deathisafteru
Replies to this thread:
More by deathisafteru
What people are reading
Subscribers
Please log in to subscribe to deathisafteru's postings.
:: Subscribe
|
[VIEWED 3590
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
deathisafteru
Please log in to subscribe to deathisafteru's postings.
Posted on 07-14-08 5:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाहुनडाँडादेखि चिहानडाँडासम्म
|
|
अमेरिकी युवक जोन उड माइक्रोसफ्ट कम्पनीमा उच्च तहमा जागिर खान्थ्यो । त्यो बिजुलीजस्तो मान्छे वासिङ्टनमा खाना खाएर टोकियोमा चुठ्न पुग्थ्यो । मस्कोमा दाँत माझेर बेइजिङ्मा कुल्ला गर्न पुग्थ्यो । भौतिक सुखसुविधाका लागि ऊ संसारका सबै सुखसयल प्राप्त गर्न सक्षम थियो । यति हुँदा पनि उसको मन असन्तोष र छटपटीले बेचैन थियो । यही असन्तुष्टि र छटपटीका बीच एकदिन उसले जागिर छाड्यो, प्रेमिका छाड्यो र भौतिक सुखसुविधाका सम्पूर्ण स्रोतहरूलाई लात्तीले हानेर नेपालको बाहुनडाँडा भन्ने गरबि गाउँतिर लाग्यो । किंवदन्तीको पात्रजस्तो लाग्ने संसारकै सबभन्दा धनी व्यापारी विल गेट्ससँग कुम जोरेर माइक्रोसफ्ट कम्पनीको अन्तर्राष्ट्रिय व्यापारका बारेमा आफ्ना धारिला योजनाहरू प्रस्तुत गर्ने त्यो युवक नेपालका बाहुनडाँडा, कामीडाँडा र सार्कीडाँडाहरूका धुलाम्मे स्कुलका सिँगाने केटाकेटीहरूसँग अङ्कमाल गर्न पुग्यो । जोन उडले लेखेको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तकको यो प्रारम्भिक कथा पढ्नासाथै मेरा मनमा अनेक तरङ्गहरू उठ्न थाले । मलाई लाग्यो, त्यो जोन उड भन्ने सात समुद्रपारिको कुइरे युवक गधा र चौँरीका डँडाल्नामा पुस्तकको थाक राखेर हाम्रो देशको गाउँका केटाकेटीलाई शिक्षित बनाउन उकालोतिर चढ्छ, हामी गधाहरू भने राष्ट्रिय ढुकुटीबाट टन्न दाना खान्छौँ र उन्मत्त हुँदै सिंहदरबार र बालुवाटारका चौरमा एकअर्कालाई जोर लात्तीले हानेर लडाउन प्रयास गर्र्छौं । हामी गधाहरू पढाइ सुरु भएको छ महिनासम्म सरकारी पैसाले छाप्ने किताब स्कुलमा पुर्याउन सक्तैनौँ, ऊ भने संसारभरिबाट निःशुल्क पुस्तक भेला पारेर नेपालका गाउँगाउँमा पुर्याउँछ । हामी गधाहरू कुर्सीमा टाँसिएको टाँसिएकै नर्क जान तयार हुन्छौँ, ऊ भने छँदाखाँदाको पद, पैसा, प्रेमिका, साथीभाइ, नातागोता सबै त्यागेर हाम्रो गाउँका केटाकेटीको शिक्षाका लागि संसारभरि भीख माग्दै हिँड्छ । हामी गधाहरू गरबि र र्सवहारावर्गको नेतृत्व गर्र्छौं भन्दै पजेरो र मर्सिडिजमा बालुवाटार र सिंहदरबारको फेरो मार्र्छौं, ऊ भने दमाईडाँडाका गन्धे केटाकेटीका सिँगान पुछ्दै पहाडहरूको चक्कर मार्छ । ऊ अशिक्षा, गरिबी, भोक र रोगको चिहानमा फँसेका बालबालिकालाई जगाउन खोज्छ, हामी गधाहरू ती सप्पैलाई घिसारेर सिङ्गै देशलाई चिहानघारीमा पुर्याउन चाहन्छौँ । हामी गधाहरू देशलाई पुर्न सिंहदरबार वा बालुवाटार वा बल्खु वा सानेपा वा मधेस वा पहाडमा चिहान खन्छौँ र सिङ्गै वा टुक्र्याएर भए पनि देशलाई पुर्न चाहन्छौँ । देशलाई चिहानघारी बनाएर राज्य गर्न चाहन्छौँ । हामी चिहानघारीका राजाहरूका लागि बाहुनडाँडाजस्ता डाँडाकाँडाका झुत्रे र भोका केटाकेटीहरू चुनावी घोषणापत्रका लाभदायक पात्रहरू मात्रै हुन् । वास्तवमा हामी हुँदाहुँदै सात समुद्रपारिको कुइरे आएर हाम्रो बाहुनडाँडामा पुस्तकालय खोल्नुमा पक्कै पनि विदेशी षड्यन्त्र हुनुपर्छ । हामी अग्रगामी गधाहरूका विचारमा त्यो जोन उड भन्नेलाई नेपाल आउन दिनुहुँदैन । किनभने, उसले बाहुनडाँडाबाट काम थालेको छ र पुस्तकको नाममा पनि बाहुनडाँडा छ । समावेशी लोकतन्त्रमा 'बाहुनडाँडा' भन्ने नाम प्रतिगामी हो । हामी सबै मिलेर त्यो कुइरेले बाहुनडाँडामा ल्याएर छाडेको शिक्षाको बत्तीलाई चिहानडाँडामा पुर्याएर निभाइदिनुपर्छ र नयाँ एवम् मौलिक एउटा पुस्तक लेख्नुपर्छ, बाहुनडाँडादेखि चिहानडाँडासम्म । | लक्ष्मण गाम्नागे
|
|
|
|
Nepaliguf
Please log in to subscribe to Nepaliguf's postings.
Posted on 07-16-08 2:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो बिडम्बना हेर्न धेरे बाँकी छ । नेताहरूको यस्तो चाला हो भने अरू के के देख्न पाइन्छ । www.nepaliguf.com
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
TPS EAD auto extended to June 2025 or just TPS? |
Toilet paper or water? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Mamta kafle bhatt is still missing |
ChatSansar.com Naya Nepal Chat |
whats wrong living with your parents ? |
I hope all the fake Nepali refugee get deported |
TPS advance parole Travel document i-131, Class of Admission ? |
Tourist Visa - Seeking Suggestions and Guidance |
Now Trump is a convicted criminal . |
Ajay Kumar Dev sentenced to 378 yrs |
Biden said he will issue new Employment visa for someone with college degree and job offers |
Why Americans reverse park? |
Problems of Nepalese students in US |
Nepali Passport Renewal |
lost $3500 on penny stocks !!! |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|