अल्झेर, अलमलिएर प्रजातन्त्रको खिल्ली उडाइरहने आजको कराँसे बौद्धिकहरूको सोचलाई आफूछेऊ आउन दिएका छैनन्, स्पष्ट छन् उनी आफूसँग र समय चेतसँग । इतिहासका हरेक उचाइ र गहिराइलाई चिनेका तिनले समसामयिक संवेग नै युगान्तकारी निर्णय होइन भन्ने बुझेका रहेछन् । त्यसैले उनका कविता आत्तिएका पनि छैनन्, हतारिएका पनि छैनन्, निराश पनि छैनन् । एउटा धैर्यशील र दूरदर्शी तापसीझैं शान्त र त्रिकालीय दृष्टि चेतले उभिएका लाग्छन् यी कविता ।.....
 
Posted on 08-10-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....पत्नी, छोराछोरी, आमाबाबु, समाज सबै छन् कवितामा । पत्नीको घरभित्रको जीवनलाई मिहिनपाराले हेरिएको कविता 'उनी कविता जीवनको रङ्गले लेख्छिन्'ले प्रत्येक पाठकलाई आफ्नी पत्नीप्रति सोच्न र तिनको जीवनलाई हेर्न बाध्य गराउँछन् आज तिनै पत्नी रिसाउँदा- 'घरको आँधी' कस्तो हुन्छले छर्लङ्ग पार्छ । तिनले केही नबोली सुरुसुरु काम गरिरहँदाको घर र तिनले चित्त दुखाई रिसाउँदाको घरभित्रको चित्रण प्रत्येक परिवारको जीवन्त कथा हुन्छ । सरदर समयमा उनी -

उनी अक्षर जान्दिनन्

तर सुन्दर कविताहरू लेख्छिन् ।

सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन्

घामले मझेरी र आँगन पोतिसक्छिन्

अँगेनामा न्यानो पोखिसक्छिन्

बिहानै घरभरि बिहान छिरिसक्छ

पूजाकोठामा बलेको धूप

आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ

म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् ।

(उनी कविता जीवनको रङ्गले लेख्छिन्)

तर उनी रिसाइन् भने-

उनी रिसाउँदा घरभित्र यौटा आँधी पस्छ

झयाल-ढोका, थाल र रिकापीहरू

मस्तिष्क चर्कने गरी बज्छन् ।

सारीको सप्को उनको पटुकीभित्र खाँदिन्छ

चुल्ठो फुक्छ असरल्ल

तूफान उठ्ताको कालो बादलजस्तो ।

(घरको आँधी)

ला ..... । उनी रिसाएको यस्तो बेला अब कतिञ्जेल रहला ? घर अब के होला ? मन त्यसै डराइरहेकोमा -

तर एकैछिन हो,

आँधी घर हल्लाएर गैसकेको हुन्छ

हेर्नू, अझै उनको अधरबाट जून खसेको हुँदैन ।

(घरको आँधी)

ए ..... । तर त्यो आँधी एकैछिनको हुँदो रहेछ । विस्तारै उनी फेरि जीवनको रङ्गले कविता लेख्न थाल्दिरहिछन् । घरभित्रको जीवनलाई कविले यी दुइवटा कविताबाट दुइ अवस्थाको चित्रण गरेका छन् । घरभित्र पत्नीको महत्व, हैसियत र स्थानको सुन्दर मीमांसा भएको छ यहाँ । तिनको सामान्यताको जीवन जो घरको प्राण हो, तिनको असन्तुष्टि र विद्रोह घरको एउटा भयङ्कर आँधी । आमाहरूको महत्वलाई हेरिएको यस कविताले नारीको जीवन पुरुषसँग कसरी अविभाज्य रहेछ चिनाउन खोज्दछ ।

पत्नीबाट केटाकेटीतिर सर्छन् उनी -

लुकामारी खेल्दाखेल्दै केटाकेटीहरू

मेरो बस्तीमा बाक्लै लाग्ने हुस्सुमा गएर हराउँछन्

बताससँगै कहाँकहाँ कुदेर आउँछन्

घरी पानीसँगै रुझेर आउँछन्

घरी यी मसिना साँढेहरू

चोटै लाग्ने गरी कतै जुधेर आउँछन् ।

लाग्छ- मकैबारीबाट

बट्टाई लखेटेझैं लखेटूँ सैतानहरूलाई

र ढुक्क बसूँ !

तर बालक बिनाको घर

धुन रित्तिएको सारङ्गी बन्छ

तारा नभएको रातको आकाश बन्छ

म के गरुँ -

(केटाकेटीहरू)

बालकहरूको चकचके जीवनलाई सरल र मिहिन पाराले हेरेका तिनले तर यो केटाकेटीपनलाई राष्ट्रको बेथितिसँग पनि जोडी व्यङ्ग्य गरेका छन् -

केटाकेटीहरू त चकचके नै राम्रा !

केटाकेटीलाई जत्तिको कसैलाई सुहाउँदैन

बदमासी, होहल्ला, झूट र केटाकेटीपन ।

तर केटाकेटीहरूबाहेक

यो देशका अरू मान्छेहरूले चाहिँ

अलिक गम्भीर भैदिएकै सुहाउँथ्यो कि -

(केटाकेटीहरू )

यो देशका ठूला मान्छेहरू केटाकेटीभन्दा पनि गैर-जिम्मेवार भएका र राष्ट्रमाथि धेरै नै बदमासी, होहल्ला, झुठ र केटाकेटीपना गरेका माथि चित्त दुखाएका छन् । कवि कवितामैं यति राम्ररी कुराहरू भन्न सक्छन् कि तिनलाई लामै व्याख्या गर्दा पनि नपुगेको भान हुन्छ ।

पुर्खाले कमाएर छोडिदिएको पैतृक सम्पत्तिले परितृप्त भई बसिरहेको अल्छी सन्तानका रूपमा नेपाली राष्ट्रिय जीवनलाई देखेका छन् कविले । यथार्थमा अवस्था यस्तै छ आजको हाम्रो । हामीलाई पुर्खाले छँदै नभएको देश बनाइदिएका थिए तर त्यसलाई सिङ्गारपेटार समेत गर्न नसकी त्यत्तिकै बसिरहेका हामीलाई कवि भन्छन् -

