प्रिय साझाबाशिहरु , आरामै हुनुहुन्छ होला, अब त फुटबल पनि सकियो क्या रे , म पनि अलिक फुर्सद मा भए , तेही हप्तामा एकदिने फुर्सद न हो , तेसैले हल्का टायम पास गरेको यो लेखेर | पहिले जस्तै अहिले पनि मेरो सानो कोसिश , पढिदिनु होला है, मिले कमेन्ट पनि , त्यो पनि नमिले ठिकै छ, पढिदिनु नै ठुलो कुरो हो यहाको बेफुर्सदिमा त :-)
गोरी मेक्सिकन - ३
सधैभरी मन मुटु क्रिस्टिनामय नहुदो रहेछ | त्यो क्रिस्टिना मोरीलाई कुर्दा कुर्दै सिंगै हप्ता जान्छ , त्यो पनि महिना बिते जस्तो गरि | अनि उ आउछे स्वर्गकी परि, छुनै नसकिने गरि | राम्रो इंग्लिश बोल्न नआउने आफुलाई, अनि तेसै खेर जान्छ त्यो पाच मिनट पनि | एस्तो अप्ठेरो क्रिस्टिनाको यादले पिरोलेको बेला उही सरुलाई सम्झन्छु, यानेकि सर्मिला लाइ | सर्मिलाको मधुरो सम्झना गाढा हुँदै आउँछ अनि एक्कासी म आफ्नो अतितमा पुग्छु |
सर्मिला - १
“साँची तिम्रो नाम के रे ?” म एक्कासी सोधिदिन्छु, उ झसङ्ग हुन्छे | अप्रत्यासित रुपमा आएको त्यो प्रश्नको जबाफ दिउँ कि नदिउँ गर्छे | लाज र डर मिश्रित आवाजमा मेरो प्रश्न नबुझे जसो गरि भन्छे “ हजुर ..?” अर्की नखरमौली बोल्छे छेउबाट , “ किन चाहियो तिम्लाई उसको नाम साम ?” सधै संगै देख्थे ति तिन जना, सायद एकै ग्यांग का होलान | म पनि के कम भनिदिन्छु सारुखान इस्तायल मा, “एकै क्लास पढ्नुपर्छ, कुनै बेला ठोक्कियेला , नाम थाहा नभएर सरि सिस्टर भन्न मनले त मान्दैन नि ” | ति मध्येमा तेश्रीले भन्छे “ भन्दे न त भन्दे , एस्तो हत्ते गरेसी ” | जसलाई नाम सोधेको थिए उसले ठुला ठुला आखाले मलाई पुलुक्क हेरी अनि उसकी साथीलाई भनि “ तँ आफै भन्दे ” | तेश्रीले म तिर हेरी अनि मुस्कुराएर भनि “ म अनिता , उ यो नाकको टुप्पोमा रिस भाकी चै संगीता, अनि यो लजालु जसको नाम तिमीलाई चाईएको हो , उ चाही सर्मिला ” उसले अरु २ वटीको नाम के के भनि बाल भएन, म चाही सर्मिला मात्रै जप्न लागें , अनि दङ्ग पर्दै भने “ आहा, नाम पनि तिमि जस्तै रैछ, सर्मिला आ आ आ ......” ( आ आ चाही मैले लेघ्रो तानेर जिस्काएको सम्रिला लाइ ) त्यहि नै थियो मेरो सर्मिला संग को पहिलो भेट |
तिन चार दिनमा फेरी भेट भयो सर्मिला संग | म गोंगबु देखि आउदै थिए माइक्रोमा , बल्ल तल्ल सिट मिलेको थियो | गाडी कपुरधारा चोकमा रोकियो अनि मैले सर्मिला लाइ देखे | उभिन पनि नमिल्ने माइक्रोमा दोधार भएर हेरी | म भने ढोकातिर फर्की चिच्याएँ “सर्मिला ....” एकछिन त कसले बोलायो भनेर नियालेर भित्र हेरी , मैले “ आउ आउ सिट खाली छ ” भनि आफु उठिदियें | लज्जावतिको मुखबाट मधुरो आवाज आयो, “थ्याँक् यू” | अलि अगाडी एकजना आन्टी म संगै चढ्नु भएको थियो , मैले सिट पाइहालें, उहाले उभिनु पर्यो | एती लामो बाटो जानुपर्छ, बल्ल बल्ल युद्द जिते जस्तो गरि पाएको सिट किन छोड्नु भनेर छोडेको थिईन , अहिले सर्मिलालाई छोडिदिए | हुन त सर्मिला लाइ फेरी अकस्मात येसरी भेट्नु पनि त कुनै युद्द जितेको भन्दा कम त कहाँ थियो र | ति अप्ठेरो संग उभिएकी आन्टी चाही सर्मिला लाइ पुलुक्क हेरिन अनि मलाई हेरी आखा बटारिन, म चाही नदेखेको जस्तो गरें, बालै भएन नि | बाटोमा सर्मिलासंग खासै कुरा भएन , यसै त धेरै नबोल्ने मान्छे, तेस्माथी माइक्रोको कोलाहल र ठेलाठेल | त्रिचन्द्र कलेज अगाडी माइक्रो रोकियो, हामी दुबैजना ओर्लियौं | उसको मुखबाट छुट्टिने बेलामा एती मात्रै निस्कियो, “ म गएँ है ” |यहि दुइ शब्द “ थ्यांक यू ” र “ म गएँ है ” जो सर्मिलाको मुखबाट निस्किएका थिए, यी नै काफी थिए, दिन र रात दुवै बिताइदियें | बिहान दाइले “ ओइ गेड़े ऊठ, कलेज जानु पर्दैन ” भनेर लात हानेपछि बल्ल बिउझेछु |
