आजको कान्तिपुरबाट।
"सञ्चारमा गलत प्रयोग"
डा माधवप्रसाद पोखरेल
अचेल नेपाली अखबारहरूमा 'पुनस्र्थापना', 'पुनपर््रयोग', 'अन्तक्रिर्या' र 'मनोकामना' जस्ता तथाकथित संस्कृत शब्दहरू प्रयोग भएका देखिन्छन् । तिनै शब्दका छेउछाउमा संस्कृत र हिन्दी रूपमिश्रण भएको 'पुनर्ताजगी' भन्ने शब्द पनि पर्छ । यी शब्दहरू संस्कृत विसर्ग सन्धिको नियमअनुसार अशुद्ध छन् । मैले थाहा पाएसम्म हरेक समाचारपत्रमा भनेजसो संस्कृत व्याकरण पढेर आउने पत्रकारहरूको कमी छैन । पत्रकारिता क्षेत्र भनेको भाषाको समसामयिक प्रयोग भइरहने र सबभन्दा बढी पाठकहरूले पटक-पटक देखिरहने -र सुनिरहने) फाँट हो, यसैले कक्षामा व्याकरणका गुरुजीले सिकाएको कुरोभन्दा सञ्चारमाध्यममा भएको बारम्बार प्रयोगबाट माथिल्लो तहका विद्यार्थी र प्रयोगकर्ताहरू बढी प्रभावित हुन्छन् । कहिलेकाहीं के हुँदोरहेछ भने, एउटा अखबारले नजानेरै गल्ती गर्यो भने पनि अरू अखबारले आकर्षक ठानेर त्यसैको सिको गर्दारहेछन् ।
संस्कृतमा विसर्ग पाँच किसिमले वाक्यमा अभिव्यक्त हुन्छ ः
-क) 'र' वर्णका रूपमा
-ख) 'स' वर्णका रूपमा
-ग) 'ओ' वर्णका रूपमा
-घ) लोपका रूपमा
-ङ) विसर्गका रूपमा
१. संस्कृत शब्दका अन्त्यमा नेपाली 'तास' र 'तार' जस्ता शब्दमा झैं रेफ -'र' ध्वनि) र सकार भेटिँदैन । त्यस्ता परिस्थितिमा रेफ र सकारका ठाउँमा विसर्ग हुन्छ, जस्तै ः नमः -नमस्), मनः -मनस्), तेजः -तेजस्), पुनः -पुनर्), प्रातः -प्रातर्), अन्तः -अन्तर्), पुरः -पुरस्), धनुः -धनुर्), ज्योतिः -ज्योतिर्), चतुः -चतुर्), बहिः -बहिर्), आयुः -आयुर्), आशीः -आशीर्), आदि -नियम ः खरवसानयोः विसर्जनीयः, पाणिनिसूत्र) ।
२. 'पुनर्', 'अन्तर्', 'प्रातर्', 'धनुर्', 'ज्योतिर्', 'चतुर्', 'बहिर्', 'आयुर्', 'आशीर्' जस्ता रेफ -'र' ध्वनि) मा टुङ्गो लाग्ने शब्दको 'र' ध्वनि पछाडि घोष ध्वनि -गजडदब, घरुढधभ, ङनम, यव, स्वर) भएमात्र जोगिन्छ, जस्तै ः अन्तर्गत, दुर्गति, दुर्गन्ध, बहिर्गमन, अन्तर्जातीय, निर्जलीयता, निर्जीव, पुनर्जन्म, निर्जन, अन्तर्देशीय, निर्देशन, निर्दोष, निर्धन, धनुर्धारी, निर्धारण, ज्योतिर्मय, निर्मल, निर्माण, निर्यात, दुर्योधन, दुर्लभ, निर्लज्ज, अन्तर्वार्ता, आशीर्वाद, पुनर्विवाह, निर्वाह, दुव्र्यवहार, निर्वस्त्र, निर्विकल्प, पुनरुक्ति, निरङ्कुश, निरुक्त, प्रातराश, चतुर्दिक्, चतुर्मास, बहिरङ्ग आदि ।
नेपाली सञ्चारमाध्यममा अचेल नबिराई आउने 'पुनर्' शब्द पछाडि अघोष ध्वनि -कचटतप, खछठथफ, शषस) भएकाले ती शब्द अशुद्ध हुन् ।
३. नेपाली 'घुर्रो', 'मुर्रो' र 'पर्रा' शब्दमा झैं संस्कृत शब्दमा 'र' वर्णको द्वित्व हुँदैन, त्यसैले 'अन्तर्राष्ट्रिय' नेपाली संस्कृत शब्द हो । संस्कृत व्याकरणअनुसार 'अन्ताराष्ट्रिय' शब्द बन्छ, 'अन्तर्राष्ट्रिय' शब्द बन्दैन । संस्कृत व्याकरणको नियमअनुसार वाक्यमा अघिल्लो शब्दका अन्त्यमा पनि त्यसपछि आउने शब्दका सुरुमा पनि 'र' वर्ण आयो भने अघिल्लो रेफको लोप हुन्छ र त्यस अगाडिको स्वरचाहिँ दीर्घ हुन्छ, जस्तै ः नीरस, नीराजन, नीरोग, नीरज, अन्ताराष्ट्रिय ।