म पुर्खाले छाएको छानोले वर्षात् रोक्छु

पुर्खाहरूले उभ्याएको आँगनले आँधी छेक्छु

मसित मैले नबनाएको यौटा सुन्दर घर छ

मैले नकमाएको ऐश्वर्य छ ।

(पुर्खाहरूप्रति)

देशको वर्तमान स्थितिलाई कति सरल पाराले तर डरलाग्दोसँग देखेका छन् तिनले तिनी भन्छन्-

खुसीको कुरा

यो रात पनि सरकारले

कर्फ्यूको आदेश जारी गरेन ।

(कर्फ्यू नलागेको रात)

प्रत्येक रात कर्फ्यू भोगिरहन बाध्य भएको हाम्रो जीवन कुनै रात कर्फ्यू नलाग्दा कति खुसी हुन थालेको छ । देश आफ्नो भएर पनि अब नागरिकहरू देशका हुनसकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध छ । आतङ्कको अज्ञात भयले मानिसहरू आफ्नै घरभित्र स्वकैद जीवन भोगिरहेको आजको वर्तमानलाई भन्न यत्ति तीन हरफ अभिव्यक्तिनै पूर्ण देखिन्छ । त्यसमा अर्को कविताले थप्छ केही कुरा यसरी -

यो बेला

जीवन बोधले ओतप्रोत

उत्साहित मान्छेहरूको लहर सम्भव छैन

र, तानाशाह प्रसन्न छ

आज जुलुस निक्लने सम्भावना छैन ।

(शीतलहर)

यी दुइ कविताले भिन्दाभिन्दै पृष्ठबाट एउटै कुरा भन्दै छन् अलगअलग शीर्षकमा कर्फ्यू आदेश जारी नहुनुमा जुलुस निक्लने सम्भावना नहुनुरहेछ । प्रत्येक जुलुस कर्फ्यूको उत्पादक बन्दो रहेछ अचेल । अचेल यहाँ स्वतन्त्रताको र मानवीय मूल्यको अनायासै ह्रास भएको बेला हो । उनी वर्तमान नेपाली राजनैतिक जीवनमाथि व्यङ्ग्य प्रहार गर्दै भन्छन् -

- धरतीमा साँझ ओर्लेको समय

मेरो देशको

सबभन्दा शालीन र सुन्दर समय हो ।

(साँझ)

अर्थात्, प्रजातन्त्रका सबै अधिकारहरू निलम्वित जस्तो भएको भावनात्मक रूपमा अन्धकारबोध हुने यो समय तर कसैलाई त सबैभन्दा शालीन र सुन्दर नै लागेको छ । त्यसैमा प्रफुल्ल र सन्तुष्ट पनि छन् । तानाशाहीभित्र पनि प्रजातन्त्र हुन्छ, त्यसलाई स्वीकार गरेपछि । तानाशाहीलाई स्वीकार गर्नेहरूलाई कहाँ छ जेल, नेल र हत्कडी, कहाँ छ रोकटोक, कहाँ छ स्थानहद - संसारमै प्रजातन्त्र भनेको आफ्नो तन्त्रप्रतिको समर्थकलाई उपलब्ध हुने अधिकार त हो नि ।

तर प्रजातन्त्र प्रतिको उनको विश्वास यति अटल देखिन्छ, उनी लेख्छन्-

बगून समयका यी बगरमा केही उत्ताल भेलहरू

केही त बगोस् पनि पग्लेर

ज्यादै भो जमेको यो आँसुको हिमाल

लागोस् केही चोट यो लाटोपन उँगिबसेको पनि धेरै भो ।

भरिएनन् दुखद् कहानीले इतिहासका केही पृष्ठहरू

यति अप्ठेरो कुदेर नथाक्ला समय

केही त्रासद् अनुच्छेदहरू लेखिएर इतिहासको बिट नमारिएला ।

नयाँ पृष्ठहरूमा फेरि मान्छेका अनगिन्ती सुखद् कथाहरू पढ्न पाइने तिर्खामा

म एक दुइ घुड्को अमिलो पानी प्यूँन तयार छु ।

(उज्यालाको गीत)

कुनै दिन उज्यालो आउलाको प्रतीक्षामा वर्तमान अँध्यारोलाई स्वीकार गर्दै बाँचिरहेको एक प्रतीक्षित मन यहाँ उभिएको छ । निराशा, कुण्ठा र हीनताले ग्रस्त नभई, आशाजनक जीवन बोकेको छ कविले आफ्नो मनमा ।

प्रत्येक कविताले छुट्टाछुट्टै व्याख्या माग्छन् । लामो-लामो व्याख्याका पृष्ठहरू मागिबसेका मनुका कवितालाई म हृदयदेखि नै स्वागत गर्छु

पचासको दशकको मध्यतिर देखि साठीको प्रवेश वर्षसम्म लेखिएका कविताहरू समाहित मन्जिलको कवितासंग्रह २०६२ भदौ ३१, विराटनगर वाणी प्रकाशनबाट प्रकाशित भएको हो । यस संग्रहभित्रका कविताले (२०५६-०६१) ६ वर्षको कविको र देशको मनस्थितिको चित्रण गरेका छन् । तर कविताले समसामयिकताको घेरोलाई यसरी नाघेका छन् कि यिनलाई जहिले र जुन युगमा पनि रमाउँदै आफ्नो जीवन पढ्न सक्नेछ भविष्यले ।

नकारात्मक सोच नभएका, अनियन्त्रित विद्रोह नबोकेका, हीनता, पलायनता र निराशा वर्जित रहेका, जीवनसँग ज्यादै घनिष्ठ सम्बन्ध राख्ने यी कविता जति पढ्यो त्यति मीठो र रमाइलो हुन्छ यहाँ । विषयलाई हेर्ने मनुको कोल्टे आँखै रमाइलो । 'दुस्मन' शीर्षकको कवितामा उनले देखेको दुस्मन कति प्यारोप्यारो -

दुस्मन नहुनु भनेको त

आफूतिर हरदम फर्किरहने

जीवनको यौटा रमाइलो पाटै नहुनु हो रहेछ

म त्यो पाटोलाई फूलजत्तिकै मन पराउँछु ।

(दुस्मन)


ओ ! दार्शनिक कवि ! बधाई छ ।

जीवनलाई हेर्ने यो दृष्टिचेतको स्वागत गर्दछु ।

नेपाली कवितामा एउटा थप भो यो इँटा

माथि चढ्न प्रेरित गर्ने लिस्नो बनोस्

उठौं तिम्रै कविताहरू पनि टेक्दै माथि-माथि जीवनमा ।

अस्तु
 
Posted on 10-10-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

www.gorkhapatra.org.np

सजाय

-मनु मन्जिल


तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ
मेरो घरको झ्याल खस्ने गरी
ढुङ्गाले हान्यौ र गयौ,
मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ ।

