हुन त म चाहेको बेला बगलीबाट निकालेर "क्यारिम बोर्ड" को गोटी हान्न सक्छु,
फरक यति हो की....
त्यो अद्रिश्य साथी, जो म सँग खेली रहेको छ
आफ्नै अस्तित्वको प्रश्न चिन्ह बोकेर मसँग गिज्यि रहेको हुन्छ,
न राम दाईको जस्तो चिया हुन्छ,
न हाँसो, रिस, मुख छोडाइ
पिठोको हाथ, न ट्रकको धुँवा न बाटोको धुलो,
सिर्फ म हुन्छु..
र मुर्ति जस्ता मान्छे बोकेर कुदिरहेको रेल गाडी |
आमाको थैलीमा नैनी भा'को थाहा थियो.....सन्दुक खोल्ने चाबी,
ती चाबीहरूले कौतुहुल्ता खोल्थे,
घीउ र महका ढक्कन खोल्थे |
आफ्नो चाबी छाम्छु .....
न कौतुहुलता खोल्छ न उत्सुक्ता....
सिर्फ पिर्का बिनाको रित्तो "किचन" खोल्छ,
सिलौटाको सौन्द्र्य त होइन,
चुलेसी बिनाको नांगो भित्तो खोल्छ
र खोल्छ...........
अस्त ब्यस्त ओछ्यान..
अस्रल्ल छरिएको निर्जिबता...
अपरिचित "स्प्रिङ"को कर्कस आवाजमा आराम खोज्ने, पागलपन |
त्यही भात, त्यही काउली |
बाले काउली लाउनु हुन्थ्यो |
लसुन, प्याज, खोर्सानी, चम्सुर-पालुङो....
प्लस्टिकमा बेरिएको काउली हुन्छ......
न तुसारोले खा'को हुन्छ, न खोलाको पानी ला'को हुन्छ
चम्सुर नै नपाए पनि पालुङोमा पाङो हुँदैन,
परालले बेरेको लसुन हुँदैन
प्याजमा माटो हुँदैन ........समग्रमा मिठास हुँदैन
झिलिमिली हुन्छ, "लिप्स्टिक र पाउडर" घसेर बसेका तरकारी र फल्फुलहरूको झिलिमिलि |
अँध्यरो हुन्छ, उज्यालो हुन्छ |
कहिले हुन्छ....... कहिले हुन्छ(??)
म, "क्यारिम बोर्ड" खेल्छु,
काउली भात खान्छु.........
र सुतिदिन्छु...
सधैं सधैं यस्तै हुन्छ !!!