खासमा मेरो टाइटल त “गेड़े” हुनु पर्ने हो साझामा, तर “अमला” राखिदिएँ | म ५, ६ बर्षको हुँदा पैसा भयो कि चोककी बुढी आमैको अमला खानुपर्ने | एकदिन पैसा भएन तर एकदम अमला खान मन लाग्यो, अनि त बुढी आमैको अमला एक मुठी चोरेर भागें, नांग्लो पनि खसेछ, अमला सबै भुई भरि | बुढी आमै रुँदै मेरी आमालाई कुरा लाउन आइन | आमाले मलाई खुब झपार्नुभयो | “तलाईं तेस्तै अमला खान मन लागेको भए मलाई भन्न सक्दिनथिस, बिचरा मजदुरी गरि खाने बुढी आमैको चोर्न हुन्छ, तलाईं अब पाप लाग्छ, जाबो अमलाको गेडामा आमैलाई रुवाइश हैन ” | मैले पनि हिक्क हिक्क रुँदै भनेछु, “ अब देखि खान्न त्यो बुढीको गेडा सेडा ” यो सुनेर मेरी आमा खुब हास्नुभयो | छेउमा भएको मेरो दाई जो म भन्दा तिन बर्ष मात्र जेठो छ, उ पनि हाँस्यो | किन के बुझेर हाँस्यो थाहा भएन, अनि उ “गेडा गेडा” भनेर कराउन लाग्यो | आमाले “ चुप लाग् , भन्न हुँदैन ” भनेर सम्झाउदै हुनुहुन्थ्यो, तर दाइ भने अझै “ गेडा ... गेडा ” भन्दै भाग्यो | त्यो दिन देखि मलाई उसले कहिले गेडा त कहिले गेड़े भनेर बोलाउछ, अनि म पनि उसलाई कालो पेडा भन्ने गर्छु, उसको अलि कालो छाला ले गर्दा | जब उसले मलाई “गेडा” भन्छ , म उसलाई “काल्पेड़ा” भन्छु अनि उसले “गेड़े” भन्यो भने म “काल्पेड़े” भनिदिन्छु | अनि येस्तै कुरामा हामी दुइ भाइ कहिले झगडा गर्छौं त कहिले हाँसी मजाक |
काल्पेडेले मलाई गेड़े उठ भनेर लात हानेपछि म पनि हतार हतार तयार भएँ, सर्मिला भेट्ने आशमा | त्यो दिन सर्मिलालाई कपुरधारा अगाडी देखिन | उसलाई भेटिन्छ कि भनेर म तेहीं ओर्लिए | समय त भैसकेको थियो, अझ भनुं चार पांच मिनेट नै ढिला भएको थियो, हिजोको समय भन्दा | उ गइसकी होलि भनेर हतार हतार पाइला चालें | लगभग “श्रेष्ठ फोटो स्टुडियो” अगाडी पुगेपछी सर्मिला जस्तै केटि पनि हतार हतार गरि हिडेकी देखे | फेरी एस्तो उमेरमा जो मान्छे पनि आफुलाई मन परेको मान्छे जस्तै देखिन्छ भन्ने सुनेको थिए, तेसैले सर्मिला होइन होला भन्ने ठाने | तेही पनि एकपटक टराइ मार्नुपर्यो भनेर गीत गाए जस्तो गरि “ सरु ......” भने उसको ठ्याक्कै पछाडी पुगेपछि | अनि त्यो केटि पनि पछाडी फर्केर हेरी, रहिछे मेरी सरु यानेकि सर्मिला | “ ए तिमि पो, मैले त को होला भन्ने ठानेको ” , आज अलि धेरै बोलि सरु | उसको अनुहारमा पनि केहि चमक देखियो, सायद मलाई नै देखेर होला, मन गदगद भयो | कुरा गर्दै कलेज गइयो, गेड़े दंङ्ग भयो | एबं रितले म अलिक छिटो कपुरधारा चोकमा आउथे अनि सरुलाई कुर्थें | माइक्रो खालि नै भएपनि म “ सिट खाली छैन जस्तो छ दुबैलाई, जाउँ बरु हिडेर ” भन्थें , उ पनि नाइँ भंदिनथि | | उ पनि अब कम लजाउने अनि अलि बोल्ने भइ, सरु यानेकि नखरेवाली |
एकदिन शान्ति विधा मन्दिर पछाडिको उकालोमा सरुको हात बिस्तारै समाते, हिंड्दा हिंड्दै | उसले पनि सुस्तरी मेरो हात झट्कारी | मैले फेरी उसको नरम औंला समातें, उसले उसैगरी झट्कारी | मेरो पालो अब दर्होसंग उसको नाडी समातें, उसले कोसिश गरि झट्कारने, तर सकिन, अनि भनि “ छ्या तिमि पनि, मान्छेले देखे के भन्छ ” | मैले नि भन्दियें “ तेही भएर त १५ मिनट कुरेको येही गल्लीको लागी ” लाजले राति भइ सरु |
सर्मिला -२ ( समयको अभाबले टाइप गर्न सकिन, ठ्याक्कै १ हप्तामा रिलिज हुँदै छ , कृपया नछुटाउनुहोला ., अनि नया धागो सर्मिला -२ भनेर राखू कि येसैमा माथि अपलोड गर्न मिल्छ, त्यो पनि सुझाब दिनुहोला है त ..)
Read next part here: http://sajha.com/sajha/html/index.cfm?threadid=109641