पछि एकपटक भेटेँ
तिमी तुषाराले आफैँ भत्कने गरी काँपिरहेका थियौ
अर्कोपटक भेटेँ
वैशाखको आगो मिसिएको घाममा जलिरहेका थियौ
फेरि एकपटक कुनै उकालामा भेटेँ
तिमी दुःखको यौटा पर्वत चढिरहेका थियौ
अर्कोपटक देउरालीबाट देखेँ-
आँसुझैँ त...ल तल झरिरहेका थियौ ।

कहिले आफैँदेखि भागेर तिमी
सहरका साँघुरा गल्लीहरूमा छिरिरहेको देखेँ
कहिले सपनाहरू बेचेर टाट,
यसै हल्लिइरहेको भेटेँ र्।र्
इश्वरलाई चढाउने फूल उमार्ने
आफ्नो जमिन नरहेको झोँकमा,
काखको नानीलाई हातमा राखिदिन
आफूसित यौटै हरियो पात नभएको झोँकमा
तिमी जुलुसमा

आवाज बोकेर हिँडिरहेको पनि देखेँ ।

पोहोरै त हो
जीवनको पल्लो किनारसम्म पुग्ने गरी
राज्यले लखेटिरहेको भेटेथेँ
पछि व्रि्रोहीहरूले खेदिरहेको पनि भेटेँ
जहाँ भेटेँ, दुःखले आत्मासम्म भिजेको भेटेँ
जिन्दगी दुख्ने गरी, पाइला-पाइलामा
काँढामात्रै बिझेको देखेँ ।

साँच्चै, यो समय, यो परिवेशमा
तिमीलाई बाँच्न दिनुभन्दा ठूलो सजाय
अर्को के हुन सक्थ्यो, हँ -
म बेवकुफ !
त्रि्रा लागि
सजाय पो सोचिरहेको थिएँ ।


 
Posted on 10-18-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्दी र सपना
-गोबिन्द विमली
अभिव्यक्ती, अंक १३३

 

टाढा
म भन्दा धेरै टाढा छ
त्यो....सङ्गीत
अनन्त फाँटहरुभन्दा पर छोडिएको
र,
त्यति नै टाढा छु म
चार किल्लाहरुमा कैद
सिमाना रहतले मात्र अङ्कित गर्छ
भावनाले कहिल्यै गर्दैन
म रेटिएको छु भ्वाइलिन
मक्किएको काठभन्दा मधुरो एकान्तमा
एउटा प्राचिन घाम
सुदूर चिर्दे होला सबेरै
निलो आकाशमा उपस्थितिका खातिर
र त्यो, किल्लाहरु भित्र बेकार छ
रिदम नमिलेको अल्पधुन
आजित-
भित्तो, भित्तो अनि भित्तो
यहि हो मेरो भुगोल
म कसरि पुग्न सकौँला
फाँटहरु भन्दा पर अनन्त
भावना भन्दा चार कदन अगाडि
रगतका सिमाहरु मेट्दै
रिदम नमिलेको अल्पधुन रेटेर
त्यो...सङ्गीत भेट्न
सधैँभरिलाई।


 
Posted on 10-25-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष,

 

मनु मंजिलको नामसंग अपरिचित थिएँ । यो संक्षिप्त परिचय र एकै कवितामा उनीसंग पिरिम बस्यो गाँठे ।

 

अद्भूत लाग्यो कविता । कहाँ अरुका क्लिष्ट, असंगठित र शब्दाडम्बरग्रस्त अस्पष्ट कविता, कहाँ मनुको यो एक कघुकथाको झै कस्सिएको संगठन र झट्कादारी भएको सरल किन्तु गहन कविता ।

 

भावविभोर भएँ म त यार !

 

Nepe

 

 

सजाय

 

-मनु मन्जिल

 

 

तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ

मेरो घरको झ्याल खस्ने गरी

ढुङ्गाले हान्यौ र गयौ,

मैले उहीबेला तिम्रा लागि यौटा सजाय सोचेको थिएँ ।

 

पछि एकपटक भेटेँ

तिमी तुषाराले आफैँ भत्कने गरी काँपिरहेका थियौ

अर्कोपटक भेटेँ

वैशाखको आगो मिसिएको घाममा जलिरहेका थियौ

फेरि एकपटक कुनै उकालामा भेटेँ

तिमी दुःखको यौटा पर्वत चढिरहेका थियौ

अर्कोपटक देउरालीबाट देखेँ-

आँसुझैँ त...ल तल झरिरहेका थियौ ।

 

कहिले आफैँदेखि भागेर तिमी

सहरका साँघुरा गल्लीहरूमा छिरिरहेको देखेँ

कहिले सपनाहरू बेचेर टाट,

यसै हल्लिइरहेको भेटेँ र्।र्

इश्वरलाई चढाउने फूल उमार्ने

आफ्नो जमिन नरहेको झोँकमा,

काखको नानीलाई हातमा राखिदिन

आफूसित यौटै हरियो पात नभएको झोँकमा

तिमी जुलुसमा

 

आवाज बोकेर हिँडिरहेको पनि देखेँ ।

 

पोहोरै त हो

जीवनको पल्लो किनारसम्म पुग्ने गरी

राज्यले लखेटिरहेको भेटेथेँ

पछि विद्रोहीहरूले खेदिरहेको पनि भेटेँ

जहाँ भेटेँ, दुःखले आत्मासम्म भिजेको भेटेँ

जिन्दगी दुख्ने गरी, पाइला-पाइलामा

काँढामात्रै बिझेको देखेँ ।

 

साँच्चै, यो समय, यो परिवेशमा

तिमीलाई बाँच्न दिनुभन्दा ठूलो सजाय

अर्को के हुन सक्थ्यो, हँ ?

म बेवकुफ !

तिम्रा लागि

सजाय पो सोचिरहेको थिएँ ।


 
Posted on 10-25-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nepe guru

Manu Manjil is really a poet.

I read the same poem few more times and found it more pleasent.

There is a great flow.

The examples are local yet great.

The construction is awesome.

Like you said it is a short story.

He described the pretext so well and the conclusion was the climax.