४. अरू सबै भाषामा झैं संस्कृतमा पनि दुई किसिमको सन्धि हुन्छ । एउटा शब्द वा रूपभित्र मात्र सीमित हुने वर्ण परिवर्तनको नियमलाई आन्तरिक सन्धि र दुईवटा शब्दका बीचमा मात्र सीमित हुने वर्ण परिवर्तनको नियमलाई बाह्य सन्धि भन्ने चलन छ । संस्कृत भाषामा द्रविड भाषाको प्रभावमा परेर षकारको विकास पछाडि भएको देखिन्छ, त्यसैले दन्त्य स कहाँ-कहाँ लाग्छ भन्ने नियम नभएर पाणिनिले आफ्नो व्याकरणमा षत्वविधानचाहिँ दिएका छन् । त्यस नियमअनुसार अकार र आकारबाहेक अरू स्वर पछाडि दन्त्य स मूर्धन्य षमा बद्लिन्छ । यस नियमको अपवाद आन्तरिक सन्धिमा मात्र पाइन्छ, जस्तै ः विस्फोट, विस्फीति, विस्मय नत्र नियमअनुसार रसना, प्रशासन, चतुष्कोण, बहिष्कार, विष, भीषण, उषा, मूषक, ऋषि, घोषणा, ज्योतिष, औषधिजस्ता शब्द बन्छन् ।
५. अन्त्यमा रेफ अथवा सकार भएका रूप पछाडि सकारबाटै कुनै शब्द वा रूप सुरु हुन्छ भने, त्यो अघिल्तिरको रेफ पनि कि त्यसपछि आउने सकारको उच्चारणस्थानसँग समीभवन हुने -अथवा मेलखाने) सकारमा परिवर्तन भएर क्रमशः एकनासको सकार बन्छ कि अघिल्लो सकारचाहिँ विसर्गमा बद्लिन्छ, जस्तै ः प्रातस्स्नान -प्रातःस्नान), चतुश्शाला -चतुःशाला), चतुश्श्लोकी -चतुःश्लोकी), मनस्सन्तुष्टि -मनःसन्तुष्टि), पुनस्संस्कार -पुनःसंस्कार), दुस्साहस -दुःसाहस), दुस्साध्य -दुःसाध्य), दुस्स्वप्न दुःस्वप्न), दुस्साहस -दुःसाहस), दुश्शासन -दुःशासन), ज्योतिश्शास्त्र -ज्योतिःशास्त्र), निस्सन्देह -निःसन्देह), निस्सन्तान -निःसन्तान), निस्सार -निःसार), निस्स्पृह -निःस्पृह), निश्शब्द -निःशब्द), मनस्स्िथति -मनःस्थिति), अन्तश्शुल्क -अन्तःशुल्क), पुनस्स्थापना -पुनःस्थापना), प्रातस्स्मरण -प्रातःस्मरण), निश्शुल्क -निःशुल्क) -नियम ः विसर्जनीयस्य सः, पाणिनिसूत्र ८।३।३४) ।
६. अन्त्यमा रेफ अथवा सकार भएका रूप पछाडि क वर्ग र प वर्गका अघोष -कप, खफ) वर्ण भए, त्यो रेफ पनि कि सकार बन्छ कि सकारसमेत विसर्ग बन्छ । उपसर्ग भए, त्यहाँ अनिवार्य रूपमा सकार हुन्छ, तर दुई शब्दका बीचमा समास भए, विशेष नियममा बाहेक विसर्गमात्र हुन्छ, जस्तै ः -उपसर्गमा) ः दुष्कर्म, दुष्प्रभाव, निष्कपट, निष्कण्टक, निष्काम, निष्त्रिmय, निष्कर्ष, निष्पाप, दुष्परिणाम, निष्फल, निष्काशन, निष्पक्ष ।
-समासमा) ः मनःकामना, पुनःपरीक्षा, ज्योतिःपुञ्ज, प्रातःकाल, अन्तःकरण
-विशेष नियम) ः अन्तस्करण, नमस्कार, पुरस्कार -नियम ः नमस्पुरसोर्गत्योः, पाणिनिसूत्र ८।३।४०) ।
७. कुनै शब्दका अन्त्यमा अकार पछाडि विसर्ग छ र त्यसपछि घोष व्यञ्जन -गजडदब, घरुढधभ, नम, यरलवह) छ भने, त्यो विसर्ग समेतको अकारचाहिँ ओकारमा बद्लिन्छ, जस्तै ः अधोगति, मनोज, पुरोडाश, मनोदशा, मनोबल, पुरोधा, अधोभाग, मनोभाव, मनोनीत, मनोमालिन्य, मनोरञ्जन, मनोविज्ञान, मनोवाद, तेजोवध, मनोहर -नियम ः हशि च, पाणिनिसूत्र ६।१।११०) ।
अचेल नेपाली सञ्चार क्षेत्रमा धेरै प्रचलित 'मनोकाङ्क्षा, मनोकल्पना, मनोकामना' जस्ता शब्दमा विसर्ग पछाडि अघोष वर्ण 'क' भएकाले तिनीहरूको शुद्ध रूप 'मनःकाङ्क्षा, मनःकल्पना, मनःकामना' हुन्छ । माथिकै विश्लेषणका आधारमा 'पुनस्र्थापना, अन्तर्कलह' र 'पुनपर््रयोग' शब्दको शुद्ध रूप क्रमशः 'पुनःस्थापना' -अथवा 'पुनस्स्थापना'), 'अन्तःकलह' र 'पुनःप्रयोग' हुन्छ । 'अन्तक्रिर्या' शब्दको शुद्ध रूप दुइटा हुनसक्छ ः 'अन्तःक्रिया' अथवा 'अन्तरक्रिया' ।