साँच्चै, यो समय, यो परिवेशमा

तिमीलाई बाँच्न दिनुभन्दा ठूलो सजाय

अर्को के हुन सक्थ्यो, हँ ?

म बेवकुफ !

तिम्रा लागि सजाय पो सोचिरहेको थिएँ ।

 

I related King G and his pathetic situation right now with the poem.



 
Posted on 10-26-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

 

Although King Gyanendra has attained a tragic character of classic stature and life as a punishment does depict him, the imagery in  poem is used for a quite opposite depiction of still suffering and struggling Nepali people.

 

And discovering Manu Manjil as such an amazing poet was a real pleasure and a respite. You know, I was almost giving up after our national anthem came out. I was hoping for an unusually beautiful song and there it was, a so so song with poetic elements so lacking, considering the anthem was selected from 1272 submissions !

 

Anyway, as I said, discovering Manu was a relief and I look forward to reading him more as well as discovering many more poetic talents of Nepal.

 

Nepe


 
Posted on 01-03-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचारमञ्च : कविताका प्रस्तुतिहरू

तुलसीहरि कोइराला
नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा अन्यमा त्यस किसिमका प्रस्तुतिहरू आउन नसक्दा यो विधा सशक्त भएर पनि ओझेलमा परेको अनुभव गरिँदै आएको हो । काव्य विधालाई साहित्यिक पाठकभन्दा बाहिर पुर्‍याउन नसक्नुका कारणले पनि यसका पाठक बढ्न नसकेका हुन् भन्ने निक्र्यौल निकालिसकिएको भए पनि त्यसलाई कुन रुपमा लाने त - भनेर पहलहरू नहुँदा समस्या जस्ताको त्यस्तै रहिरहेको अवस्थामा केही जागरुक संघ/संस्थाहरू र स्वयं र्सजकको पहलमा आम समुदायमा पुग्ने माध्यमहरूको खोजी गर्दा केही र्सार्थक माध्यमहरू देखापरेका छन् । वि.सं. २०३५ सालदेखि नै पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारले टिकटमा मुक्तक श्रवणका कार्यक्रमहरू गर्दै आएको थियो । एउटै स्रष्टाका मात्र नभएर धेरैका मुक्तकहरू वाचन गरिन्थे र हल खचाखच भरिएको हुन्थ्यो । मुक्तकमा पोखराले गरेको प्रगतिबाट राजधानी तात्नुपर्ने थियो, राजधानीले फड्को मारेर कवितामा पुग्नुपर्ने थियो तर त्यसो हुन सकेन र कविताको पहिलो कार्यक्रम पनि पोखरामै हुन पुग्यो । पोखराका युवा कवि रमेश श्रेष्ठले पाँचसय रुपैयाँको टिकटमा चिप्लेढुङ्गास्थित एक रेष्टुरेन्टमा डिनरसहित दिएर वि.सं. २०६२ मा एकल कविता वाचन साँझको आयोजना गरेका थिए र उपस्थिति खचाखच थियो । उनको यो पहिलो प्रयासले आमसाहित्यिक वृत्तमा त्यति चर्चा नपाएको भए पनि त्यसपछि भने राजधानीमा टिकटमा कविता सुन्ने कार्यक्रमहरू भटाभट हुनथाले । उनै रमेश श्रेष्ठ एसओएस, सारांश नेपाल र अटोजात्रा डटकमको सहयोगमा वि.सं. २०६३ माघ २२ गते काठमाडौँ आई पर्यटन बोर्डको हलमा रु. ३५०। को टिकटमा डिनरसहित दिएर मञ्चमा प्रस्तुत भएका थिए । कविताका माध्यमबाट मञ्चमा प्रस्तुत हुने सशक्त कवि भने श्रवण मुकारुङ हुन् । लोकतान्त्रिक आन्दोलनका क्रममा उनका कविताले आन्दोलनमा ऊर्जा थप्ने काम गरेका थिए । आरोहणद्वारा गुरुकुलमा आयोजना गरिएको उनको एकल कविता वाचन कार्यक्रममा स्रोताले किटक काटेर उभिएरै पनि कविता सुनेका थिए । विशेष गरी उनको कविता 'वीसे नगर्चीको बयान'ले महìव पाएको थियो र उनले कविता वाचनबाट मोटै रकम हात पारेका थिए । त्यसपछि उनले धरान, काभ्रे हुँदै हङकङसम्म पुगेर पनि कविता वाचन गरे । वाचनका माध्यमबाट सबैभन्दा धेरै अर्थ सङ्कलन गर्नेमा उनी नै अगाडि छन् । उनले आफ्ना कविताहरु भीसीडीमा निकालेर पनि निक्कै बेचेका छन् । विशेषगरी विदेशमा बस्ने नेपालीहरूले उनका कविताको भीसीडीको माग गरेका थिए । टिकटमा मञ्चमा कविता वाचन गर्नेहरूमा प्रसिद्ध गजलकार बुँद राना, चर्चित कवि विक्रम सुब्बा, रामप्रसाद ज्ञवाली अगाडि छन् भने महिलामा एकल कविता वाचन गर्नेमा कवयित्री सविना सिन्धु प्रथम देखिएकी छिन् । अनाममण्डली र गुरुकुलले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बुँद रानाको सशक्त गजल गायनले प्रशस्त तारिफ पाएथ्यो । यसबाट उठेको रकम खर्च कटाएर आयोजकहरूले केही आफ्नो संस्थालाई छुट्याई उनलाई पनि दिएका थिए । त्यसैगरी गुरुकुलकै आयोजनामा कवि विक्रम सुब्बाको एकल वाचन पनि गरिएको थियो र सङ्कलित रकम जनआन्दोलनमा घाइते भएकाहरूको उपचार्रार्थ कोषमा जम्मा गरिएको थियो । गुरुकुलकै आयोजनामा रामप्रसाद ज्ञवालीको एकल वाचन पनि भएको थियो र त्यसमा पनि टिकट काटेर सुन्नेहरूको भीड नै थियो । यस कार्यका लागि आरोहरण अर्थात्् गुरुकुल निक्कै सहयोगसिद्ध देखिएको छ । कवयित्रीहरूमा सविना सिन्धुको एकल वाचन कार्यक्रम वि.सं. २०६३ जेठ २७ मा मीनभवन क्याम्पसमा सम्पन्न भएको थियो । नवक्षितिज साहित्यिक समाजका तर्फाट आयोजना गरिएको यो कार्यक्रममा टिकटबाट उठेको रकम कार्यक्रममा चियाखाजालगायतका खर्चहरूमै सकिएको थियो । क्याम्पसका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको यो कार्यक्रम आफ्नो जीवनमा निक्कै उपलब्धिमूलक रहेको उनी बताउँछिन् । एकल कार्यक्रमहरूबाहेक अन्य केही सामूहिक कार्यक्रमहरू आन्दोलन कविता, प्रेम कविताहरूका पनि भएका छन् । यस्ता कार्यक्रमहरूले कविमा ऊर्जा थपिनका साथै काव्य विधाको उत्थानमा इँटा थप्ने काम भएको पनि मान्नर्ुपर्छ । कविताको पहिलो भीसीडी निकाल्ने श्रेय चाहिँ कवयित्री सुलोचना मानन्धरमा जान्छ । उनले सन् २००४ मा नयाँवर्षाई 'अनुभूतिका थोपाहरू' शर्ीष्ाकमा भीसीडीमा प्रस्तुत गरेकी थिइन् । जर्मनीको बर्लिनमा आयोजना भएको अन्तर्रर्ााट्रय फिल्म फेस्टिबलमा उनले यो भीसीडी पठाएकोमा ८०० बाट छापिएर नोमिनेसनमा छानिएका अन्तिम ३८ वटामा पर्ने सौभाग्य पाएको थियो । अनुभूतिका थोपाहरू -ड्रप्स अफ फिलिङ्स)ले दसहजार डलरसहित अवार्ड प्राप्त गरेको थियो र सम्भवत: यो नै पहिलो हो कविताको भीसीडीमा नेपालीले पुरस्कार पाएको । कवि अनिल पौडेलको सक्रियतामा छन्दकविहरूको स्वर क्यासेटमा निकालेर त्यसले निक्कै चर्चा बटुलेको थियो । सम्भवत: यो नै पहिलो कविताको क्यासेट थियो भने यसपछि चाहिँ सुलोचना मानन्धर, श्रवण मुकारुङ र रमेश श्रेष्ठहरूले कवितालाई भीसीडी र डीभीडीहरूमा लगिसकेका छन् । काव्य विधाको यो फड्कोले अवश्य पनि सुखद अनुभूति दिलाएको छ । कविता लेखेर के हुन्छ र ! भन्नेहरूलाई यस्ता कार्यक्रमहरू जवाफ पनि हुन् । प्रस्तुत छ, यसै सेरोफेरोमा केन्द्रित रहेर वरिष्ठ गजलकार एवं गजल गायक बुँद राना, चर्चित कविद्वय श्रवण मुकारुङ र रमेश श्रेष्ठसँग गरिएका कुराकानीहरू :

- मुक्तक, कविता र गजल वाचनका कार्यक्रमहरू स:शुल्क हुन थालेका छन् । यसबाट काव्यिक क्षेत्रलाई के कस्तो सहयोग पुगेको देख्नुहुन्छ ?
बुँद राना : यसबाट काव्यिक क्षेत्रमा सकारात्मक प्रभाव पर्न थालेको छ । आमक्षेत्रबाट काव्यिक विधाको मूल्याङ्कन हुने हुँदा यसको मूल्य र मान्यता स्थापित हुने देखिन्छ । हामीकहाँ एकाध जनाले 'तँ त कवि होस्, लु सुना न कविता' भनेर चिया खाँदै सुन्ने परम्परा चाहिँ थियो । नि:शुल्कको आनन्दलाई स:शुल्क गरेर काव्यिक विधाको मूल्य र मान्यता स्थापित गर्दै प्रोत्साहन, उत्साह र चासो बढाउन सहयोग पुग्दछ । यसबाट पाठक हुँदै स्रोता र र्सजक दुवैलाई राम्रो हुन्छ ।

श्रवण मुकारुङ : यस्ता कार्यक्रमहरू हुनु खुसीको कुरा हो । यसले मूलरुपमा दर्ुइ कुरालाई अगाडि बढाउँछ । पहिलो त काव्यिक क्षेत्रको सामाजिकीकरणको प्रक्रियाबाट आम पाठकहरूमा पुग्ने माध्यम हो भने दोस्रो सिर्जनाको शक्तिको मापन पनि हो । उत्कृष्ट र सुन्दर सिर्जना नभई कुन स्रोताले पैसा तिरेर समय र धनको क्षति गर्ला ! साहित्यलाई व्यावसायिकरण गर्ने प्रक्रियाको प्रारम्भिक खुट्किलामा छौँ हामी । यसै गरी नै विकास हुँदै जाने भएकाले सकारात्मकरुपमा लिनर्ुपर्छ ।

रमेश श्रेष्ठ : यस्ता प्रकारका कार्यक्रमहरूले सहयोग त राम्ररी नै पुग्ने स्पष्टै छ । नेपालमा पनि कविता, मुक्तक र गजललगायतका काव्यिक रचनाहरूका वाचन पैसा तिरेर सुन्दछन् भन्ने सन्देश विदेशमा पनि पुग्ने हुँदा हाम्रो साहित्यिक क्षेत्रको गरिमा विदेशमा पनि स्वाभाविक रुपमा बढ्दछ । अहिलेका यस्ता फाट्फुट हुने कार्यक्रमहरूबाट भोलिको बाटो फराकिलो हुनसक्दछ । नेपाली साहित्यको सुषुप्तावस्थालाई जगाउने काममा र्सजक-पाठक एकजूट भएर लाग्नुपर्ने अवस्थाको बोध पनि हो यो ।

- सिङ्गो साहित्यकै पाठक छैनन्, अझ कविताका त झनै पाठक छैनन् भन्ने साहित्यिक गुनासा र टिप्पणीहरू आइरहेको अवस्थामा यस्तो साहस कसरी गर्नुभयो ?
बुँद राना : नेपाली साहित्यको उत्थानका लागि यस्ता स:शुल्क वाचनका कार्यक्रमहरू हुनर्ुपर्छ भन्ने सबैलाई लागेको थियो । पोखरामा त मुक्तक वाचनका कार्यक्रमहरू निक्कै अघिदेखि नै हुँदै आएका थिए । स्रोता हल भरिएर बाहिर पनि बस्थे । यो आकर्षा देखेर बाहिरी अन्य क्षेत्रलाई पनि उत्सुकता लागेको हो तर आँट पुगिरहेको थिएन । आरोहण, अनाममण्डलीलगायतका संस्थाहरूले आँट गरे । परिणाम पनि सुखद् निस्कियो ।

श्रवण मुकारुङ : साहित्य-प्रतिको आकर्षा गैरसाहित्यिक वृत्तमा पनि छ । पाठक छैनन् भन्ने त भ्रम मात्र हो र यही भ्रममा हामी रुमल्लिएका छौँ । साहित्यिक कृतिहरू बिक्री हुँदैनन् भन्छौँ तर किन्ने इच्छुक पाठकसम्म पुर्‍याउन सक्दैनाँै । यो उपक्रम निरन्तर छ र साहित्यप्रतिको षड्यन्त्र पनि हो यो । राज्यले त्यस किसिमको संयन्त्र बनाउनेतिर चासो राखेकै छैन । कविता, गीत, गजल, मुक्तकहरू टिकट काटेर स्रोताले सुन्छन् भने ती सुन्ने स्रोता सच्चा पाठक पनि हुन् । यस्ता वाचनका कार्यक्रमहरू गर्नलाई खासगरी मेरो हकमा चाहिँ जनआन्दोलनको उभारसँग पनि जोडिएको छ । आन्दोलनलाई गति दिन आफ्नो तर्फाट र साहित्यिकारको तर्फाट पनि योगदान पुर्‍याउनेक्रममा कार्यक्रमहरू गरिएका हुन् ।

रमेश श्रेष्ठ: टिकटमा काव्यिक वाचन सुन्ने कार्यक्रमहरूको प्रारम्भ खासगरी पोखराबाटै भएको हो र त्यो मुक्तक वाचनबाट हो । वि.सं. २०३५ सालदेखि पोखरेली युवा सांस्कृतिक परिवारले धेरै स्रष्टाहरूलाई यसरी संयुक्तरुपमा मञ्चमा उभ्याउँदै आएको थियो भने एकल कविता वाचनको पहिलो टिकट कार्यक्रम गर्ने पहिलो व्यक्ति चाहिँ म नै हुँ । पाँच सयको टिकटमा डिनरसमेत खुवाएर कार्यक्रम गर्दा हल भरिभराउ थियो । यस्ता कार्यक्रमहरू निरन्तर हुनर्ुपर्छ । साहित्यको प्रचार-प्रसारले गैर साहित्यिक क्षेत्रलाई पनि हामीले तान्न सक्नर्ुपर्छ । यसैगरी नै हामीले पाठक बढाउन सक्छौँ ।

- भोलिका दिनमा गीति कर्न्र्सटहरूले जस्तो कविता कर्न्र्सटले पनि दर्शक/स्रोता तान्न सक्ला ?
बुँद राना : रचना राम्रो छ र त्यसको संयोजन पनि त्यसैअनुरुप गरिएको छ भने निश्चितरुपमा दर्शक/स्रोता तानिन्छन् । साहित्यिक रचनाहरूमा पनि सङ्गीतकारले सुमधुर धूनमा ढालेर त्यसलाई मिठासपर्ूण्ा बनाउन सक्दछन् । सबै रचनामा त्यस्तो क्षमता नहोला तर राम्रा रचनाले अवश्य तान्छन् ।

श्रवण मुकारुङ: तान्न नसक्ने भन्ने कुरै छैन । यस्ता कार्यक्रमहरू हुँदै जाँदा र्सजकहरूमा पनि जागरण आउला । अहिले त हामी प्रारम्भिक अवस्थामै छौँ । गीत/सङ्गीतको लामो परम्परा छ र साहित्य बामेर्सर्दैछ । यसलाई हामी कविहरूले नै आन्दोलनका रुपमा अघि बढाउनर्ुपर्छ । कार्यक्रमहरूमा निरन्तरता हुनुपर्‍यो भने कविहरू पनि दरिला हुनुपर्‍यो । आम पाठकसम्म सिधै सम्प्रेषण गरेर त्यसको तत्काल प्रभाव देखाउन सक्नर्ुपर्छ ।

रमेश श्रेष्ठ: दर्शक/स्रोता-लाई तान्न सक्ने सम्भावना धेरै छ । साहित्यमा पाठक छैनन् भन्ने जुन प्रकारको गुनासो छ, त्यसलाई मेट्न पनि काव्यिक वाचनहरू आवश्यक छन् । नयाँपुस्तालाई उनीहरूको रुचि अनुसारका सामग्रीहरू दिएर आकषिर्त गर्नर्ुपर्छ । कविता/ मुक्तक/ गजललगायतका सिर्जनाहरूमा पनि आन्तरिक लय त हुन्छ नै । यसलाई मञ्चमा उजागर गर्न सकिन्छ ।

- कविताहरू मञ्चमा वाचन हुँदै क्यासेट, भीसीडी र डीभीडीहरूमा पनि दृश्य छायाङ्कनसहित निकाल्न थालिएको छ । यसबाट कवितामा हुने बिम्ब र शाब्दिक गाम्भर्ीयको मिठासपक्षलाई जोगाइराख्न सकिएला ?
बुँद राना : कविता/ गजल/मुक्त लेख्दा र्सजकले कुन विषयवस्तु र परिवेशमा लेखेका छन्, सिर्जनाले भन्न खोजेको कुरा र बाँड्न खोजेको सन्देश के हो - भन्ने स्वयं र्सजकलाई थाहा हुन्छ । उसलाई बेवास्ता गर्दा गडबड हुनसक्छ । स्वयं र्सजककै सल्लाह र सुझावमा बिम्ब र प्रतीकहरू कुन अर्थमा आएका हुन् भनेर गर्दा मर्दैन ।

श्रवण मुकारुङ : दृश्यले बोधलाई माध्यम थप्छ र झन् प्रभावकारी बनाउँछ । यस्ता माध्यमहरूले थप बल पुर्‍याउँछन् । कविता आफैँमा सुन्दर र सुललित चिज हो । दृश्यसहित आउनसक्दा त्यो पर्ूण्ा हुन्छ तर दृश्य र शब्द मिलेर भावपर्ूण्ा सम्प्रेषण हुनुपर्‍यो । दृश्यमा राख्नु भनेको पत्रपत्रिकाहरूमा छाप्नु भनेजस्तै हो ।

रमेश श्रेष्ठ : यस्ता माध्यमहरूबाट जोगाउन मात्र होइन, झन् राम्रो बनाउन पनि सकिन्छ । सुरुसुरुमा अलिक गाह्रो हुन्छ तर त्यसले साहित्यलाई बजारीकरण गर्न मद्दत पुर्‍याउँछ । मुलकुरा खर्च कतिसम्म गर्ने भन्ने हो । कविताको प्रचार-प्रसारको निम्ति कम्तीमा पनि कविताको मर्म बोक्नसक्ने दृश्यहरू हुनर्ुपर्छ । गाम्भर्ीय जोगाउने भन्ने दर्शनको कुरा हो । कवितालाई साधा चामल मानेर सबैका अगाडि पुर्‍याउँदा पकाउने तरिका फरकफरक होला तर खान त खाइन्छ नै । गीतमा जस्तो सहज र सोझो अर्थमा दृश्यहरूलाई लिन सकिन्न तर रचनालाई न्यायपर्ूण्ा ढङ्गले गर्दा राम्रो नै हुन्छ ।

- कवितालाई र्सजकले भन्दा पनि गायकले वाचन गर्दा गीतमा जस्तो महत्व बढ्थ्यो कि - अथवा गीतमा गीतकार हराएजस्तो कवितामा पनि कवि हराउने डर हुन्छ ?
बुँद राना : राम्रो रचना जहिले पनि कालजयी हुन्छ । काम गर्नेहरूमा इमान्दारीपन चाहिन्छ । मूल्याङ्कन गर्ने, कमी कमजोरीहरू केलाउने काम समीक्षक र समालोचकहरूले गरिरहनर्ुपर्छ । गला र कला सबैमा हुने कुरा होइन । अभिव्यक्ति कला नभएकाहरूको गायकले प्रस्तुत गरिदिँदा राम्रो पनि हुन्छ तर जसले स्वर, अभिव्यक्ति दिनसक्छ, त्यस्तोले आफैँ गर्दा राम्रो हुन्छ । आफूले लेखेका शब्द र वाक्यांशलाई कुन अर्थमा प्रयोग गर्दा त्यसले बढी र्सार्थकता पाउला भन्ने कुरा त उही लेख्नेलाई थाहा हुने कुरा हो ।

श्रवण मुकारुङ : आफ्नो सिर्जनामा कविले जुन किसिमको प्रस्तुतीकरण दिनसक्छ, गायकले सक्दैन । कविको उच्चारण, हाउभाउ, उतारचढाव र विश्रामलगायतका कुराहरूमा ठीकठीक ढङ्गले हुन्छ तर गायक वा नायकबाट त्यो सम्भव छैन । त्यो त सिकाएको भरमा, घोकेको आधारमा जसरी सुँगाले गोपीकृष्ण कहु भन्छ, ठीक त्यस्तै हुन्छ । स्वर मीठो भएर मात्र सबै कुरा पुग्दैन । स्वभाव, चरित्र एवं सम्प्रेषण स्वयं कविले दर्शाउन सक्छ । मैले निकालेको 'वीसे नगर्चीको बयान'को भीसीडीमा मेरो आवाज जुनरुपमा आएको छ र त्यसले जुन किसिमको महìव पायो, त्यो गायकलाई गाउन लगाएर प्राप्त हुँदैनथ्यो ।

रमेश श्रेष्ठ : एकाध गायकले गाएको राम्रो पनि होला तर कविले जस्तो कविताको मर्म गायकले बुझ्न सक्दैन । कवितालाई कविकै प्रस्तुति सुहाउँछ र त्यसले ज्यादा महìव राख्दछ । सबै प्रकारका मीठासहरू गायकमा मात्र हुँदैनन् । कविता, मुक्तक वा गजललाई त्यसमा प्रयुक्त बिम्ब र प्रतीकहरूको मर्मको उच्चारणबाट पनि बुझाइमा मिठास थपिन्छ ।

- कितावमा पढिने काव्य विधा अब आएर सुन्ने र हर्ेर्नेमा पनि आउन थालेपछि भोलिको यसको अवस्था कस्तो देख्नुहुन्छ ?
बुँद राना : काव्य विधालाई उठाउन स्रष्टाहरू नै अग्रसर हुनर्ुपर्छ भन्ने लागेर यस्ता कामहरू गरिन थालेका हुन् । निरन्तर हुँदै जाने हो भने आमपाठकमा पनि सुन्ने, हर्ेर्ने बानी लाग्छ र यसले थप महìव पाउँदै जान्छ ।

श्रवण मुकारुङ : गीत जो कोहीका लागि र कविता कविहरूकै लागि मात्र हो भन्ने मानसिक भ्रमलाई तोडेर कविता पनि सबैका लागि हो भन्ने हामीले बुझाउन सक्नर्ुपर्छ । यसैक्रममा कवितालाई हरेक माध्यमबाट आमसमुदायमा पुर्‍याउनु परेको छ । बौद्धिक समुदायमा मात्र सीमित नभई आमसमुदायमा गएपछि यसले अवश्य पनि सुन्दर भविष्य समात्नेछ ।

रमेश श्रेष्ठ : कविता पढ्ने मात्र होइन, सुन्ने पनि हो रहेछ र यसलाई हर्ेन पनि सकिने रहेछ भन्ने कुरा आमपाठकलाई बुझाउनेक्रममा यस्ता प्रयासहरू भएका हुन् । हामीले सहरबजारमा मात्र सीमित नराखी जिल्ला जिल्ला र गाउँसम्म पनि पुर्‍याउन सक्नर्ुपर्छ । सहज पहुँच भयो भने मान्छेमा रुचि जाग्छ । यसैगरी त हो नि विकासका खुड्किला चढ्ने भनेको ।

ओझेलमा परेको काव्य विधालाई उठाउनेक्रममा र्सजक स्वयंबाट भएका यस्ता प्रयासहरूको र्सार्थक परिणाम निस्किएको अनुभव हुन्छ । हरेक माध्यमबाट आमसमुदायमा पुर्‍याउन सक्दा कविता, मुक्तक र गजलहरूले पनि गीतकै जस्तो चर्चा/परिचर्चा बटुल्न सक्नेमा कुनै शङ्का छैन । कवितामा हुने शक्तिको पहिचान त जनआन्दोलनहरूमा भएकै हो । अर्जनु पराजुली, बुँद राना, श्रवण मुकारुङ, डा. बेन्जु शर्मा, विक्रम सुब्बा, रामप्रसाद ज्ञवाली, देवी नेपाल, मणि काफ्लेहरूले आन्दोलनमा कविताका माध्यमबाट थपेको ऊर्जा प्रशंसनीय छ । कविताको तागत अनुभव गरेर नै हो टिकट काटेर कविता सुन्न उपस्थित भएको ठूलो सङ्ख्या । सबै स्रष्टामा वाचनकला र सिर्जनाको एकैखालको तागत हुँदैन तर जोसँग त्यस किसिमको सामर्थ्य छ, उसले काव्य विधालाई हाँक्नर्ुपर्छ । अभिव्यक्तिको सशक्त माध्यम हो रहेछ यो विधा भन्ने छाप सबैमा पार्न सक्नर्ुपर्छ ।

 
Posted on 01-03-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् शिरीष गुरु बिचारमन्चको लागि!

यो प्रश्नको सनदर्भमा-

"मुक्तक, कविता र गजल वाचनका कार्यक्रमहरू स:शुल्क हुन थालेका छन् । यसबाट काव्यिक क्षेत्रलाई के कस्तो सहयोग पुगेको देख्नुहुन्छ ?"

 एउटा कुरा मलाई के लाग्छ भने, स:शुल्क कविता तथा गजल वाचनमा रहेका श्रोताहरुले नि:शुल्क कविता तथा गजल वाचनमा रहेका श्रोताले भन्दा बढि गजल/कविता बुझ्छन्। जहाँ मूल्य तिरिन्छ त्यता गम्भिरता र ध्यान बढ्छ।


 
Posted on 02-10-08 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

www.kantipuronline.com

फाटेको दौरा-सुरुवाल र सङ्कल्पको झन्डा


पुन्य गौतम "विश्वास’

एकजोर र्टाईसुट

पजेरोको हेडलाइटजस्तो आंखा बाल्दै टक्क रोकियो

वर्षौ देखि अंध्यारोको समुद्रमा डुबेको

क्षति ग्रस्त जहाजजस्तो हाम्रो बस्तीमा

र मुलायम प्रश्नका हातहरूले सुम्सुम्याउंदै

एउटा बूढो दौरा-सुरुवालसंग सोध्यो

ठेला उठेको हत्केलाजस्तो स्वतन्त्रता

र फाटेको पाइतालाजस्तो लोकतन्त्रको हालखबर  ।

 

नचाएर आङ्भरि घृणाका लहरहरू

बिथोलिएथ्यो जब नजिकैको तलाउ

गरिबीको धमिराले खाइसकेको प्राचीन ग्रन्थजस्तो

बूढो दौरा-सुरुवालको ओठले गायो हठात् व्रि्रोहको सरगम

हाम्रो रगत-कुलोको सिचाइले

झुलिरहेछन् लहलह तिमीहरूको सफलताको बाली

बनाउनेछौं  अब हामी पनि सङ्घीय भकारीहरू

जहा“ भित्र्याउनेछौ“ लोकतान्त्रिक जोसले गणतान्त्रिक अन्नपातहरू

प्रतिक्रियास्वरूप आर्श्चर्यजस्तो लयमा ओठ लेब्रयायो र्टाईसुटले ।

बूढो दौरा-सुरुवालको आंखामा उठेको शङ्काको जुलुसले

तत्कालै घेरा हाल्यो र्टाईसुटको नियतलाई

र, जारी राख्यो केरकार

जनआन्दोलनसंग अर्जुन सम्भोग गरेर

अभिशप्त अभिमन्युजस्तो जन्मायो किन लोकतन्त्र -

द्रौपदी भएर नाङ्गिदा स्वतन्त्रता

रच्दै थियौ झूर गीतजस्तो कुन षड्यन्त्र -

गाडिंदा कोमल अभिमन्यु छातीमा निरङ्कुश नङ्ग्रा

थर्थरी कांपिरह्यो किन निष्पृह -

घाम हुनुको महत्त्वाकाङ्क्षामा

गरायौ किन कलिला जूनहरूको हत्या -

बस्तीको दरिद्र अनुहारमा

आलिशान महलजस्तो सुन्दर भविष्य तौलिन आइपुगेको र्टाईसुट

नसकी जुधाउन तिरस्कार वाणहरू वषिर्रहेका

दौरा-सुरुवाल आंखास“ग आफ्नो आंखा

कुलेलम ठोक्यो भ्रष्टाचारजस्तो दुर्गन्ध फैल्याएर  ।

परन्तु यो युगको अभिमन्यु लोकतन्त्रलाई

तानशाही कौरव चक्रव्यूहमा फस्न नदिने/बलवान बनाउने

सङ्कल्पको झन्डोत्तोलन गरे लाखौ“ जोर दौरा-सुरुवालहरूले

र, अगुवाइजस्तो जोसको जुलुस दौडिए

आंखाभित्र परिवर्तन सजाउने

थप लाखौं जोर युवा र्सट-पाइन्टहरू ।


 
Posted on 03-04-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फूल - सुन्दर छ
सुकोमल छ
सम्मोहक छ
फूल - सबैका लागि प्रिय छ

फूल -
गाउँमा छ
सहरमा छ
भीरमा छ
फूल - सर्वत्र उपलब्ध छ
फूल -
प्रेममा बोल्छ
मन्दिरमा चढ्छ
साइतमा अघि सर्छ
फूल - मायाको प्रतीक भएको छ
तर कस्तो नमज्जा !
हरेक विघ्नबाट जोगाएर
सुरक्षित हुर्काउने
पितातुल्य
आफ्नै मालीको मृत्युमा पनि
पूर्ववत्
फूल - मगमगाइरहेकै छ
उफ् !
सृष्टिको कस्तो विडम्बना !
फूलसँग
पटक्कै पनि संवेदना हुँदो रहेनछ ।

 

- Dinesh Adhikari


Last edited: 02-Apr-08 09:41 AM

 
Posted on 04-02-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

धूवाँको जङ्गल

- ईश्वर बल्लभ

 

माथि आकास हेर्नु छ
क्षितिज छुनु छ
एक जनालाई फूलको थुँगा दिनु छ
नजिकमा कोही छ कि छैन !
यदि छ भने उसलाई बोलाउनु छ

फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ
साँझको रक्तिम कलिलो घाम
सायद कतै हराएछ
बिहानको सखार पनि देखिएन
ओरालो पनि छैन
कता गए ती बस्तीहरू ?
कता गए ती आफन्तहरू ?
यही धूँवाको जङ्गलमा सबैलाई खोज्नु छ ।

 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters